---Advertisement---

क्यान्सरबाट पीडित ३० वर्षीया मनकुमारीको उपचारका लागि आर्थिक सहयोगको अपिल

On: August 18, 2026 10:29 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–१ अर्जमकी ३० वर्षीया मनकुमारी दर्जी घाँटीको क्यान्सरबाट पीडित भएपछि उनको परिवारले जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेको छ।

टेकबहादुर दमाईकी बुहारी तथा सुनिल दर्जीकी पत्नी मनकुमारीको घाँटीमा क्यान्सर देखिएपछि चिकित्सकले तत्काल शल्यक्रिया (अप्रेसन) गरी उपचार प्रक्रिया अघि बढाउन सुझाव दिएका छन्। तर, परिवारको नाजुक आर्थिक अवस्थाका कारण आवश्यक उपचार खर्च जुटाउन सकस परेको छ।

घरमा कुनै दिगो आयस्रोत नभएको र अति विपन्न दलित समुदायको परिवार भएकाले अप्रेसन तथा सम्पूर्ण औषधोपचारमा लाग्ने ठूलो रकम व्यहोर्न असम्भव भएको परिवारजनले बताएका छन्।

मनकुमारीको जीवन रक्षाका लागि बेनी नगरपालिका–१ नं. वडा कार्यालयले समेत सर्वसाधारण तथा संघ-संस्थासँग आर्थिक सहयोग संकलनका लागि सिफारिस पत्र प्रदान गरेको छ।

पीडितको अमूल्य जीवन बचाउन स्वदेश तथा विदेशमा रहेका गाउँ, टोल, स्थानीय समुदाय, समाजसेवी, संघ-संस्था एवम् मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यथाशक्य स्वेच्छिक आर्थिक सहयोग गरिदिन परिवार र वडा कार्यालयले हार्दिक अनुरोध गरेका छन्।

सहयोगका लागि बैंक खाता विवरण:

खातावालाको नाम: टेक बहादुर दमाई (ससुरा)

बैंक: कृषि विकास बैंक लि.

खाता नम्बर: ०३१८६०५२४३४४४०१०

शाखा: बेनी, म्याग्दी

सम्पर्क नम्बर: ९७६४५१४३५०

Leave a Comment