---Advertisement---

निम्सदाइको सम्मानमा अन्नपूर्णमा हिमाल र पदमार्गको नामकरण प्रस्ताव

On: August 18, 2026 4:44 PM
Follow Us:

हरिकृष्ण गौतम

विश्व कीर्तिमानी आरोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’ को सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमाल,पदमार्गको नामकारणका लागि संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले आरोही पूर्जाले आफ्नै जन्मभुमिको वडा नं ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्वभरका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालको आरोहण सुरू गरेको स्मरण गदैं कार्यपालिकाको बैठकले अअन्नपूर्ण प्रथम हिमालको बेसक्याम्प पुग्ने प्रख्यात मौरिस हर्जोग पदमार्गलाई “निम्सदाई मौरिस हर्जोग पदमार्ग” गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बेनीअनलाइनलाई बताए ।


गाउँपालिका अध्यक्ष भारतकुमार पुनले स्वर्गीय पूर्जाको निधनले पर्वतारोहण क्षेत्रलाई अपुरणीय क्षती भएको बताएका थिए । बैठकले पहिलो पटक मानवले सफलतापूर्वक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमाललाई “निम्सदाई अन्नपूर्ण प्रथम” नामकरण गर्न नेपाल सरकारसमक्ष औपचारिक माग तथा निवेदन पेश गर्ने निर्णयसमेत गरिएको छ । अन्नपूर्ण–३, दाना तितर जन्मिएका ‘निम्सदाइ’का रूपमा विश्व पर्वतारोहण समुदायमा परिचित पुर्जाले सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर पर्वतारोहणको इतिहासमा अभूतपूर्व कीर्तिमान बनाउनुभएको थियो ।

‘प्रोजेक्ट पसिबल’ मा विश्वभरका १४ वटा हिमाल आरोहणको अभियानमा पहिलो सुरुवात नै अन्नपूर्ण र दोस्रो म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्किनुभएको थियो । पहिलोपटक धौलागिरी हिमालमा विना अक्सिजन आरोहणसहित सबै १४ हिमालमा विना अक्सिजन आरोहण गरेको कीर्तिमानी समेत रहेको छ । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ।

को हुन् पुर्जा ?
बाल्यकालनमा समेत गाउँघरमा अग्ला रुख चढ्ने गरेका पूर्जाले आधारभूत तहको शिक्षा चितवनमा अध्ययन गरेका थिए। गाउँ नजिकै रहेका ठूला पहाडमा डोरीको सहायतामा उक्लिने गरेका पूर्जाले बाल्यकालदेखि नै दौड सहितका कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका थिए। सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिकु्रटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए।

क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमाण्डो समेत गरेका थिए। उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्डबाट ब्यवसायिक पर्वतारोहणका प्रवेश गरेका थिए ।


गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए। सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए। उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन्। हाल पूर्जाको नाममा ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड समेत रहेको छ।

विना अक्सिजन तीनपटक १४ वटा हिमालको आरोहणको कीर्तिमानीको सपना भने अधुरै रहेको छ । ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी रेकर्डसहित ५५ पटक ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गरेका छन् । हालसम्म बिना अक्सिजन आरोहणमा कीर्तिमानी कायम अहिलेसम्म नेपाली र विदेशी आरोहीको नाममा छैन । पूर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहण समेत दुर्लभ दुर्लभ कीर्तिमानी समेत रहेको छ । पूर्जाको ‘प्रोजेक्ट पसिबल’को वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्समा १९१ देशमा ३१ भाषामा समेत प्रकाशित छ।

Leave a Comment