---Advertisement---

जगन्नाथ मन्दिरबाट चार तोलाको सुनको सिक्री चोरीभएपछि…

On: August 25, 2026 1:07 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरबाट सोमबार एक भक्तजनको सुनका गरगहना चोरी भएको छ । मन्दिरमा पूजा गर्ने क्रममा भद्रकुमारी कार्कीको चार तोलाको सुनको सिक्री चोरी भएको हो । अत्याधिक भक्तजनको चाप रहेको अवस्थामा मन्दिरमा दर्शन गर्न गएको मौका छोपी सिक्री निकालेर भागेको पीडित कार्कीले जानकारी गराएपछि खोजीकार्य भएको थियो । भिडभाडबाट सिक्री निकालेर भागेपछि खोजीकार्यको क्रममा चारजना तराईतिर बस्ने यूवाहरुलाई नियन्त्रणमा लिइएको छ ।


मन्दिरमा दर्शन गर्नका लागि पुगेका यूवाहरु मन्दिर आसपासका देखिएको र सिक्री हराएपछि भागेको आशंकामा बाटोबाट नियन्त्रणमा लिइएपनि थप अनुसन्धान भइरहेको छ । हाल प्रहरीको नियन्त्रणमा रहेका यूवाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

पीडित महिलाले समेत हराउने क्रममा आसपासमा देखिएहरुलाई नै प्रहरीले नियन्त्रणमा लिएको बतापनि हालसम्म चोरीबारे अस्वीकार गरेका छन् । चाडपर्वमा मन्दिरमा आउने भक्तजनलाई गरगहना नलगाई आउन अनुरोध गरेपनि अटेरी गर्दा हराउने गरेको छ।


जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा जगन्नाथ मन्दिरमा रहेका भगवान् जगन्नाथको मूर्तिलाई रथयात्रामार्फत सार्वजनिक गरी भक्तजनका लागि प्रत्यक्ष रुपमा अवलोकन र दर्शनको क्रममा भिडभाडमा पैसा र गरगहना हराउने गरेको गुनासो गरेपनि सिसी क्यामेराको अभावका कारण समस्या हुने गरेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले बताए । एक दिनमात्रै भगवानको मूर्तिलाई प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले यस दिन भक्तजनको भीडभाड हुेन गरेको अवस्थामा सिसी क्यामेराको आवश्यकता रहेको अध्यक्ष शर्माले बताए ।

मन्दिरको सीसी टीभी भएको अवस्थामा चोरी नियन्त्रणसहित हराएका सामान समेत फुटेजको आधारमा खोजीकार्यमा सहज हुने शर्माले बताए ।


विसं १५५० मा राजा दिलीपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । ५३१ वर्ष पुरानो जगन्नाथ मन्दिरलाई नेपालमै फरक स्वरुपमा पुनर्निर्माण गरिएको छ ।मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु राखिएका छन् । तत्कालीन राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेको विश्वास छ । मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वाससमेत रहेको छ ।

Leave a Comment