---Advertisement---

जपानमा हुने एसियाडमा म्याग्दीकी १६ वर्षीया रिहाना शेरचन छनौट, पदक जित्ने लक्ष्य

On: August 24, 2026 10:25 AM
Follow Us:

हरिकृष्ण गौतम
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा एसियाली खेलकुद (एसियाड)को २०औँ ब्याडमिन्टन संस्करणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङकी रिहाना शेरचन छनौट भएकी छन् ।

ब्याडमिन्टन प्रतियोगितामा कलिलै उमेरमा उत्कृष्ट खेल प्रर्दशन गदैं विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि«य पदक जितेकी शेरचनले यसपटक नेपाली टोलीलाई पदक दिलाउने गरी अभ्यासमा जुटेकी छन् । म्याग्दीमा जन्मिएर काठमाण्डौमा बस्ने रिहानाले पदकको खडेरीलाई तोड्दै नेपालका लागि सानदार खेल प्रर्दशन गर्ने बताएकी छन् ।


एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपालले लामो समयदेखि सहभागिता जनाउँदै आएको अवस्थमा हालसम्म नेपाली ब्याडमिन्टन खेलाडी एसियाडको पदकसम्म पुग्न नसकेको अवस्थामा रिहानाले उक्त अवस्थालाई अन्त्य गर्ने गरी कठोर मेहनत मात्रै गरेकी छैनन् नेपालले ब्याडमिन्टनमा पनि एसियाली देशमा अब्बल छ भन्ने प्रमाणित समेत अठोट गरेकी छन् ।

विश्व ब्याडमिन्टनमै आफ्नो प्रभुत्व जमाउन छिमेकी राष्ट्र भारत, चिनसहित विभिन्न शक्तीशाली देशहरुसँगको प्रतिस्पर्धासँगै पदकसहित नेपाल फर्किने रिहानाको भनाई छ । नेपालबाट रिहनासहित क्षितिज खनाल, प्रफुल महर्जन, रसिला महर्जन गरी चारजना ब्याडमिन्टन खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने छन् । नेपाली टोलीबाट प्रतिनिधित्व गनु नै पहिलो सफलता भएको र पदकसहित फर्किदा मात्रै लक्ष्य पूरा हुने छ ।


बुबा गोपाल र आमा निलम शेरचनको कोखबाट जन्मिएकी १६ बर्षिया रिहानाले यसअगाडी राष्ट्रिय जुनियर च्याम्पियनः यू–१३, यू–१५, यू–१७ र यू–१९ मा पदक जितेकी थिइन । सिंगो विश्वलाई कोभिड महामारीमा फसेको अवस्थामा पहिलोपटक बुबा गोपाल र आमा निलमको हौसालाले ब्याडमिन्टनको ¥याकेट समाएकी रिहानाले देशको जर्सी लगाएर सानै उमेरमा एसियाली खेलकुदको वृहत् मञ्चसम्म पुग्न सबैभन्दा बढी हौसला अभिभावकै छ । उनीसँगै बहिनी पनि महिला यू–१३ स्पर्धाको राष्ट्रिय च्याम्पियन हुन् ।


बुबाआमाले छोरीलाई ब्याडमिन्टन खेलमा दिएको साथ र सहयोगले छोटो समयमै राम्रो नतिजा हात पारेको र भविस्यमा पनि देशकै लागि खेल्ने बताइन् । रिहानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै विभिन्न उमेर समूहमा राष्ट्रिय जुनियर च्याम्पियनको उपाधि जितेकी छन्।

उनले हालसम्म राष्ट्रियस्तरमा ५० र अन्तर्राष्ट्रियस्तरमा ११ पदक जितिसकेकी छन्। उनलाई सुदीप कुमार योञ्जन प्रशिक्षकको भूमिकामा सघाइरहेका छन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले म्याग्दीमा जन्मिएर राष्ट्रि«य तथा अन्तराष्ट्रिय खेलमा सहभागि हुने खेलाडीलाई प्रोत्साहन तथा खेलकुदमा रेकर्ड समेत राखिने बताए । उनले म्याग्दीमा जन्मिएर खेलमार्फत विश्वभर चिनिने खेलाडीहरु नै खेलकुदका पहिचान भएकाले संरक्षण तथा प्रोत्साहनमा कुनै कमी नराखिने बताए ।

Leave a Comment