हरिकृष्ण गौतम
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका–१, हाकुबेँसी पाङलिङ रसुवाको एक जलविद्युत आयोजनामा कार्यरत म्याग्दीका दुई यूवा सम्पर्कविहिन भएका छन् ।
विगत डेढ बर्षदेखि २ सय १६ मेगावाट क्षमताको आयोजना माथिल्लो त्रिशूली–१,जलविद्युत् आयोजनामा सभिल निर्माण कार्यको जिम्मा चिनियाँ निर्माण कम्पनी पावर चाइनामा कार्यरत धवलागिरी गाउँपालिका–२,खोरियाका प्रविण पूर्जा र मालिका गाउँपालिका–४,छापका भविन्द्र रेग्मी बाँधस्थलमा काम गरिरहेको अवस्थामा एक्कासी बाढी आएर सम्पर्कविहिन भएपछि खोजीकार्यका परिवारले अपिल गरेका छन् ।

‘बाँधस्थलमा धेरै फसेको खवर छ, अहिले सम्पर्क हुन सकेको छैन, कसैले देखेमा खवर गरिदिनुहोला’ प्रविणका दाई टिकाकुमार पूर्जा मगरले बेनीअनललाइनलाई भन्नुभयो । सम्पर्कविहिन हुने दुबै म्याग्देली यूवा एकै ठाउँमा कार्यरत थिए । ‘बाढी आउनु अघिल्लो दिनसम्म फोनमा कुराकानी भएको थियो, विहान आवासगृहबाट साइटमा गएको केहीसमयमै अचानक बाढी आयो’ भागेर ज्यान जोगाउनुभएका टिकाले भन्नुभयो ।

म्याग्दीबाट आयोजनास्थलमा काम गर्ने मजदुरहरुमध्ये केहीले ज्यान जोगाएपछि आफ्नै परिवारका सदस्य सम्पर्कविहिन हुदाँ चिन्तित हुनुहुन्छ । उद्धारमा खटिएको टोलीलाई आयोजनास्थलको बाँध र टनेल आसपासमा खोजीकार्यलाई तिब्रता दिन अनुरोध गरिएको छ । बाढीले क्षती पुर्याएको नजिक रहेका वा उहाँबारे विश्वसनीय जानकारी भएका व्यक्तिहरूलाई परिवारसँग सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ।









