हरिकृष्ण गौतम
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाको एक जलविद्युत आयोजनामा कार्यरत धवलागिरी गाउँपालिका–२,खोरियाका नविन पूर्जा उद्धारको पखाईमा हुनुहुन्छ ।रसुवाको आमाछोदिङ्मो गाउँपालिका-१, हाकुबेँसी पाङलिङमा रहेको २ सय १६ मेगावाट क्षमताको आयोजना माथिल्लो त्रिशूली–१,जलविद्युत् आयोजनामा कार्यरत पूर्जा हाल रसुवाको सदरमुकाम धुन्चेमा रहेको र त्यहाँबाट सुरक्षित स्थानमा ल्याउन सहयोग गरिदिन दाई बिमल पूर्जाले अनुरोध गर्नुभएको छ ।
‘मेरो भाई अहिले धुन्चेमा छ, त्यहाँ फोन लाग्दैन, त्यहाँबाट सुरक्षित आउने वातावरण बनाइदिन अनुरोध छ’ पूर्जाले बेनीअनलाइनलाई भन्नुभयो । रसुवामा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत पूर्जा भागेर ज्यान जोगाएकाहरु अहिले सुरक्षित घर फर्किने गरी आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् । रसुवामा सिभिल निर्माण कार्यको जिम्मा चिनियाँ निर्माण कम्पनी पावर चाइनामा कार्यरत धवलागिरी गाउँपालिका–२,खोरियाका प्रविण पूर्जा र मालिका गाउँपालिका–४,छापका भविन्द्र रेग्मी बाँधस्थलमा काम गरिरहेको अवस्थामा एक्कासी बाढी आएर सम्पर्कविहिन हुनुहुन्छ ।
म्याग्दीबाट बाढीप्रभावित क्षेत्रमा कार्यरतहरुको सूची अझै तयार भएको छैन । विभिन्न जिल्लाका ठेगाना भएकालाई उद्धारमा म्याग्दी राखेर प्रचारप्रसार गरिएपनि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा परिवारको सम्पर्कमा नभएको सूचीमा मालिका गाउँपालिका–४,छापका भविन्द्र रेग्मी मात्रै हुनुहुन्छ ।









