यही असोजको ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले पु¥याएको क्षतिको व्यवस्थापन र पुनसर््थापनाका लागि शुक्रवार म्याग्दीमा अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सङ्घीय मन्त्री, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा विपद् व्यवस्थापनको विषयमा छलफल गरिएको हो ।
अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा बोल्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विपद्को समयमा आफू म्याग्दीमा नआए पनि विपद्बाट भएको क्षति र उद्धारलगायत सबै सूचना तथा जानकारी लिएर आफूले विपद् व्यवस्थापनको पहल गरेको बताउनुभयो । उहाँले आफू मन्त्रालयको काममा व्यस्त रहनुपर्ने भएकाले समयमा आउन नपाए पनि विभिन्न माध्यमबाट सूचना लिएर विपद् व्यवस्थापनका लागि काम गरेको बताउँदै म्याग्दी जिल्लाको बाढीपहिरो र क्षतिको विवरण सङ्कलन गरी आवश्यक तयारी गरेको बताउनुभयो ।
मन्त्री पुनले विपद्को समयमा सबैभन्दा पहिला सूचना प्रवाह प्रभावकारी हुनुपर्ने बताउँदै त्यसका लागि सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको गुणस्तर सुधार गर्नका लागि आवश्यक निर्देशन दिइएको बताउनुभयो । उहाँले बाढीपहिरो आउनुपूर्व जानकारी दिने पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि आवश्यक तयारी थालिएको बताउँदै बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा पूर्वसूचना प्रणालीका पूर्वाधारहरु जडान गरिने जानकारी दिनुभयो । पूर्वसूचना प्रणाली स्थापना र जडानका लागि जलस्रोत मन्त्रालयबाट काम समेत सुरु भएको मन्त्री पुनले बताउनुभयो ।
असोज ८–११ को वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बेनी–जोमसोम सडक खुलाउन आफूले मन्त्रालयको तर्फदेखि सक्दो पहल गरेको बताउँदै मन्त्री पुनले बेनी–दरबाङ सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले विपद् प्रभावित जिल्लामा पुनर्निर्माण र पुनसर््थापनाको कामलाई सरकारले प्राथमिकता दिनका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएकाले सोही अनुसार बजेट र जनशक्ति परिचालन गरेर पुनर्निर्माणको काम गरिने बताउनुभयो । बाढीपहिरोबाट विस्थापित नागरिकको पुनसर््थापनाको साथै अवरुद्ध सडक, विद्युत, सञ्चार, खानेपानी, विद्यालयलगायत क्षेत्रको पुनर्निर्माण हुने उहाँको भनाइ थियो ।

मन्त्री पुनले म्याग्दीसहित बाढीपहिरोले प्रभावित र क्षतिग्रस्त जिल्लाको पुनर्निर्माण, विस्थापित नागरिकहरुको पुनसर््थापना र व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले अहिलेका लागि म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको पहिरोग्रस्त र जोखिमयुक्त क्षेत्रको भू–गर्भविद्बाट स्थलगत निरीक्षण गरिएकाले अब बाँकी पालिकाहरुमा पनि भौगर्भिक अध्ययन गरेर त्यसबाट आउने नतिजाको आधारमा व्यवस्थापनको काम हुने स्पष्ट पार्नुभयो । सोही अवसरमा उहाँले म्याग्दीको सदरमुकाम बेनीबजार जोखिमयुक्त ठाउँमा रहेकाले छलफल पनि गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश सभा सदस्य हरि भण्डारीले प्रदेशस्तरबाट हुने सहयोगका लागि आफूहरुले सक्दो पहल गर्नुपर्ने बताउँदै पर्याप्त स्रोत परिचालनमा संघ सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै अब सोही अनुसार बजेटको व्यवस्थापन गरेर पुनसर््थापना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्रीसँगको छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका सभापति युवराज रोका, नेपाली कांग्रेसका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल कम्युनिष्ट पार्टीका संयोजक सेरबहादुर केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापाले पनि बाढीपहिरोबाट म्याग्दी जिल्लामा धेरै ठूलो क्षति भएकाले समयमै पुनर्निर्माणमा ध्यान दिनुपर्ने बताउँदै आ–आफ्नो पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र रेडक्रस म्याग्दी शाखाका सभापति अमर बानियाँले विपद् व्यवस्थापनमा गरिएका प्रयासहरुको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख ईन्जियिनर सत्यनारायण गामी, पूर्वाधार विकास कार्यालय र नेपाल टेलिकम दुरसञ्चार कार्यालयका प्रमुख तथा प्रतिनिधिले पनि विपद्बाट भएको संरचनाको क्षतिसँगै पुनर्निर्माणलगायत बारेमा आ–आफ्नो कार्यालयबाट भैरहेका पहलको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्बाट म्यादी जिल्लामा भएको क्षति, उद्धार, व्यवस्थापन र राहत वितरण तथा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गरिएका विविध गतिविधिसहित समग्र विषयवस्तुमा आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।











