---Advertisement---

चिनियाँलाई जीवितै उद्धार गरेको टनेलमा फसेका थिए म्याग्दीका प्रविण पूर्जा

On: September 5, 2026 5:39 PM
Follow Us:

हरिकृष्ण गौतम

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा जिल्लाको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युतबाट शनिबार जीवितै उद्धार गरिएको एक जना चिनियाँ नागरिक रहेको टनेलबाटै धवलागिरी गाउँपालिका–२,खोरियाका प्रविण पूर्जा सम्पर्कविहिन भएको आफन्तले बताएका छन्।

रसुवाको आमाछोदिङम गाउँपालिका–१,हाकुबेँसीमा निर्माणाधीन जलविद्युत आयोजनास्थलमा बेपत्ता भएका मजदुरमध्ये जिवितै उद्धार गरिएको चिनियाँ नागरिक रहेको टनेलमा काम गरिरहेको अवस्थामा एक्कासी बाढी आएको ्रविणका दाई टिकाकुमार पूर्जा मगरले बेनीअनललाइनलाई भन्नुभयो ।

‘आज उद्धार गरिएका चिनियाँलाई मैले राम्रोसँग चिन्छु, उहाँ रहेको टनेलबाटै भाई सम्पर्कविहिन भएको छ।’ गत भदौ १० गते आएको बाढीमा भागेर ज्यान जोगाउनुभएका पूर्जाले उक्त टनेलभित्रबाट अर्का स्थानमा जान सकिने पुल रहेको बताउनुभयो । ‘चिनियाँ उद्धार गरिएको टनेलभित्र झ्याङ छ, त्यहाँबाट आवतजावत गर्न सकिन्छ’पूर्जाले भन्नुभयो ।

बाढीबाट भागेर ज्यान जोगाएकाहरू घर फर्किएको र त्यहाँको नियमित जानकारी समेत लिन नपाएको पूर्जाको भनाई छ । चिनियाँ नागरिकको जीवितै उद्धार भएपछि आस पलाएको पूर्जाले बताउनुभयो । ‘टनेलभित्र तत्कालै धेरै फसेको खवर पाइएको थियो, त्यहाँ भित्रै भएको अनुमान चिनियाँ भेटिएपछि पुष्टी भएको छ, अब अरु बेपत्ताको खोजीमा समेत ततिब्रता दिन अनुरोध छ’ टिकाकुमारले भन्नुभयो ।

जलविद्युत् आयोजनामा सभिल निर्माण कार्यको जिम्मा चिनियाँ निर्माण कम्पनी पावर चाइनाले लिएको थियो । यस आयोजनामा म्याग्दीका प्रविणसहित डेढ बर्षदेखि कार्यरत मालिका गाउँपालिका–४,छापका भविन्द्र रेग्मी समेत सम्पर्कविहिन हुनुभएको छ । यही आयोजनाबाट खोरियाका टिकाकुमार पूर्जा,बिमल पूर्जा, नविन पूर्जा, प्रदिप पूर्जा भागेर ज्यान जोगाउनुभएको थियो । बाढीले क्षती पुर्याएको नजिक रहेका वा उहाँबारे विश्वसनीय जानकारी भएका व्यक्तिहरूलाई परिवारसँग सम्पर्क गरी जानकारी गराइदिन समेत अनुरोध गरिएको छ ।

Leave a Comment