बेनी नगरपालिका भलिबल संघको दोस्रो अधिवेशन पुर्व भलिबल खेलाडी पुष्कल खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको कार्यालयमा आयोजित अभिवेशनबाट बेनी नगरपालिका–६, छाप यूवा क्लवका अध्यक्ष खत्रीको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा रमेश बोगटी,सचिव रेशम राई,कोषाध्यक्ष मिना जुग्जाली रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा सचिन परियार,राजन बर्देवा,कृष खत्री,दिनेश बानियाँ,किरण जिसी,सन्देश खत्री, प्रकृति बानियाँ रहनुभएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो । अधिवेशनबाट सल्लाहकारमा मनिष गौचन,डेक घर्ति,देबेन्द्र खत्री, रन्जित बानियाँ रहनुभएको छ ।

यसैबीच दोस्रो मंगला गाँउपालिका भलिबल संघको अधिवेशन बाट सर्वसम्मत पुर्व भलिबल खेलाडी एव रेफ्री घन बहादुर खत्रीको नेतृत्वमा ९ सदस्य कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा याम बहादुर भण्डारी,सचिव ओम बहादुर थापा, कोषाध्यक्ष भिमा रोका रहनुभएको छ भने सदस्यहरूमा किशोर कंडेल, विनिता सापकोटा, सुमित्रा खत्री, एजु नेपाली, नरेश बस्याल रहनुभएको छ । समितिको सल्लाहकारमा मुक्तमान केसी,हर्क छन्त्याल , डेक बहादुर थापा, युग कुमारी शेनलाई चयन गरिएको जिल्ला अध्यक्ष तेजेन्द्र बानियाँल े बताउनुभयो ।










