---Advertisement---

चिनाखेत बाढीपीडित परिवारलाई आर्थिक सहयोग

On: September 6, 2026 4:07 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीको चिनाखेतमा बाढीमा ज्यान गुमाएका पीडित परिवारलाई बरंजा भकिम्ली माईती कुटुम्ब समाज र म्याग्दी मगर समाज काठमाण्डौले आर्थिक सहयोग गरेको छ ।

गत साउन महिनाको १० गते राती चिनाखेल खोल्सामा आएको भीषण बाढीमा ज्यान गुमाउनुभएका स्थानीय ७० वर्षीय लालवीर छन्त्यालको परिवारलाई बरंजा भकिम्ली माईती कुटुम्ब समाज काठमाण्डौ ३० हजार र म्याग्दी मगर समाज काठमाण्डौ २० हजार मृतककी श्रीमति दिलमति छन्त्याललाई हस्तान्तरण गरिएको हो । बाढीपहिरोबाट विस्थापित भएपछि विभिन्न माध्यमबाट सहयोग प्राप्त भएको छन्त्यालको भनाई छ ।


म्याग्दी मगर समाज काठमाण्डौका अध्यक्ष कमलराज पुनले बाढीबाट ज्यान गुमाउने परिवारका सदस्यलाई सानो सहयोग गरिएको बताउनुभयो । बरंजा भकिम्ली माईती कुटुम्ब समाज र म्याग्दी मगर समाज काठमाण्डौले विभिन्न सामाजिक कार्यबाट बिरामी, प्राकृतिक विपत्ती लगायत अन्य समस्यामा परेकालाई सहयोग गर्ने गरेको छ ।बाढीपहिरोले चिनाखेत र दुधेखोलामा २५ घरगोठ सहित खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।

Leave a Comment