---Advertisement---

खाजा खर्च कटाएर विद्यार्थीद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

On: September 7, 2026 8:37 AM
Follow Us:

आफूले खाने खाजाको खर्च कटाएर म्याग्दीका स्कुले विद्यार्थीले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् । जिल्लाभर सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । विद्यार्थीहरूले आफ्नो स–साना व्यक्तिगत २–३ दिनको खाजा खर्चसमेत बचाएर विपत्तिमा परेका नागरिकका लागि यो सहयोग रकम जुटाएका हुन् । ‘विद्यार्थीहरूले आफ्नो सानो खर्च कटाएर बाढीपीडितको घाउमा मलम लगाउन गरेको प्रयास अत्यन्त प्रशंसनीय छ’ बेनी बोर्डिङ सेकेण्डरी स्कुलका प्रिन्सिपल नविन पोख्रेलले भने ।


बेनीको न्यु वेस्ट पोइन्ट आवासीय माविले चार लाख ५१ हजार रुपैयाँ सहयोग गरेकोमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले १ लाख सहयोग गरेकाप्रधानध्यापक डीवी दाहालले बताए । विद्यार्थीमा सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । जिल्लाको सदरमुकाम देखि ग्रामिण क्षेत्रसम्म विद्यार्थीले सहयोग जुटाएर शिक्षकमार्फत कोषमा जम्मा गरिएको छ । प्रकाश माविका प्रअ जयराम सुबेदीले विद्यार्थीको सहयोगी मनको उदाहरण यसपटकको विपत्तीमा देखिएको बताए ।

विद्यार्थीहरूले सञ्चालन गरेको यस अभियानले सानो सहयोगले पनि विपत्तिमा परेका परिवारप्रति ठूलो मानवीय साथ र सद्भाव व्यक्त गर्न सकिने सन्देश दिएको जिल्ला शिक्षा समितिकी संयोजक एवम् जिसस म्याग्दीकी कार्यावाहक प्रमुख दिलकुमारी खत्रीले बताइन । यही भदौ १० गते रसुवाको लाङटाङ हिमाल आसपासबाट हिमनदी पहिरो खस्दा १ हजार बढी नागरिकको मृत्यु भएको, सयौँ जना बेपत्ता भएको र हजारौँ नागरिकहरुको अहिले पनि उद्धारको काम भैरहेको छ ।

Leave a Comment