---Advertisement---

जंगलमा भरुवा बन्दुक फेला

On: September 12, 2026 8:12 AM
Follow Us:

जंगलमा बेवारिसे अवस्थामा रहेको तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–५ दाग स्थित थानापती सामुदायिक वनको बाँसघारीमा लुकाइएको भरुवा बन्दुक शुक्रबार फेला पारेको हो ।

बेवारिसे अवस्थामा एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।

Leave a Comment