---Advertisement---

चिलिमे सुरुङमा तीन जनाको शव फेला

On: September 16, 2026 6:25 PM
Follow Us:

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा तीन वटा शव फेला परेको छ । नेपाली सेनाका अनुसार बुधबार गोताखोरसहितको टोलीले उक्त सुरुङ प्रवेश गरी टनेलको अन्तिम किनारासम्म खोजी कार्य गर्दा तीन वटा शव फेला परेको हो । फेला परेको शवमध्ये दुई वटा शव उद्धार गरी बाहिर निकालिएको छ भने बाँकी एक शव बाहिर निकाल्ने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । 

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरुको उद्धारका लागि विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले उपलब्ध जनशक्ति परिचालन गरी हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा ड्रप गरिएको एक्जाभेटर र लोडर चट्टान फोडी करिब एक हजार मिटर बाटो निर्माण गरी सुरुङसम्म पुर्‍याइ निरन्तर डेबिस हटाउने कार्य गरिएको थियो । 

Leave a Comment