---Advertisement---

बुद्ध युवा क्लबद्वारा बेनीबजारमा निःशुल्क पानी वितरण

On: September 29, 2026 8:07 PM
Follow Us:

म्याग्दीमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण खानेपानीको पाइपलाइनमा क्षती पुगेपछि सदरमुकाम बेनीमा बौद्ध यूवा क्लवले निःशुल्क पानी वितरण गरेको छ ।

बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ–ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएपछि पिउने पानीको अभाव झेल्दै आएकालाई तत्काल सरसफाई सहित घरायसी काममा प्रयोग गर्न मिल्ने गरी पानीको आपूर्ति गरिएको क्लवका अध्यक्ष दुर्गा बुढामगरले बेनीअनलाइनलाई बताउनुभयो । क्लवले बेनपा ७ र ८ वडामा पानी वितरण गरेपछि स्थानीयको भिड लागेको थियो ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चेको पुम्दीखोला र भकिम्ली दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका करिब २२ हजार जनसंख्यालाई वितरण गर्ने गरेकोमा बाढीपहिरोले पाइपलाइन छियाछिया भएपछि मर्मतको काम भइरहेको छ।

लगातारको तीनदिनको बर्षापछि विभिन्न स्थानमा पाइप फुटेपछि सो क्षेत्रमा खानेपानी वितरण ठप्प बनेपछि सञ्चित रहेको पानी वितरण गरेपनि अब मर्मत नगरी खानेपानी उपलब्ध गराउन असहज भएका संस्थाका अध्यक्ष रमेश गरीले बताउनुभयो ।

अध्यक्ष गिरीले प्राविधिक सहितको टोलीले दिनरात नियमित आपूर्तीका लागि काम गरिरहेको अवस्थामा यसपटक विगतमा भन्दा धेरै क्षती भएको छ । बाढीपहिरोले पाइप बगाउने,भाँचिएको छ । बेनीबजारभन्दा माथि बराहपाखो सामुदायिक वनमा रहेको ट्यांकीमा समेत हाल खानेपानी सञ्चित नभएकाले मर्मतमा विहानदेखि मध्यरातसम्म काम भइरहेको छ । मर्मतको क्रममा खानेपानीको पाइप चोरी भएको समेत भेटिएको संस्थाका उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको भनाई छ ।

Leave a Comment