---Advertisement---

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारणसभा सम्पन्न

On: October 7, 2026 7:36 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले कर्मभूमी र जन्मभूमीमा आफ्नो क्षमता अनुसार सहयोग गदैं आइरहेकाले जापानमा रहने म्याग्देलीलाई मोनामा आवद्ध हुन बक्ताहरुले अपिल गरेका छन् ।

मोनाको वार्षिक साधारण सभाको अवसरमा गत आईतबार टोकियोको शिनओकुबोमा एक कार्यक्रमको आयोजना गरी साधारणसभामा कर्मभूमीमा समस्यामा परेका म्याग्देली तथा जन्मभूमी नेपालसहित आफ्नै गृह जिल्ला म्याग्दीमा विभिन्न सामाजिक एवम् मानवीय सेवामा सर्मपित भएकाले मोनाको सदस्यतामार्फत म्याग्देलीहरुसँगको सम्बन्ध अझै बलियो बनाउन सकिने मोना अन्तराष्ट्रि«यका निर्वतमान अध्यक्ष एवम् प्रमुख संरक्षक ददीवल खड्काले बताउनुभयो ।


सोही अवसरमा मोना अन्तराष्ट्रि«यका उपाध्यक्ष दिपक केसीले मोना जापानमार्फत भइरहेका कार्यले मोनालाई थप बलियो बनाउने तथा सुखदुखको साथी मोना भएकाले प्रवासी म्याग्देलीले आफ्नो घर सम्झिएर मायाँ र साथ दिनुपर्ने बताउनुभयो । साधारणसभामा पूर्व अध्यक्ष सचिन श्रेष्ठ, निर्वतमान अध्यक्ष बिशाल केसी लगायतको उपस्थिती रहेको थियो । संघको नियमित वार्षिक कार्यक्रमअन्तर्गत आयोजित सभामा संस्थाले वर्षभरि सञ्चालन गरेका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।


सभामा संघको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संघका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक वर्षको आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष कार्कीले संघको आर्थिक गतिविधि, आम्दानीका स्रोत तथा खर्चसम्बन्धी विवरणसमेत सभामा जानकारी गराउनुभएको थियो । सभाका सल्लाहकार तिलक मल्लले विभिन्न विषयमा आफ्नो धारणा राख्नुभएको थियो । प्रतिवेदनमार्फत वर्षभरिका प्रमुख गतिविधि, संस्थागत उपलब्धि, आर्थिक अवस्था तथा आगामी योजनाबारे सदस्यहरूलाई जानकारी गराइएको थियो ।


सभामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यवाहक अध्यक्ष टीका छन्त्यालले जापानमा रहेका म्याग्देली नेपालीहरू बीच एकता, सहकार्य र आपसी भाइचारा अझ मजबुत बनाउँदै सामाजिक तथा मानवीय क्षेत्रमा संस्थाको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कावा अध्यक्ष छन्त्यालको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन सचिव गणेश बानियाँले गर्नुभएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले प्रवासी म्याग्देलीहरूको हितका साथै नेपाल – जापानबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

Leave a Comment