मानवीय तथा सामाजिक कार्यमा सक्रिय बेगखोला कल्याणकारी समाज यूकेले भविष्यमा आइपर्ने संकट न्युनिकरण गर्न कालिगण्डकी नदीमा बाढीको भविष्यमा आइपर्ने संकट न्युनिकरण गर्न कालिगण्डकी नदीमा बाढीको पूर्वसूचना दिने ’राडार’ जडान गरिने भएको छ। सघाउने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरलाई समाजका पूर्व अध्यक्ष योगकुमार फगामीसहितको टोलीले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
समाजले दुई लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोही अवसरमा प्रजिअ गैरले म्याग्दी, कालिगण्डकी, राहुघाट सहित बाढीको जोखिम रहेको क्षेत्रमा पूर्वसंकेत दिने उपकरण जडानका लागि आवश्यक प्रक्रिया सुरु भएको बताउँदै उक्त अभियानमा प्रतिबद्धता अनुसारको साम्रागीका लागि सहकार्य गर्ने बताउनुभयो । समाजले बाढीपहिरो प्रभावितहरुलाई लक्षित गरी संकलन गरेको आर्थिक ५० हजार बेगखोलाको टोल नं १ मा गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण भत्किएको पुल र अन्नपूर्ण गाउँपालिकामा ५० हजार सहयोग गरिएको पूर्व अध्यक्ष फगामीले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेगखोला कल्याणकारी समाज यामकुमार पुर्जा, बेगखोला कल्याणकारी आमा समुह अध्यक्ष श्यामकुमारी तिलिजा, पूर्व अध्यक्ष यामकुमारी पुन लगायतको उपस्थित रहेको थियो । बेगखोला कल्याणकारी समाज यूकेका अध्यक्ष अर्जुन तिलिजाले बाढीपहिरोका कारण जन्मभूमी म्याग्दीसहित देशभर वितण्डा मच्चाइरहेको अवस्थामा समाजमार्फत संक्लन भएको आर्थिकले राहत तथा पुर्नस्थापनासहितका कार्यमा सहयोग गरेको बताउनुभयो ।

उहाँले अभियानमार्फत संकलित रकमले आगामी दिनमा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिमलाई समेत न्यूनिकरण गर्ने कार्यमा समेत सहयोगको सुरुवात गरिएको बेनीअनलाइनलाई बताउनुभयो । म्याग्दीमा बाढीको पूर्व सूचना दिने उपकरण जडानको प्रतिस्पर्धा जनाउने समाज पहिलो संस्था हो । तीनवटा जलाधार क्षेत्रमा विभाजित म्याग्दीलाई सूचना र प्रविधिमार्फत भविस्यमा हुने जोखिम न्यूनिकरणका कार्यमा जिल्ला प्रशासन कार्यालयले प्राथमिकता दिएको छ ।











