म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङस्थित डाँफे युवा क्लबले बास्केटबल तथा भलिबल खेलमैदान ढलानका लागि सहयोगको अपिल गरेको छ।
क्लबको भदौ २० गते बसेको बैठकले खेलमैदान निर्माणलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँबाट निर्माण कार्य अघि बढाउँदै स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट थप आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ। क्लवका अध्यक्ष सुमन केसीले गाउँमा रहेको खेलमैदानलाई ब्यवस्थित बनाउन सरकारी बजेटबाट निर्माण कार्य सम्पन्न गर्न अपुग हुने भएकाले स्वदेश तथा विदेशमा रहेका क्लबप्रति शुभेच्छुकहरुबाट थप सहयोग जुटाएर पूर्णता दिने बताउनुभयो ।

‘सबैको सहयोग आवश्यक छ, गाउँको खेलमैदानलाई राम्रो बनाउने अभियानमा जुटेका छौ’ अध्यक्ष केसीले भन्नुभयो । क्लबले खेलमैदान निर्माणले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै भविष्यका प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने आर्थिक सहयोग समितिका संयोजक एकिन जुग्जालीले बताउनुभयो ।
क्लवले आर्थिक सहयोग संयोजकमा जुग्जाली, सदस्य क्लव अध्यक्ष केसी, तेजिन्द्र मान पुन, सफल गर्नुजा, गमबहादुर गुरुङ, किशोर गर्नुजा र जगबहादुर गर्बुजालाई सदस्य बनाएर अभियानमा जुटेको छ। हलसम्म २ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।










