---Advertisement---

‘किन बग्दैछ वर्षेनी लाखौं टन माटो?’

On: October 14, 2026 10:19 PM
Follow Us:

वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक विस्तार, परापूर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनुजस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश बस्तीहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ ।म्याग्दी जिल्लाको ६१ प्रतिशत भू–भाग ६० डिग्रीभन्दा बढी, ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना रहेको छ भने केवल ३ प्रतिशत भू–भाग मात्र समथर रहेको छ ।


क्षेत्रफलको हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग किमी ओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी वर्षा,भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिइँदै जानु,भिरालो पाखाहरुमा रहेका ठूला रुख प्रजातिका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु जमिनमा धाँजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए ।

‘हरेक वर्ष नयाँ पहिरो थपिँदै गएको छ,सडक सञ्जाल जोडिएका क्षेत्रमा धेरै बाढीपहिरो देखिएको छ, मानवीय त्रटीले विनाश निम्त्याएको छ’बरिष्ठ जलाधार अधिकृत मिश्रले भने ।म्याग्दीमा नदी प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया ३ वटा जलाधार क्षेत्र रहेका छन् । जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको अवस्थामा बर्षेनी २५ लाख १५ हजार ७ सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा वगेर गएको यस तथ्याङ्कपछि अर्को नयाँ सार्वजनिक गरिएको छ ।


गत असोज ८ देखि १२ गतेसम्म परेको बर्षाले जिल्लाभरको अवस्था झनै भयानक बनेको अवस्थामा तथ्याङ्कतथ्याङक अद्यावधिक गरेमा नतिजाले झस्काउने प्राविधिक टोलीको भनाई छ । जिल्लाको सदरमुकाम बेनीबजारदेखि ग्रामिण क्ष्ेत्रमा नचर्किएको ठाउँ छैन, नखसेको पहिरो ।

जिल्ला समन्वय समितिका म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले अब म्याग्दीमा बाढीपहिरोग्रस्त क्षेत्रमा थप क्षती हुनबाट रोक्ने र अन्य क्षेत्रमा विकास निर्माणका कार्यहरू सञ्चालन गर्दा वातावरण अनुकुलका कार्यहरु अनिवार्य गर्नुपर्ने बताइन् । ‘यसपटकको बाढीपहिरोले धेरै खतराको घण्टा बजाएको छ, अब पनि पुरानै शैलीबाट काम भए ठूलो विपत्तीको सामना गर्नुपर्ने हुन्छ’ कार्यबाहक प्रमुख खत्रीले भनिन् । भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानवीय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेतीयोग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको छ ।

Leave a Comment