---Advertisement---

‘जलवायु परिवर्तनको पीडा विश्वले सुन्दैछ’

On: October 27, 2026 2:22 PM
Follow Us:

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी हानि नोक्सानी सम्बोधन कोषले जलवायु परिवर्तनको असरका कारण नेपालले भोगेको भौतिक तथा मानवीय क्षतीका बारेमा गरेको निर्णयले हिमाली क्षेत्रका बासिन्दाले राहतको महसुस गरेका छन् ।

यही कात्तिक ५ गते बसेको हानिनोक्सानी सम्बोधन कोषको बैठकले गरेको विशेष निर्णयसँगै नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् करिब तीन अर्ब रुपियाँ बराबरको अनुदान सहयोग अनुमोदनले बिना कुनै कमजोरी नेपालले बर्षेनी भोग्नुपरेको अकल्पनीय पीडाको पहिलो न्याय भएको मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले बताए

अध्यक्ष लालचनले भन्नुभयो,‘‘हिमाली भेगको पीडा विस्तारै सम्बोधन हुन थालेको छ, नेपाल सरकारको निरन्तरको पहलले यो सफलता प्राप्त गरेको हो।’’अध्यक्ष लालचनले जलवायु परिवर्तनका कारण भोग्नुपरेका हरेक समस्याका बारेमा विश्वका शक्तीशाली राष्ट्रले बेवास्ता गदै आएको अवस्थामा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी हानि नोक्सानी कोषको सम्बोधनले अब नेपालको मुद्धा स्थापित भएको बताउनुभयो ।

भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढीको २० दिनपछि भदौ महिनाको ३० र ३१ गते घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलनमा ४९ बुँदे घोषणापत्र मार्फत प्रतिबद्धता तथा मागमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असर र जलवायुको मुद्धाले न्याय पाएको अध्यक्ष लालचनको भनाई छ । उक्त सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो भने प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देश पठाउनुभएको थियो ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधनमा प्रधामन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालले भोगेको पीडालाई विश्वसामु सुनाएपछिको पहिलो न्याय मिलेको भन्दै मुस्ताङका संरक्षण क्षेत्रका सक्रिय रहेको संघसंस्थाले समेत खुसी ब्यक्त गरेका छन् । मुस्ताङमा कृषि, पशुपालन,पर्यटन लगायतका क्षेत्रमा गम्भीर असर गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमनदी पग्लने, हिमताल विस्तार तथा अस्थिर हुने गरेकाले असर अनुकूलन क्षमता अभिवृद्धिका लागि स्वीकृत तीनवटा परियोजनाबाट हिमाली जिल्ला मुस्ताङ, म्याग्दी लगायतलाई समेत समेट्न समेत अनुरोध गरेका छन् । बाढी तथा पहिरोको पूर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धि लगायतका कार्यक्रमहरूलाई मुस्ताङका स्थानीय तहले समेत हिउँदे अधिवेशनमार्फत सम्बोधन गर्ने तयारी गरेका छन् ।

Leave a Comment