नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो । कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो ।
मध्याह्न कालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्न कालमा टीका लगाउन कुनै समस्या छैन ।
यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि नै सुरु हुन्छ । त्यस दिन धनत्रयोदशी (धनतेरस) पर्व परेको छ । कात्तिक २१ गते शनिबारदेखि काग तिहार परेको छ । धन्वन्तरी जयन्ती पनि यसै दिन परेको छ । कात्तिक २२ गते आइतबार नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
दिउँसो कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्नेछ । लक्ष्मीपूजा पनि यसै दिन गरिन्छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक २४ गते मंगलबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह)















