प्रहरीले बागलुङ बजारमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेकाे छ । बागलुङ नगरपालिका-२ हल्लनचोकस्थित अमर खड्काको घरबाट खड्कासहित ९ जनालाई एक लाख ६४ हजार ९ सय २५ रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएकाे प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका-२ बस्ने ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ६४ वर्षीय अमर खड्का, ५० वर्षीय दुर्गा बहादुर खत्री, ३५ वर्षीय हरी शर्मा, बागलुङ नगरपालिका-३ का ६६वर्षीय भीमबहादुर खत्री,६६ वर्षीय डम्मर बहादुर भण्डारी, बागलुङ नगरपालिका-१ का ५५ वर्षीय राजु गौतम र वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली रहेका छन् ।
पक्राउ पर्ने नेता, वकिल र स्वास्थ्यकर्मी रहेकाे पाइएकाे छ । अमर खड्काको तीन तले पक्की घरको तेस्रो तलामा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । अहिले अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
















