---Advertisement---

पोखरा दुर्घटनामा ज्यान गुमाएका म्याग्दीका दुई युवाको पोस्टमार्टममा ढिलाई

On: November 15, 2026 4:25 PM
Follow Us:


हरिकृष्ण गौतम
पोखरा महानगरपालिका-५, जिरो किलोमिटरनजिक सडकमा रोकेर राखिएको जिपको पछाडि स्कुटर ठोक्किँदा शुक्रबार पोखरामा ज्यान गुमाएका म्याग्दीका दुई यूवाको पोष्टमार्टममा ढिलाई भएको छ ।

स्कुटरमा सवार म्याग्दी जिल्ला, मंगला गाउँपालिका ,दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने २६ वर्षीय मोहन परियारको शब अस्पतालको शब गृहमा राखिएको छ । गम्भीर घाईते दर्जी र परियारको उपचारको क्रममै शुक्रबार साँझ चिकित्सकले मृत घोषित गरेको भएपनि विदाका कारण पोष्टमार्टममा ढिलाई भएको हो ।


आइतबार दिउँसोसम्म पोष्टमाटर्मका लागि प्रक्रिया अघि नबढेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बिरेन्द्रकुमार पासवानले बेनीअनलाइनलाई बताउनुभयो । ‘घटनाको अनुसन्धान जारी छ, विदाका कारण पोष्टमार्टम भएको छैन, कानुनी प्रक्रिया पूरा गरेपछि शब आफन्तलाई हस्तान्तरण गर्नेछौ’ सूचना अधिकारी पासबानले भन्नुभयो ।


सोमबार समेत सार्वजनिक विदा भएकाले मंगलबारसम्म कानुनी प्रक्रिया सकिने अनुमान गरिएको छ । घटनास्थलका बारेमा सामाजिक सञ्जालमा आएका विभिन्न सूचनाका बारेमा आधिकारिक जानकारी कार्यालयबाट नदिइएको जनाएको छ । मृतक परिवारलाई नै थप पीडा दिने सुचना प्रवाह नगर्न समेत पोखरामा रहेका म्याग्देलीले जनाएका छन् ।


पोखरा महानगरपालिका– ५, जिरो किलोमिटरनजिक रोकेर राखिएको लु.३च ५२७४ नम्बरको बोलेरो जिपको पछाडि ग.२३प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा ज्यान गुमाएका यूवाद्धय दर्जी र परियारको टाउको र आँखामा चोट लागेको थियो। दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र जिपचालक कास्की जिल्ला, पोखरा महानगरपालिका– २८, कालिका बस्ने ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Comment