हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयको “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ”मा आइतबार एकैदिन २१ लाखभन्दा दान संकलन भएको छ । विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेर गत बिहिबार देखि आयोजना गरिएको महायज्ञको कलशयात्रा यता करिब सवा करोड अर्थात एक करोड २५ लाख भन्दा बढी आर्थिक जुटेको महायज्ञ सचिवालयका ज्ञानेन्द्र आचार्यले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

हालसम्म महायज्ञमा हालसम्म सबैभन्दा धेरै मंगला–१, तुसारेपानी हाल अष्टे««लिया निवासी मुक्ति रोका परिवारबाट १५ लाख ५ हजार ५५५ विद्यालयका पूर्व प्रअ भद्र बहादु क्षत्रीबाट ५ लाख ५ हजार ५५५ रुपैयाँ र जमुना पुन ५ लाख, मंगला–१, कुहुँका छकबहादुर, कबिन्द्र पुन ५ लाख ५५५ रहेको छ ।

त्यसैगरी पुर्व विद्यार्थी महेन्द्र घर्ती हाल दक्षिण कोरियाबाट ३ लाख ५० हजार रुपैयाँ, महेन्द्र सिता जिसी हाल अमेरिका ३ लाख ५० हजार ५५५ रुपैयाँ,भुपु माननीय नरबहादुर पुनबाट ३ लाख, गोविन्द्र बहादुर खत्री ३ लाख, गंगादेबी राम्जाली २ लाख २ हजार २२२ रुपैयाँ,देउप्रसाद, देउकुमारी रोका २ लाख २२ हजार २२२ रुपैयाँ,रुकबहादुर, भेषमायाँ राम्जाली २ लाख २२ हजार २२२ लालमति खत्री २ लाख २२ हजार २२२ रुपैयाँ,नन्दबहादुर,लक्ष्मीदेवी पुन २ लाख २ हजार २२२ रुपैयाँ,इन्द्रबहादुर खत्री २ लाख २ हजार २२२ रुपैयाँ,देबबहादुर हरिकला खत्री २ लाख २ हजार २२२ रुपैयाँ रहेको छ ।

आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने शैक्षिक अभियानका लागि घरदैलो,मेलापातमा रहेका अभिभावक तथा चन्दादाता भेटघाटका साथै स्वदेश तथा विदेशमा रहेका दाताबाट समेत आर्थिक सहयोग आउने क्रम जारी रहेको प्रअ डा. नन्दबहादुर खत्रीको भनाई छ ।

महायज्ञमा रु १ सयदेखि माथिको आर्थिक प्राप्त भइरहेको छ । महायज्ञमा स्थानीय लालमति खत्रीले ५८ किलो सिक्काको तुलादान गर्नुभएको छ भने कात्तिक महिनामा धान दान गर्दा पुन्य हुने भएकाले धान दान गर्नेको घुईचो लागेको छ । महायज्ञमा ग्रहशान्तीसहित अन्य धार्मिक कार्यहरु समेत भइरहेको छ । आगामी मंगीर १ र २ गते चौरासी पुजाका लागि समेत नाम टिपाउने कार्य भइरहेको छ । धार्मिक परम्परा अनुसार महायज्ञमा चौरासी पूजालाई विशेष धार्मिक महत्व रहेको छ । खेतिपातीको समयमा समेत स्थानीय तथा छिमेकी गाउँहरुबाट उत्साहजनक सहभागिता रहेको छ।

पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट तीन करोड जुटाउने र दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको छ । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि भइरहेको छ । प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य रहेकोमा महायज्ञ अवधिमा लक्ष्य अनुसार सहयोग प्राप्त हुने छ ।

कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।
तस्वीर सौजन्य : सुरेन गुरुङ पत्रकार













