Sunday, June 8, 2025
21.6 C
Beni
21.6 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 1498

डेनमार्कमा निर्माण भएको नेपाली म्यूजिक भिडियो सार्वजनिक

नेपाली गीत संगीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरुको बढ्दो सक्रियताको सिलसिलामा डेनमार्कमा छायाँकन भई निर्माण गरिएको म्यूजिक भिडियो पहिलो प्रेम सार्वजनिक भएको छ । मोसन मेकरकोतर्फ गणेश खड्का द्धारा बुढासुब्बा डिजिटल प्रालिको यूटुभ च्यानल मार्फत बाहिर ल्याइएको उक्त भिडियोको गीत इन्दु बानियाँको आवाज र दिपक शर्माको संगीत रहेको छ भने शब्द रचना हाल डेनमार्कमा बस्ने कृष्ण पौडेलको रहेको छ । गायिका, संगित र रचनाकार समेत म्याग्दीकै रहेको हुन् ।

डेनमार्कका लोकप्रिय नेपाली कलाकार तथा इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापाको निर्देशनमा स्वयम सन्तकुमार थापा र मल्लिका प्रधानको अभिनय रहेको भिडियो गणेश खड्का बाट खिचिएको छ भने सम्पादन समेत खड्का स्वयमले गरेका छन । गीतमा नेपाली ग्रामिण परिवेशमा हुने अतितका प्रेमिल पलहरुको सम्झना गरिएको हृदयस्पर्शी शब्दहरु सुन्न सकिन्छभने भिडियोमा डेनमार्कको ग्रामिण क्षेत्रहरुको गर्मी मौसमका मनोरम दृश्यहरु देख्न पाइन्छ ।

वेष्ट पोइन्टमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययन गर्नको लागि आएका नव आगन्तुक विध्यार्थीहरुको लागि अध्ययनका विषय, त्यसको क्षेत्र, महत्व र विद्यालयको नीति नियम शैक्षिक कार्यक्रमा आदिका बारेमा उनीहरुलाई अभिमुखीकरण गरिएको हो ।

ब्यबस्थापन संकायमा कम्प्युटर फाइनान्स र बिजनेस स्टडी ३ वटा छनोटका बिषयहरु भएका कारणले उनीहरुलाई यी तिन वटा बिषयको बिसयबस्तु महत्व, क्षेत्रका बारेमा विषय शिक्षकले प्रस्ट पारेका थिए । श्रावण १४ र १५ गते २ दिन सम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन भाइस प्रिन्सिपल कृष्ण जिसीले “ब्यबस्थापन अध्ययन र यसको महत्व” र विद्यालयका नियम बारेमा प्रस्ट परेका थिए भने सोहि दिन वेष्ट पोइन्ट चौथो ब्याचका विद्यार्थी डा. इशा पुनले आफ्नो अनुभब भोगाई लगाएयत प्रेरक प्रसङ्ग उल्लेख गरेकी थिईन ।

कार्यक्रममा शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठले वेष्ट पोइन्टबाट अध्ययन गर्ने विद्यार्थी विश्वको जुनसुकै बजारमा पनि बिक्न सक्ने हुनु पर्ने र त्यसको लागि सैदान्तिक र प्रयोगात्मक अभ्यास वेष्ट पोइन्टले गर्दै आइरहेको छ यस वर्ष देखि भौतिक सुधार गर्दै फरक र नयाँ ब्यबस्थापनका साथ् कक्षा ११ –१२ र बिबिएस संचालन हुने बताउनु भयो ।
दोश्रो दिनको कार्यक्रममा शिक्षक गोबिन्द सुबेदी, प्रकाश सुबेदी कृष्ण गिरिले विषयगत र प्रिन्सिपल बिना झाले वेस्ट पोइन्टका शैक्षिक कार्यक्रम लगायत विषयमा अभिमुखीकरण गर्नु भएको थियो । 

दोश्रो दिनमा Student Exposure,  Team Building र Leadershipविकासका सामुहिक खेल समेत संचालन भएको थियो । खेलको सहजीकरण प्रिन्सिपल झा, शिक्षक घनश्याम शर्मा, लाल भारती, गोबिन्द सुबेदी, कृष्ण गिरि, राजेन्द्र नेपाल, प्रकाश सुबेदी लगायतले गर्नु भएको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल बिनाझाको संयोजकत्व शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठको बिशेष आतिथ्यता र कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ

कागती : छाला सफा राख्न तथा किड्नी स्टोनबाट बचाउन उपयोगी

हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी फलको रुपमा कागतीलाई लिइन्छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ । कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा लोकप्रिय छ।

हामीलाई चाहिने दैनिक भिटामिन सीको ३२ प्रतिशत मात्रा कागतीको सेवनबाट पाइन्छ । कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पनि पाइन्छ ।

यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कम मात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ, साथै कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तत्वले भरीपूर्ण हुन्छ ।

फाइदाहरुः

कागतीले स्ट्रोक हुन दिँदैंन :

कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन ।

कोलेस्टेरोल कम गर्छ स् कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।

कागतीले क्यान्सर लाग्न दिँदैंनः

कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ ।

कागतीले मुटु रोगबाट रोकथाम गर्छः

कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।

कागतीलाई तौल नियन्त्रण गर्छः

कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ ।

कागतीले छाला स्वास्थ्यका लागि उपयोगीः

यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ ।

कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छः

यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदंैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन ।

कागतीले किड्नी स्टोनबाट बचाउँछः

कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो ।

शरीरको महत्वपूर्ण अंग ‘कलेजो’स्वस्थ कसरी राख्ने ?

कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।यस्तो अभिन्न मानिने अंग कलेजोलाई स्वस्थ कसरी राख्ने त जानौं-

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई स्वस्थ राख्न मद्धत गर्छ ।

अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ ।

चुकन्दर र गाँजर– यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

ग्रीन टी– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ । ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ ।

हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन् । काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ । यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।

एभोकाडो– पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।

स्याउ– यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ ।

ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ । यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।

कागती – सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ । बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ ।

ग्यास्ट्रीकले निम्त्याउन सक्छ अल्सर,यस्तो हुन्छ अल्सरको लक्षण थाहा पाउनुहोस्

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ

खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।

प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

डन्डीफोर हटाउने घरेलु उपाय

सुन्दर देखिन को नचाहला र ? तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ ।

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह

महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

ल्वाङ

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

केराको बोक्रा

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

चन्दन पाउडर

चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

गोलभेँडा

गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

दैनिक एक स्याउ स्वास्थ्यका लागि धेरै फाइदा

स्याउ स्वास्थ्यको लागि एकदम गुणकारी फल हाे । स्याउमा शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू रहेका हुन्छन्।

भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व स्याउमा पाईन्छ। जसले डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।

दाँत मजबुत :

ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ ।

एनिमियाको बिरामीलाई फाईदा:

एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।

क्यान्सरको खतरा मुक्त :

नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।

कोलेस्ट्रोल कम :

स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।

तौल सन्तुलित :

शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युन सिस्टमलाई पनि राम्रो राख्छ ।

पत्थरी कव्जीयतबाट बचाउँछ:

नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । त्यसैगरी नियमित स्याउको सेवनले कब्जीयतको समस्या पनि आउँदैन ।

सुन्दर बनाउँछ:

नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।

‘म अंग्रेजी बोल्छु अभियान’

सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले ‘म अंग्रेजी बोल्छु अभियान’को सुरूवात गरेको छ।संसारभर धेरै प्रयोग गरिने भाषाको रुपमा चिनिएको अंग्रेजी भाषालाई विद्यालयले अनिवार्य प्रयोग गर्ने गरी बिहिबार एक कार्यक्रमका बीच अभियानको सुरूवात गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा सञ्चालक समितिका सदस्य प्रमोद श्रेष्ठ, सुरत केसी र रमेश गिरीले अभियानको उद्घाटन गदैं नेपाली र अंग्रेंजी दुवै भाषामा समान दखल राख्ने गरी विद्यालय समयमा विद्यार्थीलाई अंग्रेजीको प्रयोगमा आर्कषित गर्ने बताए । उनले अंग्रेंजीलाई अनिवार्यले विद्यार्थीको बोलाइ तथा सिकाईमा परिवर्तन आउने बताए ।

सोही अवसरमा सञ्चालक सदस्य केसी र गिरीले विश्वमा करिव ६० राष्ट्रले सरकारी कामकाजमा समेत अंग्रेजी भाषामा प्रयोग गर्ने गरेको बताउँदै अभियानलाई सहयोग पुग्ने गरी विभिन्न रचनात्मक प्रतिस्पर्धालाई समेत ध्यान दिने बताए । विद्यालय समयमा आफ्ना छोराछोरीलाई भेट्न पुगेका अभिभावकलाई समेत अभियानका बारेमा जानकारी गराउने प्रधानध्यापक त्रिदिव उपाध्यायले बताए ।

उनले नेपाली बाहेक सबै पाठ्यक्रम अंग्रेंजीमा हुने भएकाले पनि अभियानले विद्यार्थीको बुझाई क्षमता समेत बढ्ने बताए। उनले नेपाली विषयमा विद्यार्थीलाई शुद्ध र प्रष्ट नेपाली बोल्न, लेख्न समेत सिकाइने बताए । सोही अवसरमा अभियानलाई लक्षित ब्याज समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रअ अमृत सापकोटाले गरेका थिए । विद्यार्थीलाई जवरजस्ती भन्दा पनि पारिवारिक वातावरणमा अंग्रेंजी बोल्न सिकाईने गरी विद्यार्थीकै उपस्थितीमा समेत कार्ययोजना सहित सहभागितामुलक गतिविधि गरिने विद्यालयले जनाएको छ ।

तीज गित ‘३३ किलो सुन’ बजारमा (भिडियो)

म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोरा र लोक दोहोरी गायिका बिमला श्रीसले महिलाहरुको महान पर्व तिजको अवसरमा ३३ किलो सुन तीज गीत बजारमा ल्याएका छ्न । गितसंगीतमा सक्रिय रहेका यूवा गायक तथा मोडल सञ्जन बोहोराले गायिका बिमला श्रीसको सहयोगमा तीज गितमा बजारमा आफ्नो प्रभाव कायम गर्ने गरी बहुचर्चित सुन तस्करको बारेमा तयार गरेको ३३ किलो सुन नामक गीत सार्वजनिक गरेका हुन्।

नेपाली राजनीति र सञ्चार माध्यममा निकै चर्चा कमाएको सुन तस्करीलाई मुख्य आधार बनाएर तयार गरिएको गीतमा पारिवारिक र सामाजिक विषयबस्तूलाई समेत उतारिएको छ । ‘यसपटकको तीज गीतमा हाम्रो उपस्थिती निकै राम्रो हुन्छ,‘सहर देखी गाउँसम्म गीतले चर्चा पाउने छ’ गायक बोहोराले बेनीअनलाइनलाई भने । उनका अनुसार गीतले बालबालिका देखी बृद्धबृद्धाले रुचाउने विश्वास समेत ब्यक्त गरे ।

जस्मा शब्द रचना शब्द संकलक प्रविण खत्रीको रहेको छ भने लय गायक सज्जन बोहोरको रहेको छ । बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहोरालाइ यस्पाली भने फरक रुपमा देख्न पाइने छ ।गायक गायिका दुबैको अभिनय देख्न सकिन्छ । सज्जन बोहोरा र बिमला श्रीसको आवाजमा सजिएको गीतमा निर्देशन एकेन्द्र सारा संकर को रहेको छ । उक्त गीत मेसना डिजिटल कम्पनीको प्रस्तुतिमाmusic nepal बाट youtube मा सार्बजनिक भएको छ।

गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)

द मिलिसियाज ब्रखरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न आउने भक्तजनहरुलाई पूजा व्यवस्थापनमा सहजता ल्याउनका लागि लाईनमा व्यवस्थित गर्ने, शिवलिङ्गहरुमा दर्शनार्थीले चढाएका सिक्का संकलन गर्ने, दर्शनार्थीहरुले चठाएको नरिवल फुटाउने लगायतका कार्यहरु गरेको छ ।

पूजाका क्रममा मन्दिर परिसरमा भक्तजनले चढाएको फूल, यत्रतत्र छरिएका अगरबत्तीका प्याकेटहरु, प्लाष्टिक तथा पानीका बोतलहरु, दुनाटपरी लगायतका विभिन्न सामग्रीहरुबाट मन्दिर परिसर फोहोर भएको हुँदा समूहले दर्शनार्थीहरु फर्किसकेपछि मन्दिर परिसर सरसफाई समेत गरेको हो ।

विद्यालयमा हुने विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्न युवापङ्क्ति एक हुनु आवश्यक रहेको महसुुस गर्दै युवा शिक्षकहरुले २०७४ सालमा द मिलिसियाज ब्रदरहुड नामक समूहको गठन गरेका थिए । सो पश्चात् विद्यालयमा हुने कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संयोजन गर्दै अगाडि बढाइरहेको र हाल समूहले विद्यालयभित्र मात्र नभएर समुदायमा समेत सेवाभाव दर्शाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने समूहको नीति अनुसार नै गलेश्वर मन्दिरमा स्वयंसेवकको रुपमा खटिई कार्य गरेको समूहका अध्यक्ष सन्दिप मल्लले जानकारी दिए ।

साउनको दोस्रो सोमबार आज गलेश्वरमा स्वयंसेवकका रुपमा सन्दिप मल्ल, रेशमान पुन, सतिश श्रेष्ठ, सुदिप श्रेष्ठ, प्रमोद शर्मा, सन्तोष कँडेल, सञ्जय गुरुङ, विश्वास आले, रोशन गुरुङ, नेल्सन श्रेष्ठ, सविन नेपाली र दिपक जिसी गरी समूहका १२ जना पदाधिकारी सदस्यहरुले कार्य गरेको द मिलिसियाज ब्रदरहुडका उपाध्यक्ष सतिश श्रेष्ठले जनाएका छन्।

साउन महिनाको दोस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की लगायतबाट करिब ३० हजार भक्तजनले दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधव प्रसाद रेग्मीले जानकारी दिएका छन् । मन्दिर परिसर र आसपासका क्षेत्रमा थप सरसफाइका लागि श्रीबक्स गुल्म अर्थुङ्गे ब्यारेकबाट प्रत्येक मङ्गलबार टोली खटिई सरसफाई भइरहेको कुरा रेग्मीले बताएका छन् ।