Friday, May 16, 2025
22.1 C
Beni
22.1 C
Beni
Friday, May 16, 2025
Home Blog Page 1504

कपाल प्रत्यारोपण प्रति आम सर्वसाधारणको आकर्षण बढ्दो

0

आधुनिक जीवन शैली, खानपान र विभिन्न कारणले कलिलो उमेरमै कपाल गुमाउनु परेको पीडा धेरैले खेपिरहेका छन् । यस्तो समस्या समाधानका लागि कपाल प्रत्यारोपण गर्ने प्रविधिबाट धेरैले सेवा लिरहेका छन्. । कपाल प्रत्यारोपण प्रति आम सर्वसाधारणको आकर्षण बढ्दो रहेको बिशेषज्ञहरुको भनाइ छ ।

कपाल झरेर बजारमा बिभिन्न कपाल उमार्ने तेल खोज्दै हिड्नेहरुका लागि अब चिकित्सा विज्ञानले छुट्कारा दिलाएको छ । झरेको कपाल फर्काउन प्रविधिको विकास भएको छ । यो प्रविधि नेपालमा भित्रिएको छोटो समय मै सफल मानिएको छ । एकपटक खर्च गरेर स्थायी समाधान हुने कपाल प्रत्यारोपणबाट लाभ उठाउने हवात्तै बढेका छन् । प्रत्यारोपण यस्तो आधुनिक विधि हो, जसको माध्यमद्वारा छोटो समयमै कपाल पुनः उमार्न सकिने चिकित्सकको भनाई छ ।

कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा रोपिन्छ । मेसिन बाट प्रत्यारोपण गर्दा केहि सहज हुन्छ र एक–दुई दिन मात्रै दुख्ने हुन्छ . सामान्य रगत मात्र बग्छ , चाँडै निको हुने कारण काममा चाँडै फर्कन
सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन ।

कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछाडि झर्छ । तर १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । २ हजारवटा ग्राफ्ट कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ । ट्रान्सप्लान्ट गरिसकेको १ वर्षसम्म एक प्रकारको औषधि प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्टेड कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढन् मद्धत गर्छ ।

प्रत्यारोपण पश्चात कपाल रोपिएको क्षेत्रमा दुःखाई महसुस हुन सक्छ । जुन व्यक्तिपिच्छे फरक हुन्छ । केहीमा आँखा सुनिने हुन्छ, जुन एक हप्ता जतिमा हराएर जान्छ । प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न शुरु हुन्छ । ५ महिना पछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्ष भित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरेपनि फेरि कपाल पलाइरहन्छ ।

 

छालालाई चम्किलो तथा आर्कषक बनाउने दुई घरेलु उपाय

0

आजभोली छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका कस्मेटिक सामानहरु पाईन्छ । विभिन्न रसायनहरु मिसाईएको हुनाले यस्ता कस्मेटिकले स्वास्थ्यमा नराम्रो असर गर्छ । आज हामी तपाईंलाई छालालाई सुन्दर बनाउने घरेलु उपायबारे जानकारी दिन्छौं । यसका लागि तपाईंले यी दुई उपाय अपनाउन सक्नुहुन्छ ।

१) आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु

१) १ वटा आलु
२) १/२ कागतीको रस

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस् । यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस् ।

२) आलु र काँक्रोको प्रयोग

आवश्यक सामाग्री

१) १ वटा आलु
२) १/२ काँक्रो

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस् । त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस् ।

पायल्सको उपचार : घ्यु कुमारी देखि काँचो केरा

0

घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ।

बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३९४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ ।

काँचो केरा उसिनेर बिहान९बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

यी रोग र समस्यामा अमला खानुहोस्

0

अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ ।

कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि

दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

रगत बग्ने

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

शरीरको गर्मीपना हटाउन

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

चिलाउने समस्या

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

स्वास गन्हाउने

अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कपालको चाया

हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

भिटामिन सीको कमी पूरा गर्न

अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।
–एजेन्सी

किन काँप्छ थरथरी हात ?

0

कतिपय मानिसको थरथरी हात काम्छ। लगातार काम गर्दा वा झनक्क रिसाउँदा हात काँप्ने गर्छ। क्षणिक रुपमा हात काँप्नु सामान्य भए पनि लामो समयसम्म हात काम्यो भने सम्झनुहोस्, त्यो स्वास्थ्य सम्बन्धी जटिल समस्याको संकेत हो। निरन्तर हात काँप्ने समस्या भए चिकित्ससँग सल्लाह लिनु उपयुक्त हुन्छ। विज्ञहरुका अनुसार हात काँप्नुका निम्नअनुसार छन् :

१. उच्च रक्तचापः उच्च रक्तचाप भएमा शरीरमा रक्त प्रवाह बढी हुन्छ, जसका कारण हात काँप्छन्।

२. न्यून मधुमेहः न्यून मधुमेह हुँदा रगतमा सुगरको मात्रा थोरै हुन्छ। यो बेला शरीरमा स्ट्रेस बढ्छ, जसका कारण हात काँप्न थाल्छ।

३. भिटामिन बीको कमीः भिटामिन बीको कमीले शरीर कमजोर हुन्छ र हात काँप्न थाल्छ।

४. एनिमियाः एनिमिया भनेको शरीरमा रगतको मात्रामा कमी हुनु हो। रगतको कमीले पनि हात काँप्ने समस्या देखिन्छ।

५. स्ट्रोकः स्ट्रोक हुँदा शरीरमा रक्त प्रवाह कमजोर हुन्छ, जसको असर प्रत्यक्ष रुपमा हातमा देखिन्छ र हात काँप्न थाल्छ।

६. स्ट्रेसः शरीरमा कार्टिलेस हर्मनको मात्रा बढ्यो भने तनाव (स्ट्रेस) बढ्छ। स्ट्रेसले रक्त सञ्चार बिग्रन गई हात काँप्ने गर्दछ।

७. ट्रेमरः दिमागमा भएको न्युरो ट्रान्समिटर चुवाहटलाई ट्रेमर भनिन्छ। यो समस्या हुँदा पनि थरथरी हात काँप्ने गर्दछ।

तनाव हटाउन के खाने ?

0

केरा
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् ।

स्याउ
स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ ।

अमला
तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ ।

जौ
जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ ।

कुरिलो
तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।

ब्रोकाउली
ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।

दूध
दूधमा ट्राइप्टोफान नामक तŒव हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तŒवमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।

चिसो पानी
तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तŒव उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।

के हो कोलेस्टेरोल ? कोलेस्टेरोल घटाउने १५ तरिका

0

कालेस्टेरोल रगतमा पाइने एक प्रकारको बोसो हो । रगतमा बोसोको मात्रा सामान्य भन्दा बढि भएमा सो बोसो रगतको नलिको भित्तामा बसेर नलिलाई साघुरो बनाउछ, जसले रक्तप्रवाहमा कमी हुनसक्छ । उच्च कालेस्टेरोलले मुटुको रक्तनली (कोरोनरी आर्टरी) साँघुरो भएर बन्द हुने अवस्थामा पुग्न सक्छ । यस्तो अवस्थालाई हर्टअट्याक भनिन्छ । युवाहरुमा देखिने हर्टअट्याकको प्रमुख कारण हाइ कालेस्टेरोल हो।

रगतमा कालेस्टेरोलको मात्रा बढी हुने प्रमुख २ कारणहरु हुन्छन् । पहिलो धेरै चिल्लो खाना र दोस्रो वंशाणुगत कारण हुन्छ । रगतमा कालेस्टेरोलको मात्रा बढी भएको कुनै लक्ष्यण देखिदैन । हाइ कालेस्टेरोलको लक्ष्यणको रुपमा एकैपटक हर्टअट्याक वा ब्रेन स्ट्रोक देखिन सक्छ । त्यसैले २० वर्ष भन्दा माथीका सबै मानिसले कम्तिमा पनि वर्षमा एकपटक रगत परीक्षण गरी कालेस्टेरोलको मात्रा थाहा पाउनुपर्छ । खानपान, मोटोपना र शारीरिक गतिविधिमा कमीका कारण कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मोटा मानिसलाई कोलेस्टेरोल हुने सम्भावना बढी हुन्छ । कोलेस्टेरोल बढी भएमा सुगर, रक्तचाप, थाइराइड र मुटुको जाँच गराउनु पर्छ ।

कालेस्टेरोल जाँच
रगतमा कालेस्टेरोलको मात्रा थाहा पाउन गरीने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । कालेस्टेरोलको मात्रा थाहापाउन कम्तिमा ९ देखि १२ घण्टाको खालिपेटमा रगतको लिपिड प्रोफाइल परीक्षण गराउनुपर्छ । लिपिड प्रोफाइलमा रगतमा ५ वटा कोलेस्टेरोलको जाँच गरिन्छ ।

१) टोटल कोलेस्टेरोल

यसले रगतमा राम्रो र नराम्रो दुबै कोलेस्टेरोलको पुरै मात्रा देखाउछ । यो परीक्षणबाट एलडिएल, एचडिएल वा ट्राइग्लीसराइड मध्ये कुन बढी छ भन्ने थाहा हुदैन। तसर्थ टोटल कोलेस्टेरोलको जाँचमात्र गरेर ढुक्क हुनुहुदैन ।

२) एलडिएल कोलेस्टेरोल

एलडिएल कोलेस्टेरोललाई नराम्रो कोलेस्टेरोल भनिन्छ । यो बढ्नु सबैभन्दा बढी खतरा मानिन्छ । एलडिएल कोलेस्टेरोलको मात्रा बढेमा यो रक्तनलीको भित्ता बसेर नलीलाई साघुरो बनाउछ । सामान्य मानिसमा एलडिएल कोलेस्टेरोल १३० भन्दा कम हुनुपर्छ र १६० भन्दा बढी भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ। तर मधुमेहका बिरामी, हर्टअट्याक भइसकेका र मुटुको रक्तनलिमा समस्या भएका बिरामीमा एलडिएल कोलेस्टेरोलको मात्रा १०० भन्दा कम हुनुपर्छ । एलडिएल कोलेस्टेरोलको मात्रा जति कम भयो हर्टअट्याकको सम्भावना त्यति नै कम हुन्छ ।

३) एचडिएल कोलेस्टेरोल

एचडिएल कोलेस्टेरोललाई राम्रो कोलेस्टेरोल भनिन्छ । यसले रक्तनलीलाई साघुरो हुनबाट जोगाउछ । यो कोलेस्टेरोल मुटुका लागि राम्रो मानिन्छ । एचडिएल कोलेस्टेरोल को मात्रा जती बढी भयो त्यति नै राम्रो मानिन्छ । यसको मात्रा पुरुषमा ४० भन्दा बढी र महिलामा ४५ मिलिग्राम भन्दा बढी हुनुपर्छ ।

४) भिएलडिएल कोलेस्टेरोल

यो कोलेस्टेरोलको त्यति महत्व हुदैन तर यसको मात्रा पनि सामान्य हुनु राम्रो मानिन्छ ।

५) ट्राइग्लीसराइड कोलेस्टेरोल

ट्राइग्लीसराइड पनि मुटु रोगसंग सम्बन्धीत हुन्छ । तर यसलाई एचडिएल र एलडिएल भन्दा कम महत्व दिइन्छ । ट्राइग्लीसराइड बढी भएकामा पनि मुटु रोग बढी भएको पाइन्छ । ट्राइग्लीसराइड मदिरा र चिल्लो पदार्थका खानाका कारणले बढ्छ । ट्राइग्लीसराइड ५०० मिलिग्राम भन्दा बढी भएमा पैन्क्रियाजमा खराबी भएर पैन्क्रियाटाइटिस भन्ने रोग लाग्नसक्छ । मधुमेहि र मुटु रोगीमा ट्राइग्लीसराइड १५० देखी २०० मिलिग्राम भन्दा कम हुनुपर्छ ।

कोलेस्टेरोल बढेमा नसाबाट राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन, जसले गर्दा हृदयाघात हुने जोखिम हुन्छ । कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्ः

– कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

– भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

– कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

– चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

– हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

– मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

– कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।

– कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।

– कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।

– फलफुल र सागसब्जि बढी खाने

– नियमित शारीरिक व्यायाम गर्ने

– तौल घटाउने

– चुरोट र मदिरा छाड्ने

फलफूलका बोक्रा किन फाल्नु हुँदैन ?

0

हामी फलफूल खान्छौँ र यसको बोक्रालाई काम नलाग्ने ठानेर मिल्काउँछौँ । तर, फलफूलको बोक्राबाट अनेक फाइदा लिन सकिन्छ ।

सुन्तला

– सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा म¥याङम¥याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ ।
– सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ ।
– सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।

अनार

– घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ ।
– गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।
– अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ ।

केराको बोक्रा

– केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
– केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ ।
– आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।

खरबुजा

– शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ ।
– खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।

काँक्रो

– काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ ।
– शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ ।
– काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ ।

स्याउ

– स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन ।
– स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।
– स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।

कागती

– कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ ।
– कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।
– कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ ।
– कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ

स्वस्थ रहन यी खानेकुरा नछुटाउनुहोस्

0

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ ।

व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार पु-याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ । तल उल्लेखित खानाले उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजबाट मुक्त गर्न सकिने उनीहरुको जोड छ ।

स्याउ: दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । स्याउमा हुने एन्टिअक्सिडेन्टले त सम्भावित क्यान्सरबाट बचाउँछ ।

देशी बदाम र ओखर: नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । शरीरको खराब कोलेस्ट्रोल घटाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ बदाम र ओखर । आल्मोन्डले छालामा चमक ल्याउछ ।

अंगुरः तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ ।

गेडागुडीः प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ ।

केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन ।

ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ ।

दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पुर्‍याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

अन्डा कति स्वस्थकर ?

0

अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ । अन्डामा डाएटरी कोलेस्टेरोल उच्च र स्याचुरेटेड फ्याट थोरै मात्रामा पाइन्छ, जुन ब्लड कोलेस्टेरोलका लागि खराब मानिन्छ ।

अन्डा पोषणले भरिपूर्ण खाने कुरा हो । यसमा उच्च गुणस्तरको प्रोटिन हुन्छ अर्थात यसमा हाम्रो शरीरका लागि अत्यावश्यक ९ वटा एमिनो एसिड पाइन्छ ।

अन्डामा पाइने यी एमिनो एसिड कृत्रिम रुपमा उत्पादन वा बनाउन सकिँदैन । यी एमिनो एसिड प्राप्त गर्न कुनै न कुनै प्राकृतिक खानेकुरा नै खानुपर्छ । अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ । यी दुवै कुरा शरीरको तौल नियन्त्रण गर्न महत्वपूर्ण हुन्छन् ।

भिटामिन डी पाइने केही स्रोत मध्ये अन्डा पनि पर्छ । अन्डामा पाइने पोषक तत्व कोलिन (मिटामिन बी का तत्व मध्ये एउटा)ले नवजात शिशुलाई जन्मदा आउन सक्ने खराबीबाट जोगाउन मद्दत गर्छ ।

यस्तै अन्डामा भिटामिन ए, भिटामिन बी १२, रिबोफ्लविन (बी२) र एन्टिअक्सिडेन्ट सेलेनियमसँगै लुटिन र जियाक्सान्थिन पाइन्छ । लुटिन र जियाक्सान्थिनले आँखालाई स्वस्थ राख्न सघाउँछ ।

अन्डामा पाइने भिटामिन, खनिज जस्ता अधिकांश पोषक तत्व र क्यालोरी (ऊर्जा) यसको पहेंलो भागमा हुन्छ । तर के अन्डामा पाइने कोलेस्टरोलका बारे पनि यस्तै भन्न सकिन्छ ?

अन्डाको पहेंलो भागमा डाएटरी कोलेस्टरोल उच्च मात्रा पाइन्छ । तर सँगै के पनि सत्य हो भने अन्डाको पहेंलो भागमा स्याचुरेटेड फ्याट थोरै मात्रामा भएपनि यसले रगतमा खराब कोलेस्टरोलको मात्रा बढाउँछ ।

हालै गरिएको एउटा अध्ययनमा धेरै अन्डा (दैनिक एउटा) खानु र मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिमबीच कुनै सम्बन्ध देखिएन ।

सन् २०१६ मा फिनल्यान्डमा एक हजार भन्दा बढी व्यक्ति सामेल अर्को अध्ययनले कोलेस्टेरोल युक्त भोजन वा अन्डाको सम्बन्ध मुटुसम्बन्धी रोगको जोखिम बढ्नुसँग सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो । यो अध्ययनमा वंशाणुगत रुपमा डायटरी कोलेस्टरोलको प्रभाव ब्लड कोलेस्टरोलमा देखिएका व्यक्ति समेत सामेल थिए ।

बरु अन्डा पकाउने र खाने तरिकाका साथै अन्डा अरु कुन खाने कुरामा मिसाएर खाइन्छ त्यसले स्वास्थ्यमा असल वा खराब असर पार्न सक्छ ।

एउटा ठूलो पोच अन्डामा ७१ क्यालोरी र २ ग्राम स्याचुरेटेड फ्याट हुन्छ भने पालुंगोमा एउटा अन्डाको पहेंलो भाग मिसाएर बनाएको अमलेटमा करिब करिब यति नै क्यालोरी र स्याचुरेटेड फ्याट हुन्छ । तर बेकन र हलेन्डाइज सस सहितको एग बेनेडिक्टमा भने ८ सय क्यालोरी र २६ ग्राम स्याचुरेटेड फ्याट हुन्छ ।

त्यसैले अन्डा खानुको मजा त लिनुहोस् तर कसरी खानुहन्छ, खाने तरिकामा भने विचार पु¥याउनुहोस् । अन्डा खाँदा अन्य फाइबयुक्त स्वास्थ्यवद्र्धक फलफूल, सागसब्जी र अन्नसँग खानुहोस् ।