Friday, May 2, 2025
21.4 C
Beni
21.4 C
Beni
Friday, May 2, 2025
Home Blog Page 1526

के भन्छन् म्याग्दीका मतदाता ?

0

नेपालको लालपुर्जा भनेको हिन्दुराष्ट्र हो ।विदेशीको इसारामा राजनीतिक दलले हिन्दुराज्यको अपहरण गरे । विश्वभर नेपालको पहिचानको रुपमा रहेको हिन्दु धर्मलाई यहाँका राजनीतिक दलले अपमान गरिरहेका छन् ।विदेशी धर्मले आर्थिक प्रलोभनमा धमाधम धर्म परिवर्तन गराइरहेको अवस्थामा पनि कडा कारवाही हुन सकेको छैन् । आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले दुइचार सय रुपैयाँमा धर्मपरिवर्तन गर्नुपर्ने बाध्यता रहेको छ ।

हामीले पटकपटक हिन्दुराज्यको स्थापनाका लागि आफ्नो तर्फबाट दवाव दिइरहेका छौ । आगामी निर्वाचनमा हिन्दुराज्य नेपालको स्थापना, देशभित्रका धार्मिकस्थलको संरक्षण, जिर्ण भएका मठमन्दिरको पुननिर्माणमा प्राथमिकता दिनुपर्छ । धार्मिक क्षेत्रको संरक्षणमा प्राथमिकता दिने उम्मेदवारलाई नै विजय बनाउनुपर्छ ।बहुसंख्य हिन्दुधर्मालम्बीहरुको हित विपरित गरिएका कार्यहरुलाई तुरुन्तै खारेज गर्नुपर्छ । नेपाली जनताले हिन्दुराज्यको पुर्नस्थापना भएको देशको रुपमा देख्न चाहन्छन् । भिमनाथ पराजुली उपाध्यक्ष गलेश्वर शिवालय क्षेत्र विकास कोष

बालहिंसाको विरुद्धमा चर्काचर्की भाषण 

बालविवाह, बालश्रम, हिंसा, यौनजन्य गतिविधि, छोराको खोजीमा लिङ्ग पहिचान गरी गर्भपतन, शिक्षामा अभिभावबाट विभेद लगाएतका समस्यालाई सहर देखी ग्रामिण क्षेत्रसम्म ब्यापक छ ।मेलापर्वमा बालविवाह हुने, कलिलै उमेरमा जवरजस्ती विवाह गर्ने, समाजमा प्रतिष्ठित मानिएकाहरूले बालबालिकाको शोषण गर्ने, शिक्षामा छोराछोरीलाई विभेद गर्ने लगाएतका समस्यालाई समाधानमा उम्मेदवारले लिखित प्रतिबद्धता जनाउनुपर्छ ।

म्याग्दीका राजनीतिक दलका नेताहरुले भाषणमा बालहिंसाको विरुद्धमा चर्काचर्की भाषण गरेपनि ब्यवहारिक रुपमा कार्यान्वयन भएको देखिदैन् ।बालविवाहकै कारण धेरै किशोरीको स्वास्थ्य र घरपरिवारमा गम्भीर समस्या देखिएकाले कोषको स्थापना गरी ‘बिहेबारी २० बर्षपारी’,‘विद्यालय शान्ति क्षेत्र घोषणा’,‘राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोगमा निषेध’ मा प्रतिबद्धता आवश्यक छ । हामीले ग्रामिण क्षेत्रमा समेत सडक नाटक मार्फत समेत सचेत बनाइरहेका छौ ।
रञ्जना श्रेष्ठ सचिव जिल्ला बाल सञ्जाल म्याग्दी

राज्यबाट पाउने सुविधा सहज पाउन सकिएको छैन्

जेष्ठ नागरिकले अहिले पनि समाजमा दोस्रो दर्जाको रुपमा जिवन जिउनुपरेको छ ।परिवारबाट समेत धेरै अपमानित भएर बृद्धआश्रमको खोजीमा हिड्नुपरेको छ । राज्यबाट पाउने सुविधा समेत सहज पाउन सकिएको छैन् । निशुल्क उपचार, यातायात, जेष्ठ नागरिक परिचयपत्रको ब्यवस्था मिलाउनुपर्छ । जेष्ठ नागरिकले धेरै आन्दोलनमा आफ्नो ज्यान समेत गुमाएका छन् ।

राज्यका निकायले बर्षको एकपटक दिवसको आयोजना गरी हामीलाई अलमलमा पार्ने गरेको छ । सरकारी भन्दा पनि ब्यक्तिगत र विभिन्न संघसंस्थाको सहयोगमा हामीले दिन काट्नुपरेको अवस्था छ । अहिलेसम्म दलका नेताहरुले बोलेको कुनैपनि काम पुरा भएको छैन् । त्यसैले आगामी निर्वाचनमा उम्मेदवार भएकाहरुबाट जेष्ठ नागरिकलाई यातायात, स्वास्थ्य सहित विभिन्न सेवा लिएवापत निशुल्क उपलब्ध गराउनुपर्छ ।
बम बहादुर शेरपुञ्जा, गलेश्वर बृद्धआमश्र

लोकसंस्कृतको जर्गेना प्राथमिकतामा परेको छैन्

लोकसंस्कृतको जर्गेनामा अहिलेसम्म कुनैपनि राजनीतिक दलको प्राथमिकतामा परेको छैन् । चुनावी अभियानमा गीतसंगितको खोजी हुने गरेपनि निर्वाचन लगत्तै लोपउन्मुख कला, लोकगीत लगाएत म्याग्दी जिल्लाका पहिचानलाई संरक्षण गर्न आवश्यक बजेटका साथै योजनाहरु समेत उपलब्ध हुने गरेको छैन् । लोकसंगीतमा सक्रिय कलाकारहरुले अहिलेसम्म पनि सरकारी निकायबाट कुनैपनि किसिम कार्यक्रमहरु पाएका छैनन् ।

तिहारमा देउसीभैलो खेलेर, चन्दा संकलन तथा विभिन्न कार्यक्रम गरी संगीतको क्षेत्रमा लाग्नुपर्ने अवस्था छ । हामीले पटकपटक लोपउन्मुख थालीनाच, सोरथी, पुख्यौलीका साथै लोकसंगीतको संस्थागत विकास र कलाकार, गायकलाई प्रोत्साहन गर्ने कार्यक्रमको माग गर्ने गरेका छौ । आगामी निर्वाचनमा उम्मेदवार बनेकालाई विभिन्न चुनावी मैदानमा पनि हामीले कला र संस्कृतिको क्षेत्रमा बजेट विनियोजनलाई प्राथमिकतामा राख्न अनुरोध गरिरहेका छौ । लोकदोहोरी प्रतिष्ठानले समेत दवाव दिइरहेको छ । जनप्रतिनिधिहरुबाट हामीले धेरै अपेक्षा गरेका छौ ।
पदम विश्वकर्मा, लोकगायक म्याग्दी

अत्यधिक अमिलोले निम्त्याउछ अनुहारमा कालो पोतो, यसरी हटाउनुस्

0

सुन्दरता भन्ने चिज यस्तो हो जसबाट  जो कोही पनि आकर्षित हुन्छ । सुन्दरतामा हामी आननद महसुश गर्दछौँ । सुन्दर र राम्रा कुरा मन नपर्ने पनि कोही हुदैनन् । तर हाम्रो सुन्दरतालाई  कालो पोतोले  रहन दिएको छैन। यसले हामीलाई  मानसिक समस्यामा समेत पारेको छ, चिन्तित तुल्याएको छ।

गाला, आँखाको छेउछाउ देखिन थालेको कालो पोतो (चाया) ले हाम्रो आत्मविश्वाससमेत डगमगाइदिएको छ।पित्त बढेर रगत दूषित , पेटको समस्या, हार्मोनको असन्तुलन, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन, अमिलो पदार्थको अत्यधिक उपयोगले समेत यस्तो हुन सक्ने विशेषज्ञहरू बताउछन् ।

अनिद्राको सिकार भएकाहरूमा समेत यो समस्या देखिन सक्छ। यति मात्र नभएर, कसैकसैलाई सूर्यको प्रकाशको एलर्जीका कारण पनि कालो पोतो हुने गरेको छ। यसले शारीरिक रूपमा मात्र असर नपारेर मानसिक रूपमा पनि  चिन्तित तुल्याउने गर्छ।

कालो पोतोबाट मुक्त यसरी पाउनुस् :

सामान्य घरेलु शुद्घ तोरी, नरिवल, तिल लगायतका तेलले अनुहारमा हल्का मालिस गर्ने जसले कालो पोतो आउने सम्भावना कम हुन्छ। र यसबाट भएकाहरूलाई समेत हटाउने काम गर्छ ।

चन्दन एवं हरिद्रा एक चौथाई भाग मिलाई पाउडर बनाउने र पाउडरलाई गुलाब जलमा मिसाएर पेस्ट बनाई अनुहारमा लगाउने र कम्तीमा एक घन्टासम्म राखेपछि सफा पानीले धुने जसबाट  पातोको  समस्या कम हुन्छ ।

चन्दन र बेसार एक चौथाई भाग एवं , खविर, लोध्र, मिसाएर मसिनो पाउडर वनाउने र यसलाई गुलाब जलमा मिसाएर बिहानबेलुका न्यूनतम दुई सातादेखि एक महिनासम्म लगाउने जसले समस्याबटा मुक्त हुन सहयोग पुग्छ ।

अदुवा एक लाभ अनेक ! जाडोमा अदुवा को प्रयोग कसरि गर्नेत ?

0

अदुवा पृथ्वीमैै सबैभन्दा बढी स्वस्थकर  बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ ।

ginger

दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।

अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।

सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ ।

विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ ? अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ ।

अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो ।

महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ ।
तपाईन्लाई भोक लागेको छैन ? यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पु¥याउछ ।
यसले शरिरका स¥साना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।

उकुसमुकुस वा वाकवाकी भइरहन्छ ? अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।

पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ ? तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस् ।

बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ ।

यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ ।

घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस् ।

बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा ।-स्वास्थ्य खबरपत्रिका

हराउँदै गयो चंगा उडाउने संस्कृति

0

केही वर्ष अघिसम्म दशैं,तिहारजस्ता ठूला चाडमा मात्रै होइन फुर्सदको बेला जुनसुकै बेला पनि गाउँ सहरमा चंगा उडाउने गरिन्थ्यो । आकाशमा चङ्गाको भीड हुन्थ्यो भने चंगा उडाउनेहरु रमाउँदै धागो बेरिरहेका भेटिन्थे । आकाशमा चंगा देखिन थालेपछि दसैं तिहार आउन थाले भन्ने संकेत मिल्थ्यो ।

तर , अहिले चंगा उडाउने संस्कृति हराउँदै जान थालेको छ लोककथाका अनुसार वर्षायाममा धेरै पानी परिसकेको र धान पाकिसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ । चंगा उडाए पानी पर्दैन भन्ने जनविश्वास पनि छ । तसर्थ, दसैंभन्दा ठ्याक्क अगाडिदेखि चंगा उडाउने चलन रहेको भनाइ चल्दै आएको छ ।

आजभन्दा करिब २५ वर्ष अघिसम्म बेनपा २ विमिराबोटका नारायण शर्मा पनि चंगा धेरै उडाउनुहुन्थ्यो । बिस्तारै उमेर बढ्दै गएपछि उहाँले चंगा उडाउन छोड्नुभयो । ‘हामी पहिला थुप्रै चंगा उडाउँथ्यौं, माड र सिसाको धुलोले धागोलाई धारिलो बनाएर आकाशमा उडेका अरू चंगा काटिन्थ्यो,’ उहाँले पुराना दिन सम्झदै भन्नुभयो ‘त्यतिबेला चंगा उडाउने होडबाजी नै चल्थ्यो । चंगा चेट, चंगा काट भन्नेजस्ता आवाजहरू धेरै सुनिन्थे,तर अहिले ती सबै कुराहरु हराएर गए ।’

शर्माको जस्तै अनुभव भकिम्लीका पूर्णवहादुर हुमेनको पनि रहेको छ । घरको कौसी नभएर पारी गाउँमा गएर चंगा उडाएको सम्झना हुमेनको छ । ‘त्यतिबेला घरबाट उडाउन मिल्दैनथ्यो पारी गाउँको खुला ठाउँबाट चंगा उडाइन्थ्यो,’ हुमेनले भन्नुभयो, चंगामा पुच्छर हालिन्थ्यो,’ चंगामा धानको मसिनो नलसमेत बाँधिन्थ्यो । ‘पहिले कतै चंगा चेट भयो भने कुद्ने र कराउनेको संख्या धेरै हुन्थ्यो,’ हुमेनले भन्नुभयोे, ‘अहिले न त चंगा नै देखिन्छ, न त त्यस्ता आवाज नै, बिस्तारै चंगा उडाउने संस्कृति हराउँदै गएको छ ।

मोबाइल, कम्प्युटर, ल्यापटप तथा मनोरञ्जनका अरू माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आकर्षण घटेको धेरैको बुझाइ छ । ‘अहिलेका मान्छेहरू खेलका लागि अरू माध्यमहरूतर्फ आकर्षित छन,’ बेनी बजारका कृष्णवहादुर बानियाँ भन्नुहुन्छ ‘कम्प्युटर, मोबाइल गेम, घुमघाम तथा मनोरञ्जनका अरू माध्यममा उनीहरू लागेका छन्, जसले गर्दा चंगा कम उड्छ । पहिलेको तुलनामा अहिले सहर बजारमा छ्याप्छ्याप्ती चंगा, लट्टाई, धागो पाइँदैन ।’ पहिले त हरेकजसो पसलमा चंगा, लट्टाई र धागो पाइन्थ्यो । बानियाँले भन्नुभयो, ‘अहिले त जहाँ पायो त्यही पाइँदैन, विशेष स्थानमा मात्र चंगा बेच्न राखेको हुन्छ । चंगा उडाउन मन लागेपनि अग्लाअग्ला घरका कारण उडाउन कठिन भएको अनुभवीहरुले बताएका छन् ।——— धु्रबसागर शर्मा

किन झस्कियो कम्यूनिष्ट एकतासँग दक्षीणपन्थी दुनियाँ ?

0
  • कृष्ण पौडेल

नेपालमा हालै नेकपा एमाले र माओवादी केन्द्र बिच चुनावी एकता एवम् पार्टि एकिकरणको प्रसंगले प्रमूख प्रतिद्धन्द्धी नेपाली काँग्रेस आत्तीयो । बाहिरका शक्तीहरु पनि अलि झस्कीए जस्तो गरेर विशेष ढंगले सलवलाउन थालेको चर्चा चलेको छ ।

आफूलाई लोकतान्त्रिक प्रणालीको पहरेदार ठान्ने विशेष दक्षिणी र पश्चिमा महाशक्तिहरु नेपालका वामपन्थीहरु ध्रुविकृत हुने कुरामा किन अस्वाभाविक चासो छ? नेपाली काँग्रेसले समेत किन अस्वाभाविक भनेर टिप्पणी गरेको छ ? हुन त आफु जो जस सँग मिल्दा पनि स्वाभाविक र प्राकृतिक हुने तर अरुहरु आपसमा मिल्दा अन्यथा हुने दोहोरो मापदण्डको प्रवाह राख्न जरुरी नहुनु पर्ने हो । अझै कम्यूनिष्टहरु मिल्ने वा तालमेल गर्ने कुरा खासै नौलो र अनौठो होइन । तापनि अहिले यस्तो जबर्जस्त तरंग सन्नटा छाएको छ, गैरवामपन्थी दुनियाँमा ।

यसको सैद्धान्तिक र व्यवहारिक दुवै कारणहरु छन । आधुनिक अर्थ राजनीतिमा मुलत दुइ विश्व व्यवस्थाको दार्शनिक अवधारण विद्यमान छ । सम्पत्तिमा निजि स्वामित्वको अधिकारलाई सुनिश्चित गर्ने तर्फ केन्द्रित पुँजीवादी विचार र सम्पत्तिमा निजि स्वामित्वको अधिकार उन्मूलन वा अति सिमित गर्दै सबै नागरिक विच आर्थिक तथा सामाजिक समानता कायम गर्नेतर्फ केन्द्रित साम्यवादी, समाजवाद, कम्यूनिष्ट वा वामपन्थी राजनीतिक विचार । यी दुई वैचारिक खेमा वा ध्रुवको कित्तावन्दी राजनैतिक क्षेत्रमा मात्र नभएर आर्थिक सिद्धान्त, कला साहित्य वा सास्कृतिका मान्यताहरुमा समेत भएको पाइन्छ । यसमा सम्पूर्ण विश्व मानव समाज नै विभाजित भएको पाइन्छ । पूँजिवादीहरु आफुलाई डेमोक्रेट्स् वा प्रजातान्त्रवादी आवरणमा र कम्यूनिष्ट वा साम्यवादीहरुले आफुलाई वाम प्रगतिशिल आवरणमा प्रस्तुत हुने गरेका छन ।

पूजिँवादी वा प्रजातान्त्रिक पक्षधरहरुको मत अनुसार समाजमा व्यक्ति नै आधारभूत इकाइ भएकोले प्रत्यक व्यक्ति व्यक्तिको अधिकार, स्वतन्त्रता, उन्नति प्रगतिको सुनिश्चितताले नै समग्र सामाजिक स्वतन्त्रता, न्याय र उत्थान हुन सक्छ । पुँजीवादको खास सारभूत मान्यता भनेको सम्पत्ति आर्जन, संग्रह र त्यस संग्रहित सम्पत्तिको स्वामित्व तथा भोग चलन उपर व्यक्तिगत अधिकार र सुरक्षाको सुनिश्चतता हो । सम्पत्तिको रुपमा जग्गा, जमिन, घर, भवन आदि अचल देखि अन्य सम्पूर्ण जिन्सी नगद सम्पत्ति मात्र होइन आधुनिक रुपमा ट्रेडमार्क, प्रतिलिपि अधिकार, व्यवसायिक गुडविल जस्ता गैर भौतिक बौद्धिक सम्पत्तिको आधिकार वा आइपिआरको सुनिश्चितताको अधिक प्रचलन आएको छ । जुनसुकै रुपमा होस सम्पत्ति सम्बन्धि अधिकारको मुद्धा राजनैतिक अधिकार मात्र होइन आधारभूत मानव अधिकार भित्र एक महत्वपूर्णको रुपमा संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेख गरिएको छ । त्यहि प्रावधान मानव अधिकारको पहरेदारको रुपमा दावि गर्ने संयुक्त राज्य अमेरिका लगायत पश्चिमा पूँजिवाद शक्ति राष्ट्रहरुले आफुलाई नटर्ने सार्वभौम देश र सरकार माथि सैनिक हस्तक्षेप सम्म गर्ने आधार बनेको समेत देखिएको छ ।

साम्यवादी वा कम्यूनिष्टहरुको खास उद्देश्य :

आम जनमानसको हित र सुविधालाई मतलब नराखी केहि धनाढ्यहरुको हक हितमा समर्पित अर्थराजनैतिक व्यवस्थालाई विस्थापित गरी सम्पत्ति सबैको साझा वा सार्वजनिक हुने र आर्जित कमाइको न्याय पुर्ण वितरण हुने अर्थराजनैतिक व्यवस्था समाजवाद तथा साम्यवादको स्थापना गर्नु साम्यवादी वा कम्यूनिस्टहरूको उद्देश्य हो । पुजीवादी राजनैतिक प्रणालिको रक्षाको लागि राज्य शक्ति सेना लगायतको सुरक्षा संयन्त्र समर्पित हुने भएकोले त्यसलाई समेत परास्त गर्ने गरी सशस्त्र विद्रोह गर्नु पर्ने, जनपक्षीय राज्य शक्ति र सत्ता स्थापना हुनु पर्ने इत्यादि क्रान्तिको सिद्धान्तहरु निर्माण भएका छन । त्यस कम्यूनिष्ट क्रान्तीको सिद्धान्त अनुसार आजभन्दा एक सयवर्ष अघि तत्कालिन सोभियत संघमा लेनिनको नेतृत्वमा अक्टुवर क्रान्ति सम्पन्न भई समाजवादी व्यवस्था लागू गरिएको थियो । तत्पश्चात पूर्वि यूरोप, चीन, उत्तर कोरिया, क्युवा लगायत देशहरुमा कम्यूनिष्ट क्रान्ति हुने क्रम सन् ६ं० र ७० को दशक सम्म जारी रह्यो ।

कम्यूनिष्ट क्रान्तिको प्रारम्भ र विस्तार:

कम्यूनिष्ट र गैर कम्युनिष्टहरुको खास भेद नै सम्पत्तिको अधिकार माथिको प्रश्न नै हो । कम्यूनिष्टहरुले सम्पत्तिको समाजिकीकरण वा समान अधिकारको कुरालाई आदर्शको रुपमा लिन्छन भने पूजीवादीहरु व्यक्तिगत अधिकार र स्वामित्वको सुनिश्चिततालाई आदर्श मान्दछन । माक्र्सवादी कम्यूनिज्मको प्रवर्तन हुँदाताका राज्यको भूमिका मुलत सम्भ्रान्त वर्गको जिउधनको, हित स्वार्थको रक्षा गर्नु नै थियो । यूरोपमा पूँजीवादको विकास हुदै गर्दा आर्थिक क्षेत्रमा राज्यको सकेसम्म सिमित हुनु पर्छ भन्ने मान्यता हावी थियो । आर्थिक वृद्धि रोजगारी, श्रमिकको ज्याला निर्धारण, औद्योगिकरण, व्यापार वाणिज्य, पूर्वाधार विकास आदि इत्यादि गतिविधीहरु माग पूर्तिको बजार संयन्त्रको नियम बमोजिम हुनु पर्दछ भनिन्थ्यो । लाखौ लाख मान्छेहरुको बेरोजगारी र भोकमरीको राज्यलाई खास जिम्मेवारीबोध थिएन । ठूला व्यापारिक घराना एवम् निजि कम्पनीहरुको उद्यम व्यापारको साम्राज्य विस्तारमा सहयोग गर्न युद्ध गर्नु, उनीहरुको रक्षा प्रतिरक्षा गर्नु राज्य शक्तिको मुख्य मामिला हुन्थ्यो । राज्य संयन्त्र नै पूँजीपति वर्गको खेलौना जस्तो भएको अवस्था आम जनता, श्रमिक, सर्वहारा, मजदुरवर्गको हित र मुक्तिको लागि त्यस्तो राज्य सत्ता विस्थापित नगरे हुदैन भन्ने तार्किक मान्यता निर्माण हुदै गर्दा वैकल्पिक राजनीतिक आन्दोलनको शुरुआत भएको थियो । त्यस आन्दोलनलाई दार्शनिक तथा सैद्धान्तिक आधार प्रदान गर्ने क्रममा माक्र्सवादको अभ्यूदय भयो । माक्र्सवादी सिद्धान्तको अनुसार कम्यूनिष्ट क्रान्तिको प्रारम्भ तत्कालिन सोभियत संघमा भएको थियो ।

जब माक्र्सवादी सिद्धान्तबाट अभिप्रेरित भएर साम्यवादी तथा कम्यूनिष्टपार्टिहरु विश्वव्यापि विस्तार हुन थाल्यो, मजदुर आन्दोलन, नारी आन्दोलन तथा राष्ट्रियमुक्ति आन्दोलन र क्रान्तिको लहर चल्न थाल्यो , कैयौ देशहरुमा पूँजीवादीहरुको सत्ता पल्टिन थाल्यो । कम्यूनिष्ट क्रान्ति भएका देशहरुमा सामन्त तथा पुँजीपतिहरुको सम्पत्ति जफत गरियो । जमिन किसानहरुलाई बाँडियो, उद्योग कारखाना राष्ट्रियकरण गरियो । त्यस परिस्थितिले पूँजिवाद जगत अत्तालिन थाल्यो । कम्यूनिष्ट क्रान्तिको लहरलाई विश्वबाट असफल पार्ने रणनीति अपनाउन थाले । एउटा, कम्यूनिष्ट देशहरुलाई विभिन्न किसिमले असफल पार्ने । अर्को क्रान्तिको संभावनालाई निस्तेज गराउने । क्रान्तिको त्रासले पूँजीवादी विद्धान तथा दार्शनिकहरु समेत चिन्तित भएर अध्ययन, सोध, अनुसन्धान गर्रे । पुँजीवादी राजनैतिक तथा आर्थिक नीति र व्यवहारमा सुधार गर्नु पर्ने बौद्धिक सिफारिसहरु हुन थाले । जसको फलस्वरुप मजदुर एवम् महिलाहरुका हित कल्याणका नीति नियमहरु जारी भए ,कल्याणकारी आर्थिक नीति,तथा लोकतान्त्रिक राजनैतिक प्रणालिहरु स्थापित हुन थाले ।

व्यबहारिक रुपमा हेर्दा समकालिन विश्व परिवेशमा विशुद्ध पूँजीवादी वा साम्यवादी राजनैतिक पार्टिहरु त होलान तर देश वा व्यवस्था भेट्न मुश्किल छ । केही देशहरु अपवाद हुन सक्छन । पुँजीवादी राज्य व्यवस्थामा सुधार हुँदै उच्च आर्थिक विकास, कल्याणकारी राज्य नीति अपनाइएको उत्तरी यूरोप लगायतका मुलत पूँजीवाद देशहरु झलक्क हेर्दा कम्यूनष्ट व्यवस्था भनेको यहि त होइन जस्तो लाग्ने, कम्यूनिष्टको सासन सत्ता रहेको चीन लगायत देशहरु हेदाँ पूँजीवादी जस्ता देखिन थालेका छन । कम्यूनिष्ट देशहरुमा सबै समाज भए पनि व्यक्तिगत पहलकदमी र क्षमताको प्रयोगलाई अवसर नदिदा आर्थिक विकासमा समस्या देखिएको र सरकार सयन्त्रबाट उपयोग्य बस्तुको माग र आपूर्ति सन्तुलन मिलाउन मुश्किल पर्न थाले । तत्कालिन सोभियत संघ लगायत पूर्वी यूरोपमा कम्यूनिष्ट सत्ता ढल्न पुगे पछि विस्तारै नीजिकरण र बजार प्रणालीलाई पुनस्र्थापित गर्न थालिएका थियो ।

नेपालको परिवेश:

नेपालमा स्थापित राजनैतिक प्रणाली, राज्य संयन्त्र, सामाजिक आर्थिक व्यवस्था मुलत पूँजीवादी मान्न पर्ने हुन्छ । भलै त्यसमा सामन्तवादीहरु अवशेष प्रयाप्त किन नहुन । राजनैतिक पार्टीहरू भने साम्यवादी वा कम्यूनिष्ट र पूँजीवादी दुवै खेमाका मानिन्छन । तर नेपालका कम्यूनिष्टहरु तत्काल यो पुँजीवादी चरित्रको राज्य संयन्त्र र आर्थिक सामाजिक ढाँचालाई विस्थापित गरेर सर्बहारावर्गको नाम पार्टिको सत्ता र नीजि सम्पति राख्न नपाउने साम्यवादी बनाउने उद्देश्य छैन । नेपालको मुख्य वामपन्थि पार्टि नेकपा एमालेले २०४६ सालको जनआन्दोलनको सफलता पश्चात क्रान्ति गरि कम्यूनिष्ट पार्टिकै राज्यसत्ता स्थापना गर्ने लक्ष्य छाडेर बहुदलीय प्रणाली अन्तर्गत पनि निर्वाचन मार्फत सरकारको नेतृत्व लिन सकियो भने विद्यमान राज्य व्यवस्थालाई सुधार गरी लोककल्याकारी बनाउने र समाजलाई विकसित एवम् समतामुलक बनाउन सकिने विश्वासका साथ लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको थियो।

कम्यूनिष्टको सरकार भएर मात्र पुग्दैन सत्ता नै नभइ हुँदैन भनेर २०५२मा शसस्त्र विद्रोह शुरु गरेको नेकपा माओवादी पार्टी एक दशक पश्चात सत्ता नै लिन संभव नभएको महशुस गरेर हतियार विसाउन पुग्यो भने अन्तत: त्यसको पनि एक दशक पश्चात नीति र पार्टी एमालेसँगै मिसिन आइपुग्न भनेर वामपन्थी गठबन्धन बनेको छ । यो गठबन्धनले चुनाव जितेर संसदमा दुइ तिहाइ ल्याए पनि राज्यसंयन्त्र र आर्थिक सामाजिक प्रणालीको मुल चरित्रमा फेरबदल आउँदैन ।

संसदमा बहुमत लिएर सरकार बनाउनु र राज्यसत्ता कब्जा गर्नु एकै होइन । सरकार बनाउनु भनेको सत्ता संचालन गर्ने अधिकार प्राप्त गर्नु हो त्यो पनि कानुन र संविधानको सिमा भित्र रहेर । कदाचित दुइतिहाइ आए पनि संविधान संशोधन गर्न सकिने भएता पनि देशलाई कम्यूनिष्ट राज्यमा बदल्न संभव छैन । त्यसैले कम्यूनिष्टहरु मिलेर साम्यवाद ल्याउने भनेर आशङ्का गर्नु व्यर्थ छ । तैपनि वाम गठबन्धनले जित्यो भने यसो उसो हुन्छ भनेर आतङ्कित गर्ने र त्यसको भय दोहन गरेर भोट बढाउने प्रोपगाण्डा अस्वाभाविक होइन ।

वामपन्थि गठबन्धनले एक दुइ कार्यकाल सरकार चलाएछ भने पनि अधिकतम गर्ने भनेको राज्य संयन्त्रको सुधार र आर्थिक सामाजिक विकास नै हो । यस्तो काम नेपाली काँग्रेस जस्तो पूँजीवादी पार्टीले पनि गर्न सक्नुपर्ने हो किनकी उसले पनि नीतिगत लोकतान्त्रिक समाजवाद नै मान्दछ तर नीति सिद्धान्त मात्र भएर नहुँदा त्यस अनुसारको प्रतिवद्धता र क्षमता पनि हुनु पर्दो रहेछ ।

के कम्यूनिष्टहरुले सक्छन त? त्यसमा अपेक्षा राख्न सकिने आधार छन । उनीहरुले संसदमा बहुमत सहितको एकल सरकार चलाउने अवसर पाएका छैनन । पहिलो संविधान सभामा वामपन्थीहरुको बहुमत त थियो त्यतिबेलाको ठूलो दल माओवादीको विद्रोही मनोविज्ञान,सत्ताको सुसंचालन भन्दा सधैको लागि कब्जा गर्न सकिन्छ भन्ने लालसाले सहकार्य सहज हुन सकेन । छोटो समय चलेका सरकारहरुले केही राम्रो प्रयासको लक्षण देखाएका थिए । नेपाली काँगे्रसले इतिहासमा धेरै बहुमत सहितको सरकार चलाइ सकेको छ । उसको क्षमता देखाउनु पर्ने देखाइ सक्यो अब कम्यूनिष्ट नामका पार्टी त्यो अवसर पाउँदा के हुँदो रहेछ हेर्नै पर्ने हुन्छ ।

खासमा किन तर्सनु पर्यो त गठबन्धनबाट? प्रतिस्पर्धी नेपाली काँग्रेस त चुनाव हारिने हो कि भन्ने डरले पनि होला , तर अन्य सक्तिहरुको खास कारण छन । कमजोर सरकार, फितलो राज्यसंयन्त्र, अस्थिर राजनीति, आर्थिक पछौटेपनको रुग्ण वाताबरणबाट अपार फाइदा लिने विचौलिया तथा माफियाहरु, नेपाललाई सामरिक रुपमा उपयोग गर्न चाहने अन्तर्राष्ट्रिय शक्तिहरुले आफनो लागि अनुकुल स्थिति नरहन सक्छ भनेर पनि अलि छटपटाएका हुन कि ?

बोहोराले घरमा गाई पाल्न नमानेपछि… (भिडियो)

0

म्याग्दीका यूवा गायक सञ्जन बोहोराको नयाँ मौलिक रोइला भाकाको गीत बजारमा आएको छ । फरक शैलीको गीतले दुईदिनमै लोकप्रियता कमाएको छ । पछिल्लो समय रोईला गीतले श्रोताको मन जितिरहेको अवस्थामा बोहोरा र मनमायाँ घर्तीले ‘के काम गाई पालेर’ बोलको गीत बजारमा ल्याएका हुन् । ग्रामिण परिभेष र मायाँपिरतीलाई म्यूजिक भिडियोमा समेटिएको बोहोराले बताए । https://youtu.be/xe4GHco0CjI

‘फरक शैलीको भएकाले पनि धेरैले मन पार्नुभएको छ । यसले नेपालको लोकगितको क्षेत्रमा छुट्टै स्थान पाउने अपेक्षा गरेको छु’ बोहोराले बेनीअनलाइनलाई भने । बोहोराको आफ्नै शब्द रहेको गीतमा पूर्णिमा विसीसंग मोडलिङ गरेका छन् । म्याग्दी जिल्लामा सञ्चारकर्मीको भूमिका संगै लोकगायनमा प्रवेश गरेका बोहोराले मेला, महोत्सव लगाएत विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् । हाल काठमाण्डौमा रहेका बोहोरा म्याग्दी काठमाण्डौ कलाकार मञ्चमा समेत कार्यरत छन् ।

 

 

मृत्यु हुँदा कसरी निस्कन्छ शरीरबाट आत्मा ?

0

हिन्दु धर्ममा मृत्युपछि गरुड पुराण सुन्ने परम्परा छ । यस पुराणमा भगवान् विष्णुले आफ्नो वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौं गोप्य कुरा बताउनुभएको छ । मृत्युपछि जीवात्मा कसरी यमलोकतिर जान्छ भन्ने कुराको विस्तृत वर्णन गरुड पुराणमा गरिएको छ । पढ्नुहोस्, गरुड पुराणका केही रोचक तथ्य :

गरुड पुराणका अनुसार मर्न लागेको मान्छे बोल्न खोज्छ तर सक्दैन । अन्तमा उसका सबै इन्द्रियहरू नष्ट हुन्छन् र ऊ जड अवस्थामा पुग्छ । त्यसपछि उसको मुखबाट फिँज निस्कन थाल्छ र र्याल चुहिन थाल्छ ।

त्यतिखेर दुई यमदूत आउँछन् । उनीहरूको अनुहार एकदम डरलाग्दो हुन्छ र नङ लामालामा । आँखा ठूलाठूला भएका यी दूतको हातमा लट्ठी हुन्छ । यमदूतहरूलाई देखेर प्राणी डरले दिसापिसाब गर्न थाल्छन् । त्यस समयमा शरीरबाट बुढी औंलो जत्रो जीव हा हा शब्द निकाल्दै बाहिर निस्कन्छ अनि त्यस जीवलाई यमदूतहरूले समात्छन् ।

यमदूतले त्यो सूक्ष्म शरीरलाई समातेर यमलोक पु-याउँछन् । पापी जीवात्मालाई अपराधीलाई जस्तो घोक्र्याएर लगिन्छ अनि बाटोभरि त्यसले नरकमा पाउने दुःखको वर्णन गर्छन् । यमदूतहरूको यस्तो भयानक कुरा सुनेर पापात्मा रुन थाल्छ तर उनीहरू त्यसमाथि दया देखाउँदैनन् ।

त्यसपछि त्यो बुढी औंलो बराबरको शरीर डरले काँप्दै र कुकुरले टोकिँदै आफ्ना पापहरूको सम्झना गर्दै हिँड्छ । आगो जस्तो तातो हावा र तातो बालुवामा बल्लतल्ल त्यो हिँड्छ र भोकप्यासले तड्पिन्छ । यमदूतहरू त्यसलाई ढाडमा कोर्रा हान्दै लान्छन् । त्यो बाटोमा घरिघरि लड्दै बेहोश हुन्छ । यमदूतले त्यसलाई अँध्यारो बाटोबाट समेत यमलोक पु-याउँछन् ।

गरुड पुराणका अनुसार यमलोक यहाँबाट लाखौं किलोमिटर टाढा छ । धेरै यमदूतहरूले चुट्दै पिट्दै त्यहाँ पु-याएपछि पाप अनुसारको सजाय दिन्छन् । सजाय पूरा भएपछि जीवात्मा घुमेर बस्छ ।

पछि त्यो जीवात्माले शरीरमा पुनः प्रवेश गर्ने इच्छा राख्छ तर यमबन्धबाट मुक्ति पाउँदैन । असाध्यै पापी जीव छ भने छोरानातिले दिएको पिण्ड पनि त्यसले पाउँदैन र भोकप्यासले सताइएर तड्पिबस्छ ।लोकान्तरबाट साभार

यी ४ समयमा नपिउँनुहोस् चिया

0

तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउँनुहोस् । किनकि, गलत समयमा चिया पिउँनु तपाईका लागि केही प्रकारका स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँन सक्छ ।

१. ‘बेड टी’बाट हुनसक्छ एसीडिटी – यदि तपाई दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ, साथै यो शरीरुमा टोक्सिनको मात्रा पनि बढाउँछ ।

२. खानापछि चिया – खाना खाएपछि चिया पिउँनुहुँदैन । यसले पाचन क्रिया ढिलो हुँदैजान्छ । चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन क्रियालाई बाधित गर्छ, जसले गर्दा प्रोटीन र आयरनलाई राम्ररी शरीरले ग्रहण गर्न पाउँदैन । जो व्यक्ति आइरनको कमिबाट जुधिरहेका छन्, उनहरुले खानापछि चिया पटक्कै पिउँनुहुन्न ।

३.सुत्नअघि चिया – चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ । क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ ।

४. आइरन र क्याल्सियमसँग चिया – यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउँनुहोस् । एकै समयमा चिया र आइरन–क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ । चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ ।

यी हुन् डिप्रेसनका १४ लक्षण, हेर्नुहोस रोकथामका तरिका

0

उदास, दुःखी, बोर वा दिक्दार अनुभव हुँदैमा डिपे्रसन भएको बुझ्न मिल्दैन। तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवस्य हो। मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनीे छुट्याउन सक्दैनन्। जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुनेगर्छ।

डिप्रेसनका बहुसंख्यक रोगीमा यो समस्याको न निदान हुन्छ, न उपयुक्त उपचार नै। त्यसैले जुनसुकै समाजमा मनोरोगका बिरामीको संख्या अत्याधिक हुनेगर्छ। विश्व स्वास्थ्य संगठनले संसारमा मानव जातिलाई सताउने १० मुख्य स्वास्थ्य समस्यामा मनोरोगले निकट भविष्यमा नै उच्च रक्तचापलाई उछिनेर पहिलो हुने प्रक्षेपण गरेको छ। यति भयावह अवस्थातर्फ उन्मुख हुँदा पनि मनोरोगबारे जागरुकता देखिँदैन। यसलाई प्राथमिकतामा पारिएको छैन। मनोरोगको प्रमुख हिस्साका रुपमा रहेको डिप्रेसनबारे हाम्रो समाजमा उतिधेरै छलफल र बहस हुने गरेको छैन। जसको फलस्वरुप यो रोग भुसको आगोजस्तो फैलिँदै गइरहेको छ।

डिपे्रसनका धेरै रोगी सही उपचार नपाएर रोकथाम हुनसक्ने विभिन्न जटिलता भोगिरहेका हुन्छन्। यो समस्या कम गर्न सबैले मनोरोगबारे कम्तिमा आधारभूत तथ्यहरु जानी राख्नु आवश्यक छ। ‘यो त कमजोर मन भएकाहरुलाई लाग्छ, मेरो मन बलियो छ मलाई लाग्दैन’ भन्ने धेरै मानिस यसको चपेटामा परेका छन्। त्यसैले; जुनसुकै समाज, वर्ग, उमेर समूहका मानिसलाई सताउन सक्ने डिप्रेसनबारे आफूले पनि जानी राखौँ र अरुलाई पनि बताऔँ।

कस्तो उदास अनुभवलाई डिप्रेसन भन्ने?

जब कुनै व्यक्तिको उदास अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ भने त्यो डिप्रेसनको लक्षण हो। यस्ता अनुभव कम्तिमा दुई हप्तासम्म हरेक दिन हुन थाल्यो, जति कोसिस गरे पनि उदास अनुभवले छोडेन, यस्तै अनुभवका कारण बेचैनी बढ्यो, दैनिक गतिविधिमा असर पर्न थाल्यो र अरु लक्षण पनि देखा पर्न थाले भने यसलाई सामान्य उदासीपन ठान्नु गलत हुनेछ। यस्तो अवस्थालाई डिप्रेसन भएको बुझ्न सकिन्छ।

मनोसामाजिक रुपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायः लाक्षणिक रुपमा र पछि रोगकै रुपमा डिप्रेसनको समस्या देखिन्छ। यद्यपि तनावरहित अवस्थाका व्यक्तिलाई पनि डिप्रेसनले सताउन सक्छ। विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुँदा उदासी देखापर्छ। वंशाणुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्वहरु र परिस्थितिले डिप्रेसनतिर धकेल्न बढावा दिन्छ। यसरी कुनै व्यक्ति डिप्रेसनको शिकार हुनमा मनोसामाजिक र जैविक तत्वहरुको अन्तरक्रिया हुने गर्दछ।

डिप्रेसनमा के–कस्ता लक्षण देखिन्छन्?

डिप्रेसन भएका व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक रुपमा असर पार्ने निम्न लक्षण देखिन्छन्।

मानसिक वा मनोसामाजिक लक्षण

१. प्रायःजसो समयमा उदास, दुःखी, बोर वा दिक्दार रहनु।
२. दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु। अरुबाट एक्लिनु वा एकान्तमा रहनु।
३. केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु।
४. सोच्न र सम्झन नसक्ने हुनु।
५. आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु।
६. सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु।
७. बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु।
८. कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु।

शारीरिक लक्षण
९. अस्वाभाविक रुपले सिथिल वा कमजोर अनुभव हुनु।
१०. भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा बृद्धि हुनु।
११. निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु।
१२. यौन चाहना र तुष्टिमा कमी आउनु।
१३. कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु।
१४. कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरु भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु।

उपचार विधि
डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ। यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ। अरु व्यक्तिसँग गलत र अनुपयुक्त अन्तरक्रिया र एकआपसको कलह पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ। डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अन्य व्यक्तिसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। अतः यस्ता व्यक्तिको अरुसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको वातावरण बनाउने तरिका उपचारको अभिन्न पाटो हुनेगर्छ। उदास हुने व्यक्तिहरुको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार गर्ने मनोवैज्ञानिक तरिका पनि बिरामीहेरी आवश्यक पर्न सक्छ।

अहिले बिरामीको लक्षण र आवश्यकता हेरी विविधखालका लक्षण कम गर्ने औषधि पाइन्छन्। रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने गुण भएका भरपर्दा र सुरक्षित धेरै औषधिको विकास भइसकेको छ। कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको ‘सेक’ दिने उपचार पनि अति उपयोगी र सुरक्षित मानिन्छ। उपचारबाट लक्षण हटेपछि पुनस्र्थापनाका कार्यक्रम आवश्यक हुन्छ।

बिरामी र परिवारले के गर्ने?
पहिला त, यो रोगलाई बुझ्नु नै ठूलो कुरा हो। परिवारमा कसैलाई डिप्रेसन छ भने ऊप्रतिको समझदारी एकदम आवश्यक हुन्छ। यसका लागि आफूले सत्यतथ्य बुझेर अरुलाई पनि यसबारे बुझाउनुपर्छ। रोगकै हिसाबले यो समस्या भएको छ भने बिना हिच्किचाहट सम्बन्धित चिकित्सक वा विज्ञसँग परामर्श लिनुपर्छ। यसको निदान बिरामीको उपचारका लागि हुनेगर्छ, अन्यथा सोच्नु हुँदैन। डिप्रेसनको निदान भएकोमा चिन्ता मानेर बस्नुभन्दा पनि उपचारको उचित उपयातिर लाग्नुपर्छ। सहयोगी साथीभाई र आफन्तको सल्लाह लिनु बिरामीले आनाकानी मान्नु हुँदैन। सकेको काम, हलुका व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नुपर्छ।

विज्ञको सल्लाहमा औषधि आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु लाभदायी हुन्छ। बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फलोअपमा रहन, ठिक भएपछि पनि पुनस्र्थापना गर्न र पछि दोहरिन नदिन परिवारजन र साथीभाइको ठूलो भूमिका रहनेगर्छ। परिवारका सदस्यले यस्ता बिरामीको औषधि राखिदिने र सेवनका लागि हौसला दिने गर्नुपर्छ। कतिपय बिरामीले आफैंँलाई हानी पुग्ने गतिविधि गर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ।

रोकथामलाई के गर्ने?
डिप्रेसनले जसलाई पनि सताउन सक्छ तर खास जोखिम वा खतरा भएका व्यक्तिबारे सावधानी अपनाउनु आवश्यक छ। यसको खतरा भएका व्यक्तिले त्यसै अनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार, विहार र विचारमा सन्तुलन राख्न सिक्नुपर्छ। स्वस्थ आहार, विहार र विचारले समग्र स्वास्थ्यका लागि लाभ गर्छ भने उदासिन मनोरोगको रोकथाममा पनि सघाउँछ।

डिप्रेसनमा जान नदिन मन र शरीरलाई स्वस्थ राख्नु जरुरी छ। तनाव बहनका सीप र क्षमता बढाउने तरिका; योग; व्यायाम; साथ, सहयोग र सुमधुर सम्बन्धको माहोल; समझदार र अनुशासित परिवार; अस्वस्थ प्रतिस्पर्धारहित समाज; संस्कृति र परम्परा अनुकूल व्यवहार आदि कुरामा ध्यान दिनुपर्दछ। रोग लागेर निको भइसकेकाहरुले पुनः नदोहरियोस् भन्नका लागि सतर्कता अपनाउनुपर्छ। जस्तैः विज्ञको सल्लाह अनुसार आवश्यक अवधि र मात्रामा औषधि लिने, धूमपान–मध्यपानबाट टाढा रहने, कुनै रोग लागेमा समयमै उपचार गराउने, निद्रा पर्याप्त पुग्नेगरी सुत्ने आदि।

आफू वा परिवारका सदस्य डिप्रेसनमा रहेको कुरा चाल पाएपछि आवश्यक उपचार थाल्न रोगका लक्षण, उपलब्ध उपचार विधि, सेवासुविधा र अन्य आवश्यक जानकारीबारे सजग रहनुपर्छ। यसले उपचारमा ढिलाइ र उपचार नपाउँदा हुन सक्ने आत्महत्या जस्ता घटना रोकथाममा सहायता पुग्छ। तसर्थ, तपाईंहामी सबैले डिप्रेसनबारे जानकारी भएको लेख पढौँ, जानकार र विज्ञहरुको राय सुनौँ, यसबारे खुलेर कुरा गरौँ र सत्यतथ्य बुझिराखौँ। अरुलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौँ। डिपे्रसनको समस्यालाई लुकाउने भन्दा पनि यसबारे व्यापक मन्थन थालौँ।

(डा. धनरत्न शाक्य: वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ )

मरिच किन खाने ? सुकेको मरिचको लुकेको महत्व जान्नुस् –

0

पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच ।मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छसानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । यसको उपयोग मुख्यतया निम्नानुसार गरिन्छ

ज्वरो एवं रुघाखोकी लागेमा
मरिच उत्तेजना, सुगन्ध र स्फूर्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वासप्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा मरिचको धुलोलाई एक गिलास पानीमा मिलाएर पकाउने र सेलाएपनि बिरामीलाई खान दिएमा यसले ज्वरो छुटाउन मद्धत गर्छ र क्रमस ज्वरो कम हुदै जान्छ । दुधमा मिसाएर यसको सेवन गर्दा पनि बिरामीलाई आराम मिल्छ । महमा मरिच मिलाएर बिहान बेलुका सेवन गरेमा केही दिनमै रुखाखोकी निको हुन्छ । मरिचले पिनासको समस्या समेत ठिक गर्छ ।

दात दुखे एवं किराले खाएमा

भिटामिन के, क्याल्सियम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा किराको आक्रमणबाट छुटकारा मिल्छ । छालाको लागि समेत लाभकारी मरिचले रोग एवं संक्रमणबाट बचाउछ ।

आँखा दुख्ने एवं रतन्धो भएमा

गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ । त्यस्तै धुलो मरिचलाई दहीमा फुराएर सुत्ने बेलामा आखामा लगाउनाले पनि रतन्धोको समस्याबाट उन्मुक्ति पाइन्छ ।

पायल्स एवं अर्थराइटिस भएमा

पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो । जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी हुन्छ । त्यस्तै मरिचलाई तीलको तेलमा पकाएर हातगोडामा लगाउने हो भने अर्थराइटिसका बिरामीलाई धेरै नै आराम मिल्छ ।

खाना अपच भएमा

तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्या टाढै हुन्छ । चियाको लत हुनेहरुले यसलाई मिलाएर बिहान बेलुका सेवन गर्ने हो भने अपचको समस्या सधैको लागि टाढै हुन्छ । यी र यस्ता कैयन समस्याको लागि मरिचको प्रयोग गरिन्छ । तपाइमा कुनै रोग एवं संक्रमण छैन भनेपनि मरिचलाई मसलाको रुपमा प्रयोग गरेर यसको लाभ लिन सक्नुहुन्छ ।

error: Content is protected !!