Sunday, May 25, 2025
25 C
Beni
25 C
Beni
Sunday, May 25, 2025
Home Blog Page 262

म्याग्दीमा पिउने पानीमा दिसाका जीवाणु भेटियो

म्याग्दीमा नमुना संकलन गरिएका विभिन्न स्थानमा १४ प्रतिशत पिउने पानीमा दिसाका जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, खानेपानीको ट्याकी र समुदायमा रहेको धाराको खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले बताए । नमुना संकलनको क्रममा जिल्लाको बिम, रूम, मुदी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र गलेश्वरमा ‘इ.कोली’को मात्रा भेटिएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

स्वास्थ्य चौकीकै खानेपानीको धारामा जीवाणु भेटिएपछि सम्बन्धित स्थानीय तहलाई प्रयोगशालाको विवरण सहित जानकारी गराइएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए । नमुना संकलनको क्रममा जीवाणु भेटिएको बेनी नगरपालिका वडा नं ९ गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने बृद्धबृद्धाले समेत प्रयोग गर्ने गरेका छन् ।

सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ प्रतिशतमा ‘इ.कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको बताइएको छ ।

बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ.कोली भेटिएको छ । मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ । स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको छ ।

दैनिक प्रयोग हुने सार्वजनिक धारा, स्वास्थ्यचौकी, खानेपानीको मुहान र बालबालिकाको समेत पहुँचमा रहेको खानेपानीको संरचनामा जीवाणु भेटिएपछि शुद्ध खानेपानी वितरणका लागि थप योजना बनाउनुपर्ने आवश्यकता रहेको बताइएको छ । नमुना संकलनको क्रममा पिप्ले खानेपानी, बेगखोला खानेपानी, तातोपानीस्थित खालीखोला लगायतका खानेपानीको मुहानमा समेत इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने बेनी अस्पतालकी निमित्त प्रमुख अञ्जु थापाले बताइन् ।

‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने डा. थापाको भनाई । खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधार सहितका अभियान सञ्चालनका लागि समेत सुझाव दिइएको समेत स्वास्थ्यकर्मीले दिएका छन् ।

दूध किसानले पाए सोह्र लाख अनुदान

बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ।  केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर २.५ का दरले दूधमा अनुदान दिएको हो। सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गरेका छन्।

दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए। उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्याङ्कको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई २.५ का दरले दूधमा अनुदान दिन थालेको छ।

लायन्स इतिहासमा पहिलो पटक नेपाललाई ‘जेसी रोबिन्सन अवार्ड’ प्राप्त

नेपालमा लायनवाद भित्रिएको ५३ बर्ष पछि पहिलो पटक डिष्ट्रिक्ट ३२५ आई नेपालले जेसी रोबिन्सन मेम्बरशीप ग्रोथ अवार्ड प्राप्त गरेको छ । लायन बर्ष २०२३र२४ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको नेतृत्वमा लायन्स अन्तर्राष्ट्रियमा पुर्र्याएको योगदान स्वरूप लायन्स अन्तर्राष्ट्रियले उक्त अवार्डबाट डिष्ट्रिक्टलाई सम्मान गरेको हो लायन्स अन्तर्राष्ट्रियले स्थापना गरेको अवार्ड विश्वका विरलै लायन्स डिष्ट्रिक्टले पाउँने अवार्ड हो ‘जेजेसी रोबिन्सन मेम्बरशीप ग्रोथ अवार्ड’ !

लायन्स अन्तर्राष्ट्रियका तेस्रो अध्यक्ष जेसी रोबिन्सनले सन् १९१९ मा स्थापना गरेको सदस्यता वृद्धि कप विजेताको रूपमा सदस्यता वृद्धि अन्तर्गत नयाँ लायन्स सदस्य थप्नका लागि योगदान गर्ने, चालु लाईनिस्टिक बर्षमा निरन्तर क्रियाशील भई शतप्रतिशत उपस्थिति भई रिपोर्टिंग गरी योगदान गर्ने डिष्ट्रिक्टलाई उक्त अवार्डबाट सम्मानित गर्ने गरिन्छ ।

उक्त पुरस्कारमा डिष्ट्रिक्टको उच्च तहमा रहेका डिष्ट्रिक्ट गभर्नर, निवर्तमान वा पूर्व डिष्ट्रिक्ट गभर्नर, प्रथम वा दोस्रो भाईस डिष्ट्रिक्ट गभर्नरको नाममा जेसी रोबिन्सन कपमा उक्त अवार्ड कुँदिएको हुन्छ ।

अवार्ड प्राप्त पछि संक्षिप्त प्रतिक्रिया दिदैं डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले भने, ’लायनवादमा लागेरसेवा गर्नु नै आफ़ैमा पुरस्कार प्राप्त गर्नु हो  लायन सदस्य हुन पाउनु र नयाँ सदस्य लायन्समा स्वागत दुवैपुरस्कार प्राप्त गर्नु हो   यसका साथै मानवीय कार्यमा गरिएको सहयोग, निरन्तरता, कार्यकुशलता तथाकार्यक्षमताका आधारमा प्रोत्साहित गर्नु नै पुरस्कार हो ।

लोकप्रिय छ नारच्याङकी चित्रमायाँको ‘पानी घट्ट’ !

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङको बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टमानै रोज्ने गरेका छन् । पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि बेलुकीसम्म घट्ट चलाएर फुर्सद नै हुदैन ।

स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्न अझै परम्परागत पानी घट्ट नै रोज्ने गरेको चित्रमायाँको भनाई छ ।‘दिनभर अन्न पिस्ने गर्छु, छिमेकी गाउँबाट पनि घट्टबाटनै पिस्ने भन्दै पठाउँछन्’ चित्रमायाँले भनिन् । उनले नारच्याङ झरनाको पानी उपयोग गरी सञ्चालन गरेको मिलका लागि कुलो र अन्य संरचना बनाउन करिब १ लाख खर्च भएको बताइन् ।

उनले दैनिक १५ जना कुटानीका लागि आउने गरेको बताइन् ।‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ’ चित्रमायाँले भनिन् । मकै, गहु, कोदो लगायतका अन्न घट्टमा नै पिस्नेबाट प्रति पाठी १ माना र नगद २० रुपैयाँ लिने गरेको बताइन् । पानी घट्ट प्रमुख आयस्रोत भएकाले घरखर्च घरखर्च चलेको छ । बेँशी गाउँदेखि नारच्याङ झरनाको भ्यू–पोइन्टमा प्रवेशद्धारमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्ने गरेका छन् । नारच्याङसँगै दानामा समेत पानीघट्ट सञ्चालमा रहेको छ ।

बिजुलीको सुविधासँंगै जिल्लाभित्रका सबैजसो पानीघट्ट विस्थापित भएपनि नारच्याङ र दानामा पानीघट्ट निरन्तर सञ्चालित छ । ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो। पिसानीका लागि पानी घट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो। अहिले पुरानो पानी घट्ट, जाँतो र ओखलको अस्तित्व हराउँदै गएको छ।

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।

चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिए । “कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौँ”, उनले भने, “सात किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।”

उनका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थललगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले जानकारी दिए ।

पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।

जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०–१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।

महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नाङ्गीदेवी थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०–१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।

त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म रु आठ–आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भुवाने, भालश्री छापाछाङ औसी–खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ–चाङ्गा जोड्ने बाटोमा रु पाँच–पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ । रासस

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार गर्न निर्देशन

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधी पसलहरुमा अनुगमन गरिएको हो ।

औषधी पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई छुट्टै व्यवस्थापन गरिएको भएपनि केहीको ल्याब मापदण्ड अनुसार नभएको, डेन्टलमा बिरामी चेकजाँच गर्ने कोठा साँधुरो, फोहोर भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाको भनाई छ ।

बुधबधार निलगिरी मेडिसिन सेन्टर,न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, ढकाल मेडिकल हल,बेनी सञ्जीविनी हेल्थ क्लिनिकमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा बेनी अस्पतालका डाक्टर रामु सापकोटाले औषधी बिक्रेताहरुले डाक्टरको प्रेसक्रिप्सनमा औषधि वितरण गर्नुपर्ने, प्रयोगकर्ताले औषधिको दुरुपयोग गर्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालयका प्रतिनिधिमा ल्याब, फार्मेसीका प्रतिनिधि,म्याग्दीमा प्रहरी, प्रशासन र घरेलु तथा साना उद्योग कार्यालय लगायतको उपस्थिती रहेको थियो । बेनीबजारमा औषधि पसलको अनुगमनलाई निरन्तरता दिने स्वास्थ्य कार्यालयले जनाएको छ । विगतमा अनुगमनमा दिइएको निर्देशन समेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको छ भने बिरामीको चेकजाँच गर्ने, ल्याबको संरचना परिवर्तन गरी सेवा सञ्चालन गर्ने गरी १ महिनासम्मको सुधारको समय समेत तोकिएको छ । ्

 

रावण पार्कमा सर्वोच्चले अन्तरिम आदेश, निर्माणप्रक्रिया लम्बिने

default

बेनी नगरपालिकाको आन्तरिक तथा बाह्य हिन्दु धर्मालम्बीलाई भित्राउने महत्वपूर्ण परियोजना रावण पार्क (उद्यान) निर्माणमा सर्वोच्चले अवरोध गरेपछि थप निर्माण प्रक्रिया अन्यौलमा परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा उद्यान निर्माणको कार्यसँगै रावणको मुर्ती समेत तयार भएको अवस्थामा सर्वोच्चले रोक्न आदेश दिएको हो ।

उक्त परियोजनामन्त्रालय र नगरपालिकाको ७०÷३० को सहकार्य रावणको मूर्तिसहित पार्क निर्माण भइरहेको थियो ।२०७७ सालमा सुरु भएको काम बिचमा केही समय रोकिएपनि पछिल्लो समय निर्माण कार्य चलिरहेको थियो ।

पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने, पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजनासहित नगरपालिकाले योजना अगाडि बढाएको थियो ।उक्त योजनाविरुद्ध पर्वतका केदारनाथ दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बेनी नगरपालिका, पुलत्स्य–पुलाहश्रम क्षेत्र विकास कोषलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको हो ।

निर्माण गर्न लागेको रावणपार्क निर्माणको कार्य तत्काल नरोकिएमा गैर संवैधानिक रुपमा राष्ट्रको रकम खर्च भई दुरुपयोग हुन जाने र वासिन्दाले पवित्र तीर्थस्थल पूण्यभूमिको संरक्षण संवर्धन र पूजासेवा गर्दै आएको तपस्या खण्डित हुने र धार्मिक एवं सामाजिक सद्भाव समेत खल्बलिने भई निवेदकको निवदेनको औचित्य समाप्त हुने भन्दै मुद्दाको अन्तिम किनारा नभएसम्म पार्क निर्माण गर्ने अन्तरिम आदेश जारी गर्न माग गर्दै दासले असार १८ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

बेनी नगरपालिकाको गौरवको आयोजना रहेको रावण पार्कलाई नगरपालिका निर्वतमान मेयर हरिकुमार श्रेष्ठ र हालका मेयर सुरत केसीले प्राथमिकताका साथ अगाडी बढाएका थिए ।

default

रावण उद्यान बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो। पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको अवस्थामा अहिले रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार भइरहेको थियो । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा सो उद्यान बनाउन लागएको हो ।हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ।

रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ ।पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, नाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजनाको काम समेत अगाडी बढाउने तयारी भइरहेको थियो ।

विश्वकमा अति पवित्र तीर्थस्थलमा
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ। सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाइ छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पछैमा दक्षिण भारत, भुटान र श्रींलकाबाट आएका धार्मिक तिर्थयात्री जोखिम मोलेर पैदल तथा सडक सञ्जालबाट पुग्ने गरेका छन्।

युरोकप २०२४: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा आज बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो। यसअघि सन् २०१२ को फाइनलमा स्पेनले इटालीलाई ४–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। यसपटक प्रतियोगितामा अपराजित रहेको स्पेनलाई फाइनल पुर्‍याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि प्रयाप्त हुन सकेन।

खेलको ९ औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औं मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। पेनाल्टी बक्स बाहिरबाट उनले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भएको थियो।

त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।

नौबिसे-मलेखु सडक खण्ड १५ दिनसम्म राति बन्द हुने

पृथ्वी  राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड असार २६ देखि साउन ९ गते सम्म राति बन्द गर्न लागिएको जनाएको छ । यो सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने छ ।

आयोजनाका अनुसार उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलहरूको ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएकाले सडक बन्द गरिएको हो ।यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्ने जनाइएको छ ।

आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ । ओभर टेक नगर्न समेत आयोजनाले आह्वान गरेको छ । यो सडकको विकल्पमा गल्छी-बिदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ ।

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ । आज बिहान सेमिफाइनलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो । अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे ।

दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो । यसअघि भेनेजुएलाविरुद्ध उनले पेनाल्टी मिस गरेका थिए । आजको खेलमा क्यानडाविरुद्ध मेस्सीले फर्नान्डेजको पासलाई एकाउन्नौं मिनेटमा गोलमा परिणत गरे ।

त्यसअघि २२औँ मिनेटमा जुलिएन अल्भारेजको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । भोलि बिहान सेमिफाइनलको दोस्रो खेलमा उरुग्वे र कोलम्बियाबीच प्रतिस्पर्धा हुने छ । उक्त खेल जित्ने टोलीले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नुपर्ने छ ।