Sunday, May 25, 2025
21 C
Beni
21 C
Beni
Sunday, May 25, 2025
Home Blog Page 263

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ।

मालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो । मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताए।

“ २४ लाख बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष १४ लाख रूपैयाँ बराबरको काम गरे”, उनले भने, “अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ।”

आँखा, आयुर्वेद उपचार र फार्मेसी (औषधि बिक्री) कक्षका लागि तीनकोठे भवन निर्माण भएको हो।

खाली जग्गामा ‘पेवर ब्लक’ राखेर हिलो र धुलो नहुने बनाएपछि अस्पताल परिसर चिटिक्क परेको छ। पुरानो र नयाँ भवनमा रङरोगन भएको छ । यसअघि घेराबार नहुँदा अस्पताल परिसर अव्यवस्थित बनेको थियो। दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मालिका गाउँपालिकाले गत भदौमा पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको थियो।

प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन्। सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौं लगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताए।

एकजना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्च्यिुटले थप एकजना चिकित्सक, एकजना रेडियोग्राफर र एकजना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ।  प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षमा ३२ लाख रूपैयाँ अनुदान दिएको छ। यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे ।

‘यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न,’ पोखरेलले भने ।

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ उहाँले बताउनुभयो । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।’

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन ।

मोना यूकेको भलिबलमा ग्रिन ब्वाइज र मोना महिला च्याम्पियन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजनामा सम्पन्न भएको छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइज भलिबल क्लब र महिलातर्फ मोना यूकेको पोल्टामा परेको छ । शनिबार भएको फाइनल खेलमा क्यूजीईलाई पराजित गर्दै ग्रिन ब्वाइज च्याम्पियन बनेको हो। ग्रिन ब्वाइजले उपाधिसहित १ हजार ७०० पाउन्ड र दोस्रो क्यूजीईले १ हजार १०० पाउन्ड प्राप्त गरेका छन् ।

महिलातर्फ मोना यूके प्रथम तथा विन्चेस्टर दोस्रो भए । प्रथमले १ हजार १०० पाउन्डसहित रनिङसिल्ड तथा पदक र दोस्रोले ७०० पाउन्ड प्राप्त गरे। पछिल्लो समय मोनाको महिला भलिबल यूकेका धेरै प्रतियोगितामा आफ्नो बचस्व कायम गरिरहेको छ ।

यसैगरी, भेट्रेनतर्फ लगातार तीन वर्ष विजयी हुँदै छन्त्याल समाज यूकेले रनिङसिल्ड जफत ग¥यो। यसका साथै उसले १ हजार पाउन्ड र दोस्रो बेजिङस्टोक भलिबल क्लबले ६०० पाउन्ड पाए । तीन विधामा सञ्चालन गरिएको प्रतियोगितामा कुल २८ टिमले सहभागिता जनाएका थिए ।

पुरुषतर्फ १६ टिम, महिलातर्फ सात र भेट्रेनतर्फ पाँच टिमको सहभागिता रहेको मोना यूकेका महासचिव विष्णु भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताकै अवसरमा आयोजित छेलो हान्ने प्रतियोगितामा स्याङ्जाका निरज गुरुङ प्रथम भएका थिए । प्रतियोगिताका विजेतालाई सम्मान गद ैं प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले मोना यूके नेपाली संघसंस्थामा उत्कृष्ट रहेको बताए । उनले नेपाली बिचको एकता र सहकार्यका लागि मोनाबाट धेरै सिक्न सकिने बताए ।

मगर संघ यूकेका संरक्षक घन थापा, उनकी श्रीमती कृष्णा थापा तथा अतिथिहरूमा स्याङ्जा समाज यूकेका निवर्तमान अध्यक्ष शारदा गुरुङ, बागलुङ जिल्ला समाजका पूर्वअध्यक्ष छविमाया पुन र पर्वत वेलफेयर समाजका पूर्वअध्यक्ष नेत्र आले रहेका थिए । विशिष्ट व्यक्ति एनआरएनए पूर्वअध्यक्ष तथा मोना आईसीसीका अध्यक्ष योगेन क्षेत्री र पूर्वकाउन्सिलर प्रवेश केसी पनि उपस्थित थिए । कार्यक्रममा दोहोरी गीतको भाकामा कुमारी चेपाङ, दिपा गुरुङ, ललिता पुन र म्याग्दी देविस्थान फेलोसोपीका यूकेका अध्यक्ष याम पुर्जाले नौमती बाजाको तालमा गाएका थिए ।

कुल आठ वटा कोर्ट सञ्चालन भएकामा मोना यूकेभित्रका तीन गाउँले यूकेले कोर्ट १, देविस्थान फेलोसिपी समाजले कोर्ट २, खिबाग समाजले कोर्ट ३, राखु समाजले कोर्ट ४, बिम समाज यूकेले कोर्ट ५, मोना साउथले कोर्ट ६, बेगखोला कल्याणकारी समाजले कोर्ट ७ र धौलागीरी कल्याणकारी समाज यूकेले कोर्ट ८ सञ्चालन गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुनले प्रतियोगिताको आरक्यू गरेका थिए । खेलको उद्घोषक अनिल मल्ल, मोना युथ सचिव अर्जुन पुन तथा स्पोन्सरको सम्मानमा संस्कृति सचिव नुनु पाईजाले गरेकी थिइन् ।

संस्थाको अध्यक्ष कुमार फगामी, भलिबल संयोजक तथा उपाध्यक्ष पदम गर्बूजा, महासचिव विष्णु भण्डारी, सचिव मनदिप जुग्जाली रहेका छन् । प्रतियोगिताको समापन गदैं मोना यूकेले आयोजना गरेको खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रमहरुमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई मोना यूकेका अध्यक्ष फगामीले धन्यवाद दिदैं आगामी दिनमा समेत सहकार्य गर्ने बताए । फोटो सौजन्य मिलन तमु गोर्खा मिडिया

 

मनसुन भित्रिएयता विपदबाट ७४ जनाको ज्यान गयो

गएको जेठ २८ गते देशमा मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।

विपदका कारण काठमाण्डौ उपत्यकामा एक जना, कोशी प्रदेशमा १८ जना, मधेस प्रदेशमा तीन जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा चार जना गरी ७४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै पाँच जना बेपत्ता छन् भने ८८ ना घाइते भएका छन् ।

बाढीको कारण एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपायको मरेका छन् । मनसुनजन्य विपदका घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका गृह मन्त्रालयले जनाएको छ ।

मोना पोर्चुगलको यूरोप स्तरीय भलिबल आयोजक र टोरेस भेडेरास समूहको पोल्टामा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको आयोजनामा खुल्ला यूरोप स्तरीय भलिबल प्रतियोगिताको सम्पन्न भएको छ । अक्षय कोष स्थापनार्थ अल्भलाद लिस्बनको खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ मोना पोर्चुगल प्रथम, जम्मुजिरा समूह उपविजेता भएका छन् । त्यस्तै प्रतियोगितामा महिलातर्फ टोरेस भेडेरास समूह प्रथम, मोना पोर्चुगल दोस्रो भएका छन् ।

पुरुष भलिवलतर्फ बेस्ट पिलिएर याम केसी, बेस्ट बलोकर इन्द्र कार्की, बेस्ट इम्पाइकर योगेन्द्र गुरुङ, बेस्ट सेतर चन्द्र घर्ती, बेस्ट लिब्रो शोबित राना भएका थिए । त्यस्तै महिला भलिबलतर्फ बेस्ट प्लेयर पृती बुढा, बेस्ट स्पाइकर पासाङ ह्यालमु शेर्पा भएका थिए ।

प्रथम हुनेले २५०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले १५०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै महिलातर्फ प्रथम हुनेले ८०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र, दृतीय हुनेले ४०० यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगी सबैलाई प्रमुख अतिथि पोर्चुगलका लागि पर्यटन दूत रमेशराज बास्तोलाले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

मोनाका अध्यक्ष नर फगामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली समन्वय समितिका पूर्व सदस्य रविन अधिकारी, पूर्व आइसीसी सदस्य सूर्य हमाल, जनजाती महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, मोना आइसीसी सदस्य रविन पुन, प्रवासी नेपाली एकता समाजका अध्यक्ष रुपक पौडेललगायत उल्लेख्य विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

खेल कार्यक्रम संयोजक इन्द्र रोका, संस्थाका महासचिव तेजेन्द्र छन्त्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । खेलका प्रमुख रेफ्री फुनुरु शेर्पालगायत रेफ्रीहरुबाट खेल प्रतियोगिता भएको थियो। सेमी फाइनलमा मोना र टमु समाज प्रतिष्पर्धामा उत्रिएका थिए । त्यस्तै सेकेन्ड म्याचमा स्यांजा र कम्पोलेक्स र तेस्रो म्याचमा टोरेस र जम्बुजजिरा सहभागी थिए ।

त्यस्तै महिला सहभागीतर्फ पहिलो म्याचमा टोरेस र मोना ,दोस्रो म्याचमा दर्शन नेपाल र अन्नपूर्ण म्याग्दी, सहभागी थिए । प्रतियोगितामा पुरुषतर्फ मोना, आल्गाराब, भिजन, अप्टिका, खुखुरे पार्क, बाग्लुङ, स्यांजा, क्याम्पोलिस, म्याग्दी काली (मोना), तमु, जम्बुजिरा टिम सहभागी थिए । प्रतियोगितामा सहभागी हुन पुरुष टिमले ३५० र महिलातर्फ १५० यूरो दर्ता शुल्क तय गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ वटा टिम सहभागी भएका थिए ।

अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो

पहिराेका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो।

बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो। पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो।

यसैबीच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए। भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले जानकारी दिए।

फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्नेमा सांसद गर्बुजाले जाेड दिए। सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।‍

“यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ। पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भने।

गण्डकी प्रदेश समन्वय परिषद् कतारको छैठौ वार्षिक साधारण सभा सम्पन्न

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका बिरुवा

ls;fgnfO{ ljt/0fsf /flvPsf] ;'Gtnfsf] a]gf{ uf]/vf, !$ c;f/ M k|wfgdGqL s[lif cfw'lgsLs/0f kl/of]hgf, kl/of]hgf sfof{Gjog PsfO{ uf]/vfn] s[ifsx?nfO{ ljt/0fsf nflu vl/b u/]/ NofPsf] ;'Gtnfsf] a]gf{ . tl:a/ M bLKfs >]i7÷/f;;

गाउँमा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिँदै गएको गाउँमा स्थानीयले सुन्तलाखेती थालेका छन् । बागलुङको जैमिनी नगरपालिका-२ दमेक चैराकका स्थानीय बाँझो जमिनको उपयोग गरी सुन्तला खेती गर्न थालेका हुन् ।

वर्षौँदेखि सुन्तला उत्पादन हुँदै आएको दमेकमा यस वर्ष थप दुई हजार आठ सय बिरुवा लगाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको सहयोगमा स्थानीयले सुन्तला खेती विस्तार गरेका हुन् । परम्परागत रुपमा खेती गर्दै आएका किसानले नयाँ प्रविधिमार्फत जग्गा चक्लाबन्दी गरी खुन्तला खेती गर्न थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको रु १० लाख र स्थानीय किसानको रु छ लाख ४० हजारमा एक सय ४० रोपनी बाँझो जग्गामा सुन्तलाका बिरुवा  लगाइएको हो ।

सुन्तला बेचेर वार्षिक रु ४० लाख गाउँमा भित्राउँदै आएका यहाँका किसानले अब केही वर्षमै आम्दानी बढाउने गरी खेती सुरु गरेका हुन् । सुन्तला खेतीले गाउँका खाली जग्गा सदुपयोगमा आउने र किसानको आम्दानीको स्रोत बन्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए ।

चक्ला बन्दी गरेर कृषि गर्नका लागि कार्यालयले आवेदन आह्वान गरेको र त्यसमा धेरैले आवेदन दिए पनि दमेकी कृषक छनोटमा परेपछि सुन्तलाका बिरुवा लगाइएको उनले बताए ।

प्रमुख पौडेलले दमेक क्षेत्र सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र भएको भन्दै किसानले पर्वतको जलजलाबाट रैथाने जातको बिरुवा लिएर लगाएको बताए । उनका अनुसार सुन्तला उत्पादनका लागि मध्यपहाडी क्षेत्रको हावापानीमा उपयुक्त हुन्छ । यहाँ सुन्तला लगाएपछि बाँझो जमिन प्रयोगमा आएको पौडेलले बताए । कम मेहेनतमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा पछिल्लो समय किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।

“हाम्रो कार्यालयले कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै आएको छ, यस वर्ष दमेकको चैराकको ठुलो क्षेत्रमा सुन्तलाका बिरुवा लगाइएको छ”, उनले भने, “ यहाँ पहिलेदेखिनै सुन्तला खेती गर्दै आउनुभएको रैछ, सुन्तला खेतीका लागि यो ठाउँ उपयुक्त पनि मानियो ।”

दमेकी सुन्तला कृषक समूह जैमिनी नगरपालिका-२ का अध्यक्ष ओमप्रकाश सापकोटाले गाउँमा मकै, धानसहित स्थानीयले धेरै वर्ष अगाडिदेखि सुन्तला खेती गर्दै आएकोमा पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न लागेको बताए । यहाँ उत्पादन हुने सुन्तलाले अहिलेसम्म बजारको समस्या भोग्न नपरेको भन्दै हरेक वर्ष पोखरा, काठमाडौँ र नारायणगढसम्म पुग्ने गरेको अध्यक्ष सापकोटाले बताए ।

उनले भने, “पहिला–पहिला गाउँका जग्गा जमिनमा धान, गहुँ, मकै र कोदो लगाउने चलन थियो, सुन्तला लगाए पनि एक/दुई बोट बारीको छेउमा लगाउने गरिन्थ्यो, अहिले सिङ्गो बारीनै सुन्तला खेतीका लागि प्रयोग गर्न थालिएको छ ।”

हलो दिएर लिएको केराबाट ब्यवसायिक खेती

केरा खेतीबाट परिचय फेर्नेमध्ये एक हुन् जगतबहादुर घिमिरे । उमेरले करिब ८० बर्ष नजिक पुगेका जगतबहादुरको केराखेती खेतबारीको सुरुवात जोत्ने हलोसँग जोडिएको छ । बेनी नगरपालिका–२,खबराका अगुवा कृषक मानबहादुरको बारीमा केरा फैलिएको देखेपछि स्थानीय जगतबहादुर घिमिरेले १२ बर्ष अगाडी जोत्ने हलो दिएर एउटा केराको बिरूवा लिए।

मानबहादुरलाई चाहिएको हलो दिएर बिरूवा घरमा लगेर लगाएका७७ बर्षिय जगबहादुरको अहिले करिब ४ रोपनी क्षेत्रफलमा केरा खेती छ ।गाउँका अगुवा कृषक समेत रहेका जगबहादुरले अहिलेसम्म लाखौंको बिरूवा बेचेका छन् ।उनले समेत गाउँमा केरा खेती बिस्तारको अभियानमा बल पुग्ने गरी निरन्तर मेहनत गरेका छन् ।

बुढेशकालमा पनि केराखेती गरेका जगतबहादुरले बर्षेनी खर्च कटाएर बचत समेत गर्छन् । उनी भन्छन्,‘त्यो हलो नदिएको भए, अहिले मेरो बारीमा यो केरा खेती देखिदैन थियो’ जगतबहादुरले भने । अहिले जगबहादुरको करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेरा छ ।

केराका घारीले छेकेर घर समेत देखिदैन । ‘एउटा बिरूवा लिएर आएपछि अर्को बिरूवा खोज्न कतै जानुपरेन,त्यही बिरूवाबाटै मैले केरा खेती सुरू गरे’जगतबहादुर भन्छन्।उनले हलोले साटेर लगाएको केरा खेतीको आम्दानीले बुढेशकालमा खर्चको अभाव नभएको बताउँछन् ।

परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेतीका लागि जगबहादुरले म्याग्दीका विभिन बस्तीमा समेत पुगेर सहयोग गरेका छन् । अहिले बार्षिक २ लाख नगद केरा खेतीबाटै कमाउने गरेका जगतले बाँझो जमिनमा केरा खेती गरेमा विदेश जान नपर्ने सुझाव दिन्छन् । बुढेशकालमा पनि घरका अन्य सदस्यहरूबाट सहयोग लिनुपर्ने बाध्यता छैन् । आफ्नै घरआगनबाट बार्षिकरुपमै केरा बेचेर रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

जसले खवरामा पहिलोपटक केरा खेती भित्राए

म्याग्दीको बेनी नगरपालिका-२,खबराका मानबहादुर थापा गाउँमा व्यवसायिक केरा खेती सुरु गर्ने पहिलो व्यक्ति हुन् । बि.स २०५७ सालमा पोखराबाट ३० रुपैयाँमा खरिद गरी ३ वटा हजारिया जातको केराको बिरूवा भित्राए । तीनवटा मध्ये एउटा बिरुवा मरेपछि उनले दुईवटाबाट केराखेती सुरु गरेका थिए । घरायसी प्रयोजनका लागि स्थानीय प्रजातिका केरा हुने गाउँमा अगुवा कृषक थापाले ब्यवसायिक केरा खेतीको सोच बारे सुनाउँदा धेरैले हाँसोको पात्र समेत बनाए ।

धान, मकै जस्ता परम्परागत बाली मात्र लगाइने खवरामा व्यावसायिक केरा खेती बारे अभ्यास र कल्पना नै नगरेका गाउँलेहरूको बीचमा हाँसोको पात्र बने ।सामान्य ज्ञान लिएर पोखराबाट फर्किएका थापाले घर आगन नजिकै केराको बेर्ना लगाए ।हाँसो र खिसी छल्दै बिस्तारै उनले आफ्नो बारीमा लगाएको केराले आकार लियो । गर्दै सिक्दै केराको बिरूवा विस्तार गर्न थालेपछि पहिलोपटक उनले डेढ सयको केरा बिक्री गरे । पहिलो उत्पादनबाट कमाइ भएपछि थप मिहिनेत गर्न ऊर्जा थपियो ।

‘पोखराबाट ल्याएर लगाउँदा मैले दिनमा पाँचपटकसम्म केराको बिरूवा हेर्न जान्थे,दुःख अहिले सम्झिँदा त ठूलै लाग्छ, अहिले गाउँ नै केराका घारीले छेकेको देख्दा पहिलेका सबै हैरानी बिर्सिए’ मानबहादुर भन्छन्। उनले गाउँका सबै केरा खेतीबाट आत्मनिर्भर भएको देख्दा निकै उत्साहित छन् ।

एक्लै अघि बढ्दै जाँदा उनले बिस्तारै गाउँमा केरा खेती गर्ने साथीहरू पनि पाउन थाले। आफ्नै अनुभवबाट केरा खेती विस्तार गरेका मानबहादुरले बिरूवा दिने, सिकाउन थाले । २४ वर्षयता केरा खेतीमा लागिरहेका मानबहादुर अहिले गाउँकै लागि प्रेरणा बनेका छन् ।

उनकै प्रयासले पूरै गाउँ केराखेतीमय बनेको छ। अगुवा कृषक मानबहादुरले सिंगो गाउँलाई मात्रै नभई म्याग्दीका विभिन्न बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वतका कृषकलाई समेत बिरूबा बिक्री गरेका छन्। उनको साथ सहयोग, सल्लाह र प्रेरणाले अहिले खबरा गाउँको परिचय नै फेरिएको छ ।

५ रोपनीमा केरा खेती गरिरहेका मानबहादुरको वार्षिक तीन लाखसम्म कमाइ हुन्छ । शाररीक रुपमा कमजोर भएपनि उनले आफूँले जानेको सिप बाँडेका छन्। केरा खेतीमा कुनै समस्या आइपरे समाधान गर्न सहयोग गर्छन् ।

केरा खेतीमा प्रेरित गर्न बेर्ना शुल्क लिएर र प्राविधिक सहयोग निःशुल्क बाँड्दै आएका छन् । उनले घरआगनमै रोप्न सिकाउँछन्। उनले केरामा कुनै रोग लाग्यो भने औषधि सिफारिस समेत गर्छन्। आफुँ जस्ता केरा खेती गर्ने कृषकलाई राज्यले प्रोत्साहन गर्नुपर्ने थापाको भनाई छ । कृषिमा अनुदानको खोजी गर्दागदैं उमेरले डाँडाकाटेको थापाले केरा खेती हुने क्षेत्रमा बिरुवा विस्तार गर्न सकेमा गरिब परिवारलाई धनी बनाउन सजिलै सकिने थापा बताउँछन् ।