Saturday, May 24, 2025
21.1 C
Beni
21.1 C
Beni
Saturday, May 24, 2025
Home Blog Page 265

अन्नपूर्ण गाउँपालिकाले सहिद र पीडितका परिवारलाई सम्मान

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले तत्कालिन समयमा राज्य र बिद्रोही पक्षबाट ज्यान गुमाएका सहिदका परिवार र द्वन्द्व पीडितलाई सम्मान गरेको छ । शुक्रबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा सहिद परिवारका ९ जना र द्वन्द्व पीडित २६ जना लाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको छ ।

सहिद परिवार र पीडितलाई गाउँपालिका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी र द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका महासचि सुरेन्द्र खत्रीले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममको अवसरमा आयोजित अन्तरक्रियामा ज्यान गुमाएका सहिद, हालसम्म पनि वेपत्ता पारिएका सदस्यहरु, घाइते तथा अपाङ्ग सदस्यललाई देशभर ने समस्या रहेको बताइएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले राज्य परिवर्तनमा बेपत्ता भएकाको योगदान रहेको बताउँदै उत्पादनमा आधारित कार्यक्रमहरुमार्फत प्रोत्साहन गर्ने बताए ।
सोही अवसरमा पीडितहरुले सरकारले शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपने माग गरेका थिए ।

अन्तरक्रियामा अब पीडितलाई छिट्टै न्याय दिने वातावरण बनाउन समेत अनुरोध गरिएको थियो । सोही अवसरमा सरकार र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन द्वन्द्व पीडितहरु एकजुट हुनुपर्ने सञ्जालका महासचिव सुरेन्द्र खत्रीको भनाई छ । सञ्जालकी प्रतिनिधि सुजता खत्रीले प्रस्त्ुतीकरण गरेको कार्यक्रममा अध्यक्ष पुनले सहिदका परिवार र द्वन्द्व पीडितका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

पर्यटन प्रवर्द्धन लागि कला, संस्कृतिको संरक्षण आवश्यक छ: ललिता शेर्बुजा

0

लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजाले मगर जातिको इतिहास, रहनसहन, कला, भाषा र संस्कृतिको संरक्षण र म्याग्दीको पर्यटन क्षेत्रको प्रर्बधन आवश्यक रहेको बताइन् ।

हिमालय टेलिभिजनको एक कार्यक्रममा शेर्बुजाले मगर समुदायमा क्षमतावान प्रतिभाहर भएपनि अवसरको खोजीमा रहेको बताइन् । उनले आफुँले मगर कला र संस्कृतिको संरक्षणसँगै म्याग्दी सुन्दर ठाउँ भएकाले पर्यटन क्षेत्रबाट सम्रग देशको अर्थतन्त्रमा धान्न सक्ने बताइन् ।

उनले मगर समुदायका ेविशेषतासँगै म्याग्दीको पर्यटनको क्षेत्रमा योगदान दिने बताइन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपुर्ण आधार क्षेत्रमा जाने पर्यटकका लागि समेत शौचालय सहितका पूर्वाधार बनाउन समेत अग्रसर रहेकी शेर्बुजाले आफ्नो स्वर्गीय आमाको सम्झनामा मिस नेपालको प्रतिस्पर्धामा आएको बताइन् । उनले स्वर्गीय आमाको योगदान र अधुरो सपनालाई पूरा गर्ने बताइन् ।

मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४ का लागि शेर्बुजालाई भोट हाल्नका लागि भोटिङ कोड १५ रहेको छ । भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् । मिस नेपाल २०२४ मा उत्कृष्ट २६ भित्र परेकी अस्ट्रेलियाबाट नेपाल फर्केकी हुन् । मिस नेपाल २०२४ का लागि २६ जना प्रतिष्पर्धी रहेका छन् ।

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

0

पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा टोलविकास संस्था र दश जना वडा विकास सहजकर्ताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

ती मध्य वडा नम्बर ३ को आदर्श नगर टोल विकास संस्थालाई उत्कृष्ट कार्यक्षमता आधारमा सर्वोत्कृष्ट संस्था छनौंट गरी संस्थाका अध्यक्ष सरिता उपाध्यायलाई नगद दश हजार रुपियाँ र सम्मानपत्र प्रदान गरिएको छ । साथै वडा नम्बर ४ का वडा विकास सहजकर्ता भगवती शर्मा पनि सर्वोत्कृष्ट वडा विकास सहजकर्ताका रुपमा सम्मानित हुनुभएको छ ।
गाउँपालिका भित्र गठन भएका टोल विकास संस्थाहरुले वडाको विकासका लागि पु¥याएको

योगदान,क्रियाशिलता,सामाजिक एवम् मानविय विकासमा खेलेको भूमिका लगायतका २७ वटा सुचकहरुका आधारमा मुल्याङ्कन गरी उत्कृष्ट छनौंट गरी सम्मान गरिएको सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार २९ वटा सुचकहरुका आधारमा वडा विकास सहजकर्ताहरुको मुल्याङ्कन गरी सर्वोत्कृष्ट वडा विकास सहजकर्ता छनौंट गरिएको थियो ।

वडा नम्बर १ को प्रगतिशिल टोलविकास संस्था,२ को विमिराबोट टोलविकास संस्था,३ को आदर्श नगर टोल विकास संस्था,४ को भुमेथान टोल विकास संस्था,५ को कुवापानी टोल विकास संस्था,६ को जलजला तारे टोलविकास संस्था,७ को बास्कोट देउराली टोलविकास संस्था,८ को मझुवा शुक्लेश्वर टोल विकास संस्था र ९ को गाम टोल विकास संस्था सम्मानित भएका हुन ।

यसैगरी वडा विकास सहजकर्ताहरु वडा नम्बर १ रेनु दर्जी,२ सन्तु पौडेल शर्मा,३ सरिता खत्री,४ भगवती शर्मा, ५ पवित्रा खत्री,६ गिता दर्जी,७ टिकाबल्लभ आचार्य र योगेन्द्र उपाध्याय पौडेल,८ सुजता रेग्मी र ९ का मिना फकामी पुनलाई सम्मान गरिएको छ ।

सम्मानित हुने टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

सम्मानले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुको कार्यक्षमता वृद्धि,हौसला प्रदान र कामप्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । टोल विकास संस्थाहरुको क्रियाशिलता र लगनशिलताका कारण वडाको विकासमा टेवा पुगेको अध्यक्ष आचार्यको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाका हरेक विकास गतिविधिहरुमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा टोलविकास संस्थाहरुलाई अझै प्रभावकारी रुपमा परिचालन गरेर मानविय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल बनाउँदै लैजाने पालिकाको योजना छ ।’’ गाउँपालिकाका सवै टोलविकास संस्थाहरुले करिब ५८ लाख रुपियाँ बचत जम्मा गरी परिचालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले वडा विकास सहजकर्ता र टोल विकास संस्थाहरु मार्फत स्थानीय सरकार जनताको घरघर सम्म पुगेको बताउनुभयो । प्रत्येक टोलहरुमा गठन भएका संस्थाहरुले उदाहरणीय कार्य गरेको उहाँको भनाई थियो ।

सम्पूर्ण वडाध्यक्षहरुका तर्फबाट मन्तब्य राख्दै वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुले वडाका हरेक गतिविधिहरुमा सहयोगी भूमिका खेलेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा अझै प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखाका प्रमुख,कर्मचारी,वडा विकास सहजकर्ता,टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यको संचालन प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र पालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

 

सहरमा बास, गाउँकै खान्कीमा चाख

0

भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन । पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिएका बूढाको आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भनिन्, “सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा । जङ्गलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए ।”

लालकुमारीको असन्तोषी अभिव्यक्तिले सहरको सुविधा र गाउँको स्वादको प्रतिविम्ब झल्काएको छ । पैसा कमाएपछि र सहरमा बस्न सक्ने हौसियत बनाएपछि सुख सुविधाको खोजीमा गाउँ छोडेर सहर पस्नेहरुको सङ्ख्या बढ्दै गएपछि गाउँहरु रित्ता हुँदै जान थालेका छन् । खेतबारी बाँझिदै र वनपाखा झ्याङ्गीदै गइरहेको अहिलेको अवस्थामा सहर पसेकाहरुको जिब्रोमा गाउँले अर्गानिक उत्पादनको स्वाद लिने चाहना भने बढ्दै गएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा बस्दै आएकी धवलागिरि गाउँपालिका–७ धारापानीकी ७२ वर्षीया टीकाकुमारी थापा, मालिका गाउँपालिका–१ निस्कोट गाउँबाट १४ वर्षअघि बेनी झरेका भवहादुर पुन, देवीस्थानको रुन्माबाट झरेर दरबाङ बजारमा बस्दै आएका वीरबहादुर सिउथानी गाउँको अर्गानिक उत्पादन झिकाएर खाने गरेका छन्। उनीहरु मात्रै होइन, गाउँ छोडेर सहर पसेका अधिकांश व्यक्तिको भान्छामा मौसमी गाउँले अर्गानिक खानेकुराहरु पाक्ने गर्दछ । उनीहरु भन्छन््, “सहरको बास भए पनि खान्कीमा भने गाउँले उत्पादनको चाख छ ।”

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको दरबाङका व्यवसायी भरत सुवेदीले बताए । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा छ÷सात जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबा–आमा मात्र भेटिन्छन्” उनले भने, “घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”

सुख र सुविधाको खोजी गर्दै सहरमा बसाइँ सरेका मान्छेहरुले गाउँको परम्परागत खान्कीलाई भने भुल्न सकेका छैनन् । ग्रामीण घरका अगेनामा पकाइने खान्की छोडेर सहर पसेकाहरु सहरका भव्य भवनका आधुनिक भान्छामा पकाइएका परिकारहरुमा गाउँले खान्कीको स्वाद खोज्न थालेपछि गाउँका खेतबारी, खोल्साखाल्सी र वन जङ्गलमा उत्पादन हुने अर्गानिक उत्पादनहरुको माग सहरमा बढ्दै जान थालेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

“गाउँ छोडेर सहर पसेका मात्रै होइन, विभिन्न ठाउँहरुबाट म्याग्दी घुम्न आएका आन्तरिक पर्यटकहरुले समेत गाउँको अर्गानिक उत्पादन खोज्ने गरेका छन्” अध्यक्ष श्रेष्ठले भने “म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँ उत्पादन हुने अर्गानिक खानेकुरा, तरकारी र फलफूलको बजारीकरणका लागि सदरमुकाम बेनी र ग्रामीण क्षेत्रमा समेत कोशेली घर सञ्चालन गरेर अर्गानिक उत्पादनहरुको खरिद विक्री हुने गरेको छ ।”

सदरमुकाम बेनीबजारमा मात्रै सातओटा अर्गानिक उत्पादनहरुको खरिद बिक्री हुने पसलहरु सञ्चालनमा छन् । त्यसैगरी पश्चिम म्याग्दीको दरबाङमा पनि अर्गानिक उत्पादनको माग बढ्दै गएपछि पसल सञ्चालन गर्नेहरु बढ्दै गएका दरबाङका होटल व्यवसायी अमृत सापकोटाले बताए ।

सहरको स्वादले मात्र सन्तुष्ट नहुने र गाउँले अर्गानिक उत्पादनको स्वाद बिर्सन नसकेका उपभोक्तालाई लक्षित गरी बजार र गाउँगाउँमा स्थानीय कृषि उत्पादन राखेर ‘लोकल मार्ट’, ‘कोसेली घर’ र ‘सौगात घर’ खोलिएका छन् । ती पसलहरुमा कृषकले फलाएका ससानो परिमाणका कृषि उपज जुटाएर बेच्न राखिन्छ ।

म्याग्दीका गाउँमा फलेका अर्गानिक र जैविक खाद्यान्न काठमाडौं, पोखरा, चितवनलगायतका देशभित्रका सहरमा मात्रै होइन, विदेशका भान्छाहरुमा समेत पुग्न थालेका बेनी कोशेली घरका सञ्चालक सुमन पौडेलले बताए । “प्रायः सबैको रोजाइमा अर्गानिक उत्पादन पर्ने गरेका छन् । गाउँबाट सहर पसेका, पुख्र्यौदेखि सहरमै बसेका र विदेशबाट नेपाल घुम्न आएकाहरु सबैले अर्गानिक वस्तुको सोधीखोजी गर्ने र धेरैथोरै किनेर कोशेली लैजाने गरेका छन् ।”

गाउँका किसानहरुले उत्पादन गरेका जैविक खाद्यान्न, तरकारी र जङ्गल तथा सिमसार क्षेत्रमा प्राकृतिक रुपमा नै उत्पादन हुने च्याउ, टुसा, मुना, निगुरो, ढकायो आदि ग्राहकहरुको रोजाइमा रहेको उनले बताए ।

कोसेलीघरमा मार्सी, गौरिया, गुडुरा, जेठोबूढो चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला, जौको पिठो, सातुजस्ता स्थानीय खाद्य सामग्री, लेकाली सिमी, बोडी, मुलाको जरा (सिन्धी), मूलाको गुन्द्रुक, घिउ, परम्परागत मुढेघारको मह, भीर मह, भाँगो, सिलम, जङ्गली रातो च्याउ, टुसा, निउरोको सुकुटी, ढकायोको गुन्द्रुक आदि बिक्रीका लागि राखिएको छ ।

मितेरी लोकल मार्टकी सञ्चालिका पुष्पा पुनका अनुसार म्याग्दीको दोवामा उत्पादन हुने ‘खैरो, छिर्केमिर्के सिमी, मुस्ताङको कालो सिमी र फापरको पिठो, तोरीपानीको टिम्मुर, रुममा उत्पादन हुने भाँगो, दोबा र बरन्जाका स्वादिष्ट बदाम, गुर्जाको रातोच्याउ र भीर मह अनि गौरिया, गुडुरा धानको चामल सहरमा बस्ने उपभोक्ताले बढी रुचाउने गरेका छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन) को जुससमेत खोजी गर्दै उपभोक्ताहरु आफ्नो पसलमा आउने गरेका उनले बताए ।

म्याग्दीमा पहिलोपटक १२ वर्षअघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो । कोसेली घर कृषकले घरमा उब्रेको थोरै कृषि उपज होस् वा कृषक समूहमा उत्पादित, फसल बजार पु¥याउने माध्यम भएका छन् । खेतबारीमा उत्पादन भएको सानो परिमाणको अन्नपात मात्र होइन, लेकाली प्राकृतिक हावापानीमा उत्पादित अर्गानिक खाद्य जे पनि बिक्री हुने व्यापारीहरु बताउँछन् ।

जङ्गलमा आँफै उत्पादन हुने  निउरो, टुसा, ढकायो र रातो च्याउ टिपेर विक्री गरी वार्षिक रुपमा रु एक लाख बढी कमाइ गर्दै आएकी मालिका–२ रुमकी फारु विकले यस वर्षको असार दोस्रो सातासम्म रु २० हजारको निगुरो र टुसा बिक्री गरेको बताइन् । “जेठदेखि साउनसम्म जङ्गलमा निगुरो, च्याउ, ढकायो, टुसा पाइन्छ । खेती गर्न पर्दैन, गाईबाख्राले खाइदेला भन्ने चिन्ता पनि हुँदैन । जाँगर भएपछि पैसा जङ्गलमा पनि फल्छ”, विकले भनिन् । रासस

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन्-दिन बिताउन साह्रै गाह्रो भयो

0

बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन्। कक्षा २ मा भने विद्यार्थी नै छैनन्।

स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए। विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ।  उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए।

विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो। विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन्। बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ। पैतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन्।

धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउछन्। गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उनी बताउँछन्। उनले भने, ‘विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ।

पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन्।   भएका पनि सहरबजार जाने प्रचलन बढेको छ। हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ।’

खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन्। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए। नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उनले जानकारी दिए।  उनले भने, ‘नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ। विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ।’

जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए। अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए।

दुबै हात नभएकी नारच्याङकी पवित्रालाई अन्नपूर्णले ५० हजार सहयोग

0

चरम गरिबीसँग जुधेर भए पनि एसईईमा ३.१२ जीपिए ल्याएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी पबित्रा बिकलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप नगद ५० हजार आर्थिक सहयोग गरेको छ । दुवै हात नभएकी विकको उच्च शिक्षाका लागि सहज वातावरण बनाउन शुक्रबार विहान बसेको कार्यपालिकाको बैठकले ५० हजार नगद सहित प्रोत्साहन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी विकका बारेमा पहिलोपटक बेनीअनलाइन, पोखराबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएपछि अन्नपूर्णका जनप्रतिनिधिले चासो देखाएका थिए ।

गाउँपालिका अध्यक्ष भरतकुमार पुनले आर्थिक अवस्था कमजोर भएकै कारण पठनपाठनमा समस्या हुन नदिन सहयोग गरिएको बताए ।‘शैक्षिक यात्रा सहज होस् भन्ने हेतुले प्रोत्साहन गरिएको हो, समस्यामा परेका विद्यार्थीलाई आगामी दिनमा सहयोग निरन्तरता हुन्छ’ अध्यक्ष पुनले भने ।

पवित्राको कुहिनासम्म ठिकै रहेको देब्रे हातै छैन भने दाहिने हातमा एउटा सानो औलामात्रै बनेर निस्किएको छ । उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन्। पवित्राको आमा र बुबा बिच सम्बन्ध टुटेको अवस्थामा विहानबेलुकी हातमुख जोड्न समेत धौ–धौ छ ।

यसअगाडी पवित्राको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि काठमाण्डौमा बस्ने धवलागिरी गाउँपालिका–५, मलम्पार हाल गोंगबु बस्ने महेन्द्र छन्त्यालले समेत १० हजार सहयोग गरेका छन् । यसैबीच विद्यार्थी पवित्राले प्राप्त सहयोगलाई पढाइमै प्रयोग गर्ने बताइन् । उनले अंग्रेजी विषय लिएर अध्ययन गर्ने सोच रहेको बताउँदै अहिले आफुँलाई सहज हुने क्याम्पसको खोजीमा रहेको बताइन ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

0

पर्वत जिल्लाको सबैभन्दा पहिलो, अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो । विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन ।

मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाइको उक्त पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसँग जोडेको छ ।

कुश्मा–५ बाट कुश्मा–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयाँैैको सङ्ख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दै आएका छन् । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतबारदेखि पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको हो ।

केही दिनअघि कर्णाली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस् भनेर पुलबाट सवारीसाधन वारपार गर्न रोक लगाइएको प्रजिअ शर्माले बताउनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन सञ्चालन नगर्ने÷नगराउने निर्णय गरेपछि हाललाई उक्त पुल भएर सवारीसाधन नचलाउन स्थानीयलाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।

सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोली आगामी साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि आउने जानकारी आएको प्रजिअ शर्माले बताउनुभयो । डिभिजनले पत्र पठाएर कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनै पनि झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन सञ्चालन गर्न नहुने जनाएको उहाँको भनाइ छ ।

पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लट्ठा, दुवै छेउका बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने समस्या देखिन थालेका छन् । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको थियो । यो पुलपछि सदरमुकाम कुश्मामा थप चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलबाट भने दुईपाङ्ग्रे सवारी साधन निर्वाधरुपमा सञ्चालन हुँदै आएका छन् । रासस

भकिम्ली बन्दैछ ‘किबी गाउँ’

0

पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका-३,भकिम्लीको बेलढुंगा कृषक समुहले १ सय रोपनीमा किबी खेती विस्तार गरेको छ ।स्थानीय अगुवा कृषकहरूको समुहद्धारा सञ्चालित नयाँ परियोजनाले पहिलो चरणमा १२ सय किबीका नयाँ बिरुवा लगाएको छ । सुन्तला, किबी, आलु खेतीमा भकिम्लीका सफल अगुवा कृषकहरू आवद्ध रहेको समुहले थप १ सय रोपनीमा किबी लगाउने योजना छ।यो समुहले ५ सय रोपनी जग्गा भाडामा लिएर १ सय रोपनीमा आलु,५रोपनीमा सुन्तला,४वटा हाइटेक टनेलभित्र खुर्सानी, कागती,सुन्तला,लगायतका उन्नतजातका फलफुलका बेर्ना हुर्काइरहेको छ ।

कृषि र पशुपालनमा भकिम्लीलाई पकेट क्षेत्र बनाउन २० जनाले करिब २ करोडको लगानीको ब्यवसायिक योजना समेत बनाएको छ । थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएपछि अहिले भकिम्लीमा बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै किबी खेती विस्तार हुँदै गएको छ । अहिले भकिम्लीका अगुवा कृषकको घरआगनै अहिले किबीले ढाकेको छ ।

फलफूलको राजाको उपनामले परिचित फल किबी भकिम्ली, मुसुङ,सिम, भुकभुके, छाप लगायतका स्थानमा गरिँदै आएको छ। २०६७ सालमा पदम पुनले डेढ सय विरुवाबाट परीक्षण उत्पादन गर्न थालिएको थियो।सफल भएपछि भकिम्लीमा करिब १ सय घरधुरीले किबी खेती गरेका छन्।

सदरमुकाम बेनी बजारसहित बागलुङ,पोखरालगायतका स्थानीयस्तरमै बिक्री हुन थालेपछि कृषकहरू व्यावसायिक रूपमै अन्य अन्नबाली छोडेर खेतबारीमा किबी खेती गर्न थालेका छन्। पछिल्लो पाँचवर्षमा व्यावसायिक रूपमा किबी खेती गर्ने कृषकले आम्दानी गर्न थालेपछि अहिले भकिम्लीमा किबी खेतीको लहर चलेको छ ।

घरायसी प्रयोजनका लागि किबी लगाएका अधिकांशले अहिले बिक्रीसमेत गर्न थालेका छन्। भकिम्ली सिमका लालबहादुर पुनले करिब १५ रोपनी क्षेत्रफलमा साढे ३ लाखको किबी बिक्री गर्ने गरेका छन् । एउटा बोटबाट १ सय केजीसम्म किबी उत्पादन गर्न सकिन्छ । भकिम्लीबाट मात्रै बार्षिक १५ लाख बराबरको किबी बिक्री हुने अनुमान गरिएको छ।सात रोपनीमा व्यवस्थित रूपमा किबी खेती गरेका भकिम्ली मुसुङका लालबहादुर घर्तीले यसपटक बजारमा लैजान तयारी अवस्थामा रहेको बताए।

वि.सं. २०७७ सालदेखि मनोज कृषिफार्म मार्फत सुरू गरिएको किबी अघिल्लो वर्षबाट फल्न थालेको थियो। यस वर्ष करिब तीन क्विन्टल किबी फलेको कृषक घर्तीको भनाइ छ।स्वर्गाआश्रम अर्गानिक कृषि समूहका अध्यक्षसमेत रहेका घर्तीसँगै २५ जना सम्मिलित समूहका सदस्यहरू समेत किबीको उत्पादनबाट उत्साहित भएको बताउँछन् ।

भकिम्लीका कृषकलाई बेनी नगरपालिकाले पकेट क्षेत्रको घोषणा गरेसँगै पोल निर्माण, सिँचाई, नयाँ बिरुवा विस्तार, रोग किरा नष्ट लगायतका क्षेत्रमा सहयोग गर्ने गरी १२ लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख आकृति ढुंगानाको भनाई छ । भकिम्लीमा अहिले सक्रिय ५० जना कृषकले किबी फलाएर बजारमा लैजाने गरेका छन् । ‘किबी खेतीका लागि अनुकुल हावापानी छ, भकिम्लीको किबीलाई बजारीकरणको आवश्यकता छ’ ढुंगानाले भनिन् ।

नगरपालिकाले किबीको बजारीकरण तथा उपभोक्तालाई समेत महत्वका बारेमा जानकारी दिने गरी सन्देशमुलक सूचनाहरू समेत जारी गरेको छ । भकिम्लीका कृषकले अहिले प्रतिकेजी रू १५० मा बिक्री भए पनि किबीमा नाफा रहेका वडा अध्यक्ष पदम पुनको भनाई छ ।

सहज बजारको ब्यवस्थापन भएमा भकिम्लीबाटै बार्षिक १ करोडसम्मको किबी उत्पादन हुने उनले बताए । एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिने भएकाले कृषकलाई अनुदानसँगै तालिम समेत सञ्चालन गर्ने गरिएको छ । मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा वार्षिक पाँच सय केजी किबी उत्पादन हुन्छ । भकिम्लीमा किबी खेतीसँगै सुन्तला र आलु खेतीमा समेत कृषक आर्कषित छन् ।

सुन्तला र आलु खेतीबाट भकिम्लीमा वार्षिक पाँच करोड भित्राउने उद्देश्यले भकिम्लीको तल्लो भागमा रहेका राखु मरेक, हल्लघौडा, ज्यामिरे र तोराखेतमा ४० हजार सुन्तलाका विरुवा किसानले लगाएका छन्। आलु हुने ठाउँमा किबी समेत हुने भएकाले बिउविजन, अनुदान र तालिममा नगरपालिकाले प्राथमिकता दिएको उपमेयर ज्योति लामिछानेले बताइन्। भकिम्लीसँगै बेनपा–९ तोरीपानीमा समेत किबी खेती हुने गरेको छ ।

नगरपालिकाले अनुदान, तालिम मात्रै लिने कृषकलाई निरुत्साहित गदैं उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिएको उपमेयर लामिछानेको भनाई छ । भकिम्लीको हावापानी अनुकुलमा उत्पादन हुने गरी किबी, सुन्तला, आलु खेतीलाई नगरपालिका बाहेक कृषि ज्ञान केन्द्र सहितका संघसंस्थाले समेत सहयोग गर्ने गरेको छ । उत्पादित किबी फललाई हुस्की, वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको छ ।

कसरी गर्ने किबी खेती ?
स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिन्छ ।यो फल चिसो हावापानी मन पराउंछ । हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ। बार्षिक बर्षा १५ सय देखि २ हजार मिलिमिटर र ७६ देखि ७८ प्रतिशत खेतीको लागि उपयुक्त मानिन्छ । किवी फलको जराहरु धेरै गहिरो नजाने जमिनको माथिल्लो सतहमा फैलिने हुँदा जरा बढनको लागि माटो हलुका हुनुपर्छ भनेआवश्यक मात्रामा कम्पोष्टमल ब्यवस्थापन गर्न सकेमा सबै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ।

प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो र सिंचाई तथा निकासको राम्रो प्रबन्ध भएको जमिन यसको लागि उपयुक्त हुन्छ । फागुन चैत्र महिनामा तापक्रम बृद्धि हुदै जांदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरुमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरुको वृद्धि हुन्छ र असोज कार्तिक लागेपछि बृद्धि रोकिन्छ। मंसिर पौष महिनामा तापक्रम घटन थालेपछि यसको पात झर्छ । किवीफलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनु पर्दछ ।

विरुवा हुर्काउने तरिका
किवी फल बिरुवाको हिउँद महिनामा पात झर्ने स्वभाव भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। पौष र माघ महिना किवीका बिरुवा रोप्नु पर्दछ। किवीफलको बगैंचा ब्यथापनाको लागि जमिन छनौट गरिसकेछि गरा कान्लाको सरसफाई गरि खनजोत गर्नु पर्दछ। बिरुवा रोप्नु चार पाँच हप्ता अघि ३ फिट लामो, ३ फिट चौडा र ३ फिट गहिरो खाडल खन्नु पर्दछ। खाडल भन्दा आधा भागको र तल्लो आधा भागको माटो छुट्टा छुट्टै राख्नु पर्दछ। बिरुवा रोपनु अघि ४० किलाग्राम राम्ररी पाकेको गोबरमल, ५० ग्राम युरिया, १०० ग्राम डि।ए।पी। र १०० ग्राम पोटास साथै उपलब्ध भए सम्म १ किलोग्राम खरानी खाडल खन्दा निल्लेको माटोमा राम्ररी मिसाउनु पर्दछ।

खाडल पुर्दा मल मिसाएको माथिल्लो भागको माटो तल र तल्लो भागको माटो माथि राखेर पुर्नु पर्दछपछि माटो बःने भएकोले खाडल पुर्दा जमिनको सतह भन्दा एक डेढ बित्ता अग्लो बनाउनु पर्दछ र चिनो लगाउन खाडलको बिचमा सिन्को गाडनु पर्दछ। प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनुपर्दछ । भाले बोटबाट फल नलागे पनि परागसेचनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

बोट वरीपरीको झारपात हटाएर धेरै गहिरो नहुने गरी खनजोत गर्ने र सिफारिस मात्रामा मल हाली माटोले पुरी छापो हाली सिंचाई गर्नु पर्दछ। असार साउनमा पनि झारपात हटाएर धेरै खनजोत गरी मल हालेर छापो दिनु पर्दछ। बोट आसपासमा आवश्यकता अनुसार झारपातकव प्रकोप ह्रेरेर बोट वरीपरीको झारपात हटाउनु पर्दछ ।

यससँगै किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिब ६–७ फिट अग्लो भए पछि माथि पट्टी “त्” आकारको सिमेन्ट खम्बा वा फलामको जि।आई। पाईप गाडेर कम्तीमा तीन लाईन मोटो तार टाँगि दिनु पर्दछ। यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य ब्यवःथापनको काम गर्न सजिलो हुन्छ।

१४ बर्ष बिदेशभन्दा किबीबाट सन्तुष्ट लालबहादुर
बिहान उठेपछि बारीमा पुगेर किबी खेती हेर्नु, चराचुरुङ्गी धपाउनु र किबीको स्याहारसुसार गर्नु एक किसानको दैनिकी हो। किबीलाई समय समयमा गोडमेल, सिचाइँ, मलमुत्रको व्यवस्थापन पनि गर्नुपर्दछ । यसका साथै व्यावसायिक रुपमा कृषि खेती गरेका किसानहरुले नगदेबालीको विशेष हेरचाह गर्ने गर्दछन् ।

यही किबी खेतीको व्यावसायिक उत्पादनमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङका किसान लालबहादुर घर्ती हिजोआज किबी खेतीको स्याहारसुसारमा निकै व्यस्त हुनुहुन्छ ।  विदेशका विभिन्न मुलुकमा पुगेर रोजगारी गरेर गाउँ फर्किएपछि चारवर्ष अघिदेखि किबी खेती सुरु गरेका छन् ।

१० वर्ष ओमान र ३ वर्ष साउदीअरब बसेर घर फर्किएर स्याउ र किबी खेती लगाएका हुन् ।विदेशबाट फर्किएको सुरुमा ५० बोट स्याउ खेती गरेका कृषक घर्तीले स्याउबाट भने जस्तो उत्पादन नभएपछि किबी खेती गरेको बताए । धेरै धन कमाउने लोभमा पुनः ओमान गएर पनि एक महिनामै घर फर्किनु परेपछि व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आफू आकर्षित भएको घर्ती बताउँछन् ।

भकिम्ली वडा कार्यालयबाट अनुदानमा किबीका १ सय ५० बोट र कृषि ज्ञान केन्द्रबाट एकलाख ५० हजार रुपैयाँको अनुदान सहयोग पाएपछि व्यावसायिक किबी खेती गरेको बताए । अहिले ७ रोपनीको बारीमा कोदोसँगै किबी लटरम्मै फलेको छ ।किबीसँगै किसान घर्तीले डिभिजन वन कार्यालय म्याग्दीको अनुदान सहयोगमा १ सय ५० बोट टिम्मुरका विरुवा पनि लगाएका छन् । फलफूल खेतीमध्ये उत्कृष्ट मानिने किबी खाँदा निकै स्वादिलो र रसिलो हुने भएकाले यसको माग बजारमा उच्च रहेको छ ।

बेनी नगरपालिकाले के गर्ने ?
नगर क्षेत्रमा उत्पादित फलफुलको सिजन र अफ सिजनमा बजारीकरणमा सघाउने नितीलाई कार्यान्वयन गर्नुपर्छ । भूबनोट, माटो र हावापानी अनुकुल उत्पादनलाई नगरले प्रोत्साहनका लागि प्रयास भइरहेको छ तर सन्तोषजनक नतिजा प्राप्त भएको छैन। अझैपनि नगरभित्र उत्पादन हुने तरकारी, फलफुलबाट आत्मनिर्भर हुनुको साटो परनिर्भरता बढेर गइरहेको अवस्थामा भकिम्लीमा उत्पादन हुने किबी, सुन्तला, आलु, खवरा, काउँलेगौडाको केरा खेती, तोरिपानीको टिम्बुरलाई नगरपालिकाले ब्रान्ड स्थापित गर्न प्याकिङ र ट्यागिङ सहित बिक्री गर्न सघाउनुपर्छ ।

नगरपालिका भित्रको उत्पादनलाई खेतबारीदेखि उपभोक्ताको भान्सासम्म ब्रान्ड स्थापित गर्ने गरी संस्थाको नाम, ठेगाना र परिमाण पनि उल्लेख गरी बिक्री गर्न सकेमा नयाँलाई प्रोत्साहन हुन्छ । नगरपालिकाकै अगुवाइमा कोल्डस्टोर (चिस्यान केन्द्र) सञ्चालनमा आएको अवस्थामा किसानले उत्पादन गरेको कृषि सामग्रीलाई लामो समय राख्न तथा खेर जान नदिई बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न समेत सघाउनुपर्छ ।

नगरको कृषि एम्बुलेन्स किन्ने, वडा नं ८ मा निर्माणधिन अवस्थामा रहेको कृषि विक्री केन्द्रसम्म ल्याएर उपभोक्तालाई सस्तोमा उपभोग गर्ने वातावरण बनाउनुपर्छ । नगरपालिकाले अहिलेसम्म कृषिमा गरेको अनुदानमा विश्लेषण गरी कृषि भूमि कति छ ? यसको उपयोग कसरी भइरहेको छ ? कृषकहरूको अवस्था र सामथ्र्य के हो ? कृषिजन्य बस्तुको आयात र निर्यातको अहिलेको अवस्था के छ ? अवसर के के छन् ? यस विषयमा मसिनो विश्लेषण गर्नुपर्छ। किसानको वर्गीकरण गर्ने, उत्पादन र उपभोग गर्ने किसानलाई अनुदान वितरणमा समेत एकै आँखाले हेर्नुहुदैन । वडास्तरमा कृषिको सोचपत्र तयार गरी भूउपयोग र कृषिको विशेष योजना बनाएर अगाडी बढ्न सकेमा नगरपालिका कृषिजन्य बस्तुमा आत्मनिर्भरसँगै केही बर्षम निर्यात गर्ने हैसियतमा समेत पुग्छ ।

भकिम्लीको किबीलाई बिक्री गर्न सघाउँछौ
ज्योति लामिछाने उपमेयर
बेनी नगरपालिका
पछिल्लो समय भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । बेनी नगरपालिकाले कृषि आधुनिकीकरण नीति तथा स्थानीयको सक्रियतामा अन्य अन्नबाली फलाउने बारीमा अहिले किबी खेती गरिरहेका छन् । यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आकर्षण बढेकाले हामीले किबी खेतीका लागि बार्षिक बजेट विनियोजन गर्ने गरेका छौ । आगामी आवमा १२ लाख बजेटबाट किबी खेती प्रर्बधन हुने छ । परीक्षणका लागि लगाइएको किबीले राम्रो फल दिन सुरु गरेपछि भकिम्लीबासी किबी खेतीतर्फ लागेका छन् ।

गाउँमा उत्पादित किबी प्रति किलो बजारमा १५० देखि ३०० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ । हामीले भकिम्लीबाट किबी हुन सक्ने अन्य वडामा समेत विस्तारको योजना बनाएका छौ ।एउटा वडामा भएको उत्पादनलाई अर्को वडाबासीलाई सिकाई हुने गरी अहिले अनुदान सहितका कार्यहरु भइरहेको छ । अर्कोतर्फ किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग राम्रो छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किबी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘इ’ पाइने गरेको भएपनि यसका बारेमा प्रचारप्रसार गरी ग्राहकलाई आर्कषित गर्नुपर्छ ।

चिमखोलामा बन्याे स्वास्थ्यचौकी भवन

0

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाले एक करोड ६७ लाख रूपैयाँ लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो। आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले बताए।

सो भवन बनाउन निर्माण कम्पनीले ९७ लाख ७१ हजार दुई सय ५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो। आव २०७८/७९ मा ६९ लाख ५६ हजार आठ सय ७६ रूपैयाँमा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो।

पछिल्लो पटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत् पानी जडानको काम भएको  निर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए।

भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभा हल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन्। भवन निर्माण गर्न स्थानीयवासीको १० लाख र रघुगङ्गा गाउँपालिकाको १० लाख रूपैयाँ बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो।

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए। हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ। यसअघि गत वर्ष रघुगङ्गा-४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्यचौकी भवन निर्माण गरेको थियो। आठ वडा रहेको रघुगङ्गाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्यचौकीको निर्माण भएको छ।

पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा

0

पुनमगर समाजका आफ्नो कला र संस्कृतिको संरक्षणमा समुन्द्रपारी पनि उत्तिकै सक्रिय छन् । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा फार्नबोरोस्थित कोडी बोमेन स्टोरोङ वेमा उत्साहजनक उपस्थितीमा सम्पन्न भएको छ ।

पुनमगर समाज युकेले स्थापनाकाल २०१४ देखि नै मगर सङ्घ युकेसँग आबद्ध भई भातृ संस्थाको रूपमा हरेक वर्ष धौलागिरि कालीगण्डकी सेरोफेरोमा बसोबास गर्ने पुनमगरहरूको मौलिक तथा परम्परागतरूपमा कलासंस्कृति र भेषभूषालाई जगेर्ना गर्ने हेतुले भूमेपूजाको कार्यक्रम गरिदै आएको छ ।

वार्षिक भेटघाट तथा भूमेपूजाको अवसरमा उद्घाटन समारोहमा मुख्य अतिथि मगर सङ्घ युकेका वरिष्ठ उपाधक्ष्य लालबहादुर पुनमगर, तमुधी युकेका अध्यक्ष हरिबहादुर गुरुङ, मोना युकेका अध्यक्ष कुमार फगामी, पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष अप्सरा गुरुङ, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवङ्शीमगर, खाम भाषीका अध्यक्ष लिलाप्रसाद पुन, म्याग्दी चौतारी पोखराका उपाध्यक्ष कुलवीर राम्जाली, देवीसताङ गाउँपालिकाका अध्यक्ष याम पुर्जा, ईएसीका सचिव भक्त रोका, धौलागिरि गाउँपालिका अध्यक्ष क्याप्टेन दलबहादुर रोका, मगर धनुषबाणका अध्यक्ष नन्दा रोका, मोना युथ उपाध्यक्ष तारा गर्बुजामगर, मगर सङ्घ युकेका सांस्कृतिक सचिव नुनु थापामगरलगायतको उपस्थिति रहेको थियो ।

यूकेमा हुने धार्मिक पूजाको संयोजनक संस्थापक अध्यक्ष बिल पुर्जामगरको निर्देशन गरेका थिए ।  भुमे पूजामा अगुवा बिल पूर्जामगरको संयोजन तथा निर्देशनमा इन्द्रमान खोर्जाले धौलागिरि नौमती बाजाको दमाहा बजाएर र बिल पुर्जाले गाउँघरमा जस्तै गरी अग्लो ठाउँ वा देउरालीमा गएर धोक हाली सुरु गरिएको पूजाकार्यक्रम सुरु गरेका थिए ।
यसै धोकबाट भूमेपूजा सुभारम्भ भएको घोषणा गरिएको थियो ।

समाजको पूजास्थलमा लिङ्गो (रातो सेतो धजा) गाडिएको ठाउँमा ३ जना पुजारीहरूले पूजा सुरु गरेपश्चात् उपस्थित सबैले धुप, चामल, अछेता र जोडी ध्वजाले पूजा गर्ने कार्य भयो । धार्मिक विधि अनुसार पूजाआजा गरिदाँ धौलागिरि नौमती बाजाको नगरा लगाउँदै अगुवाइ गरिएको थियो भने पुनमगरहरूको पुख्र्यौली सोरठी समूहले साइलो भाका प्रस्तु्त गरिएको थियो ।

पूजाको कार्यक्रमपश्चात पुख्र्यौली सोरठी समूहबाट सरस्वती पुख्र्यौली नाच गरी पूजाको कार्यक्रमको समापन गरिएको थियो। पुजासम्पन्न भएपछि संस्थाका अध्यक्ष बल पुर्जा पुनमगर र मुख्य अतिथि लालबहादुर पुनमगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी यस सत्रको कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा कार्यक्रमका संयोजक तेज राम्जालीमगरले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका सञ्चालक सचिव तुलचन्द्र तिलिजामगरले भूमे देउतालाई फूलपाती, ध्वजा चढाउँदै पूजामा ‘उपस्थित सबै पाहुनालाई स्वागत छ’ भन्ने गीत गाएर पाहुनाहरूलाई स्वागत गरेका थिए ।

भूमे पूजाको शुभकामना दिने क्रममा खामभाषी मगर समाज युकेका अध्यक्ष लिलाबहादुर पुनमगरले भूमेपूजालाई सिङ्गो मगरहरूको मौलिक पूजाको रूपमा संस्थागत मान्यता दिनुपर्नेमा जोड दिएका थिए ।भूमेपूजा १० औँ वार्षिक उत्सव भएको हुँदा संस्थापक अध्यक्ष बिल पुर्जामगर, वर्तमान अध्यक्ष बल पुर्जामगर र मुख्य अतिथि लालबहदुर पुनमगरले केक काटेर पहिलो दशक मनाइएको थियो ।

पूजासम्पन्न भएपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सांस्कृतिक सचिव खिम पुनमगरले सांस्कृतिक कार्यक्रम सञ्चालन नेपालका राष्ट्रिय कलाकारहरू नेशन पुनमगर, गगन पुनमगर, ललिता पुनमगर र दीपा गुरुङले आफ्ना बेजोड प्रस्तुति दिएका थिए । भूमेपूजामा ५ सयको हाराहारीमा उपस्थिति रहेको थियो ।