Tuesday, May 6, 2025
17.7 C
Beni
17.7 C
Beni
Tuesday, May 6, 2025
Home Blog Page 268

१२औं राष्ट्रिय कृषक दिवसमा उत्कृष्ट किसान सम्मानित

0
१२औं राष्ट्रिय कृषक दिवसको अवसरमा म्याग्दीका चारजना उत्कृष्ट किसानहरु सम्मानित भएका छन् । कृषि र पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै उत्कृष्ट चारजना किसान छनोट गरी सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा कृषि विधातर्फ दुईजना र पशुपालनतर्फ दुईजना किसानहरु रहेका छन् । कृषितर्फ बेनी नगरपालिका–१, रत्नेचौरका दल गिरी पुन र मंगला गाउँपालिका–१, पूर्णगाउँका ठहरबहादुर केसी तथा पशुपालनतर्फ बेनी नगरपालिका–४, डाँडाखेतका महेन्द्र बानियाँ र बेनी–६, बाँसबोटका दुर्गाप्रसाद पौडेल रहनुभएको छ । उहाँहरु सबैलाई जनही १०÷१० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
उत्कृष्ट किसानहरुलाई कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत रेग्मी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई म्याग्दीका कृषि अधिकृत बिक्रम बस्यालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत सञ्चालित जिल्लास्तरीय उत्कृष्ट कृषि पुरस्कार कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट कृषक छनौट गरी सम्मान गरिएको केन्द्र प्रमुख बास्तोलाले जानकारी दिनुभयो । राष्ट्रिय कृषक दिवसको अवसरमा उत्कृष्ट कृषकको रुपमा आफूहरु सम्मानित हुन पाएकोमा किसानहरु खुसीले दङ्ग परेका छन् ।
पुरस्कार ग्रहणपछि बोल्दै उत्कृष्ट किसान दुर्गाप्रसाद पौडेलले दुईवटा भैंसीबाट आफूले व्यवसाय सुरु गरेकोमा अहिले ३२ वटा भैंसी पु¥याउन सफल बनेको अनुभव सुनाउनुभयो । अर्का उत्कृष्ट किसान ठहरबहादुर केसीले विगतमा रोजगारी खोज्दै विदेश पुगेको भए पनि अहिले फर्किएर व्यावसायिक कृषि खेती गरेपछि मासिक एकलाख रुपैयाँ कमाई भएको अनुभव सुनाउँदै पैसा कमाउनकै लागि विदेश जानुनपर्ने बताउनुभयो ।
वि.सं. २०७० सालदेखि मनाउन सुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधार गर्नको लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गतेको दिन राष्ट्रिय कृषक दिवस मनाउने गरिन्छ । नेपाल कृषिप्रधान देश भए पनि आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था रहेको छ ।
दैनिकजसो युवा जनशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिनहरु बाँझै रहन थालेका छन्  । किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच कम, कृषि प्राविधिकहरु पर्याप्त नहुनु, उत्पादन भएको कृषि उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्याहरु भोग्दै आइरहेका छन् ।

विज्ञान कार्यशाला गोष्ठीमा शिक्षकलाई अभिमुखीकरण

0

म्याग्दीको बेनी नगरपालिका-९, गलेश्वरमा एक दिवसीय विज्ञान कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्याब्सन म्याग्दीको आयोजना, कडरिया पब्लिकेशन प्रालि काठमाडौंको प्रायोजन र सगुन स्टेशनरी स्टोर्स÷अन्नपूर्ण बुक्स एण्ड स्टेशनरी सप्लायर्स बेनी म्याग्दीको व्यवस्थापनमा गोष्ठी गरिएको हो ।

कार्यशाला गोष्ठीमा विषय विज्ञ तथा लेखक चिन्तामणि पन्थीले विज्ञान विषयको नयाँ पाठ्यक्रम तथा नयाँनयाँ मोडेलहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई सैद्धान्तिक कक्षाको साथै प्रयोगात्मक एवं अन्तत्र्रिmया र छलफल समेत गराइएको थियो । विज्ञान विषयको नयाँ पाठ्यक्रमको विषयमा सम्बन्धित शिक्षकहरुलाई जानकारी गराउन कार्यशाला गोष्ठीमार्फत अभिमुखीकरण गरिएको जनाइएको छ ।

कार्यक्रममा म्याग्दी जिल्लाका संस्थागत र सामुदायिक विद्यालयबाट गरी कुल ३२ जना विज्ञान विषय अध्यापन गराउने शिक्षकहरुले सहभागिता जनाएका थिए । प्याब्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता, उपाध्यक्ष सुवासकुमार श्रेष्ठको स्वागत र सचिव दिपक सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्याब्सन नेपाल गण्डकी प्रदेशका सदस्य राजु केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गोष्ठीमा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्रिन्सिपल डिबी दाहाल, बेनी बोर्डिङ सेकेण्डरी स्कुलका प्रिन्सिपल मोहन अधिकारी र जनप्रिय मावि दरबाङका प्रधानाध्यापक दिवाकर सुवेदी लगायतको उपस्थिति रहेको थियो । यसअघि जुनियर लेबलको गणित विषयका शिक्षकहरुलाई पनि एक दिवसीय सहजीकरण गरिसकिएको छ ।

अन्नपूर्ण बाल सञ्जालको अध्यक्षमा सृष्टि बरुवाल

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बालबालिकाहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालित भेलाबाट उपाध्यक्ष विजय लामा, सचिव संगम विक,सहसचिव आगमन सुनाम, कोषाध्यक्ष सुस्मिता किसान रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका,आरोषी तिलिजा, युता थजाली, राहुल खड्का, अनुज पूर्जा, दिया रन्तिजा, लिला गर्बुजा, कृतिस परियार रहेका छन् । भेलालले पारित गरेको कार्यक्रमहरु गाउपालिका अध्यक्ष भरत पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई हस्तान्तरण गरिएको थियो । बालबालिकाको अधिकार, बाल क्लवको स्थापना र सञ्चालन लगायतका विषयमा विज्ञ विनोद धौलागिरीले सहजीकरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सृष्टि बरुवालले गाउँपालिकालाई बालश्रम मुक्त घोषाण गदैं बालबालिका अनुकुल निति बनाउने, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन तथा क्षमता विकास सहितका कार्यहरुमा सहयोग गर्न गाउँपालिकालाई अनुरोध गरेकी थिइन् । अन्नपूर्णभित्रका बालबालिकालाई लक्षित गरी विभिन्न योजना तथा बालबालिका केन्द्रित कार्यक्रमलाई प्रोत्साहन गर्ने गाउँपालिका अध्यक्ष पुनको भनाई छ ।

 

अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका वितरण

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो ।

गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागत साझेदारीमा बोका वितरण गरेको पशु शाखा प्रमुख प्रकाश केसीले बताए ।

गाउँपालिकाले साना तथा मझौला किसान लक्षित गरी सञ्चालन गरेको कार्यक्रममा किसानले खरिद गरेको बोकाको लागतमा ५० प्रतिशत अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीको भनाई छ । यसअगाडी समेत बाख्रापालनमा सक्रिय किसानको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो । समान्य बाख्रापालन किसानले खरिद गर्न नसक्ने बोयर बोकामा गाउँपालिकाले अनुदान दिएपछि सहज भएको नारच्याङ कोेप्चेपानीमा तुलाराम बुढाको भनाई छ।

बोयर जातको बोका वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरतकुमार पुन, वडा नं २ का वडा अध्यक्ष ओमप्रसाद फगामी, वडा नं वडा नं ३ का वडा अध्यक्ष रमेश पूर्जा, वडा नं ४ कार्यवाहक अध्यक्ष भिम शेरपुञ्जा, ८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा गाईपालनमा सक्रिय किसानलाई २० थान म्याट समेत वितरण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित उत्कृष्ट कृषक सम्मान कार्यक्रमा गाउँपालिका भित्रका उत्कृष्ट ५ जना कृषक र एक समुहलाई सम्मान गरिएको हो ।

बरूवाल हरियाली तरकारी फर्म घारका सञ्चालक तेजबहादुर बरुवाल,चित्र कृषि तथा पशुपंक्षी फर्म राम्चेका सञ्चालन चित्र बहादुर गर्बुजा, ब्यवसायिक तरकारी उत्पादक हिस्तानकी टिका पाई जा तिलिजा, करबाकेली जडिबुटी तथा फलफुल नर्सरी उद्यमका सञ्चालक बेग बहादुर पूर्जा रहेका छन् । त्यसैगरी पाईजा पशुपालन तथा कृषि फार्म राम्चेका तुलबहादुर पाईजालाईक्रमश ३५ हजार ८ सय नगद पुरस्कारसहित कदरपत्रले सम्मानित गरिएको हो ।

सोही अवसरमा नारच्याङमा करिब ६० रोपनी जमिनमा रैनाने बाली प्रर्बधन कार्यक्रममा सक्रिय जागरुक महिला कृषि समुहलाई नगद २० हजार सहित कदरपत्रले सम्मान गरिएको गाउँपालिकाकी कृषि अधिकृत कृति आचार्यले जानकारी दिइन् ।

सम्मानित हुने कृषक र समुहलाई गाउँपालिका अध्यक्ष भरतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले सम्मान गरेका थिए ।सम्मानित हुने कृषकमा तरकारी, किबी लगायत फलफुल खेतीको व्यावसायिक उत्पादन गदैं आइरहेका छन् ।गाउँपालिका भित्र रहेका किसानलाई उत्पादन र बिक्री वितरणमा प्रोत्साहन गर्ने गरी नगद सहित सम्मान तथा अनुदान, बिक्रीका लागि सहजीकरण लगायतका कार्यमा सघाइरहेको अध्यक्ष पुनको भनाई छ ।

आगामी आवमा कृषि क्षेत्रमा सक्रिय रहेका कृषकलाई लक्षित गरी कृषि एम्बुलेन्स, अलपत्र र प्रयोगविहिन अवस्थामा रहेका संकलन केन्द्रको प्रयोगसँगै युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालनमा प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीको भनाई छ । गाउँपालिकाले ब्यवसायिक कृषिमा सक्रिय रहेका कृषकलाई सार्वजनिक सूचना जारी गरी आवेदन मागेर स्थलगत रुपमा अनुगमन गरी छनौट गरेको कृषि शाखाले जनाएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गापाको कृषि, पर्यटन र जलविद्युत प्रमुख आम्दानीको स्रोत हो ।

नेपाली सेनाको बृहत एकीकृत स्वास्थ्य शिविर : साढे छ सयबढी लाभान्वित 

0
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले स्थानीयको माग र आवश्यकताको आधारमा आयोजित शिविरमा कुल ६ सय ६० जना स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएको नेपाली सेनाले जनाएको छ। शिविरको मेडिकलतर्फ महिला, पुरुष र बालबालिकासहित ४ सय ७ जना र आयुर्वेद स्वास्थ्यतर्फ १ सय ४३ जना लाभान्वित भएका छन् ।
यसैगरी शिविरमा भेटेरिनरीतर्फ ८६ र कृषि सम्बन्धी २४ जना स्थानीय कृषकहरुले सेवा लिएका छन् । बृहत एकीकृत स्वास्थ्य शिविरमा स्थानीयवासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा र निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरको अवसरमा जिल्लास्थित विभिन्न विषयगत कार्यालयहरुबाट स्थानीयवासीलाई लक्षित गरेर आयुर्वेद, भेटेरिनरी, कृषि सम्बन्धी सेवा तथा परामर्श, जैविक विषादी र नियन्त्रणका उपायलगायत बारेमा जानकारी गराइएको छ ।
शनिवार दिनभर सञ्चालन भएको शिविरमा मेडिकलतर्फ जनरल ओपिडी, हार्डजोर्नी, मनोरोग, दन्तसेवा, आँखा परीक्षण, ल्याव, युएसजीलगायत सेवाहरु उपलब्ध गराइएको थियो । जनरल ओपिडीतर्फ ग्याँस्ट्रिक, सुगर, प्रेसर, छाला तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीहरु भेटिएको हुँदा उपचार तथा परामर्श सेवा दिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताउनुभयो ।
उक्त शिविरमा सैनिक अस्पताल पोखरा, धौलागिरि अञ्चल अस्पताल बागलुङ र बेनी अस्पताल म्याग्दीबाट गरी कुल २५ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचार सेवा प्रदान गरेका थिए । शिविरको उद्घाटन गर्दै पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको जनहित कार्य सञ्चालन निर्देशिका–२०७७ अन्तर्गत विभिन्न दुर्गम स्थानमा माग र आवश्यकताअनुसार विपन्न, सिमान्तकृत र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको जानकारी दिनुभयो । 
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकावासीको स्वास्थ्यलाई लक्षित गरेर विभिन्न प्रयत्नहरु गरिएको बताउँदै यसवर्ष दलित, एकल महिला र विपन्न समुदायलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरले स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रमको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पु¥याउने जिल्लास्थित विभिन्न संघसंस्था र कार्यालयहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । शिविरको औपचारिक कार्यक्रम शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका उपसेनानी पुस्करसिंह ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो भने श्री नं २३ बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले स्वागत गर्नुभएको थियो ।  

हराएको १६ दिनपछि झिलिबराङ् जंगलमा भेटिए चुमबहादुर

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८,नागी स्थायी घर भएका ७० बर्षिय ७० चुम बहादुर पुन हराएको १६ औैं दिनमा झिलिबराङ् जंगलमा सकुशल भेटिएका छन् । घरबाट सम्पर्कविहिन भएको १६ औैं दिनमा पर्वत जिल्ला मोदी गाउँ पालिका–१ झिलिबराङ् जंगलमा भेटिएको हिमाञ्चल मावि नांगीका प्रअ रमन पुनले जानकारी दिनुभयो ।

पूराना भलिबल खेलाडी समेत रहनुभएका पुन हराएपछि खोजीकार्यलाई तिब्रता दिइएको थियो । मोदी–१ भिलिबराङको जंगलमा भेटिनुभएका बृद्ध पुनको स्वास्थ्य अवस्था समान्य भएपनि चेकजाँच गर्नुपर्ने खोजीकार्यमा सक्रिय याम प्रसाद पुर्जाको भनाई छ । खोजीकार्यमा जुटेको टोलीले मेल खर्कमा बोरा, थर्मस,ढकायो,टुसा सहितको सामग्री भेटाएको थियो । किन र कसरी जंगलभित्र जानुभयो भन्ने बारेमा खुलेको छैन ।

गण्डकी प्रदेशस्तरीय फुटबलमा म्याग्दी सेमिफाइनलमा प्रवेश

0

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा म्याग्दी सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरामा सम्पन्न भएको खेलमा म्याग्दीले स्याङ्जालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले जित निकाल्दै विजयी भएको हो ।

प्रतियोगिताको उपाधीको दाबेदार स्याङ्जासँगको खेलमा निर्धारित समयमा समान २÷२ गोल भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।म्याग्दीको तर्फबाट सुमन मगर (सनम) र रिजन मगरले १–१ गोल गरेका थिए ।

स्याङ्जासँग हालसम्म गण्डकी प्रदेशस्तरीय खेलमा म्याग्दी पराजित हुदै आएको थियो । प्रतियोगितामा म्याग्दीका सनम म्याद अफ दि म्याच घोषित भए । म्याग्दीले फाइनलका लागि कास्कीसँग खेल्ने जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । नकआउटका आधारमा भइरहेको खेलमा यसपटक म्याग्दीले राम्रो खेल देखाइरहेको छ। प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् । Photo Source: Goalnepal.com

३० लाख खर्चमा बन्यो पक्की कुलो, ५८ किसानका ३ सय रोपनी जमिनमा सिँचाइ पुग्ने

0

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ ।गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको ३० लाख बजेटबाट ६६० मिटरको पक्की कुलो निर्माण गरिएको हो।‘दाजुङखोला लघुजल विद्युत् आयोजनाको विद्युत् गृहबाट मुहानसम्म एक हजार ६८० मिटर पक्की बनाउने योजनाअनुसार हालसम्म ८८५ मिटर कुलो निर्माण सकिएको छ,’ अध्यक्ष घर्तीले भने, ‘गत वर्ष १० लाख बजेटबाट २२५ मिटर कुलो निर्माण गरेका थियौं।’

उनका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ। कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन्। थप ७९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ।सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिए।

‘कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुग्ने समस्या थियो,’ उनले भने, ‘पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ।’

सिँचाइ सुविधा पुगेसँगै बाहै महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताए। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ।

दुई वटा योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताए। उनका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुने चरणमा छन्।

प्रकाश माविका लेखबहादुर हमाल गण्डकी प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक

0

सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान)ले म्याग्दीका लेख बहादुर हमाल गण्डकी प्रदेशको उत्कृष्ट प्रधानाध्याप सम्मान प्रदान गरेको छ ।

देशभरका प्रअको साझा संस्था पानको शनिबार काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनको औपचारिक कार्यक्रमबीच म्याग्दीको बेनी नगरपालिका–७,बेनीबजारमा अवस्थित प्रकाश माविका प्रअ हमाल तोकिएको सूचकको आधारमा उत्कृष्ट प्रधानाध्यापक बन्न सफल हुनुभएको हो ।

नेतृत्व दक्षता, असल अभ्यास, विद्यालय वातावरण, गुणस्तरीय विकास तथा सुधार,समुदाय सहयोग परिचालन, सुशासन र सुचना प्रविधि दक्षता गरी ७ आधारमा प्रअ हमाललाई अन्य प्रतिस्पर्धीको तुलनामा उत्कृष्ट रहेको प्रधानाध्यापक संघ नेपाल (पान)ले जनाएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रअहरु बिचको प्रतिस्पर्धामा थिए । सम्मानित भएपछि प्रअ हमालले सम्पूर्ण विद्यालय परिवारको मेहनतका कारण यो सम्मान प्राप्त गरेको बताउनुभयो । ‘यो सम्मानले उर्जा थपिएको छ,आगामी दिनमा पनि उत्कृष्ट नतिजाका लागि निरन्तर सक्रिय हुनेछु’ प्रअ हमालले भन्नुभयो । म्याग्दी जिल्लाकै पूरानोमध्येमा पर्ने प्रकाश माविले पछिल्लो समय एसइईमा लगातार उत्कृष्ट नतिजासँगै अतिरिक्त क्रियाकलाप सहितका गतिविधिमा समेत आफुँलाई अब्बल सावित गरिरहेको छ ।

यता पानका म्याग्दी अध्यक्ष शान्तबहादुर नेपालीले सामुदायिक विद्यालयका प्रधानाध्यापक बिचको क्षमताको मापन गर्ने यो विधिले सबै विद्यालयका प्रअलाई उत्कृष्ट बन्ने वातावरण बनाएको बताउनुभयो । देशैभरका प्रअ बिच ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्दै पेशागत रुपमा आइपर्ने समस्या र समाधानका आदानप्रदान गर्न समेत सहज भएको बताउनुभयो ।

error: Content is protected !!