Monday, May 5, 2025
21 C
Beni
21 C
Beni
Monday, May 5, 2025
Home Blog Page 270

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४४ हजार रुपैयाँ

0

नेपाली बजारमा बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ कायम गरिएको छ । स्थानीय बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

जंगलको बिचमा सामुदायिक ध्यान केन्द्र : गोलघरसहितका संरचना निर्माण

0

समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका-७ मा पर्ने प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्रका लागि गोलघर (घुमाउने घर) सहितका संरचना निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाख र प्रवासमा रहेका विमका स्थानीयहरुको रु २५ लाख सहयोगमा ध्यान केन्द्रका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो ।

शहर र वस्तीदेखि टाढा,जंगलको बिचभागमा अवस्थित अत्यन्त उपयुक्त प्रभुचेला धुरीमा परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेका तथ्यहरु यहाँ अहिलेसम्म पनि देख्न सकिन्छ । यस्तो प्राचिन र रमणीय स्थानमा तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान केन्द्र निर्माण गर्न लागिएको प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत प्राप्त भएको रु ५० लाखको बजेटले ध्यान केन्द्र स्थल वरपर घेराबार गर्ने, सार्वजनिक शौचालय, हवन कुण्ड र पक्की पर्खाल निर्माण गरिएको छ । त्यसैगरी विमका वासिन्दाहरुले देश विदेशबाट पठाएको रु २५ लाख रकमबाट निर्माण गर्न लागिएको गोलघर (ध्यान केन्द्र)को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

“परापूर्वकालमा ऋषिमुनिहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेका विभिन्न अध्ययनबाट तथ्य पहिचान भएका छन् । यस क्षेत्रको संरक्षण, प्रवर्द्धनसँगै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ”, अध्यक्ष जुग्जालीले भन्नुभयो “यहाँ विसं १९७० देखि १९७५ सम्म स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले तपस्या गर्नुभएको थियो ।”

शान्त र एकान्त वातावरणमा रहेको यो स्थल प्राकृतिक दृश्यावलोकनका लागि समेत अत्यन्त उपयुक्त रहेको अवलोकनका लागि शनिवार यहाँ आउनुभएका दरबाङ बजारका भरत सुवेदीले बताउनुभयो । “शिरानमा मालिका भगवतीको निवासस्थल पवित्र मालिका धुरी, पुछारमा विम बराह ताल,विचमा रहेको प्रभुचेला धुरी आध्यात्मिक र प्राकृतिक दृष्टिकोणबाट मात्रै होइन पर्यटकीय महत्वले पनि युक्त छ” सुवेदीले भन्नुभयो ।

प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाका अनुसार प्रवासमा रहेका बिमवासीले जुटाएको रु २५ लाखबाट गोलो आकारको ध्यान गर्ने भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गोलघर भित्रै मञ्चको पनि व्यवस्था गरिएको छ । स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर निर्माण गरिएको गोलघरले नेपाली प्राचिन मौलिकतालाई पनि झल्काउने र पर्यटकहरुलाई पनि आकर्षित गर्ने किसिमले निर्माण गरिएको छ ।

पूर्वाधार निर्माण सुरु भएपछि यहाँ जिल्लाका विभिन्न सरोकारवाला व्यक्तिहरु पनि आउन थालेका उहाँले बताउनुभयो । केहीदिन अघि जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगाएतको टोलीले यहाँको अवलोकन निरिक्षण गरेको उहाँले जानकारी दिनुभयो ।

“केही वर्ष अघिसम्म यहाँ स्थानीयवासीहरुले गाई भैंसी र भेडाबाख्रा राख्ने र चरिचरन गर्ने गर्दथे । त्यतिबेला यहाँको महत्व स्थानीयले बुझेका थिएनन्” प्रभुचेला धुरीमा भेटिनुभएका विमका ६९ वर्षिय तिलबहादुर जुग्जालीले भन्नुभयो “हामीले खाइ खेलेको र बालापन बिताएको यो ठाउँ यतिधेरै महत्वको रहेछ ।”

गण्डकी प्रदेशअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्ष उपलव्ध गराएको रु १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको र यहाँ रहेका कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको सचिव गर्बुजाले बताउनुभयो ।
यहाँबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाइन्छ । बिमको सेराङबाट प्रभुचेला धुरीसम्म सडक जोडिएको छ। मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट उक्त सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत करिव चारघण्टामा प्रभुचेला धुरीमा पुग्न सकिन्छ ।

म्याग्दीका ४२ सय ५२ बालबालिकाले लगाए पोलियो खोप

0

म्याग्दीमा ४२ सयभन्दा बढी बालबालिकाले पोलियो विरुद्धको खोप लगाएका छन् । गएको जेठ १३ देखि १९ गतेसम्म म्याग्दीको १ सय ३९ विद्यालय र खोप केन्द्रमा सञ्चालित खोप अभियानमा ४२ सय ५२ जनाले खोप लगाएकोे खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए ।

कुल ४३ सय ६२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा विद्यालयले दिएको तथ्याङ्क त्रुटी, मदरासामा पढ्ने विद्यार्थीको नियमित पढ्नेमा संख्या देखिएकाले लक्ष्यभन्दा १ सय १० जना बालबालिका कमी देखिएको खोप सुपरभाइजर चौधरीको भनाई छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइएको थियो । बेनी नगरपालिका र पाँच गाउँपालिकाको १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘विद्यालयको तथ्याङ्क अनुसारको विद्यार्थी भेटिएन, थोरै विद्यार्थी भएकामा पनि धेरै संख्या देखाएको पाइयो’ खोप अभियानमा सक्रिय एक स्वास्थ्यकर्मीले भने । विद्यालयलाई सरकारले दिने दिवा खाजामा फाइदा लिन र अन्य प्रयोजनका लागि संख्या बढाउने गरेको गुनासो आउने गरेको थियो ।

पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छ ।

केवि एकेडेमीका विद्यार्थी तरकारी खेतीमा : सामुदायिक पाखोमा वृक्षरोपण

0

म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा अवस्थित के वि एकेडेमीका विद्यार्थीहरुले विश्ववातावरण दिवसको अवसर पारेर विद्यालय नजिकको बारीमा तरकारी खेती सुरु गर्नुका साथै सामुदायिक पाखोमा वृक्ष रोपण गरेका छन् ।

विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक र सीपमूलक शिक्षा प्रदान गर्ने उद्धेश्यले कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरुलाई एकसय जना विद्यार्थीहरुलाई सामुहिक तरकारी खेतीमा लगाइएको विद्यालयका प्रिन्सिपल बिमल शर्माले बताउनुभयो ।

“आज विश्व वातावरण दिवसको अवसर पारेर तरकारी खेतीको सुभारम्भ गरेका छौँ” प्रिन्सिपल शर्माले भन्नुभयो “यसलाई निरन्तरता दिँदै विद्यालयको खाली जग्गामा मौसमी तथा वेमौसमी तरकारी खेती गर्न विद्यार्थीलाई सिकाउने र तरकारी विक्रीबाट प्राप्त आम्दानी विद्यार्थीलाई नै दिने योजना बनाएका छौँ ।” त्यसैगरी विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय माथिको सामुदायिक पाखोमा वृक्षरोपण गरिएको छ ।

विद्यार्थी र शिक्षकहरुले मालिका देवी मन्दिर नजिकको सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातीका ५० ओटा विरुवाहरु रोपेका प्रिन्सिपल शर्माले जानकारी दिनुभयो । विद्यालयले अभिभावकहरुलाई प्रविधिसँग साक्षात्कार गराउने उद्धेश्यले प्रत्येक शुक्रवार अभिभावकहरुलाई कम्प्यूटर शिक्षा प्रदान गर्न लागेको पनि प्रिन्सिपल शर्माले बताउनुभयो ।

दैनिक पठनपाठनका अतिरिक्त विद्यार्थी,अभिभावक र समुदायलाई फाइदा पुग्ने विभिन्न कार्यक्रमहरु विद्यालयले आयोजना गर्ने गरेको विद्यालयका संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले बताउनुभयो । “हामीले अभिभावकहरुको स्वास्थ्योपचारका लागि दरबाङ पोलिक्लिनिकसँग सम्झौता गरी त्यहाँ उपचार र स्वास्थ्य जाँचका लागि जाने विद्यार्थी र अभिभावकलाई २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।

अभिभावकलाई कम्प्यूट शिक्षाका लागि नयाँ कम्प्यूटर थप गरेर सुविधायुक्त कम्प्यूटर ल्यावको व्यवस्था गर्नुका साथै विद्यार्थीहरुलाई व्यवहारिक तथा व्यवसायिक शिक्षा प्रदान गर्ने उद्धेश्यले तरकारी खेती सम्वन्धि सीप सिकाउन पनि सुरु गरेका हौँ” संचालक÷निर्देशक पुनले भन्नुभयो ।

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेका फरार सिर्पाली पक्राउ

0

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालतबाट कैद सजाय तोकिएका मालिका गाउँपालिका–४ महभिरका फरार अभियुक्त ३१ वर्षीय रविन श्रीपालीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले २०८१ जेठ २२ गते गिरफ्तार गरी कैद भुक्तानीका लागि अदालत मार्फत कारागार पठाएको छ ।

पीडितलाई २०७७ जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले प्रहरीमा खबर गरेपछि सिर्पालीलाई सोही रात गिरफ्तार गरि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । श्रीपालीलाई ०७७ असार ५ गते जिल्ला अदालत म्याग्दीले दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । ०७८ मङ्सिर ८ गते जिल्ला अदालत म्याग्दीले बलात्कार प्रयासमा दोषी मान्दै पाँच वर्ष कैद, २५ हजार जरिबाना र एक हजार रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको भए पनि सिर्पाली फरार रहेका थिए ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पोखरा महानगरपालिका– ९ पृथ्वीचोकबाट गिरिफ्तार गरि जिल्ला अदालत म्याग्दीमा बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । अदालतको आदेशपछि सिर्पालीले भुक्तानी गर्न बाँकी चार वर्ष ११ महिना २२ दिन कैद भुक्तानीका लागि जिल्ला कारागार म्याग्दीमा पठाइएको उहाँको भनाई छ ।

गाउँ बनाउन समुन्द्रपारीबाट निरन्तर अभियान चलाउने कृष्णप्रसाद जुग्जाली

0

“उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद
जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने र मानव कल्याण र परोपकार भावनाबाट जाग्न सक्यो भने उसले आफ्नो सामान्य जिन्दगीमा जति गर्न सक्छ त्यो भन्दा कैयौं गुणा उसले आफ्नो सामथ्र्य एवम् खुबी अभिव्यक्त गर्न सक्छ ।

यही खुबीका कारण उसको संघर्षको राजमार्गमा जस्तोसुकै चुनौतिका आँधीबेहरी आइपरे तापनि आफ्नो लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिने सामथ्र्य राख्छन् ।

नविन जुग्जाली

वास्तवमा यस्ता खुबीका मनुष्यहरु नै समाजमा सराहनीय र उदाहरणीय जिन्दगी बाँचिरहेका हुन्छन् । हाम्रो समाजका यस्तै सराहनीय एवम् उदाहरणीय व्यक्तित्वको नाम हो कृष्णप्रसाद जुग्जाली ।

मलाई यतिबेला एउटा कथाको याद आइरहेको छ । महान बौद्धभिक्षु नागार्जुन एउटा गाउँमा पुगे । उनी ठूला व्यक्ति थिए, मानिसहरु उनीसित धेरै आकर्षित थिए । एउटा मानिस उनी कहाँ आयो र भन्यो, “हजुर भिखारीको भेषमा सम्राट जस्तो भएर यत्रतत्र भ्रमण गर्नुहुन्छ र म पनि हजुरसित अत्यत्नै आकर्षित भएको छु । एउटा धार्मिक व्यक्ति हुँ जस्तो लाग्दछ ।

तर एउटा अड्चन छ, मसँग एउटी गाई छ र उसलाई औधी माया गर्छु र यी गाई पनि यति सुन्दर र शान्त छ कि म यसलाई छोड्न सक्तिन । उनीसँग त्यस गाईबाहेक अरु केही थिएनन् । उसको पत्नी थिएनन्, बालबच्चा थिएनन् । तसर्थ उनी सम्पूर्ण प्रेम गर्दथे तिनै गाईसँग ।

फेरी उनलाई नागार्जुनसँग भन्न केही दहकस लाग्यो । तर फेरी प¥यो भन्ने आँट गरे । हजुरले मेरो कुरा बुझ्नुभयो होला, मेरो खाली अड्चन त्यही गाई मात्र भएको छ ती गाई पनि मलाई प्रेम गर्छ मलाई बडो फसाद परेको छ अब के गर्ने होला ।” नागार्जुनले भने, “केही जरुरत छैन, कहीं कुनै ठाउँमा जान । यदि कोही कसैसँग यसरी प्रेम गर्छ भने कहीँ नजानु जसरी छैन न त केही गर्नु नै आवश्यक छ तिमी यदी प्रेमलाई ध्यान बनाऊ र यिनै गाईको ध्यान गर ।

मान्छेले धर्म प्राप्त गर्न पुण्य प्राप्त गर्न कुनै एउटा महान सन्तको पछि लाग्नुपर्छ भन्ने केही छैन । हामीले जुन कुरासँग हाम्रो लगाव जोडिएको हुन्छ । जुन विषयसँग हाम्रो प्रेम जोडिएको हुन्छ, त्यसै कर्मलाई हामीले पूजा बनाउन सक्छौं । त्यसै कर्मलाई हामीले प्रार्थना बनाउन सक्छौं अनि त्यसै कर्मको माध्यमबाट हामी धार्मिक बन्न सक्छौं ।

हाम्रो समाजमा यस्तै एउटा व्यक्तित्व हुनुहुन्छ, जसले मानव सेवालाई, मानव कल्याणलाई र मानव परोपकारलार्इँ नै आफ्नो पुण्य कर्म बनाएका र यस पुण्य कर्मलाई नै भगवानको पूजा, भगवानको प्रार्थना बनाएका छन् । यसै पुण्य कर्म मार्फत्् नै कर्मबाट नै धार्मिक कमाएका छन् । उनै व्यक्तित्वको नाम हो कृष्णप्रसाद जुग्जाली ।

जसले श्री किसानी निम्न माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एवम् निम्न माध्यमिक तहलाई माध्यमिक तहसम्मको स्तरोन्नतिका लागि साथै जेटिए, प्राविधिक, शिक्षालय र कृषि क्याम्पस स्थापनाका लागि अतुलनीय भूमिका निर्वाह गर्नुभएका जुग्जालीले खारा–बिम कृषि सडक निर्माण तथा बाढी पीडितहरुका लागि पुनर्बास निर्माण अर्थात् एकीकृत बस्ती निर्माणका लागि अर्थ संयोजक बनी अपूर्व सहयोगी बनेका थिए साथै विभिन्न कालखण्डमा विभिन्न संघसंस्थाहरुमा आबद्ध भई थुप्रै किसिमका सामाजिक सेवाहरु गर्दै आएका कर्मयोगी कृष्णप्रसाद जुग्जाली आजका दिनसम्म पनि उत्तिकै सक्रिय एवम् उद्धार हुनुुहुन्छ ।

जसले विद्यार्थी जीवनकालदेखि आजसम्म विभिन्न संघसंस्थाहरुमा आबद्ध भई अनवरत रुपमा सामाजिक हितका थुप्रै कामहरु गर्दै आएका छन् ।

जस्तैः बाढीपीडित, सडक बिस्तार, विभिन्न घटना तथा दुर्घटनामा परी घाइते हुनेहरुको लागि स्वास्थ्योपचार, मृगौला पीडित, क्यान्सरका रोगी लगायत धार्मिक, विकास निर्माणका लागि आर्थिक, भौतिक, नैतिक सहयोग दान र योगदान गरी थुप्रै किसिमका दुःखी पीडितहरुका लागि भाग्यदाता बनेका जुग्जालीले बिम मालिका संघ काठमाडौं अन्तर्राष्ट्रिय विभागलाई माध्यम बनाई आफ्नै सक्रिय नेतृत्वमा गोलघर ध्यान केन्द्र निर्माणार्थ रु.२५ लाख बराबरको रकम संकलन जस्तो अमूल्य सहयोग गरेर अत्यन्तै सुन्दर एवम् ऐतिहासिक कार्यको थालनी गर्नुभएको छ ।

“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात् जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा प्यारो हुन्छ । यस्तै भावनाबाट अभिप्रेरित भएका जुग्जालीले समयको धेरै खण्डहरुमा आफ्नो समाजमा थुप्रै सहयोग दान र योगदान दिँदै आएका छन् । यसै बीचमा आफ्नो सँगालो नामक पुस्तक लेखी बिमको साहित्य क्षेत्रमा एक ईंटा थपेका जुग्जालीले शिक्षाको महत्व राम्रोसँग बुझेका थिए ।

फलस्वरुप वि.सं. २०८१ साल जेठ महिनामा श्री किसानी माध्यमिक विद्यालय, बिमको शैक्षिक उन्नतिमा टेवा पुगोस् भन्ने हेतुले आफ्नो स्वर्गीय बाबा आमाको स्मृतिमा स्वयं आफू र आफ्नो सहोदर दाजु दल जुग्जालीको संयुक्त पहल कदमीमा रु. पाँच लाख नगद बराबरको सञ्जीवनी अक्षयकोष समेत स्थापना गरी अनुकरणीय काम गर्नुभएको छ ।

वास्तवमा जसले आफ्नो मात्र नभई समाजको लागि पनि बाँच्न जानेको हुन्छ । यसैलाई जीवन जिउने कला भनिन्छ र जसको जीवनसँग कला जोडिन्छ उसैको जिन्दगी नै समाजको गहना बन्दछ । यस्तै समाजका एक अमूल्य गहना हुन् कृष्ण जुग्जाली।

सरोकारवालासँग शान्ति वृत्त कार्यक्रम : द्वन्द्वपीडितले सहयोग नपाएको गुनासो

0

हिमाली जिल्ला म्याग्दीका द्वन्द्वपीडितहरुले राज्य र राज्यका निकायहरुबाट आवश्यक सहयोग तथा राहत नपाएको गुनासो गरेका छन् । नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट विस्थापित द्वन्द्वपीडितहरुले राहत र सहयोग नपाएको तथा पुनसर््थापना नभएको बताएका हुन् ।

द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना र नागरिक आवाज काठमाडौंको सहकार्यमा हिजो (मङ्गलवार) सदरमुकाम बेनीमा सम्पन्न द्वन्द्वपीडित महिलाहरुको सवालमा स्थानीय सरोकारवालाहरुको शान्ति वृत्त कार्यक्रममा द्वन्द्वपीडितहरुले यस्तो गुनासो गरेका थिए । उनीहरुले देशमा तीन तहका सरकार भएर पनि द्वन्द्वबाट पीडित बनेको लामो समयसम्म आफूहरुले उचित राहत र क्षतिपूर्ति नपाएको बताए ।

कार्यक्रममा द्वन्द्वपीडित अधिकार समाज म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले स्थानीय सरकारले द्वन्द्वपीडितहरुको पक्षमा काम नगरेको बताउँदै राज्यबाट पाउनुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारलगायत सेवासुविधाबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले वास्तविक द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राहत, क्षतिपूर्ति र आर्थिक सहयोग पाउन नसकेको बताउँदै द्वन्द्वपीडितको नाममा आएको सहयोग तथा राहत टाँठाबाठा र पहुँच हुने तथा हुने खाने वर्गको हातमा पुग्ने गरेको बताउनुभयो ।
द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका अध्यक्ष देवीकुमारी केसीले आफ्नो छोरा मलाम आएको बेला तत्कालीन शाही नेपाली सेनाले गोली हानेर हत्या गरेकाले आफूहरु द्वन्द्वपीडित बनेको बताउँदै अहिलेसम्म पनि राज्यबाट क्षतिपूर्ति नपाइएको गुनासो गर्नुभयो । उहाँले सेनाले छोरालाई मारेकै कारणले गर्दा श्रीमानले दैनिक चारसय रुपैयाँको औषधी खानुपरेको भन्दै एकदमै समस्यामा परेका द्वन्द्वपीडितहरुलाई राज्यले हेनुपर्ने बताउनुभयो । ‘अचानोको पिर खुकरीले जान्दैन’ भने जस्तै १० वर्षको समयमा राज्य र विद्रोही पक्षबाट पीडित बनेका द्वन्द्वपीडितहरुलाई मात्रै वास्तविक घटनाको जानकारी भएकाले अरुलाई पीडाको विषयमा त्यति जानकारी नभएको उहाँको भनाइ छ ।
रिजाल र केसी जस्तै कार्यक्रममा सहभागी अन्य द्वन्द्वपीडितहरुले समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्ने, द्वन्द्वपीडितहरुलाई राज्यबाट परिचयपत्रको व्यवस्था हुनुपर्ने, उपचारका लागि स्वास्थ्य बीमाको निःशुल्क व्यवस्था गरिनुपर्ने, तीनै तहका सरकारले पीडितलाई राहत दिनुपर्ने, द्वन्द्वपीडितका छोराछोरीलाई अध्ययन तथा अध्यापनमा सघाउनुपर्ने, आर्थिक सहयोग एवं ऋण नपाएको जस्ता थुप्रै गुनासाहरु सुनाएका थिए । द्वन्द्वपीडितहरुले आफ्नो परिचयसहित आफू र परिवारले भोगेका पीडाको बारेमा रुँदै सुनाउने क्रममा कार्यक्रमका अतिथि तथा सहभागी सबैको आँखा रसाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले द्वन्द्वपीडितहरु सबैले कानुनसम्मत आफ्नो हक, अधिकार पाउनुपर्ने हुँदा न्यायका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन र बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले वडा, गाउँपालिका र नगरपालिकाबाट द्वन्द्वपीडितहरुलाई लक्षित गरेर विभिन्न सहयोग तथा कार्यक्रमहरु सञ्चालन भैरहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसकारी कार्यालय र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले द्वन्द्वपीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले वडा, पालिका र कार्यालयमा द्वन्द्वपीडितहरुले आवश्यक सहयोग तथा राहतको लागि निवेदनसहित माग गर्नुपर्ने बताएका थिए । द्वन्द्वपीडित भीम रिजालले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रम मनोविमर्शकर्ता लक्ष्मी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

हाते ट्याक्टर छोडेर गोरू पाल्दै किसान

0

सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि पर्‍यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको  स्थानीय रतनबहादुर सुनारले बताए । चमुवा फाँटमा अहिले पाँच हलगोरु रोपाइँमा प्रयोग भइरहेका छन्  ।

‘हाते ट्र्याक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो । हेर्दा छरितो भए पनि दीर्घकालीन रुपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस गर्‍यौँ,’ सुनारले भने, ‘चमुवामा हाते ट्र्याक्टर नआउँदा १० हलगोरु थिए, हाते ट्र्याक्टर आएपछि धेरैले गोरु बिक्री गरे । पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्र्याक्टरमा हाल्ने पेट्रोलको भाउ समेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो ।’

चमुवामा ६ दिनको मेलो रोपाइँको तयारी गर्नुभएका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताए। पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरु हाते ट्र्याक्टर  छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन् । गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन समेत गर्न थालेका छन् ।

एक हल गोरु पाल्ने किसानलाई रु १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए ।बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताए ।

कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ । थ्रेसर मेसिन र ट्र्याक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्र्याक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ । रासस

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी रिलायबलले घोषणा गर्‍यो रू. १० लाखको बीमा

0

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सदस्यका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रोत्साहनस्वरूप नगद पुरस्कार सहितको आकर्षक प्याकेज घोषणा गरेको छ ।इन्स्योरेन्सले अमेरिकामा आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय टोलीका खेलाडीको सम्मानमा जनही १० लाख रूपैयाँको म्यादी जीवन बीमा उपलब्ध गराउने घोषणा गरेको छ ।

यो बीमा योजना अन्तर्गत इन्स्योरेन्सले अस्पताल भर्ना तथा उपचारवापत दैनिक ४ हजार रूपैयाँ खर्च सुविधा समेत उपलब्ध गराउनेछ।यसैगरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गर्न सफल हुने खेलाडी टोलीका १५ जना सदस्यलाइ जनही ५० हजार रूपैयाँ नगद पुरस्कार समेत दिने घोषणा इन्स्योरेन्सले गरेको छ। इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राष्ट्रिय टोलीका खेलाडीको प्रोत्साहन र सम्मानका लागि पुरस्कार र बीमा सुरक्षाको घोषणा गरिएको जानकारी दिएको छ।

सुन्दर बावियाचौर बनाउन विद्यार्थीले सुरु गरे सरसफाई अभियान

0

म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरस्थित मंगला माविले ५१ औं विश्व वातावरण दिवसको अवसरमा बावियाचौर बजार सरसफाई सहित सचेतनामुलक अभियान सञ्चालन गरेको छ ।बावियाचौर बजारलाई सफा, सुन्दर र रमणीय सहर बनाउनका लागि बजार क्षेत्रमा दिवसको यूवा रेडक्रस सर्कलको आयोजनामा सरसफाइ अभियानको सुरुवात गरिएको हो।

बढ्दो शहरीकरणसँगै बावियाचौर बजारमा जथाभावी फोहोर देखिन थालेपछि विद्यालयका विद्यार्थी, शिक्षक सहितको टोलीले धुवाधुलो र प्रदूषणमुक्त बावियाचौर बनाउन लागि कुचो र झाडु बोकेर बजार सरसफाइ अभियान सञ्चालन गरिएको विद्यालयका शिक्षक करन कँडेलले बताउनुभयो । बावियाचौरलाई सधै सुन्दर, सफा बनाउने उद्देश्यअनुरूप सरसफाइ अभियानमा साथ दिने विद्यालयका प्रधानाध्यापक गम खत्रीको भनाई छ ।

‘आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि विद्यार्थीले कुचो र झाडु बोकेर निस्किएका छन्, यो अभियानकै रुपमा सञ्चालन गर्न सकिन्छ‘प्रअ खत्रीले भन्नुभयो ।

डेंगु र स्क्रबटाइफसजस्ता महामारी फैलिइरहेको अवस्थामा यो सिजनमा साप्ताहिक सरसफाई अभियान सञ्चालन र आफ्नो घरआगनमा आसपासका क्षेत्रमा बजारबासीले नै नियमित सञ्चालन गर्नुपर्ने सन्देश सहितको सरसफाई अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

error: Content is protected !!