Monday, May 5, 2025
18.2 C
Beni
18.2 C
Beni
Monday, May 5, 2025
Home Blog Page 269

टोड्केबाट फर्किदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

0

म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका-१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती रघुगंगा गाउँपालिका-५,झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।‘दुर्घटनामा घाईतेको अवस्था सामान्य छ, सबैको डिस्चार्ज भयो’ रायमाझीले भन्नुभयो ।

दुर्घटनामा वाखेतका गुन बहादुर पूर्जा, बिजय पाइजा लगायत सवार थिए । दुर्घटनामा मृत्यु भएका र घाईतेको उद्धारका लागि बेनी नगरपालिका मेयर सुरत केसी सहितको टोली घटनास्थलमा पुग्नुभएको थियो ।

दुर्घटनाको जानकारी पाएपछि स्थानीयबासीले उद्धार गरेका थिए । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । रातको समय र अप्ठ्यारो सडक भएकाले दुर्घटना भएको हुनेसक्ने अनुमान गरिएको छ ।

स्वर्गीय माताको स्मृतिमा १ सय थान पुस्तक सहयोग

0

स्वर्गीय माताको स्मृतिमा संघसंस्था र विद्यालयमा १ सय थान पुस्तक सहयोग गरेका छन् । मंगला गाउँपालिका वडा नं. १, भर्जुला हाल अष्ट्रेलियामा रहेकी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोगमा उक्त सहयोग गरिएको हो । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा. महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका ५० विद्यालय, म्याग्दी पुस्तकालय सहित ५ संघसंस्थालाई संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ ।

विदेशमा रहेर आर्जन गरेको धन केही मात्रा भएपनि आफ्नो जन्मभूमीमा सहयोग गरौं र उक्त सहयोगले विद्यालयको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको साजन चोचाङ्गी पुन मगरले बताए । ५० थान महावीर पुनको आत्मकथा, ५० थान धौलाश्रीरी, मगर चलचित्रका २१ थान पुस्तक मेजन पुनले सहयोग गरेका थिए ।

म्याग्दी जिल्ला मगरहरुको अत्याधिक बाहुल्यता भएको र विभिन्न कारणहरुले पछाडी परेको र पारिएकोले पनि यहाँको प्रायजसो मगरहरु शिक्षाबाट पछि परेको र मगर र संस्कृति पनि लोप हुदै गएकोले पनि मगर चलचित्र पुस्तक पनि सँगसँग वितरण गरिएको कुरा मगर चलचित्र पुस्तकका लेखक मेजन पुनले बताए । आगामी दिनमा अन्य स्रोतबाट आर्थिक सहयोग संकलन गरि पुस्तक वितरण गरिने जनाइएको छ ।

म्याग्दीका ६ पालिकामा आज ११ घण्टा विद्युत अवरूद्ध हुने

0

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा शनिबार ११ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार म्याग्दी वितरण केन्द्रको सिंग्मा तातोपानी फिडर, बेनी फिडर, रत्नेचौर फिडर र दाना फिडर अन्तर्गतका क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

ती क्षेत्रमा विद्युत मर्मत गर्न विद्युत सट डाउनमा राख्नुपर्ने भएकाले ११ घण्टासम्म विद्युत अवरूद्ध हुने नेपाल प्राधिकरणले जनाएको छ। बेनी फिडरअन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर २,७ र ८, जलजला गाउँपालिकाका वडा नम्बरा २ र ३ मा विद्युत सेवा अवरूद्ध हुनेछ।

रत्नेचौर फिडर अन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर १ र २, जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै दाना फिडर अन्तर्गत रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकाको वडा नम्बर ९ र १० तथा जलजल गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ का क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

हिमाञ्चल माविमा बालमैत्री स्थानीय शासन घोषणाको अभिमुखीकरण

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नागीमा सञ्चालित हिमाञ्चल माध्यमिक विद्यालयमा आज (शुक्रवार) अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई अभिमुखीकरण गराउनुको साथै प्रतिबद्धता जाहेर गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण गरिएको छ । कार्यक्रमको उद्घाटन तथा प्रतिबद्धता जाहेर गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बालमैत्री स्थानीय शासन घोषणा अभियानलाई सफल बनाउन सम्बन्धित सरोकारवाला निकाय सबैले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पुनले बालबालिकाहरुले पूर्ण रुपमा अधिकारको उपयोग गर्ने वातावरण बनाउन विद्यालय, योजना निर्माण र उपभोक्ता समिति गठन तथा स्थानीय संघसंस्था सबै क्षेत्रमा समान सहभागीको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले २०८२ सालभित्र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न वडास्तरमा सञ्चालित अभियान प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्य देवकुमारी पुनले बालमैत्री स्थानीय शासन घोषणा गर्न सूचकहरु पूरा भए नभएको तथा गाउँपालिकाले बनाएको आचारसंहिताको पालना गर्न अनुरोधसहित अनुगमन गरिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्खजित शेरपुजाको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको कार्यसमिति सदस्य मोहन बानियाँले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य एवं प्रमुख प्रशिक्षक साहिल अन्सारीले बालअधिकार, बाल अधिकारका सिद्धान्त, संवैधानिक व्यवस्था र बालमैत्री स्थानीय शासनका सूचकहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सामाजिक विकास कार्यालयका लेखा प्रमुख भविलाल शर्माले बालमैत्री स्थानीय शासन घोषणा गर्दा स्थानीय तह, संघसंस्था, अभिभावक र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिता र मिलन म्याग्दीका अध्यक्ष बिटालुले बालविवाह सचेतीकरण बारेमा सहजीकरण गर्नुभएको थियो ।

स्थानीय तह तथा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बाल अधिकारका चार आयामहरुका विभिन्न ५१ वटा सूचकहरुको सर्वेक्षण गरी अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ राम्चेले बालमैत्री स्थानीय शासन स्थितिपत्र–२०८० प्रकाशन गरेको छ । सो स्थितिपत्रअनुसार अधिकांश सूचकहरु पूरा भएको र नभएका सूचकहरु पूरा गरी २०८२ सालको चैत मसान्तभित्र वडा र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यक्रममा वडाबाट आवश्यक सहयोग गर्ने र गराउने कार्यमा गाउँपालिकाबाट जारी नीति, नियम तथा आचारसंहिताप्रति स्थानीय सरोकारवालाबाट सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।

युवालाई लक्षित गरी अन्नपूर्णमा पर्यटन गाईड ट्रेकिङ तालिम सुरु

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहमा सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।
१३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीले टे«किङ गाईडको प्रमाण पत्र प्रदान गरिने सुबेदीले बताउनुभयो । यसले पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीहरु संग समन्वय गरेर सहभागी भएका युवालाई रोजगारीका लागि पहल गरिने उहाँको भनाई थियो ।
पालिका भित्रका ८ वटा वडाका २५ जना युवाहरुले सहभागी रहेको तालिममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण गाउँपालिका पर्यटनको हिसाबले सम्भावना भएकाले पालिकाका युवालाई तालिम दिएर आन्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताउनुभयो ।
उहाँले यस तालिमले यहाँको पर्यटन व्यवसायी र बेरोजगार युवाहरुले रोजगार पाउने विश्वास रहेको बताउदै तालिम लिएर आत्मनिर्भर हुनेमा विश्वास रहेको बताउनुभयो ।
पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको बताउँदै पालिकामा गाईडको आवश्यक रहेको अध्यक्ष पुनको बताउनुभयो ।
तालिममा पर्यटन सुरक्षा र जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा माउटेन एकेडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । उक्त तालिमको उद्घाटन कार्यक्रम पालिकाका उद्यम विकास शाखाकी बिष्णु गौतमले गर्नुभएको थियो ।

बन्ने भयो पश्चिम म्याग्दीको लाइफलाइन बेनी-ढोरपाटन-रुकुम सडक

0

पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडकमा स्रोत सुनिश्चितता भएको छ ।

पश्चिम म्याग्दीको लाइफलाइन मानिने सडकखण्डमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समावेश भएको हो । संघीय समपुरक आयोजनामा समावेश भएसँगै लामोसमय देखि मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा मानिएको म्याग्दी खण्डको काम अगाडी बढ्ने भएको हो ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले प्रदेश सरकार मार्फत कार्यान्वयन हुने गरि छनौट भएको यो आयोजनामा ९२ करोड बजेट स्विकृत भएको बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि १२ करोड संघीय सरकारले बिनियोजन गरेको यस योजनाका लागि प्रदेश सरकारबाट पनि १२ करोडनै बजेट बिनियोजन गरी आयोजना तीनबर्षमा ९२ करोड बजेट खर्च हुनेछ।

आयोजनाका लागि प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा खम्बीरले समेत प्रतिनिधिसभामै मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी खण्डमा बजेटका लागि पटकपटक ध्यानार्कषण गराएका थिए भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अघिल्लो कार्यकाल र यसपटक पनि निरन्तर प्राथिमकतामा राखेको योजना रहेको छ ।

योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बैकल्पिक सडक बनेमा म्याग्दी क्षेत्रमा आर्थिक, सामाजिक सहित सम्रग पर्यटन विकासमा कोशेढुंगा सावित हुने बताउँदै आएका छन् । धवलागिरी गाउँपालिकाको शिवाङ देखि गाउँपालिकाको केन्द्र मुनातर्फ जोड्ेने सडक कालोपत्र सहित स्तरोन्नति गर्न यो बजेट परिचालन हुनेछ ।

दरवाङ देखि मुना हुुदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न एक अर्ब बजेट अनुुमान सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । बेनी देखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुदै पुर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड भन्दा ७० किलोमिटर दुरी छोटिने म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

धवलागिरी गाउँपालिका–२ खोरीयामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुुङले रु. तीन करोडको आयोजना कार्यान्वयन भइरहेको छ ।

पूर्वाधार कार्यालय मार्फत २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न योजना अन्तिम चरणमा र ६ किलोमिटर दुरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले धारापानी देखि ताकम हुुदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालुु आर्थिक वर्षमा २५ करोडको आयोजना ठेक्का आव्हान भएको छ ।

म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुुुना–जलजला ढोरपाटन सडकलाई जिल्लाका सबै सरोकारवालाहरुले प्राथमिकतामा राखेका छन् ।

पुर्वी रुकुमको टकसेरा देखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ । म्याग्दीका सरोकारवालाले खोरीया पुगेको सडकलाई ढोरपाटन हुँदै पुर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन प्राथमिकता दिएका छन् ।

यसैबीच आगामी आवको बजेटमा म्याग्दीमा विभिन्न सडकमा प्राथमिकताका साथ बजेट विनियोजन भएको छ भने नदीकटानको संरक्षण लगायतका योजनाहरुमा समेत बजेटले प्राथमिकता पाएको छ ।

 

बेनीमा एलजीको २० औं बार्षिकोत्सव, ४० प्रतिशतसम्म छुट, १ लाखको दुर्घटना बिमाको सुविधा

0

अन्तरराष्ट्रिय ब्राण्ड एलजी सोरुमले म्याग्दीमा २० औं बार्षिकोत्सव मनाएको छ । म्याग्दीमा २२ बर्षअगाडीदेखि सञ्चालित कम्पनीको म्याग्दीको आधिकारिक बिक्रेता मिलन साउण्ड एण्ड भिजनको २२ औं बार्षिकोत्सवको अवसर समेत पारेर विभिन्न अफर सहित उत्सव मनाएको हो ।

कम्पनीका गण्डकी प्रदेश इन्चार्ज मनिष पोख्रेल, सुरेश आचार्य, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीमा अध्यक्ष धुब्र जिसी सहितको उपस्थितिमा मनाइएको बार्षिकउत्सवमा सञ्चालक मिलन बानियाँले एलजीका विभिन्न उत्पादनको बिक्रीसँगै सामाजिक उत्तरदाहित्व अन्तरगत सहयोग तथा नेपालीहरुको चाडपर्व र उत्सवहरुमा समते भारी छुट सहितका योजनाहरुबाट समेत सेवा गरेको बताए ।

एलजीले बार्षिकोत्सवको अवसरमा एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट, १ लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध गराएको छ । त्यस्तै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सहित न्यूनतम शून्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरीको सेवा समेत रहेको कम्पनीका गण्डकी प्रदेश इन्चार्ज पोखे्रलको भनाई छ । म्याग्दीमा इलेक्ट्रोनिक्स क्षेत्रमा फरक पहिचान बनाएको मिलन साउण्ड एण्ड भिजनको हुलाकचोकमा समेत शाखा रहेको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड हालसम्मकै उच्च, प्रतितोला एक लाख ४५ हजार रुपैयाँ

0

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार फेरि १ हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेर कारोबार भैइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

बिशेष गरी बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड बनाउन थालेको हो।

यसैबिच,चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जंगली च्याउ खाएर पाँच जना बिरामी

0

सिन्धुलीमा जंगली च्याउ खाएर पाँच जना बिरामी परेका छन्।तिनपाटन गाउँपालिका-४ बिस्टार बस्ने स्थानीयले जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी निरिक्षक केशवकुमार कट्टवालले जानकारी दिए।

उनका अनुसार ६७ वर्षीय केशरबहादुर भुजेल उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया, ३८ वर्षीय छोरा घनश्याम भुजेल, २१ वर्षीय नाति किरण, नातिनी बुहारी २० वर्षीया नानीमाया समाल बिरामी परेकी हुन्।

बिहीबार दिउँसो साढे १० बजे च्याउ खाएर बिरामी भएको खबर पाउनसाथ प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक कट्टवालले जानकारी दिए।’बिरामीको अहिले प्राथामिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको छ,’ उनले भने, ‘उनीहरूको अवस्था मध्यम छ।’  यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

हानिकारक सिन्के धूपको विकल्पमा बाटेको धूप (भिडियो)

0

म्याग्दीको बेनी नगरपालिका-७,बैंकरोडकी महिला उद्यमी सिर्जना श्रेष्ठले घरमै उत्पादन गरेको पूजापाठ गर्दा प्रयोग हुने अर्गानिक धूप देशका ठूला सहर र विदेशसम्म पठाइरहनुभएको छ । दैनिक बाटेको धूप बनाउँन ब्यस्त श्रेष्ठले स्थानीय, राष्ट्रिय र विदेशमा रहेका नेपालीलाई पूजापाठमा प्रयोग गर्ने गरी धूप बिक्री गरिरहनुभएको छ ।

नेपाली र भारतीय बजारबाट खपत हुने अगरबत्ती, सिन्के धूपको धुवाँ हानीकारक हुने जानकारी पाएकाहरूले नेपाली कागज लगायतका अर्गानिक साम्रागीको प्रयोग गरी बनाउन सकिने धूपको प्रयोग गर्ने गरेका छन् ।

‘अहिले सिन्के धूपको प्रयोग छोडेर अर्गानिक धूपको प्रयोग ह्वात्तै बढेको छ, मैले माग अनुसार उत्पादन गर्न सकेको छैन,अहिले विदेशमा राम्रो मुल्यमा बिक्री भइरहेको छ’ श्रेष्ठले भन्नुभयो । पहिलोपटक यूके पठाएको धूप राम्रो लागेपछि थप माग आएको बताउँदै केही उद्यमीबाट समेत लिएर ग्राहकलाई दिने गरेको श्रेष्ठको भनाई छ ।

बेनी नगरकार्यपालिका सदस्य समेत रहनुभएकी श्रेष्ठले धुवाँ हानीकारक रहेको विशेषज्ञहरुको भनाईले समेत अहिले अर्गानिक धूपको प्रयोग ह्वात्तै बढेको बताउनुभयो । घरमा उत्पादन गर्नेदेखि विभिन्न तालिममा पुगेर प्रशिक्षण दिने काममा ब्यस्त श्रेष्ठले अहिलेसम्म तालिम दिएका महिलाहरूबाट उत्पादन भएको धूपलाई समेत बजारमा बिक्री गर्न सहजीकरण गरिरहनुभएको छ ।

सिन्के धूपबाट निस्कने धुवाँ,लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक देखिएको अवस्थामा सर्वसाधारणलाई जानकारी नभएकाले तालिममा सहभागि महिलालाई समेत धूपको महत्वका बारेमा जानकारी दिने र बिक्रीका लागि समेत ग्राहकको खोजी गरिदिने गरेको प्रशिक्षक समेत रहनुभएकी श्रेष्ठको भनाई छ ।

‘लागत र दुःख कम, उत्पादन र आम्दानी धेरै हुन्छ ’श्रेष्ठले भन्नुभयो । जिल्लामा स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम सञ्चालन गरेपनि प्राविधिक सहयोगको कमी, र बजारीकरणमा प्रयाप्त सहयोग नहुदाँ घरायसी प्रयोजनका लागि मात्रै बनाउने गरिएको छ ।

error: Content is protected !!