Monday, May 5, 2025
22.9 C
Beni
22.9 C
Beni
Monday, May 5, 2025
Home Blog Page 271

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

0

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।

बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।

केरा पकेट क्षेत्रको रुपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताए । उनका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ ।

केराको रेशाबाट पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताइन् । “हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ”, उनले भनिन् ।

तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गरेका थिए । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिए।

केराको थामबाट बनेका सामग्री प्राकृतिकरुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उनलले बताए । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ ।

रत्नेचौरमा सूर्यमुखीको ब्यवसायीक खेती (फोटो फिचर)

0

म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरका सुुरत बोगटीले गतबर्ष सूर्यमुखीको बीय बेचेर २० हजार आम्दानी गरे। रत्नेचौरमा पहिलोपटक व्यावसायिकरुपमा सूर्यमुखी खेती गदैं आएका बोगटीले घरायसी र आफन्तलाई समेत कोशेलीको रूपमा सुर्यमुखी तेलकै प्रयोग गर्छन् ।

भारतबाट बीउ ल्याएर सूर्यमुखी खेती गरेका बोगटीले छोरीको विवाहमा रोटी र अन्य परिकार बनाउन चाहिने तेल किन्न समेत बजारमा जानुपरेन । बोगटीजस्तै रत्नेचौरकै बालकुमार कार्कीले यसबर्ष १ रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाएका छन् ।

तेलको बजार अनुसार आगामी बर्ष थप ५ रोपनीमा खेती विस्तार गर्ने योजनामा रहेका कार्कीको बारी अहिले आन्तरिक पर्यटकको लागि आकर्षण बनेको छ । तेलन बालीअन्तर्गत अहिले रत्नेचौरमा परीक्षणका रुपमा सूर्यमुखी लगाउने कृषकको संख्या ह्वात्तै बढेको छ । सूर्यमुखी खेतीले वर्षभरि तेल खान, बीउ राख्न र बीउ किन्न आउने किसानलाई बिक्री गर्ने गरिएको छ ।

तोरीबारीका कारण भाइरल रत्नेचौरमा सूर्यमुखी खेतीका कारण अहिले चर्चामा छ ।सूर्यमुखीको तेल स्थानीयले गाउँकै मिलबाट प्रशोधन गरी प्रयोग गर्ने र बिक्री समेत गर्ने गरेका छन्।

रत्नेचौरको सूर्यमुखी र तोरीबारीको सिजनले आन्तरिक पर्यटकलाई समेत आर्कषित गरेको स्थानीय यूवा सन्तोष रावलको भनाई छ । स्वास्थ्यको दृष्टिले पनि सूर्यमुखीको तेल पातलो र कोलस्ट्रोलरहित हुन्छ ।सूर्यमुखीको तेल उच्च रक्तचाप, मुटुरोगीलाई लाभदायक हुन्छ ।

पछिल्लो समय सूर्यमुखीको फूल फुल्न थालेसँगै टिकटक बनाउने, फोटो खिच्ने र घुम्न आउनेको भिड लाग्ने गरेको छ । सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएपछि कृषक खुुसी छन् । प्राङ्गारिक सूर्यमुखी खेतीलाई स्थानीय सरकारले अनुदान दिनुपर्छ, यहाँ सूर्यमुखी र तोरीको सिजनमा महोत्सव गरी पर्यटक प्रर्बधन गर्न सकिन्छ ।

पर्वतारोही निर्मल पूर्जा ‘निम्स’ माथि अस्वभाविक ब्ल्याकमेल !

0

जलजलामा अवैध तथा घरेलु मदिरा बरामद गरी नष्ट

0

पर्वतको जलजला गाउँपालिकाले बगरफाँट, वारीवेनी क्षेक्रमा गरेको बजार अनुगमनत्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई सोमबार पालिका मुकाम क्षेत्र रहेको लामाखेतमा खाडलखनी नष्ट गरेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीका असाई घनश्याम ढकाल समेतको टोलीले बरामद भएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई खाडल खनी नष्ट गरेको हो । ‘गाउपालिकाले बजार अनुगमन सुरु गरेको छ, क्रमश सवै वडा र वस्तीका पसलहरु अनुगमन हुन्छ ।

म्याद गुज्रेका र सडेगलेका खाद्यान्न बेच्ने, कानुनी स्वीकृती नलिई मदिरा तथा सुर्ती जन्य पदार्थ बेच्ने, विद्यालय क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बेचेको भेटिएमा जफत गरी नष्ट गरिने छ’ गापा उपाध्यक्ष दीपक आचार्यले भने, ‘अनुगमन बगरफाँटमा सीमित हुने छैन, कोही छुट्ने छैन, बरु अरुलाई सच्चिने अवसर बनेको छ ।’

राजश्व शाखा प्रमुख कृष्ण रिजालका अनुसार प्लास्टिक बोटलका मदिरा ५ कार्टुन, खुल्ला प्लास्टिक वोटल मदिरा ७३ पीस, घरेलु मदिरा ६० लिटर, अन्य मदिरा ४१ पीस समेत मसरुम सुप, अन्य मसलाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड ,तोलाको १ लाख ४२ हजार ७ सय

0

स्थानीय बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रहेकोमा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले बढेर १ लाख ४२ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

त्यसो त यसअघि जेठ १८ गते शुक्रबार सुनको मूल्य १ लाख ४२ हजार २ सय कायम भएको थियो। आज उक्त रेकर्ड तोड्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

त्यस्तै,तेजावी सुनको मूल्य १ लाख ४२ हजार रहेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भएको छ।

सोमबार १ हजार ८ सय ३५ प्रतितोला कायम भइ कारोबार भएको सुनको मूल्य आज १ हजार ८ सय ६० मा कारोबार भइरहेको छ।

ढाकाकी सफल उद्यमी लिला पुन

0

म्याग्दीको बेनी नगरपालिका-७, सदरमुकाम बेनीस्थित मंगलाघाटकी उद्यमी लिला पुनले बार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायतका सामग्री विदेशमा बिक्री गर्छिन्।

उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया,अमेरिका लगायत यूरोपका देशबाट नियमित अर्डर आउँछ । विदेशमा रहेका नेपालीको रोजाईम ढाकाबाट बनेका थरीथरीका डिजाइन खोज्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याई छ ।

स्वदेश तथा विदेशबाट आउने माग अनुसार उत्पादन गर्न नसकेकी पुनले म्याग्दीका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेकी छन् । उनले स्वदेशमा भन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीलाई बिक्री गर्ने गरेको बताइन् ।

‘माग ठेग्नै सकिदैन,अहिले अल्लो र ढाकाबाट निर्मित साम्रागीहरूलाई बजारको अभाव छैन’ पुनले भनिन् । उनले ग्राहकको रोजाई अन्ुसार ढाकाका कपडाहरू तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताइन् ।

१८ बर्ष अगाडी भकिम्ली हाल बेनी नगरपालिका–३ बाट रोजगारको खोजीमा सदरमुकाम बेनी आएकी पुन म्याग्दी जिल्लाकै सफल उद्यमीमात्रै होइन देसैँभरि ढाका उद्यमी भनेर चिनिन्छन् । विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको पुनको भनाई छ ।

‘विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ,‘अहिले कोशेली दिन पनि ढाकाकै कपडाबाट बनेका डिजाइनहरू प्रयोग हुन्छ’ पुनले भनिन् । ढाकासँगै अल्लोका कपडा समेत बिक्री गर्ने गरेकी पुन सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निशुल्क समेत तालिम दिन्छिन् ।

‘पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु’ पुनले भनिन् । उद्यमीको परिचयसँगै यसपटक महिलाले पढ्ने उज्यालो बैकल्पिक विद्यालयबाट एसइईको परीक्षा समेत दिएर नतिजाको पखाईमा छिन् ।

‘तानमा बसेपछि समय बितेको पत्तै हुदैन,’अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ’ पुनले भनिन् । अहिलेसम्म पुनले २ हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण समेत दिएको बताइन् ।

म्याग्दीमा अल्लो र ढाकाका ३० जना उद्यमी सक्रिय छन् । म्याग्दीमा पुन बाहेक नेकसरा पुन, दिलु घताने,विष्णु गुरूङका साथै पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम दिन थालेपछि उद्यमीको संख्या ह्वात्तै बढेको छ ।

महिला उद्यमी दिल घतानेले अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिलाहरू आथिैक रुपमा समत सम्पन्न रहेको बताइन् । म्याग्दीका ढाका र अल्लो उत्पादनमा सक्रिय महिला उद्यमीका अनुसार बार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भएपनि अल्लो र ढाकाबाट उत्पादिन बस्तु नै प्रयोग गर्ने गरेका छन् ।

बेपत्ता छोरी खोज्न भौतारिरहेका चन्द्रे दम्पत्ती

0

बेनी नगरपालिका-९,तोरीपानीका ६० बर्षिय चन्द्रे परियार बेपत्ता छोरीको खोजीमा निस्किदा सधै टोलाइरहेका हुन्छन् । आँखाभरि आँसु पारेकी ५९ बर्षिया भुलमायाँले १९ बर्षिया छोरी मिना परियार बेपत्ता भएको ७ महिना वितिसक्दा अत्तोपत्तो नभएपछि रोइरहेका छन् ।

खोजतलासका लागि आयोजित दबाबमुलक कार्यक्रममा घरको सबै काम छोडेर निस्किने चन्द्रे दम्पत्ती आफन्त र शुभचिन्तक, दलित अधिकारकर्मीहरूले ‘कि सास चाहियो कि लास’ भन्दै नारा लगाउँदा भक्कानिन्छन् ।

घरमा सुतिरहेकी छोरी बेपत्ता भएको महिनौं वितिसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा चन्द्र दम्पत्ती निराश छन् ।

सोमबार म्याग्दीको सदरमुकाम बेनीमा १९औ जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा गाउँगाउँबाट सहभागि दलित समुदायले प्लेकार्डमा मिनाको खोजीकार्य गर भन्दै नारा सहित दवाव समेत दिए ।

घरबाटै गर्भवति अवस्थामा हराएकी मिनाको अत्तोपत्तो नहुदाँ पनि जिल्लामा सरोकारवाला निकाय, महिला अधिकारकर्मी, मानवअधिकारकर्मीहरूको ध्यानार्कषण नहुदाँ झनै पीडित परिवार झनै निराश छन् ।

अनेक दुःख, पीडाका बिच हुर्काएकी छोरी मिनालाई गाउँघर, खोलाका किनार सबै तिर खोज–तलास गरेपनि जिवित मृत केही फेला नपारेपछि खोजीका लागि ७ महिनासम्म परियार दम्पत्तीले हारगुहार गरिरहेका छन् । मिना बेपत्ता हुदाँ ६ महिनाको गर्भ थियो भन्ने प्रेमीसँगकोे फेसबुक च्याटबाट पुष्टी हुन्छ । बि.स २०८० साल पुस १६ गते राती घरबाटै बेपत्ता भएकी परियारको अहिलेसम्म अत्तोपत्तो छैन ।

बेपत्ता भएको दिनको राती ११ बजेसम्म स्थानीय यूवा राम खत्रीसँगै रहेको तथ्य फेला परेपनि त्यस बाहेक छोरी कहाँ र कुन अवस्था छिन् भन्ने बारेमा परियार दम्पत्ती बेखवर छन् ।

छोरीसँग प्रेम सम्बन्धमा रहेको प्रमाणसहित प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका स्थानीय यूवा खत्रीलाई जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको अवस्थामा पनि जिवित वा मृत्यु भएको बारेमा केही पत्ता नलागेपछि परियार दम्पत्ती आँसु झादैं छोरीको खोजीमा अपिल गरिरहेका छन् ।

अभियुक्त खत्रीले प्रेम सम्बन्ध र यौनसम्पर्क राखेको प्रहरी र अदालतमा समेत स्वीकार गरेका थिए । ‘छोरीलाई गायब बनाएदेखि नै भोक–निन्द्रा हराएको छ,अझैपनि छोरी फर्किने आसमा दबाब दिन बेनी आएको छु’चन्दे्र परियारले भने । घरमा सुतिरहेको अवस्थामा एक्कासी बेपत्ता भएको ७ महिनासम्म नफर्किंदा अनेक सोच्न बाध्य भएको भाउजु कमला बर्देवा नेपालीले बताइन् ।

‘मिलेमतोमा घटना घटाइएको छ,न्याय नपाएपछि बाध्य भएर सडकमा आन्दोलन गर्न परेको छ’ कमलाले भनिन् । बेपत्ता परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, महिनाको गर्भ रहेको, भागेर भारत जाने, खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजानका बारेमा खुलेपनि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् ।

अभियुक्त खत्रीलाई मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने काम गर्ने मुख्य कसुरदारलाई १५ बर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना भई पिडित पक्षलाई क्षतीपूर्तीको माग गरिएको छ । बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो ।

मोना फ्रान्सले गर्यो सहयोगदातालाई सम्मान

0

म्याग्दी प्रवासी नेपाली संघ मोना (फ्रान्स)ले सहयोगदातालाई सम्मान तथा बारबिक्यू कार्यक्रमको आयोजना गरेको छ । लामो समयसम्म मोनाका अभियानमा साथ दिएका चितवनका अमर बहादुर भण्डारी, लक्ष्मी भण्डारीलाई कदरपत्रद्धारा सम्मान गरिएको छ ।

मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले सम्मान गदैं मोनामा अमर बहादुर दम्पत्तीको अतुलनीय योगदान रहेको बताए । ‘हामीलाई हरेक अभियानमा साथ दिनुभएको छ, उहाँसँगको सहकार्य थप फराकिलो हुन्छ’ अध्यक्ष केसीले भने ।

सम्मान कार्यक्रममा मोना फ्रान्सका निर्वतमान अध्यक्ष पदम शेरचन, सल्लाहकार मानबहादुर सेञ्चुरी, एनआरएनए महासचिव महेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो । सम्मानितको तर्फबाट बोल्दै अमरबहादुरले मोना आफ्नै घरजस्तै भएको बताउँदै भविस्यमा पनि सहकार्य गर्ने बताए ।

उनले मोना फ्रान्समा रहेका नेपाली संघसंस्थामा धेरै सक्रिय रहेको बताए । सोही अवसरमा रोजगार, ब्यापार र विभिन्न सिलसिलामा फ्रान्समा पुगेका म्याग्देलीलाई मोनामा आवद्ध भएर रचनात्मक कार्यमा सहभागि हुन समेत अपिल गरिएको थियो । सम्मान तथाबारबिक्यू कार्यक्रमको सञ्चालन सचिव बिकास केसी र सहसचिव महेन्द्र बोहोराले गरेका थिए ।

 

प्राकृतिक सम्पदामार्फत आत्मनिर्भरतातर्फ उन्मुख म्याग्दी

0

यहाँ रहेका प्राकृतिक स्रोतहरुको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तनहरु देखिन थालेका छन् ।

जिल्लामा रहेका नदी,खोला,वन,पाखोजग्गा,हिमाल,बुकी,खर्क,भीर र खेतीयोग्य जमिनको प्रयोग गरी यहाँका स्थानीय वासिन्दाहरुले आयआर्जन गर्न थालेका छन् ।

कृषि, पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको प्रयोग गर्न थालेपछि म्याग्दीका जनता आत्मनिर्भरतातर्फ अग्रसर हुन थालेका हुन् । ‘लाहुरेहरूको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीका बासिन्दा विगत एक दशकयता जल, जमीन, जङ्गललगायत प्राकृतिक सम्पदाको पहिचान र सदुपयोगबाट प्रशस्त आयआर्जन गर्न थालेपछि आत्मनिर्भर बन्दै गएका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

एक दशक अघि यो जिल्ला विप्रेषण र व्यापारबाट मात्र धानिएको थियो । तर, अहिले पर्यटन, साना तथा घरेलु उद्योग, विद्युत्, कृषि तथा वनसम्पदा र जैविक विविधताले समेत समृद्ध बन्दै गएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । गाउँगाउँमा विस्तार भएको व्यावसायिक तरकारी खेती, फलफूल खेती, पशुपालन, जडीबुटी, सहकारी संस्था र लघु तथा घरेलु उद्योगले स्थानीयको आयआर्जन र जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइरहेको छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ ओटा स्थानीय तहका ४५ ओटा वडा रहेको म्याग्दीका सबैजसो वडाहरुमा व्यावसायिक रूपमा आयआर्जनमूलक व्यवसाय सञ्चालन भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार पालिकाहरुमा व्यावसायिक तरकारी,फलफूल खेती र पशुपालन गर्ने कृषकको संख्या विगत ५ वर्षयता २५ प्रतिशत वृद्धि भएको छ । तीमध्ये अधिकांश युवा छन् । त्यसमा पनि विदेश गएर फर्केकाको बाहुल्य रहेको पाइएको छ ।

त्यसैगरी हाइड्रो हब’ को नाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १९ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् ।

म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १९ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माणाधीन १९ वटा जलविद्युत् आयोजनाबाट ६७० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ ।

जिल्ल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीबाट समेत विद्युत् उत्पादनका लागि १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् ।

जिल्लाका कृषकले तरकारी र फलफूल खेतीबाट मात्रै वार्षिक ७० करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषकले सुन्तला विक्रीबाट मात्रै वार्षिक रु २१ करोड भन्दा बढी आम्दानी गर्दै आएका छन् । त्यसैगरी, पशुपालन यहाँका कृषकको आम्दानीको अर्को गतिलो माध्यम बनेको छ । जिल्लामा पशुजन्य उत्पादनमा लागेका एक सय सयजना भन्दा बढी कृषकको वार्षिक आय प्रतिव्यक्ति २० लाखभन्दा बढी रहेको छ ।

जिल्लामा गाई, भैंसी, बाख्रा, भेडा, कुखुरा, बङ्गुर, खरायो र चौंरीपालन व्यावसायिक बन्दै गएको छ । २ सयभन्दा बढी किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । जिल्लामा वार्षिक ५० करोडभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको विक्री हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्र म्याग्दीले जनाएको छ ।

त्यसैगरी मासुका लागि व्यावसायिक रूपमा कुखुरा, बाख्रा, बङ्गुर पाल्ने कृषकको सङ्ख्या ३ सयभन्दा बढी छ । ती कृषकले वार्षिक रूपमा ५ लाख देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका केन्द्रका प्रमुुख डा. भरत रेग्मीले बताउनुभयो ।

जडीबुटी र पर्यटन पनि म्याग्देली जनताका लागि आयआर्जनको बलियो माध्यम बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा जिल्लामा विस्तार गरिएको टिमुर खेती, मौरीपालन र खरायोपालन पनि यहाँका कृषकको आम्दानीको गतिलो माध्यम बनेको छ ।

खेर गएको जमीन सदुपयोग गरी विस्तार गरिएको टिमुर खेतीबाट तीनओटा पालिकाका दुई सय जनाभन्दा बढी व्यक्तिले राम्रो आम्दानी गरिरहेका छन् । गतवर्ष टिमुर बेचेर जिल्लामा २० लाख रुपैयाँभन्दा बढी भित्रिएको थियो ।

म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा यार्सागुम्बा, पाँचऔंले, सतुवा, जटामसी जस्ता जडीबुटी, भीरमह, शिलाजित जस्ता प्रकृतिमा आश्रित स्रोतबाट पनि यहाँका बासिन्दा मनग्गे आम्दानी गर्न सफल भएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत तथा वन तथा वातावरणका जानकार चन्द्रमणी सापकोटाले बताउनुभयो ।

त्यसैगरी पर्यटन र जलविद्युत्तर्फ पछिल्लो समय म्याग्दीका जनता आकर्षित भएका छन् । राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरि क्षेत्रमा समेटिएको म्याग्दीमा घोडेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, तातोपानीका कुण्ड, धवलागिरि, निलगिरि, गुर्जालगायत हिमश्रृङ्खला, १९ प्रजातिका लालीगुराँस फुल्ने जङ्गल, कालीगण्डकी, म्याग्दी र रघुगङ्गाजस्ता जलाधार क्षेत्र, धार्मिक र ऐतिहासिक स्थल प्रशस्त छन् ।

यी क्षेत्रको भ्रमणका लागि वार्षिक ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ । पदमार्ग, मोटरबाटो, ग्रामीण क्षेत्र र शहरका होटल, जल, पसल, यातायातलगायत क्षेत्रमा आबद्ध करीब १० हजारभन्दा बढी म्याग्देलीले पर्यटक र पर्यटन व्यवसायबाट लाभ लिएका छन् ।

जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र छाला, बाथसम्बन्धी रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुँदै आएको छ । सिङ्गा तातोपानीमा वर्षेनि दशौं हजार मानिस नुहाउन आउँछन् । उत्तरी म्याग्दीको भुरुङतातोपानीमा मुख्यतः अन्नपूर्ण राउण्ड पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

जिल्लाका दाना, घार, दग्नाम, दोवा र मुदी लगाएतका ठाउँहरुमा समेत प्राकृतिक तातोपानी कुण्ड छन् । त्यसैगरी उपचारको उद्देश्यले चौंरीको रगत पिउने कार्यले समेत अचेल पर्यटकीय महत्व पाउन थालेको छ ।

हाल म्याग्दीको खोप्रालेकमा हरेक वर्ष साउन र वैशाख महीनामा चौंरीको रगत पिउने मेला लाग्छ । मेलामा २ हजारदेखि ५ हजारसम्म मानिस पुग्ने गरेका छन् ।जिल्लामा सांस्कृतिक महत्वका केही बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक छन् ।

त्यसैगरी जिल्लाका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुङ्गा र खरी ढुङ्गा खानी छन् । यी खानीको उपयोग भने हुन सकेको छैन । तामा, शिशा, स्लेटजस्ता खनिजको उत्पादन गरी निकासी गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । तर, सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन सकेको छैन ।

यस जिल्लाको हिमाली भेगका गुर्जा, मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङलगायतका ठाउँमा यार्सागुम्बाको सङ्कलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करौडौं रुपैयाँको यार्सागुम्बा निर्यात हुने गरेको छ ।

यार्सागुम्बाबाहेक सतुवा, पाँचऔंले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्राे–बर्रो–अमला आदि जडीबुटी, लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोको आदि वनपैदावार जिल्लामा उत्पादन तथा सङ्कलन भई निकासी हुने गरेका छन् । यस क्षेत्रमा मात्र ३ सय बढी मानिसहरु संलग्न छन् ।

२०७८ सालको जनगणना अनुसार म्याग्दीमा एक लाख सात हजार तीनसय ७२ जनसंख्या छ । यहाँका करीब ३५ हजार युवायुवती वैदेशिक रोजगारीमा रहेकोमा पछिल्लो समय त्यो सङ्ख्या घट्दो छ । जिल्लाका करीब २० हजार महिला, पुरुष र वैदेशिक रोजगारीबाट फर्केकाहरू व्यावसायिक आयआर्जनमा लागेका छन् भने व्यापार व्यवसायतर्फ करीब आठ हजार संलग्न रहेको पाइएको छ । कुल जनसङ्ख्याको ७ प्रतिशत म्याग्देली बसाइसराइ गरी बाहिर जाने गरेको तथ्याङ्क छ ।

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ

0

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोला सिमडाँडाकी श्रीमान र दुई छोरा पक्राउ परेका छन् । ४३ वर्षिय विष्णु छन्त्यालको हत्याको आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत जेठ १८ गते राती सुतीरहेकै अवस्थामा मृत्यु भएको भन्दै २०८१ जेठ १९ गतेमृतकका माइती पक्षले श्रीमान र उनका छोराहरुले हत्या गरेको भन्दै हत्या भएको भन्दै उजुरी दिएका थिए । श्रीमान र दुई छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले बताए ।

‘घटनाको अनु्सन्धान भइरहेको छ, शरीरमा चोटपटक देखिन्छ’ रायमाझीले भने । घटनास्थलमा पुगेर प्रारम्भीक अन्ुसन्धानको क्रममा २०८१ जेठ १९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। मृतकको सवको पोष्ट मार्टम २०८१ जेठ २१ गते बेनी अस्पतालमा भएको बेनी अस्पतालले जनाएको छ ।्

error: Content is protected !!