Monday, May 5, 2025
15.7 C
Beni
15.7 C
Beni
Monday, May 5, 2025
Home Blog Page 272

ज्यामरुककोटका महिलालाई सिपसँगै प्रविधी हस्तान्तरण

0

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने तालिममा सहभागि भएकाहरुलाई व्यवसाय सञ्चालन गर्न उपकरण उपलब्ध गराइएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने र वडा अध्यक्ष यामबहादुर कार्कीले तालिम समापनका क्रममा आइतबार प्रस्तावित ३ वटा उद्योगको उद्घाटन र  गर्नुभयो । १५ जना आवछ ज्यामरुककोट सिर्जनशिल महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषा घर्ति घिमिरेले बताउनुभयो ।

१० जना आवद्ध गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रबिधि १ थान हस्तान्तरण गरिएको छ ।

खबरामा उद्यमी र कृषकलाई सोमबार देखि २ दिन केराको रेशाबाट धागो र मल बनाउने तालिम प्रदान गरिने भएको छ । केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गर्ने प्रयास गरिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताउनुभयो ।

आठ जना उद्यमी आवद्ध प्रस्तावित जनश्रमीक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने १ थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माग्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री १ थान प्रदान गरिएको मूल आमा समूह सञ्जालका अध्यक्ष पवित्रा कार्कीले बताउनुभयो ।

जेठ १३ गतेदेखि सञ्चालन भएको तालिममा सहभागि महिलाहरुले सिकेको सिपलाई सदुपयोग गर्दै आयआर्जनमा अग्रसर भई आत्मनिर्भर बन्नका लागि सामुहिक उद्यम सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष कार्कीले बताउनुभयो । तालिममा बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधिहरु सहभागी भएका थिए ।

आमा समूहलाई परिचालन गरेर महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर २ र १० लाई छनौट गरेको छ ।

वडा नम्बर १० पात्लेखेतमा २० जनाका लागि एक महिने बाजा बजाउने तालिम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो । पात्लेखेतका महिलाहरुलाई कुटानी, पिसानी मिल पनि उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

गत बर्ष बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन गरेका थिए । वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुले चप्पल बनाउने सिप सिकेका थिए ।

नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ । प्रदेश सरकारको सहयोगमा बेनी बजार नजिकै हाडेभिरमा रहेको साझा सुविधा केन्द्रलाई पुन सञ्चालन गर्न लागिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

0

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । ‘समानता समाजको निर्माण हाम्रो लक्ष्य, जातीय छुवाछुत प्रथाको पूर्ण अन्त्य’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

दिवशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख लगायतले शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष २१ जेठलाई ‘जतीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाइँदै आएको छ।

दिवशको अवसरमा संघीय राजधानी काठमाडौंसहित पर्यटकीय एवं गण्डकी प्रदेशको राजधान पोखरामा पनि विविध कार्यक्रको आयोजना गरिएका छन् । पोखरामा प्रभातफेरीसहितका कार्यक्रम भएका छन् ।

प्रभातफेरी, सम्मान तथा अन्तरक्रिया कार्यक्रमसहित यो दिवश मनाइँदैछ । पोखराको मानवअधिकार चोकबाट सुरु प्रभातफेरी न्युरोड हुँदै पोखरा सभागृह हलमा पुगेर सभामा परिणत हुँदैछ । सभालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, सांसदहरु फडिन्द्र देवकोटा, नन्दकला नेपाली र सरस्वती गुरुङसहित विभिन्न अधिकारकर्मीहरुले सम्बोधन गर्दैछन् ।

प्रभातफेरीमा जातीय विभेद अन्त्य गरौं । महिला हिंसा अन्त्य गरौं । कानुनी शासन कायम गरौं लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए । दलित महिलासंघ कास्कीको ओजना अनि समाजिक विकास तथा स्वास्थ्यमन्त्रालय र पोखरा महानगरापालिकाको सामाजिक विकास महाशाखाको सहयोगमा कार्यक्रम भएको हो ।

मोना फेस्टिवलको आम्दानी खर्च सार्वजनिक,साढे ४३ लाख येन बचत

0

म्याग्दीलाई चिनाउन जापानमा आयोजित जापानको राजधानी टोकियोमा गत अप्रिल २७ र २८ तारिख सम्पन्न मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना इताबासी फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

मोना जापानका प्रवक्ता कमल बानियाँद्वारा प्राप्त जानकारी अनुसार मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । मोना फेस्टिवलमा कुल ९४ लाख ७२ हजार ८३२ येन आम्दानी , ५१ लाख २४ हजार ४९२ खर्च र ४३ लाख ४८ हजार ३४० येन बचत भएको जनाइएको छ । त्यसैगरि उक्त मोना फेस्टिवलको रु ७ लाख ८९ हजार येन उठ्न बाँकी रहेको मोना जापानले जनाएको छ ।

कार्यक्रममा कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुको साथै कार्यक्रमको समिक्षा, कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन सहित आगामी कार्ययोजना समेत सार्वजनिक गरिएको छ ।

जुन तारिख आईतबार टोकियोमा, मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता र मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काको प्रमुख आतित्यथामा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन न्यूरेको समेत सहभागीता रहेको थियो ।कार्यक्रममा मोना जापानका सल्लाहकार तिलक मल्लले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्धारा आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।

मोना फेस्टिबलले म्याग्देलीको एकता र सहकार्य झल्किनुका साथै जापानमा नेपालको कला र संस्कृति, उत्पादन र पर्यटन क्षेत्रको प्रचारप्रसार भएको मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काको भनाई छ ।  त्यसैगरि बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले स्वागत र महासचिव सागर कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।कार्यक्रममा गण्डकी प्रदेशका महिला खेलाडी सस्मी पुन, मानिष तिलिजा पुन र जिल्ला स्तरीय खेलाडी डिमा पाईजा पुनलाई सम्मान पत्रले सम्मान गरिएको थियो।

बारीमै कुहिन्छ गूर्जाको आलु

0

म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका-१,गूर्जामा किसानले उत्पादन गरेको आलुलगायत तरकारी खेतमै कुहिने गरेको छ । हरेक बर्ष किसानले उत्पादित आलुले ढुवानी महँगो र बजारमा समेत उचित मुल्य पाउन सकेको छैन ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा सडक सञ्जाल नपुग्दा खच्चडबाट ढुवानी गर्दा महँगो पर्ने र बजारमा समेत आलुको मुल्य नहुदाँ गाउँमै आलु अलपत्र परेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।‘ढुवानीमै आलुको मुल्य सकिन्छ, खेतबारीमै किसानको मेहनत खेर गएको छ’ अध्यक्ष छन्त्यालले भने ।

गूर्जामा घरायसी प्रयोजन बाहेक बिक्रीका लागि राखेको आलु यतिबेला घरमै थुपारिएको छ ।  ‘उत्पादनलाई बजारमै पुर्याउन सकस छ, ढुवानीमा अनुदान भएमा यहाँको आलुले बजारमा राम्रो मुल्य पाउँछ’ कृषक तुलसी छन्त्यालले भनिन्।

गूर्जाको प्रमुखमध्येको उत्पादन आलुको बजारीकरणमा सघाउन अनुरोध गदैं अर्की कृषक सुकमायाँ छन्त्याललेदुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु¥याउन नसक्दा आलु कुहिने गरेको बताइन् ।

गूर्जाका २ सय ६० घरधुरीमध्ये करिब ६० कृषकले आलु उत्पादन गरी बिक्री गर्ने गरेका छन् । खाद्यान्न र अन्य सामान लिएर गएका खच्चडबाट ढुवानी गर्ने गरिएपनि अधिकांसले कोशेली, आफन्तलाई सित्तैमा पठाउने गरेका छन् ।

गूर्जाको माथिल्लो क्षेत्र, बस्तीभन्दा टाढा रहेका खेतबारीमा समेत आलु खेती हुन्छ । स्थानीय कृषकले गाउँपालिकालाई बजार व्यवस्थापनमा सघाउन सङ्कलन केन्द्र बनाएर आलु भण्डारण गर्न अनुरोध गरेका छन् ।

अन्नपूर्ण हिमाल म्याग्दीमा, उत्सव पोखरामा

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट देखिएको दृष्य । तस्बिर : सन्तोष गौतम/ रासस

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा पोखरामा आइतबारदेखि तीनदिने कार्यक्रम आयोजना गरिएको छ । नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू पोखरामा छन् ।

पोखरा आसपासमा, पदयात्रा, म्याराथुन लगायतका कार्यक्रमहरूमा विदेशी र नेपालका उच्चपदस्थ अधिकारीहरू जमघट बाख्लो छ । पोखरामा अन्नपूर्ण आरोहण दिवस भव्य तामधामका साथ मनाइरहदाँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर भने सुनसान छ ।

हरेक बर्ष दिवसको अवसरमा ५० लाखभन्दा बढी खर्च हुन्छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिने बेसक्याम्पमा यसपटक पनि दिवसमा कुनै सरकारी तथा निजी क्षेत्रको नजर पुग्न सकेन ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’,अन्नपूर्ण म्याराथुन, सम्मान तथा मुर्तीको प्रतिस्थापन, गाउँपालिकाभरी सार्वजनिक विदा लगायतका योजना बनाइएपनि असुविधा र विविध कारण देखाउँदै गाउँपालिकाको कार्यसूचीमा सम्बन्धित निकायले चासो देखाएनन् ।

‘यसपटक हामीले पूर्वतयारीका लागि बेसक्याम्पस टोली लिएर गएका थियौं, विविध कारण देखाउँदै यहाँसम्म कार्यक्रम ल्याउन सकिएन’ प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले भने ।

पहिलो मानव पाइला परेको अन्नपूर्ण हिमालको फेदमा पुगेर म्याग्दीका जिल्ला स्तरीय समन्वय बैठकले म्याग्दीकै भूगोलमा आरोहण दिवस मनाउन माग गर्ने निर्णय समेत गरेका थिए । गाउँपालिका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णय अनुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिएको बताए ।

गत वैशाख २० गते बिहिबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षतामा म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रजिअ लक्ष्मण ढकाल लगायत सुरक्षा अधिकारीहरूको बैठक समुन्द्रि सतहदेखि ४ हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा बसेको थियो।

स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ का लागि गाउँपालिकाले भौतिक पूर्वाधार सहित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दावी गरेपछि गत मंसिरमा उपाध्यक्ष बालानन्द पौडेल सहितको टोलीले स्थलगत अध्ययन समेत गराएको थियो । ‘हामीले धेरै प्रयास गर्दा पनि सम्बन्धित निकायबाट चासो पुगेको छैन, हिमाल यहाँ छ, दिवस अकै ठाउँमा हुन्छ, हामी थाकेका छैनौ’ अध्यक्ष पुनले भने ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेटसहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशाला गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै ६ स्थानमा आश्रयस्थल निर्माण गरेसँगै आधार क्षेत्रसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज छ ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पुरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधार क्षेत्रमा सालिक तयार गरिएको छ।

मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्। उनको सम्झनामा नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो।

मानव बस्तीदेखि टाढा रहेको आधार शिविर आसपासका क्षेत्रमा अझै पनि मौरिसका बारेमा ढुंगामा लेखिएका अभिलेख पाइन्छन्।अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलो पटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विशेष रुपमा मनाउन थालिएको हो।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

0

नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको भूगोलमा पर्छ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रुपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बताए।

हर्गोजको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएकाले महत्वका साथ दिवस मनाउन लागिएको उनले बताए। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताए।

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ।

पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो। कास्की र म्याग्दीका दुई वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ। अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्नमा महत्वपूर्ण योगदान पुगेको बताए।

चौहत्तरौं अन्नपूर्ण आरोहण दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म नेपालस्थित नौ देशका राजदूतको पदयात्रा गरिएको थियो।

आज पोखरामा आयोजना गर्न लागिएको समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालगायतलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। सो कार्यक्रममा गण्डकी प्रदेशको सांस्कृतिक विविधता झल्काउने मौलिक गीत र नृत्य प्रदर्शन गरिने पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले बताए।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ। टान गण्डकीले आज पोखराको ‘भ्यु फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको अध्यक्ष धर्म पन्थीले बताए। –रासस

म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी शुरु

0

म्याग्दीमा आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी शुरु भएको छ । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन्।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ४५ वटै वडाका जनप्रतिनिधिहरु आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव संकलन गर्न थालेका छन् । बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले वडाका जनप्रतिनिधिमार्फत बस्तीस्तरमा पुगेर बृहत् भेलामार्फत योजनाको प्राथमिकीकरण गर्ने कार्यमा जुटेको बताए ।

उनले बस्तीबाट छनौट भएका योजनालाई नै प्राथमिकतामा राखी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बताए । वडाको टोलस्तरमा पुगेर स्थानीय टोल विकास समिति, युवा क्लब, आमा समूह, सरोकारवालालगायतसँग छलफल गरी योजना तर्जुले जनप्रतिनिधिलाई ब्यस्त बनाएको छ । बस्तीमा योजना छनौटमा पुगेका जनप्रतिनिधिलाई विगतमा छनौट गरिएका योजनामा बजेट नपरेको भन्दै स्थानीयले असन्तुष्टी समेत जनाएका छन् ।

असार २५ भित्र बजेट पेश गर्नुपर्ने स्थानीय तहहरुले असार १० गतेभित्रै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने नीतिगत व्यवस्था रहेकाले जनप्रतिनिधिलाई चटारो छ । बजेट निर्माणको पूर्व तयारीमा जुटेका जनप्रतिनिधिहरुलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत समुदायस्तरका आवश्यकतामा केन्द्रित भएर धेरै बजेट माग गरिएको छ ।

युवाहरूलाई स्वरोजगार बनाउन,किसानहरूलाई मौसम अनुसार कृषि बीउ वितरण,आत्मनिर्भर र स्वरोजगार बनाउन सिलाइ–बुनाइ;विद्युतीय मेसिनहरूको मर्मत एवं ड्राइभिङ लगायतका सीपमूलक तालिमहरू, समुदायस्तरमा लक्षित समुहले विपन्नको जीवनस्तरमा सुधार ल्याउने योजना अहिलेसम्म प्राथमिकतामा नपरेकाले यसपटक बजेटमा रोजगार तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिन माग गरेका छन् ।

वडामा सिमित बजेटका कारण टुक्रे, साना योजना छनोट गर्नुपर्ने बाध्यता रहेको जनप्रतिनिधिको भनाई छ । आन्तरिक आम्दानी न्यून भएका स्थानीय तहले केन्द्रीय अनुदान र स्थानीय सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी उपलब्धिमूलक योजना बनाउने मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

0

म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १० वटै वडाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको बेनी नगरपालिकाको न्यायिक समितिका उजुरी प्रशासक प्रभा शर्माले बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा म्याग्दी जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डीतले मेलमिलापकर्ताहरुले कसैको पक्ष नलिई विकल्पहरुमा विवादको पक्ष र विपक्षलाई छलफल गराई मेलमिलाप हुने भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तटस्थ भूमिका निर्वाह गर्न, नायायज इच्छा नराख्न आग्रह गर्नुभयो । गाउँघरमै बिवादको निरुपण हुँदा अदालतमा मुद्दाको चाप घट्ने, नागरिकलाई समय र खर्चको बचत हुने न्यायाधिश पण्डितको भनाई थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापनाका लागि गत वर्षनै सामग्री व्यवस्थापन भएको र यसपाली मेलमिलापकर्ता सूचिकरण गरेर वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो ।

तालिममा सहभागि मेलमिलापकर्ताहरुलाई सूचिकृत गरेर वडा स्तरमा विवाद निरुपणका लागि परिचालन गर्ने तयारी भएको उपप्रमुख लामिछानेले बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक हरिप्रसाद पण्डितलाई सहभागीले सम्मान र बिदाई गरेका थिए ।

तालिममा सहभागी लिलाराम गौतम र सिता कार्की बानियाले तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप परिचालन गरेर समाजमा विवाद निरुपणको भूमिका खेल्ने बताउनुभयो ।

अन्नपूर्ण आरोहण दिवस : मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

0

फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिन्छ ।

हर्जोकको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए । “मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उनले भने, “अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ ।”

मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध रहेको उपाध्यक्ष आचार्यले बताए । मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोड प्रति बिक्री भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । जुन पुस्तक विश्वमा धेरै प्रति बिक्री हुने मध्येमा पर्दछ ।

“हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए,” हर्जोगले आफ्नो पुस्तकमै लेखेका छन्, “हिमालमा फ्रान्सेली झन्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन ? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।”

हातखुट्टा गुमाए, विश्वको सम्मान पाए

अन्नपूर्णको सफल आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने थप पीडामा बिताए । आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । उनले ३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहण गरेका थिए।

फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो । नेपालबाट फर्कंदा भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर उनी आफ्नै जन्मथलो फर्किएको थियो । फ्रान्समा पनि राम्रो उपचार नभएपछि उनले अमेरिका पुगेर कृत्रिम हातखुट्टा राखेका थिए ।

नेपालका तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो । तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झन्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो । हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गरेका छन् ।

हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो । नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामाकरण गरेको छ ।

पदमार्गको प्रचारप्रसार गर्न प्रवेशविन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्वस आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामाकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताए । “हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको अहिले पहिचान भएको छ,” अध्यक्ष पुनले भने, “प्रकृतिको वरदान मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौँ ।”

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

“हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै पदमार्ग तयार गरेका छौँ,” उनले भने, “अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।”

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पार्न अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले यस वर्ष विनियोजन भएको ५० लाख बजेटबाट आश्रयस्थलको क्षमता विस्तार थालिएको र गुरुयोजनाअनुसार सङ्घीय, प्रदेश सरकारबाट स्रोत जुटाएर पूर्वाधार विस्तार गरिने बताए ।

अन्नपूर्ण दिवसमा राजदूतहरुको पदयात्रा

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा रहेका नौ देशका राजदूतहरुलाई पदयात्रा गराइ सोमबार पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस मनाउने कार्यक्रम तय भएको छ । पदयात्रामा अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलङ्का, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका उच्च अधिकारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पदयात्रामा सहभागी हुने पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले परराष्ट्र मन्त्रालयसँगको सहकार्य, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको समन्वयमा आयोजना गरिएको कास्कीको माछापुच्छ«े गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म हुने पदयात्रामा सहभागी हुन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत अतिथिहरु आइतबार नै पोखरा आउने कार्यक्रम रहेको बताए ।

दिवसका अवसरमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा याङजोम शेर्पा र लाक्पाडेन्डी शेर्पालगायतलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रुपमा पनि दिवस मनाउन लागिएको पोखरेलले बताए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । टान गण्डकीले सोमबार पोखराको ‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको अध्यक्ष धर्म पन्थीले बताए । रासस

प्रभु महालक्ष्मी लाइफले मृत्यु दाबी भुक्तानी

0

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीको धवलागिरी गाउँपालिका-२,लम्सुङमा मृत्यु दाबी भुक्तानी गरेको छ । स्थानीय मिता कुमाइ सिर्पाली कम्पनीसँग जीवन बीमा गरेकोमा उनको मृत्युपछि श्रीमान सोमबहादुर सिर्पालीलाई एक कार्यक्रम गरी रकम भुक्तानी गरिएको हो ।

१० लाखको लोकप्रिय धन फिर्ता जीवन वीमालेख खरीद गरेकी सिर्पालीलेचार किस्तामा १ लाख ५३ हजार ८८० रुपैयाँ तिरेकोमा मृतकको परिवारलाई दोब्बर भुक्तानी अन्तरगत २१ लाख ४५ हजार चेकमार्फत हस्तान्तरण गरिएको शाखा प्रबन्धक रामजी आचार्यले बताए ।

उनका अनुसार उक्त दाबी भुक्तानी वडा अध्यक्ष अकप्रसाद विक, धवलागिरी गाउँपालिकाकी संस्थापक अध्यक्ष थमसरा पुनमगरले हस्तान्तरण गदैं बिमाको महत्वका बारेमा समेत चर्चा गरिएको थियो ।

उक्त रकम १ छोरा र १ छोरीको शिक्षादीक्षामा खर्च गरिने छ । बिमाकर्ताको निमोनियाका कारण रगतमा संक्रमण फैलिएर मृत्यु भएको थियो। म्याग्दीमा मृत्यु दाबी भुक्तानीका लागि अनुरोध भएकोमा आवश्यक प्रकृया पूरा गरी छिटो पिडितका परिवारलाई भुक्तानी गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी अगाडी छ ।

error: Content is protected !!