Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 467

कुवेतबाट फर्किएकी हिराकुमारी घर पुग्दा थामिएनन् आँशु

घरेलु कामदारको रूपमा भारत हुदैं कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाल बुधबार विहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान गणेशबहादुरले फुल दिएर स्वागत गरे ।

छोराछोरी विद्यालय नै नगई आफ्नो स्वागतमा बसिरहेको देखेर हिराकुमारी गहभरि आँसु बनाउँदै रुन थालिन् । कुवेतमा भोगेको मानसिक र शारीरिक यातनाले हिराकुमारीको उदास आँखा र भावविहीन अनुहार देखिन्थ्यो ।

गहभरि भरिएका आँसु,कुवेतीको यातनासँगै भारत हुदै जाँदा लिएर गएको एउटा सानो झोला बोकेर घर फर्किएकी हिराकुमारीलाई घर पुग्दा केहीबेर सन्नाटा छाएको थियो । उनलाई देखेर घरपरिवारसँगै आफन्त, छिमेकी सबै सबै स्तब्ध देखिन्थे। हिराकुमारीलाई भेट्दा उनका श्रीमान र आफन्तले आँशु थाम्न सकेनन् ।

जटिल रोगबाट ग्रसित श्रीमानको उपचारको क्रममा भारतमा नेपाली दलालले आकर्षक तलबको प्रलोभनमा पारेपछि श्रीमानलाई घर पठाएर उतैबाट कुवेत उडेकी हिराकुमारीलाई विगत पाँच महिनादेखि क्ुवेतीले भोकभोकै १८ घण्टासम्म काम गराउने, समयमै तलबसुविधा नदिने र माग्दा समेत कुटपिट गर्ने गरेको बताईन् ।

भारतबाट नेपाली दलाल ग्याल्पा लामाले कम्पनीमा काम गर्ने भन्दैपठाएको केही दिनमै एजेन्टले कुवेतमा बिक्री गरेका थिए। गैरकानुनी रुपमा कुवेत जानु भनेको मृत्युमार्ग रोजे जस्तै हुने बताउँदै हिराकुमारीले कुवेतीको घरमा काम गर्दा एकदिन राम्रोसँग सुत्न र मिठो खान समेत नपाएको बताईन् ।

सडेगलेका खानेकुरा खान दिने, काम नगरेको भन्दै कुटपिट गर्ने, मानसिक यातना दिन थालेपछि बाध्य भएर मिडियाको सहयोग लिएको र उद्धारका लागि सञ्चारमाध्यम वा आत्महत्या गर्ने दुईवटा बिकल्प मात्रै आफुँसँग रहेको हिराकुमारीको भनाई छ ।

घरमा स्वागतका लागि आएका छिमेकी र आफन्तलाई कुवेतमा पाएको पीडाको बयान गर्दै हिराकुमारी पटक–पटक भक्कानिएकी थिइन्। कुवेती एजेन्टले १ हजार डिराममा बजारमा सामान खरिद गरेजस्तै गरी कुवेतीको घरमा बिक्री गरेपछि कुवेतीको चरम यातना सहनुपर्ने अवस्था रहेको उनको भनाई छ ।

धेरै नेपाली दिदीबहिनीहरू आँसु पिएर बाँच्नुपर्ने अवस्था रहेको हिराकुमारीको भनाई छ ।आफ्नो उपचारमा सहयोग गर्न र छोराछोरीको शिक्षादीक्षाका लागि कुवेत गएकी श्रीमति त्यहाँबाट फर्किएपछि निकै उत्साहित भएको श्रीमान गणेशबहादुर चोखालले बताए ।

साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेहरूलाई झनै समस्या हुने गरेको छ । करिब ८ महिनापछि आमाको काख पाउँदा छोराछोरी खुसी भएका थिए । आमाको अभावमा पढाईमा समेत समस्या भएकोमा अब निरन्तर पढाईमा ध्यान दिने छोरी पूर्णिमा चोखालले बताईन् ।

वैदेशिक रोजगारका भारतमा रहेका नेपाली एजेन्टहरुको आकर्षक कमाईको कहालीलाग्दो यात्राबाट कुवेत पुगेका धेरै नेपाली महिलाहरूले नारकीय जिवन विताइरहेका छन् । नेपाली एजेन्टले कुवेत जाँदा अन्य युरोपियन मुलुकमा जान सकिने पिआर पाइने, राम्रो काम र कमाइ हुने प्रलोभन समेत दिने गरेको पाइएको छ ।

हिराकुमारीलाई बेनपा–९ का निर्वतमान वडा सदस्य अम्मरबहादुर बस्नेत, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, स्थानीय यूवा पुन्य चोखाल, काउँलेगौडा यूवा क्लवका पूर्व अध्यक्ष चिरिञ्जीवि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

हिराकुमारीलाई मोना कतार बहुद्देश्यीय अक्षय कोषको आर्थिक सहयोग

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।

आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै पुगेर १५ हजार ५५५ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बैदेशिक रोजगारीमा समस्यामा परेका म्याग्देली तथा उपचार सहित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको मोना कतार बहुद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य हरिकृष्ण गौतम, मोना कतारका पूर्व उपाध्यक्ष पुन्य चोखालले हिराकुमारीलाई रकम हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–९ का निर्वतमान वडा सदस्य अम्मरबहादुर बस्नेत, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, काउँलेगौडा यूवा क्लवका पूर्व अध्यक्ष चिरिञ्जीवि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा मोना कतारका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी ५ हजार सहयोग गरेका थिए ।

जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखालले आर्थिक सहयोग गर्ने संघसंस्था र ब्यक्तिलाई धन्यवाद दिईन् । उनले आर्थिक सहयोगलाई छोराछोरीको शिक्षादीक्षामै खर्च गर्ने बताईन् ।

यता मोना कतार बहुद्देश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्कीले बैदेशिक रोजगारीमा समस्यामा परेकालाई प्राथमिकताका आधारमा सहयोग गर्ने बताए ।

‘संस्था स्थापनाकालमै छ, हामीले सानो सहयोगमार्फत पीडितको घरसम्म पुग्ने प्रयास मात्रै गरेका छौ’ अध्यक्ष कार्कीले भने । उनले गैरकानुनी रुपमा बैदेशिक रोजगारीमा महिला दिदीबहिनीलाई जानुपर्ने अवस्थाको अन्त्य गर्ने सचेतनामुलक अभियान सहितका कार्यहरु गर्नुपर्ने बताए ।

डिफेन्डिङ च्याम्पियन सारदा माविको विजयी सुरुवात

म्याग्दीको सदरमुकाम बेनीमा जारी २१ औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङले विजयी सुरुवात गरेको छ । बुधबार विहानको उद्घाटन खेलमा बुद्ध एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै गतबर्षको विजेता मंगला गाउँपालिका–५ अर्मन छिस्वाङको सारदा माविले सुखद सुरुवात गरेको हो ।

त्यस्तै दोस्रो खेलमा प्रकाश मावि बेनीलाई मालिका गाउँपालिका–५ देविस्थानको गौगमबस्त्र माविले २–३ गोलले पराजित गरेको छ ।

प्रतियोगिताको उपाधीको दावेदार मानिएको प्रकाश माविलाई स्तब्ध पादैं गौगमबस्त्रका खेलाडी दोस्रो चरणमा प्रवेश गरे । प्रतियोगिताको उद्घाटन र दोस्रो खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । मंसिर १९ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता २३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले बताए ।

यसपटक प्रतियोगितामा सदरमुकाम बाहिरबाट आएका विद्यालय समेत उपाधीका दावेदार छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीले बताए ।

 

फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई

म्याग्दी, २० मङ्सिर । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्व मुख्य सचिव डा सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए ।

उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाए । “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,” उनले भने “अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । एक पटकै आउनैपर्ने ठाउँ रहेछ् ।” फुतफुते झरनाको वेसान आवाजमा रमाउदा जलको मोतिमा डुबेको अनुभव गरेको पर्यटनविद् लामिछानेले बताए ।

उनीहरुका लागि मात्र नभएर नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पूर्व मुख्य सचिव सुवेदीले बताए ।

“सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,” उनले भने “झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ् ।” अग्लो पहाडबाट सेतो रङ्गमा खस्ने झरनाको फेदीमा बनेको निलो रङ्गको सफा तलाउ मनमोहक छ ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको अन्नपूर्ण गाउँपालिका–६ घारका राजाराम बरुवालले सुनाए । नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्नेगर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर पदमार्ग तयार भएको छ ।

प्रथम आरोहीको सम्मानमा यो पदमार्गको नाम ‘मौरिज हर्जोग’ राखिएको छ । फुतफुते झरना यो पदमार्गको आकर्षण बनेको वडा सदस्य भीम शेरपुञ्जाले बताउनुभयो । नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दामाथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन् ।

पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ ।सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाइरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०/३० आन्तरिक पर्यटक आउने गरेका मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए।

फुतफुते झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवद्र्धनका लागि तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । “फुतफुते झरना वारपारका लागि अहिले रहेको काठको झोलुङ्गे पुललाई मर्मत गर्ने तयारी गरिएको छ,” उनले भने, “फुतफुतेसहित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरक्षेत्रमा पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउन अध्ययन सुरु भएको छ ।” रासस

कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो

धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन भएपछि यो रुटमा यात्रा गर्दा पोखरा स्याङजा–वालिकबाट भन्दा झण्डै ७० किलोमिटर दुरी छोटो हुन्छ । फलेवासको मुडिकुवा देखि ढिकबाट कुर्घा जोड्ने झण्डै ३ किलोमिटर सडकको स्तरोउन्नती भईरहेको छ ।

पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो । उक्त स्थानमा बन्दै गरेको लमायखोला मोटरेवल पुल समेत सम्पन्न हुँदा यो क्षेत्रबाट बुटवल, पाल्पा लगाएतका जिल्लामा जानका लागि सडक सञ्जाल निकै छोटो हुनेछ ।

लोकमार्गको मुडिकुवाबाट शुरु हुने सार्वजनिक यातायात विहादी गाउँपालिकाको सेतीवेणी हुँदै मिर्मिबाट पाल्पा सडक खण्डमा भएर जान्छ । बुटवल देखि कुश्मासम्मको दुरी छोटो बनाउने उक्त कालीगण्डकी लोकमार्गको पाङराङ, बाच्छा, बर्राचौर हुँदै रानीपानीसम्मको सडक कालोपत्रे भएको छ ।  रानीपानी देखि सेतीवेणी हुँदै मिर्मिसम्मको सडकको स्तरोउन्नती हुँदैछ । यो सवै खण्ड पुरा हुँदा बुटवल देखि कुश्मासम्मको दुरी ७० किलोमिटर भन्दा बढि कम हुनेछ ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतबाट ब्यवसायीक तथा विभिन्न कामको सिलसिलामा पोखरा स्याङजा–वालिक,मुग्लीङ, चितवन हुदै जाने गरिएकोमा अब कालीगण्डकी लोकमार्गबाट सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी न्यूज अनलाईनको सहयोगमा

पर्यटन प्रवर्धन गर्न बागलुङ महोत्सव

गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव हुने भएको छ।

पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए।

हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड– १९ का कारण प्रभावित भएको थियो। महोत्सवका क्रममा पुरुष भलिबल, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन्। महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ रहेको छ।

जातीय नरसंहारविरुद्ध ऐतिहासिक न्याय

साढे तीन वर्षअघि रुकुम पश्चिम चौरजहारी नगरपालिकास्थित सोती गाउँमा भएको जातीय नरसंहार प्रकरणमा जोडिएका हाल पुर्पक्षका लागि थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। तीमध्ये एकजना नाबालकसमेत छन्। अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले उनीहरूलाई जन्मकैदसहित सामान्य तारेख र धरौटीमा रहेका आठ जनालाई सफाइ दिएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जनाए। नवराजकी प्रेमिका भनिएकी मल्ल थरकी युवती र उनकी आमासहित अन्यलाई जातीय छुवाछूतमा दुई वर्ष सजाय र ५० हजार रूपैयाँ जरिवाना सुनाइएको छ। मृतकका परिवारलाई दामासाहीले जनही ४० हजार रूपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरिएको छ।

उक्त सुनुवाइले पीडित परिवारले न्याय महसुस गरेका छन्। उनीहरूले जिल्ला अदालत रुकुम पश्चिमअगाडि खुसीसमेत व्यक्त गरेका छन्। आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। पीडित परिवार र दलित अधिकारकर्मीहरू जिल्ला अदालतको मूल गेटअगाडि न्यायको पर्खाइमा थिए। अन्ततः अदालतले न्याय दिएको पीडित परिवारले जनाएका छन्। २०७७ जेठ १० गते जाजरकोट भेरी–४ स्थित रानागाउँका २१ वर्षीय नवराज साथीहरूसहित प्रेमिकाको गाउँ गएका थिए।

मल्ल थरकी प्रेमिकासँग बिहे गर्न भनी उनी छिमेकी जिल्ला रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए ।सोहीबेला चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित उनका साथी सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको हत्या भएको थियो।

जन्मकैदको सजाय पाउनेमा तत्कालीन वडाध्यक्ष मल्ल, नवराजकी प्रेमिका भनिएकीका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), एक नाबालक (नाम गोप्य), डिल्ली मल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी (इर्दबहादुर ठकुरी), लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित मगर र विष्णु मल्ल छन्। उनीहरू हाल पुर्पक्षका लागि थुनामै छन्। जन्मकैदको सजाय सुनाइएहरूमध्ये एक जना पुर्पक्षबाहिर रहेका पनि छन्। ११ जना पुर्पक्षबाहिर रहेर तारेख खेपिरहेका थिए।

सोती घटनामा संलग्न ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो। सफाइ पाउनेमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीम बहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन्। मुद्दामा वादीहरूका तर्फबाट अधिवक्ता मोहन साशंकर, श्याम विश्वकर्मा, दिनेश त्रिपाठी, यामकुमारी डटेल, प्रकाश नेपाली, राम शर्मालगाायतले बहस गरेका थिए। आइतबारदेखि लगातार तीन दिन बहस चलेको थियो।

९ महिनादेखि बेपत्ता महिला अझै फेला परिनन्

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खोपिल्टाकी ५० बर्षीया एक महिला ९ महिनादेखि बेपत्ता महिला अझै फेला परेकी छैनन् । बि.स २०७९ चैत्र १३ गते देखि आफ्नै घरबाट बेपत्ता भएकी ५० वर्षीया बिजुला खत्रीको खोजीमा परिवारका सदस्यहरू भौँतारिइरहेका छन् ।

घरबाट हराएकी खत्रीको मुस्ताङ, म्याग्दी, बागलुङका साथै आफन्तकोमा समेत खोजीकार्य गरिएको थियो । बेपत्ता खत्रीका श्रीमान कर्णबहादुर राईले  आत्महत्या वा कुनै ठाउँमा गएको भन्ने अहिलेसम्म पत्ता नलागेको बताउनुभयो । धेरै खोजीकार्य गरेपनि अहिलेसम्म कतै फेला परेको खबर नआएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाबाट अनुगमनको क्रममा उक्त क्षेत्रमा पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष दिवा पुनले एक्कासी बेपत्ता भएको अवस्थामा गाउँलेले समेत लामो समयसम्म खोजीकार्य गरेको पाइएको बताउनुभयो ।बेपत्ता खत्री एकाएक बेपत्ता भएको दिनदेखि नै खोजीकार्य भएपनि फेला नपरेको स्थानीयको भनाई छ ।

परिवारका सदस्यले खोजीकार्यका लागि प्रहरी कार्यलयमा पनि निवेदन दिएका थिए । बेपत्ता खत्रीको ३ छोरीले विवाह गरेर गइसकेको र श्रीमानसँग दुई छोरा छन् । आर्थिक अवस्था अत्यन्न नाजुक रहेको अवस्थामा स्थानीयले सहयोग समेत गर्ने गरेका छन् ।

बेनीको खुलामञ्च ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र

गतबर्ष असोज–कात्तिक महिनामा म्याग्दीको सदरमुकामस्थित खुल्लामञ्चमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बेनीको खुल्लामञ्चको पूर्वाधार विस्तारमा ४ करोड विनियोजन गर्ने सार्वजनिक रुपमै प्रतिबद्धता जनाएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बजेट नै पठाएनन् ।

मिनी रंगशालाको अवधारणा अनुसार नगरपालिकाले तयार गरेको डिपिआर सहित पटक–पटक सदस्य सचिव घिसिङलाई भेट्न जाँदा बेनी नगरपालिकाका मेयर सुरत केसी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा सहितको टोलीलाई समेत समय दिएनन् ।

महिला भलिबलकी राष्ट्रिय टोलीकी कप्तान अरूणा शाही, नेपाल प्रहरी क्लवकी महिला भलिबल कप्तान कमला पुनको जिल्लाको सम्मानका लागि समेत बजेट पठाउने सदस्य सचिप घिसिङले प्रतिबद्धता जनाएको मेयर केसीले बताए ।

सार्वजनिक भाषण र ब्यक्तिगत भेटघाटमा पनि बजेट हाल्ने प्रतिबद्धताले उत्साहित थियौ,‘म्याग्देलीलाई उहाँले धोका दिनुभयो,यसपटक नगरपालिका बाहेक कतैबाट पनि बजेट आएन’ मेयर केसीले भने ।

म्याग्दी जेसीजको मंगलबार साँझ जेसीज सचिवालयमा आयोजित २१ औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा मेयर केसीले नगरपालिकाको बजेटबाट मात्रै मिनी रंगशालाको सपना पूरा नहुने बताए ।

खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने अभियानमा विगत ५ बर्षदेखि संघीय सरकारबाट बजेट आएको छैन भने प्रदेश सरकारको समेत प्राथमिकतामा परेको छैन् । अव्यवस्थित मैदानका कारण फुटबलका फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको मापदण्ड नपुग्दा९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।

मिनी रंगशाला बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण गति लिन नसकेको बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

‘विगतमा कनिका छर्केजस्तै बजेट आउने गरेको थियो, अहिले त्यही पनि छैन’ वडा अध्यक्ष श्रेष्ठले भने ।बेनी नगरपालिकाले चालु आवमा विनियोजन गरेको २० लाख बजेटबाट अहिले काम भइरहेको छ ।

अघिल्लो बर्ष बेनीमा आएका गण्डकी प्रदेशका सांसद एवम् पूर्व युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ (मनाङ्गे)ले खुल्लामञ्चको बिस्तारका लागि ८ लाख बिनियोजन भएको खवर सुनाएर फर्किएका थिए ।

मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउन अहिलेकै अवस्थामा बजेट विनियोजन भए अझै एकदशक लाग्ने देखिन्छ ।

खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने गण्डकी प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भए करिब २ बर्षमै मिनी रंगशाला तयार हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

म्याग्दी नदी र कालीगण्डकी किनारतर्फ प्याराफिट बनाउने काम भइरहेको छ कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । खेलमैदान सुधारको अभियान सुरु भएको २९ बर्षसम्म पनि सदरमुकाम बेनीको एउटा खेलमैदान बनाउन म्याग्दीबाट निर्वाचित भएर गएका सांसदहरू असफल भएका छन् ।

 

मलेसियामा कुईनेमंगलेका दिपक छन्त्यालको निधन,शब नेपाल ल्याइने

मलेसियाको एक अस्पतालमा म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुईनेमंगलेका का २६ बर्षिय दिपक छन्त्यालको निधन भएको छ । रोजगारको सिलसिलामा मलेसियामा पुगेका छन्त्याल अचानक बिरामी भएपछि ३६ दिन अगाडी अस्पतालमा भर्ना भएका थिए । शरीरका विभिन्न अंगमा समस्या देखिएपछि सरकारी अम्पाङ्ग अस्पतालमा भर्ना भएका छन्त्यालको सोमबार निधन भएको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोकाले बताए ।

’कानु्नी प्रक्रिया पूरा गरी शब पठाउँछौ, धेरै प्रयास गर्दा पनि बचाउन सकिएन‘ अध्यक्ष रोकाले भने । उनका अनुसार छन्त्यालको मुटु र मृगौलामा खरावी देखिएपछि आइसियूमा अक्सिजनको सहायतामा उपचार भइरहेको थियो ।

छन्त्यालको उपचारमा मोना अन्तराष्ट्रियले समेत सबै राष्ट्रिय कार्यकारी समितिमार्फत आर्थिक संकलन समेत गरेको थियो भने कुईनेमंगलेबाट विभिन्न देशमा रहेका स्थानीयले समेत उपचारमा आर्थिक जुटाइरहेका थिए । उपचार भइरहेको अवस्थामा छन्त्यालका बुबा समेत मलेसियामा पुगेका थिए ।

कम्पनीमा सुतिरहेको अवस्थामा बिरामी भएपछि साथीहरुको सहयोगमा अस्पतालसम्म पुगेका छन्त्यालको सरकारी अस्पतालमा उपचार भएकाले नेपाली दुतावासमार्फ उपचार खर्च छुट तथा शब नेपाल ल्याउन समेत आवश्यक कागजी प्रक्रिया भइरहेको छ ।

यसैबीच मोना मलेसियाले उपचारार्थ छन्त्यालको निधनबाट स्तब्ध भएको जनाएको अध्यक्ष रोका र महासचिव केशबहादुर बहादुर रोका मगरले शोक नोटमार्फत परिवारलाई समवेदना प्रकट गरेका छन् । दिपक ६ बर्ष पहिले मलेसिया पुगेका थिए।