Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 679

डेढ महिनादेखि युकेमा हराइरहेका पुनः मृत अवस्थामा भेटिए

बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ आसपासमा फेला परेको थियो ।

डिसेम्बर १ तारिख साँझ ७ः३८ बजे अल्ट्रासटको इन्टपार्क सडकमा अन्तिम पटक देखिएको र त्यसपछि वेपत्ता भएका पुनको खोजीमा बेलायत प्रहरीले डेढमहिना बिताएको उल्लेख गरेको छ । ह्याम्पसायरस्थित जघन्य अपराध शाखाका प्रमुख आडम इडवार्डसले किरणलाई के भएको थियो भन्नेबारे बुझ्न र उहाँको परिवारलाई यो दुःखद क्षणबारे जवाफ दिन प्रहरी प्रशासनले मेहनत गरिरहेको बताए ।

प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ । प्रहरीले परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतले सहयोग गरिररहेको बताइएको छ ।

पुन हराएपछि अनुसन्धानका क्रममा ह्याम्पसायर प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । प्रहरीले धटनास्थलका वरिपरीका धरमा आफ्नो टीम पठाएर धटनाबारे स्थानीयसँग कुनै प्रमाण वा अन्य कुनै जानकारी भए लिने पनि ह्याम्पसायर प्रहरीले बताएको छ । यसका साथै घटनाबारे कोही कसैलाई केही जानकारी भए प्रहरीको आपतकालीन सेवामा सञ्चालित १०१ मा फोन गरी बताइदिन अनुरोध पनि गरेको छ ।

सडक दौडको च्याम्पियन नविन र सविना

जिल्ला खेलकुदा विकास समिति म्याग्दीको आयोजना र खेलकुद परिषद गण्डकीको समन्वयमा शुक्रबार पुरुष तर्फ ८ र महिला तर्फ ६ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ बेनी नगरपालिका ५ पुलाका नविन कार्की प्रथम हुनुभएकाे छ । कार्कीले ८ किलोमिटर दुरी २३ मिनेट ५३ सकेण्डमा पार गरि प्रथम हुनुभएको हो ।

धवलागिरि गाउँपालिकाका विराज परियारले सोही दुरी २४ मिनेट १५ सेकेन्डमा पुरा गरी दोस्रो हुनुभयो भने २५ मिनेट तिन सेकेन्डमा सोही दुरी पारगरी मालिका गापा ६ का अर्जुन विकले तेस्रो स्थान हासिल गर्नुभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । यसैगरी महिला तर्फको रघुगंगा गापा, ३ पिप्लेकी सविना विकले १९ मिनेट ४५ सेकेण्डमा ६ किमी दुरी पार गरी महिला तर्फको दौडमा पहिलो हुनुभयो ।

तेज धाविका विक रघुगंगा माध्यामिक विद्यालय पिप्लेमा ८ कक्षामा अध्ययनरत हुनुहुन्छ । मंगला गापा, ५ अर्मन पोककी रिक्जना माझीले सोही दुरी २० मिनेट १३ सेकेण्डमा पार गरी दोस्रो स्थान हासिल गर्नुभयो भने धवलागिरि गाउँपालिका ७ की मनिषा खत्रीले सोही दुरी २२ मिनेट ३९ सेकेन्डमा पारीगरी तेस्रो स्थान हासिल गर्नुभयो ।

दौड प्रतियोगितामा पुरुष तर्फ २३ जना र महिला तर्फ ७ जना धाविकाहरु सहभागी भएका थिए । प्रतियोगितमा पुरुष तर्फका प्रथम,द्धितिय र तितृय हुनेहरुलाई क्रमशः १० हजार,८ हजार र ५ हजार नगद सहित प्रमाणपत्र र महिला तर्फ प्रथम,द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः ५ हजार,३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी हुनेहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी,प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पालिकस्तरीय भलिबलको उपाधी अन्नपूर्ण र रघुगंगालाई

बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो ।

प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताए । भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी,प्रमाणपत्रसहित क्रमशः नगद रु ८८ हजार ८८८ र रु ५५ हजार ५५५ पुरस्कार प्रदान गरिएको छ।त्यसैगरि महिला भलिबलतर्फ धवलागिरि गाउँपालिकालाई सोजो ३ सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको हो ।

प्रतियोगितामा धवलागिरिलार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको थियो । महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिम नगद रु ५५ हजार पाँच सय ५५ र दोस्रो हुनेले रु ३३ हजार तीनसय ३३ नगद पुरस्कारको साथमा ट्रफी, मेडल, र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई समेत नगद पुरस्कार र ट्रफिद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा,म्याग्दी उवासंघ म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपध्यक्ष लिलाराम गौतम लगायतको उपस्थिति रहेको थियो ।

‘अब वडामै पुगेर संकलन गरिन्छ राष्ट्रिय परिचयपत्रको विवरण’

म्याग्दीका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले शुक्रबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा म्याग्दीको सबै स्थानीय तहको वडास्तरमै प्रविधिसहित दक्ष प्राविधिकको टोली खटाइने छ । विभागका निर्देशन सागरमणी पाठकका अनुसार बेनी नगरपालिका र पाँच गाउँपालिकाको ४५ वडामा ३० वटा स्टेशनमार्फत विवतरण संकलन गरिने बताए ।

‘केही महिना भित्रै जिल्लाका सबै वडामा पुगेर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिसक्ने लक्ष्य छ,‘भौगोलिक विकटतालाई हेरेर कार्यतालिका बनाउनुपर्छ’ निर्देश्क पाठकले भने । उनका अनुसार डिजिलट तथ्याङ्क अनिवार्य भएकाले सबै वडाका जनप्रतिनिधिले तथ्याङ्क संकलनमा उच्च प्राथमिकता दिनुपर्ने बताए ।

एकैपटक सबै पालिकामा सम्भव नभएकाले पहिलो चरणमा बेनी नगरपालिका १० वटै वडामादुई÷दुई जनाको २० जना कर्मचारी विवरण संकलकका लागि उपकरण सहित खटाइएको छ भने दुईवटा स्टेशनलाई जिल्ला प्रशासन कार्यालयमा राखिने बताइएको छ । एउटा वडामा जनसंख्या र भौगोलिक अवस्था हेरेर ७ देखि १५ दिनसम्म विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

‘स्थानीय तहसँग समन्वय गरी कार्यतालिका बनाउँछौ,‘वडामै पुगेको अवसरलाई छुटाउनुहुदैन’ प्रजिअ पौडेलले भने । विवरण संकलनमा कोही नछुटाउने गरी प्रचारप्रसार सहित स्थानीयतस्रमा रहेका संघसंस्थाको समेत सहयोग आवश्यकता रहेको प्रजिअ पौडेलको भनाई छ । पहिलोचरणमा बेनपा, मंगला गाउँपालिका हुदै सुरू गर्ने तयारी छ । भौगोलिक रुपमा विकट मानिएको र हिमपात हुने वडाहरूमा फागुन महिनापछि मात्रै विवतरण संकलन गरिने छ ।

राजनीतिक दल सहित जनप्रतिनिधि र अन्य सरोकारवाला निकायको उपस्थ्तिीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा,बेनी नगरपालिकाका मेयर सुरत केसीले वडामा टोल र बस्तीलाई विभाजन गरी वितरण संकलन गरिने बताए । उनले वडाका जनप्रतिनिििधको कार्यतालिका नै बनाएर नै विवरण संकलन गरिने बताए ।

????????????????????????????????????

सोही अवसरमा जनप्रतिनिधि, वडा सचिव लगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना संकलन गर्न मात्रै ३० मिनेट समय लाग्ने गर्दछ। राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकाले अहिले जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता शाखाबाट नम्बर लिने गरिएकोमा वडास्तरमै अभियान सञ्चालन हुने भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गराउन सक्छन्। राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, बैंकिङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन् । यता जिल्लाका राजनीतिक दलले समेत अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वास्केटबलको सेमीफाइनल समिकरण पुरा

बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ ।
शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले पराजित गर्दै रघुगंगा–४ दर्मीजा सेफिफाइनलमा पुगेको हो ।
रघुगंगा–६ पाखापानीलाई ३३ का विरुद्ध ४४ स्कोरले पराजित गर्दै रघुगंगा–३ पिप्लेको (ए) समूह सेमीफाइनल पुगेको छ । अन्नपूर्ण–६ लाई ४५ का विरुद्ध ६५ स्कोरले पराजित गर्दै बेनपा–८ र रघुगंगा–३ पिप्लेको (बि)लाई ३८ का विरुद्ध ४८ स्कोरले बेनपा–१० ले जित निकालेको हो ।

रघुगंगा–४ र बेनपा १० तथा रघुगंगा–३ र बेनपा–८ सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला वास्केटबल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेको हो ।

८ टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो चरणको खेल लिग कम नक आउट सिस्टममा खेलाइएको थियो । शनिबार फाइनल हुने जिल्ला बास्केटबल संघका चाम पुर्जाले बताउनुभयो ।  प्रतियोगितामा प्रथम र दृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ३० हजार र १५ हजार प्रदान गरिने मुल आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । 

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ । विसं २०१९ मा स्थानीयवासी खगेन्द्र केसीले कोल स्थापना गर्नुभएको थियो । हाल काठमाडौँमा बस्दै आउनुभएका उहाँले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाउनुभएको छ ।
“पचास वर्षअघि जसरी उखु पेल्न आउने गर्दथे अहिले पनि त्यस्तै छ,” खगेन्द्रका छिमेकी समेत रहेका आफन्त दिपक केसीले भन्नुभयो “उखु पेल्ने आधुनिक मेसिन विकास भएपनि यो कोलको महत्व र प्रयोग कायमै छ ।”

बेनी–दरवाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुष र माघ महिनामा कोल जडान गरिन्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरू आउने गरेका छन् । कोलमा उखु पेले वापत १५ लिटर बराबर रु ८० शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ ।

“कोलमा पेल्दा धेरै रस आउने, शुद्ध र राम्रो हुन्छ,” मंगला–५ सिर्कुमकी लिलावती सापकोटाले भन्नुभयो “कोलमा पेलेको उखुको रस स्वस्थकर पनि हुन्छ । त्यही भएर डेढ घण्टा हिडेर उखु पेल्न आएको हो ।”

कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । मंगला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकली सापकोटाका अनुसार चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । “खुदोलाई पूजाआजामा पनि प्रयोग गरिन्छ,” उहाँले भन्नुभयो “तत्कालीन चिनी पाइदैनथ्यो । गुलीयो बनाउन खुदो चाहिन्थ्यो ।”

मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ । रासस

कुक तालिम लिएर म्याग्दी महोत्सवमा होटल

म्याग्दी रघुगंगा गाउँपालिका-४,दर्मिजाका कुमार पाईजाले ४५ दिने निःशुल्क कुक तालिम लिए । बैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भएपछि पाईजासँगै तालिम लिएका पाईजा अहिले ब्यस्त छन् ।

‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत गाउँपालिकाको आयोजनामा ४५ दिने व्यवासायिक कुक तालिम सिकेका दर्मिजाका मुकेश गर्बुजा, मैवाफाँटका सरोज शर्मा, झिँका चन्द्रमान पुन र गगन पाईजाले म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनाले बेनीमा जारी सातौं म्याग्दी महोत्सवमा होटल ब्यवसाय सञ्चालन गरिरहेका छन् ।

महोत्सवस्थलमा स्टल नं ३ मा कुकु तालिममा सहभागीहरुद्धारा सञ्चालित होटलमा दैनिक भिडभाड हुन्छ । चिटिक्क पहिरन, हँसिलो मुहार र मिजासिलो व्यवहारले ग्राहकलाई आर्कषित गरेको छ । होटलमा आउने ग्राहकको रोजाई अनुसारको परिकार बनाउने, थप नयाँ परिकारलाई समेत प्राथमिकता दिने गरेको मुकेश गर्बुजाले बताए ।

‘हामीले तालिम लिएलगत्तै होटल सञ्चालन गर्दा धेरै सिक्ने अवसर पनि पाएका छौ,‘परिकार बनाउन सजिलो हुन्छ,ग्राहकको चाहना अनुसारको परिकारले व्यावहारिक अभ्यास भएको छ’ गर्बुजाले भने । होटल तालिम लिएपछि काम पाइने, आकर्षक कमाइ हुने र आतिथ्य सत्कारमा समेत थप सहज भएको अर्का कुक सरोज शर्माले बताए ।

‘सिप भए अवसरको समस्या हुदैन्, हामीले तालिममात्रै लिएर धेरै बुझ्ने अवसर पाएका छौ’ उनले भने । तालिम बाहेक यूटुव लगायत विभिन्न माध्यमबाट समेत सिक्ने अवसर मिलेको बताए। काठमाण्डौ एसिएन हस्पीलाटी एकेडेमीका सञ्चालक रविन घलेले समेत सहजीकरण गरेका छन् । तालिम लिएका दक्ष कुकलाई आर्कषक सुविधा सहितको जागिरको खोजीमा आफुँले सहयोग गरेको प्रशिक्षक घलेले बताए ।

‘तालिम लिएका कुकलाई खाली हात बस्नुपदैन्,‘अहिलेसम्म तालिमपछि आफै ब्यवसाय सञ्चालन गर्ने धेरै छन्’ प्रशिक्षक घलेले भने । उनले यूवाहरुले होटल सञ्चालन गरेर दैनिक २० देखि ४० हजारसम्मको कारोबार हुने गरेको छ ।

तालिम लिएर यूवाहरुले होटल ब्यवसाय सञ्चालन गरेपछि गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी सहितको टोलीले समेत स्थलगत अवलोकन तथा थप प्रोत्साहन गरेको यूवाहरुको भनाई छ । म्याग्दीमा ब्यवसायीक होटल तालिममा काठमाण्डौ एसिएन हस्पीलाटी एकेडेमीले नियमित सञ्चालन गर्ने गरेको छ ।

 

‘सिस्नु खाएकै जाती’…

म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको अवसरमा स्टलमा राखिएको सिस्नुको धुलो देखाउँदै एक उद्यमी । पूर्ण अर्गानिक खाद्य सिस्नुमा २३ प्रतिशतभन्दा बढी फलाम तत्त्व, २४.५ प्रतिशत कुड प्रोटिन, फाइबर ८ प्रतिशत, फ्याट १.५ प्रतिशत, जलांश ९.८५ प्रतिशत पाइन्छ ।

म्याग्दी महोत्सवमा १४ जना कृषक पुरस्कृत

म्याग्दीका १४ जना कृषकहरुलाई बिहिबार बेनीमा पुरस्कृत गरिएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ का अवसरमा आयोजित कृषि मेलामा उत्कृष्ट हुने कृषकहरुलाई पुरस्कृत गरिएको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुष २८ देखि ३० गतेसम्म सञ्चालन भएको प्रर्दशनीमा ६६ जना कृषकहरुले सहभागिता जनाएका थिए । सात वटा विधामा प्रथम र दृतीय हुने कृषकलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्राबिधिक सम्झना आचार्यले बताउनुभयो ।

फलफुल बालिमा रघुगंगा–७ को नामेला कृषि तथा पशुपक्षीपालन समूह प्रथम र मंगला २ का थमबहादुर बोहोरा दृतीय हुनुभयो । आलु टमाटर समूहमा बेनपा २ खबराका सोवित शर्मा प्रथम र मंगला २ तोराखेतका छमलाल पौडेल दृतीय हुनुभएको छ ।

तरकारीबालीमा बेनपा ४ का सन्दिप खत्री र बेनपा ५ का मुक्ति खड्का दृतीय हुनुभयो । लहरेबालीमा रघुगंगा ७ का नामेला कृषि तथा पशुपंक्षीपालन समुह प्रथम र बेनपा २ की देवी शर्मा दृतीय हुनुभएको छ ।

मसलाबालीमा बेनपा ५ का गोर्खबहादुर किसान प्रथम र बेनपा ४ की नन्दकली शर्मा दृतीय, जरेबालीमा राजु राम्जाली प्रथम र ममता खत्री दृतीय हुनुभएको छ । बिबिधमा बेनपा ५ का टेकबहादुर कार्की र रघुगंगा–७ का ठगबहादुर पुन दृतीय हुनुभयो ।

प्रथमलाई रु. तीन हजार पाँच सय र दृतीयलाई रु. दूई हजार कर सहित नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कृषकहरुमा प्रतिस्पर्धी भावनाको विकास र उत्कृष्ट फसल उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देल, म्याग्दी उद्योेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, पुर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महासचिव अमित बानिया र कार्यसमिति सदस्य मोतीलाल पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

 

पालिकास्तरीय भलिवलको फाइनल खेल शुक्रबार हुने

सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको पुरुष र महिलातर्फको फाइनल खेल शुक्रबार हुने भएको छ । प्रतियोगिताको पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेको छ भने महिलातर्फ अन्नपूर्ण र धवलागिरी गाउँपालिका प्रवेश गरेको जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ ।

बुधबार बेनीमा भएको पुरुषको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित गर्दै रघुगंगा गाउँपालिका फाईनल प्रवेश गरेको थियो।  प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा धवलागिरी गाउँपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गर्दै अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेको थियो।पालिकास्तरीय भलिवलमा आठ टिमको सहभागिता रहेको थियो ।

भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।