Thursday, June 26, 2025
25.6 C
Beni
25.6 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 687

बेनी नगर प्रहरीको भर्ना प्रक्रिया सुरु

बेनी नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ । बेनीबजारभित्र सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान सहित नगरका योजना कार्यान्वयनका सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।

नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर बेनी नगरले १ हवल्दार र २ प्रहरी जवान भर्ना गर्ने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । नगरले तत्कालका लागि १५ दिने सुचना प्रकाशन गरेकोे छ । नगरपालिकाका हरेक काममा नगर प्रहरीलाई प्रयोग गर्न सहज हुने भएकाले नगर प्रहरीको आवश्यकता रहेको बेनी नगरपालिकाले जनाएको छ ।

लोकप्रिय मह जोडी बेनीमा

नेपालका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेनीमा आउनुभएको छ । नेपाल विमा प्राधिकरणको बिमा सचेतना कार्यक्रम अन्तरगत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सदरमुकाम बेनीमा आयोजना गरेको विमा सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागी हुन कलाकारद्वय श्रेष्ठ र आचार्य आउनुभएको हो ।

मुलुकको हास्यव्यंग्य क्षेत्रमा पाँच दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको सिटिजन लाइफ इन्स्योरेन्स बेनी शाखाकी प्रमुख भावना सुबेदीले बताउनुभयो । उहाँका अनुसार जीवन बिमा गराएर जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरुका बारेमा समेत जानकारी गराइने छ ।

बिहिबार विहान ९ बजे बेनीबजारमा प्रभातफेरी कार्यक्रमपछि जिससको सभाहलमा सचेतनामुलक कार्यक्रम सहित विमा रकम हस्तान्तरण र सम्मान कार्यक्रम रहेको शाखा प्रमुख सुबेदीले जानकारी दिनुभयो । सोही अवसरमा मह जोडीको प्रस्तुती समेत रहने छ ।

सोही कार्यक्रममा सिटिजन लाइफका कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख ब्यवसाय अधिकृत सुनिल पोख्रेल लगायतका जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरुको समेत उपस्थिती रहने छ । मह जोडी सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादूत (ब्राण्ड एम्बेसेडर) समेत हुनुहुन्छ । सिटिजले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ स्थानमा ‘मुस्ताङ’

अमेरिकी समाचार च्यानल सिएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नैपर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

सिएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरु मध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्नैपर्ने पर्यटकीय स्थलको रुपमा रहेको बताएको हो।

मुस्ताङको वर्णन गर्दै सिएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचिन ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ।’

मुस्ताङ पदयात्राका लागि त प्रख्यात छ नै। यहाँ घुम्न आउने पर्यटकहरूले प्राचिन गाउँहरू र बौद्ध गुम्बाहरू ‘एक्सप्लोर’ गर्न सक्ने सिएनएनले भनेको छ।

मुस्ताङमा कालीगण्डकी नदी माथि रहेको मानव निर्मित गुफा २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका छन्। मुस्ताङ आउँदै गर्दा यो पनि छुटाउन नहुने सिएनएनले बताएको छ।

चाँडै खुल्न लागेको शिन्ता मणि मुस्ताङका कारण पनि आगामी महिनाहरूमा यो दुर्गम गन्तव्यबारे धेरै कुरा सुन्न पाइने आशा गरिएको छ

मुस्ताङ उपत्यका पुग्नु साहसिक अनि रोमाञ्चक कार्य हो। राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को २० मिनेटको उडानमा जोमसोमको यात्रा गरेर पनि यात्रीहरूले मुस्ताङ जान सक्नेछन्।

बसमा यात्रा गर्न चाहनेहरू भने काठमाडौंबाट १२ घन्टाको यात्रामा मनोरम अनि सुन्दर दृश्यहरू हेर्दै गन्तव्यमा पुग्न सक्नेछन्।

सूचीमा पोल्यान्ड, पश्चिम अष्ट्रेलिया, बेलायतको लिभरपुल, साउथ क्यारोलिनाको चार्लेस्टन, लिथुआनियाको भिलनियस, फिजी, ब्राजिलको मानाउस पनि परेको छ।

सूचीमा रहेका अन्य घुम्नैपर्ने ठाउँमा ग्रिसको थेसालोनिकी, रुवान्डा, स्वीडेनको गोथेनबर्ग, यूएईको रास अल–खाइमाह, लाओस, स्वीटजरल्यान्डको ग्रुयर्स, मिनेसोटाको मिनिआपोलिस, कोलम्बिया बोगाटा, तान्जानिया, इजिप्टको कायरो, जापानको नाओशिमा, बेलिज, मेक्सिकोको ओआसाका, क्यानडाको ओट्टावा, युगन्डा पनि सूचीमा छन्।

यसैगरी, गएको वर्षको अन्त्यसम्ममा अन्तर्राट्रिय पयर्टन कोभिडको महामारी सुरु हुनुअघिको भन्दा ६५ प्रतिशत आसपास पुगेको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको विश्व पयर्टन संगठनको छ।

केही क्षेत्रमा पयर्टन सन् २०१९ को तुलनामा ८०-९० प्रतिशतको हाराहारीमा पुगिसकेको तथ्यांक सार्वजनिक भएका छन्।

चीन, जापानसमेत विश्वका केही देशहरुमा कोभिडको महामारी विष्फोटक रूपले बढिरहेको भए पनि अन्तर्राष्ट्रिय यात्रामा निरन्तर सुधार हुने आशा विज्ञहरूले गरिरहेका छन्।

मुस्ताङमा पनि सन् २०२०÷०२१ मा ओरालो लागेको पर्यटन व्यवसाय सन् २०२२ मा आशालाग्दो गरी सुधार भएको मुस्ताङका पर्यटन व्यवसायीहरुले बताएका छन्।

सन् २०२२ मा करिब ६६ हजार विदेदी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ।

जोमसोमस्थित एक्याप इलाका कार्यालयका अनुसार सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण हुन्।

एक्यापका अनुसार ४८ देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन्। कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ। सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकामा ६ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए।

मुस्ताङको पर्यटन दुई वर्षपछि पुरानै लयमा फर्केपछि यहाँका व्यवसायी खुसी भएका छन्। थाहाखबर

बालबालिकामा दृष्टि दोषको समस्या

म्याग्दीका बालबालिकामा आँखाको दृष्टि कमजोर भइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा बेनी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित शिविरमा विद्यार्थीको आँखा जाँचका क्रममा अधिकांसको दृष्टि दोषको समस्या बढ्दै गएको देखिएको हो ।

दुईदिन देखि जारी निजी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा गरिएको आँखा चेकजाँचमा दृष्टि दोषको समस्या अधिक रहेको नेपाल आँखा अस्पतालका दृष्टि विशेषज्ञ बिर्ख बोगटीले बताए ।‘विद्यार्थीमा दृष्टीदोषको समस्या बढ्दै गएको छ,‘ग्रामिणभन्दा सहरी क्षेत्रका बस्ने बालबालिकामा समस्या देखिएको छ’ बोगटीले भने ।

उनले कोठाभित्र बसेर विद्युतीय उपकरणको प्रयोग, खानपानमा हेल्चेक्राई,खेलकुद तथा नियमित शाररीक अभ्यासमा कम हुनुका साथै आधुनिक अत्यधिक मात्रामा विद्युतीय उपकरणको प्रयोगले बालबालिकाको आँखामा समस्या देखिएको बताए। बालबालिकालाई पोषिलो खानेकुरा,अनिवार्य खुवाउनुपर्ने र मोबाइल, टीभी, ल्यापटपजस्ता विद्युतीय सामग्री धेरै बेर हेर्न वा प्रयोग गर्न रोक लगाउनुपर्ने बताए ।

किवानिस इन्टरनेशनलले संस्थामार्फत बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मावि र राष्ट्रिय मावि, सदरमुकाम बेनीमा अवस्थित बेनी सामुदायिक मावि र बेनी आवासीय माविका विद्यार्थी,अभिभावक सहित स्थानीय गरी १४ सय जनाको आँखा परीक्षण गरेको थियो । उक्त शिविरमा ३० विद्यार्थीलाई थप उपचारका लागि रिफर र ५० बढीले अनिवार्य चस्माको प्रयोग गर्नुपर्ने बताइएको थियो ।

संस्थाले म्याग्दीका विद्यालयका शिक्षकलाई आँखा सम्बन्धि उपचारमा सहज हुने गरी तालिम तथा बार्षिक रुपमा शिविर सञ्चालन गर्ने किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले बताए । शिविरमा नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेल र दृष्टि विशेषज्ञ बिर्ख बोगटीको टोलीले चेकजाँच गरेको थियो ।

म्याग्दीमा किवानिस इन्टरनेशनलले विद्यार्थीको आँखा जोगाउँ अभियानसँगै शिक्षकलाई समेत तालिम सञ्चालन गर्ने गण्डकी प्रदेशमा पूर्व अध्यक्ष एवम् समाजसेवी भरत ढुंगेलले बताए ।

किवानिस इन्टरनेशनलले मंगलबार सदरमुकाम बेनीमा रहेका सामुदायिक विद्यालयमा शिविर सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न समयमा विद्यालयस्तरमा गएर बालबालिकाहरुलाई नियमित आँखा चेकजाँच गरी निःशुल्क चस्मा उपलब्ध गराउँछ  भने मोतियाविन्दु भएका विधार्थीलाई पनि निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ ।

 

 

अस्तव्यस्त इमरजेन्सी

पेटमा अचानक समस्या देखिएपछि गएको पुस १२ गते विहान ५ः१४ बजे बेनी अस्पतालको इमरजेन्सी कक्षमा पुगेका मंगला गाउँपालिका–२,भाईवाङका १३ बर्षिय सुमन आचार्यले समयमै उपचार पाएनन् ।

बिरामीलाई लिएर गएका भागीरथ उपाध्यायले स्वास्थ्यकर्मी भेटेनन् बरु विरामी राख्ने वेडमा दुईवटा भुस्याहा कुकुर सुतेको देखे । एपेन्डिसको समस्याले सताइरहेको बिरामीको प्राथमिक उपचारका लागि निकै सास्ती भएको बताए ।

‘मैले इमरजेन्सीमा धेरैपटक सास्ती भोगेको छु,‘रातीको समयमा खाली हुन्छ, यसपटक पनि विहानै पुगेको अवस्थामा स्वास्थ्यकर्मी भेटिन्’ उपाध्यायले भने । उनले अस्पतालको बेडमा कुकुर सुतिरहेको देखेपछि अचम्मित भएको बताए ।

बिहान र रातीको समयमा इमरजेन्सी कक्षमा खटिएका स्वास्थ्यकर्मी बिचको तालमेल र लापरवाहीका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । केही स्वास्थ्यकर्मीले आराम गरेको अवस्थामा केही बिरामीको उपचारमा हुनुपर्नेमा सबै भित्र रहेको आराम कक्षमा सुत्दा बाहिर खाली हुने गरेको छ ।

इमरजेन्सी बेडमा सुतिरहेका बिरामीका लागि खटिएका स्वास्थ्यकर्मीले ध्यान नदिदाँ अस्पतालको सेवाप्रवाह बारे गलत सन्देश प्रवाह भएपनि पटक–पटक गुनासो आउँदा समेत सुधार हुन सकेको छैन् ।

५० सैयाको अस्पतालले विभिन्न जटिल रोगको उपचार सहित अन्य सेवाहरू प्रभावकारी बनाउने प्रयास गरेपनि पछिल्लो समयको आकस्मिक कक्षको बेहाल अवस्थामा देख्दा सेवाग्राहीले आक्रोश पोख्ने गरेका छन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र राम्रो सेवा दिन सञ्चालित अस्पतालका आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीको हेल्चेक्राईले नकारात्मक सन्देश प्रवाह भएपछि सचेत बनाइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्षा ज्ञानेन्द्र सुबेदीले बताए ।

‘सेवाग्राहीका गुनासो सम्बोधन गरेका छौ,‘आकस्मिक कक्षको समस्या अब समाधान हुन्छ’ अध्यक्ष सुबेदीले भने । बिरामीको छिटो र राम्रो उपचारका लागि बनेको कक्ष अस्तव्यस्त अवस्थामा भने नभएको अध्यक्ष सुबेदीको भनाई छ । उनले केही स्वास्थ्यकर्मीको लापरवाही भएपनि सम्रगमा सेवाप्रवाह बिरामीमैत्री रहेको बताए ।

अस्पताल ब्यवस्थापन समितिले भर्ना गरेका स्वास्थ्यकर्मीले सेवासुविध थप सहितका मागहरु राखेको र केहीले मौखिक जानकारी दिएर विदामा समेत बसेको अवस्थामा भेटिएको छ ।

यता अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछानेले अस्पताललाई नमुना बनाउन सबैको साथ र सहयोग आवश्यकता रहेको बताए । उनले अस्पताललाई व्यवस्थित बनाउन लागि परेको बताए ।

‘आकस्मिक कक्षको आफ्नै मान्यता र मापदण्ड हुन्छ, हामीले जनशक्तीलाई कमजोरी सच्चाउन निर्देशन दिन्छौ, अब कडा निगरानी पनि हुन्छ’ डा. लामिछानेले भने ।

उनले अस्पतालमा कमीकमजोरी भएपनि पूर्वाधार र जनशक्ति अभावका बाबजुत पनि खटिएर सेवा दिएको बताए ।बहिरंग,शल्यक्रिया सहितका अन्य सेवाहरूबाट सेवाग्राही सन्तुष्ट रहेका अस्पतालको दावी छ ।

जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई छडी वितरण

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको भिडमा बेनी नगरपालिकाका एक जनप्रतिनिधिले वडाभित्रका ज्येष्ठ नागरिकलाई हिड्डुल गर्न सहज हुने छडी वितरण गर्नुभएको छ ।

बेनी नगरपालिका–९ घतानका वडा अध्यक्ष चक्र केसीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा जेष्ठ नागरिकको समस्या सुन्ने र सेवासुविधाका बारेमा समेत जानकारी लिदैं ५० जना जेष्ठ नागरिकलाई छडी वितरण गर्नुभएको हो ।

कतिपय ठाउँमा आफै पुगेर र केही ठाउँमा सहयोगी ब्यक्तिमार्फत जेष्ठ नागरिकहरुलाई सहयोग गरेको वडा अध्यक्ष केसीको भनाई छ । जेष्ठ नागरिकलाई हिडडुल गर्न सहज होस भनेर सहयोग गरेको बताउँदै ज्येष्ठ नागरिकहरूका लागि एकीकृत सेवा प्रवाह गर्न सहज बनाउन प्रतिबद्ध रहेको अध्यक्ष केसीले बताउनुभयो ।

२०७४ मा राष्ट्रिय माविमा गरिव तथा जेहेन्दार छात्रवृत्ति स्थापना, २०७५ मा बेनीको बालगृहका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, २०७६ मा मजदुरसँग सहभोग गरी समानताको सन्देश दिनुभएको थियो । बि.स २०७७ मा गलेश्वर आश्रमका जेष्ठ नागरिकहरुलाई भोजन र २०७८ मा घतान स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

न्यु धौलागिरी सहकारीको साढे ७३ करोड लगानी

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले साढे ७३ करोडभन्दा बढी लगानी गरेको छ । म्याग्दी पहिलो र ठूलो सहकारीमा पर्ने धौलागिरीले ६९ करोड,९७ लाख निक्षेप संकलन गरी विभिन्न कर्जामा ७३ करोड ६० लाख लगानी गरेको हो  ।

मंगलबार सदरमुकाम बेनीमा सम्पन्न भएको २३ औं साधारणसभाको अवसरमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सहकारीले गत आर्थिक वर्षसम्म ६ हजार ४ सय ६३ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ८ करोड २३ लाख ३४ हजार ४ सय रहेको सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

संस्थाले गत आर्थिक बर्षमा १० करोड ८७ लाख ७७ हजार २ सय आम्दानी गरेको छ भने ९ करोड ५८ लाख ७७ हजार ८ सय ४५ रुपैयाँ खर्च गरेको जनाएको छ ।

संस्थाले १ करोड २८ लाख ९९ हजार ३५६ मुनाफा गरेको छ । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले संस्थागत, सचिव चन्द्रकुमार केसीले प्रगति र कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट क्रृण कारोवारकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट रेमिट्यान्स लगायत गरि ६ जना सेवाग्राहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि एवम् संचालक समितिकी निर्वतमान सदस्य तथा हाल प्रदेशसभा सदस्य गौचनलाई संचालक तथा शेयर सदस्यहरुको तर्फबाट सम्मान समेत गरिएको थियो । प्रधान कार्यालय बेनी रहेको सहकारीको जिल्लाभित्र ६ र पर्वतको मल्लाज गरी ७ ठाउँबाट सेवा केन्द्र रहेको छ ।

सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठले निकट भविस्यमै छिमेकी जिल्ला बागलुङ, पर्वत र कास्कीमा समेत शाखा विस्तार गरी गण्डकी प्रदेशकै ठूलो सहकारी बन्ने लक्ष्य रहेको बताउनुभयो । म्याग्दीमा धेरै रेमिट्यान्सको कारोबार गर्ने सहकारीले वित्तिय कारोबारसँगै मानवीय र शिक्षाको क्षेत्रमा समेत सहयोग गर्ने गरेको छ ।

सहकारीले यसअगाडी मंगला गाउँपालिका–३, बराङ्जाका अपाङ्गता सोमप्रसाद सापकोटा, गोपाल खत्री, दृष्टिविहिन धनमायाँ विक सहित विभिन्न विद्यालयमा अध्ययनतर छात्रछात्रा सहित इन्जिनियरिङमा अध्ययरत विद्यार्थीलाई समेत सहयोग गरेको थियो । सहकारीमार्फत विपन्नको उपचार र शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी प्रकाश माविको पोल्टामा

????????????????????????????????????

म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी प्रकाश माविले जितेको छ। मंगलवार बेनीमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधी जितेको हो ।

????????????????????????????????????

प्रतियोगितामा १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय गरी २५ वटा विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकमा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

????????????????????????????????????

प्रतियोगितामा १० स्वर्ण, १० रजत र ९ कास्य पदक हात पार्दै माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय र ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय मावि तृतिय हुन सफल भएका छन् । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागी छन् ।

????????????????????????????????????

प्रतियोगितामा बिजेता, उपबिजेता र तृतिय हुने विद्यालयलाई क्रमश ः रु. ५१ हजार, ४० हजार र ३० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।प्रतियोगितामा विद्यागत प्रथम र द्धितिय तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

????????????????????????????????????

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खमवीर), बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने लगायतले बिजेता विद्यालय र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा १२ लाख बजेट बिनियोजन गरिएको थियो ।

नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । म्याग्दीका अन्य स्थानीय तहले समेत प्रतियोगिता सम्पन्न गरेपछि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तस्वीर सौजन्य कमल खत्री 

अब कालिगण्डकीको नियमित र्‍याफ्टिङ सञ्चालन गरिने

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन सुरू भएको छ ।

प्रसस्तै सम्भावना भएपनि नियमित सञ्चालन हुन नसकेको अवस्थामा बेनी नगरपालिका–८, कालीपुलमा हालै सञ्चालनमा आएको कालीगण्डकी होटलका सञ्चालक गमबहादुर पुनले स्पाइसी र्‍याफ्टिङ प्रालिसँगको सहकार्यमा बेनीबाट नियमित सञ्चालन गर्ने गरी मंगलबारदेखि छोटो र लामो दुरीको कायाकिङ्ग, र्‍याफ्टिङका लागि परिक्षण गरिएको छ।

म्याग्दी र मुस्ताङका विभिन्न पर्यटकीयस्थलका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नियमित सञ्चालन गरिने होटल ब्यवसायी गमबहादुर पुनले बताए। अब नियमित र्‍याफ्टिङको सुविधा छ,‘तीनवटा प्याकेजमा सञ्चालन गरिने छ’ पुनल भने ।उनका अनुसार करिब ३ किलोमिटरमा खानाको सुविधा सहित प्रति ब्यक्ति १२ सय रुपैयाँबाट सुरु गरिएको बताए ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वरबाट म्याग्दी र कालिगण्डकीको संगमस्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत विदा सहित अन्य समयमा जलयात्राका लागि आर्कषित गर्न सकिने बताए ।

गलेश्वरदेखि मिमीसम्मको तीनवटा प्याकेट तयार गरिएको छ। यस अगाडी दुरीको अध्ययन तथा अवस्थाका बारेमा भिडियो सहितको विवरण संकलन समेत गरिएको थियो । जलयात्रामा प्रख्यात कालिगण्डकीमा विदेशी पर्यटकको तुलनामा आन्तरिकको समेत आर्कषण ह्वात्तै बढेको छ ।

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवको प्रमुख आर्कषकमध्ये जलयात्रालाई समेत राखिएको छ म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा अत्याधिक चाप हुने गरी प्रचारप्रसार भइरहेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘अब जलयात्रालाई नियमित सञ्चालन गर्ने गरी प्रोत्साहन गछौं, जलको सदुपयोग गरी पर्यटक भित्राउन सकिन्छ’ अध्यक्ष कटुवालले भने ।उनले विश्वकै दुर्लभ मानिएको शालिग्राम शिला पाइने कालिगण्डकीको महिमाको प्रचारप्रसारमा समेत सघाउने बताए । कालिगण्डकी नदीमा दोहनका कारण धार परिवर्तन भएकाले केही असहज भएको ब्यवसायीको भनाई छ।

लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ । एक पटक १० जनासम्म चढ्न मिल्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन्। गलेश्वर बेनी ३ किलोमिटर र बेनीदेखि मालढुङ्गासम्म करिव १२ किलोमिटर जलयात्रालाई विगतमा समेत प्रयास गरिएपनि म्याग्दी खण्डमा ब्यवसायी आर्कषित हुन सकेका थिएनन् ।

पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि पानीको सतह घटेसँगै तीन दिने लामो जलयात्रा मालढुंगा हुदैस्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय सबैभन्दा लामो यात्रा मानिन्छ ।