Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 689

मुस्ताङमा ६६ हजार विदेशी पर्यटक भित्रिए

गण्डकी प्रदेशकै मुख्य लाईफ लाईन मानिएको हिमाली जिल्ला मुस्ताङले पछिल्लो समय पर्यटन क्षेत्रमा अप्रत्यासित छलाङ मार्न सफल भएको छ । बर्सेनि अक्सर ६० हजार विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेकोमा सन् २०२२ मा भने त्यो संख्यामा वृद्धि हुँदै ६५ हजार ९ सय ४० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।

कोरोना कहरअघि औसत ५० हजारदेखि ६० हजारसम्म सार्क तथा तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेकोमा सन् २०२२ मा भने कोरोना अघिको साविकको रेकर्डलाई ब्रेक गर्दै थप ५ हजार ९ सय ४० हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।

सन् २०२२ मा आएका विदेशी पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक छन्

एक्याप जोमसोमका प्रशासन सहायक कमलराज जोशीका अनुसार सन् २०२२ को डिसेम्बर २७ तारिखसम्म ६५ हजार ९ सय ४० जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् । जसमध्ये ४६ हजार ७ सय २४ जना सार्क राष्ट्रका र १९ हजार २ सय ६ जना तेस्रो मुलुकका विदेशी पर्यटक छन् ।

सन् २०२२ मा आएका विदेशी पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक छन् । सन् २०२२ मा ४८ राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमले जनाएको छ । मुस्ताङमा कुल पर्यटक भित्रिएकोमध्ये १३ हजार ६ सय २५ जनाले अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ भित्रिएका हुन् ।

जसअन्तर्गत तेस्रो मुलुकका १३ हजार ४९ जना ,भारतीय ५सय ६५ जना, बंगलादेश ६ जना श्रीलंका ४ र भुटानका १ जना पर्यटक छन् । यसैगरी सन् २०२२ मा ३ हजार ११२ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् ।सन् २०२१ मा भने कोरनाका कारण जम्मा ३ सय १२ जना विदेशीले मात्र उपल्लो मुस्ताङकोल भ्रमण गरेका थिए ।

कोरोना कहरकोसमयमा मुस्ताङमा पर्यटकको उपस्थिति ज्यादै न्यून रहेको एक्याप जोमसोमको तथ्यांकले देखाएको छ । सन् २०२१ मा जम्मा २ हजार ३ सय विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये भारतीय १ हजार ८८५ जना र तेश्रो मुलुकका जम्मा ४१५ जनाले मात्र मुस्ताङको भ्रमण गरेका थिए ।

सोसमय ६०२ जनाले मात्र उपल्लो मुस्ताङ र राउण्ड अन्न्नपूर्ण पदयात्रा गरेका थिए । यसैगरी सन् २०२० मा कुल २ हजार ३४७ जना विदेशी पर्यटकले मात्र मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये १ हजार ९९३ जना भारतीय र ३५४ जना तेश्रो मुलुकका विदेशी पर्यटक थिए ।

मुस्ताङमा अहिलेसम्मकै उच्चसंख्यामा पर्यटक वृद्धि भएको हो । कोरना संक्रमण न्यूनीकरण भएसंगै मुस्ताङको पर्यटन चलायमान अवस्थामा रहेको पर्यटन व्यवसायीको भनाई छ । कोरोना न्यूनीकरण र सडक संञ्जालको सहजतासँगै मुस्ताङको पर्यटन क्षेत्रमा अप्रत्याशित फड्को मारेको होटल ओम्स होमका कर्मचारी हरिबहादुर आलेले जानकारी दिए ।

मुस्ताङमा अप्रत्यशित रुपमा पर्यटन वृद्धि भएकाले मुस्ताङको पर्यटनक्षेत्र र पर्यटन व्यवसायीलाई एकदमै आशावादी र उत्साहित तुल्याएको उनको भनाई छ । पर्यटन क्षेत्रमा निकै राम्रो सुधार देखिएसँगै मुस्ताङका पर्यटन व्यवसायी यही रफ्तारमा पर्यटन वृद्धि हुनेमा आशावादी छन् । मुस्ताङमा सार्क र तेस्रो मुलुकका पर्यटकसहित उल्लेख्य मात्रमा नेपाली आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको छ ।

विभिन्न सञ्चार माध्यममा मुस्ताङको धेरै कुरा जानकारी पाएकाले हिउँदको चिसो मौसममा पनि आफूहरु मुस्ताङ घुम्न आएको काठमाडौंका पर्यटक राजकुमार चौधरीले जानकारी दिए । उनले काठमाडौंबाट म्याग्दी हुँदै मोटरसाईकलमा मुस्ताङ आएको र म्याग्दी खण्डमा सडक केही नराम्रो भएपनि मुस्ताङको सडक सहज भएको जनाए । पहिलो पटक मुस्ताङ आएका र यहाँको मनमोहक प्राकृतिक दृश्य भौगोलिक बनाबटले मोहित बनाएको उनले बताए ।

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङमा आन्तरिक पर्यटकको अभिलेख संकलन नगर्ने भएपनि सन् २०२२ मा झन्डै ५ लाख बढी नेपाली आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको पाईएको छ । मुस्ताङका भित्रिएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका छन् भने तेस्रो मुलुकका अधिकांश पर्यटकले अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा गर्ने गरेका छन् ।

नेपाली आन्तरिक पर्यटकले मुक्तिनाथको दर्शनसँगै चीनसँग सीमाना जोडिएको उत्तरी कोरला नाकाको भ्रमण गर्ने गरेका छन् । कोभिडपछि मुस्ताङको पर्यटन क्षेत्र चलायमान भएसँगै यहाँका पर्यटन व्यवसायीहरु निकै उत्साहित भएका छन् ।  समाधान दैनिक

म्याग्दीको रेलेखोला जलविद्युत् : एक वर्षमै ५० प्रतिशत काम पूरा

????????????????????????????????????

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। यो आयोजनाको काम एक वर्षमै ५० प्रतिशतभन्दा बढी पूरा भएको हो।

अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ। हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो।

२०७३ देखि नारच्याङको बेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माण स्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण सुरु गरेको थियो।

आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए। ‘आयोजनाको बाँध स्थल, पाइपलाइन र विद्युत् गृहतर्फको काम तीव्र रुपमा अघि बढेको छ , दैनिक रुपमा १३० जना बढी मजदुरसँगै उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकुलताबीच पनि निर्माणलाई तिव्रता दिएका छौँ’,इन्जिनियर भट्टराईले भने।

कालोखोलामा बाँध रहेको यो आयोजनाको तीन हजार ६०० मिटर लामो पाइप लाइन मार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत् गृहमा ५०५ मिटर हेडबाट पानी खसालेर बिजुली उत्पादन गरिनेछ। यो आयोजनामा पानी लैजान सुरुङ मार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ। यो आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रो मेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्टोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन्।

सिभिलतर्फ बाँधतर्फको पचास प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्न पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए। उनका अनुसार, लेकगाउँदेखि विद्युतगृहसम्मको पहुँचमार्ग निर्माण भइसकेर पूर्वाधार निर्माण समेत थालिएको छ।

अहिले बाँध स्थलमा इन्टेक, डिसेन्डर र हेडवक्र्सको काम जारी छ। यस आयोजना निर्माणमा प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बै‌कले समेत ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युत् ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरीडोर प्रसारण लाइनको दाना सब स्टेसन मार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ।

हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि ५ मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्टीखोला जलविद्युत्आयोजना निर्माण सम्पन्न भइसकेका छन्। ​विद्युत् उत्पादनका लागि एक दर्जन बढी आयोजना दर्ता भएको यो वडामा निलगिरी हाइड्रो पावरले निर्माण गर्न लागेको ११० मेगावाट क्षमताको निलगिरी पहिलो र निलगिरी क्यासकेड आयोजनामा समेत निर्माण कार्यले तिव्रता पाएको छ।

गाउँमा सडक पुग्यो, स्थानीयले रोजगार पाए

रेलेखोजा जलविद्युत आयोजनाको कारण नारच्याङको लेकगाउँमा सडक सञ्जालको पहुँच पुगेको छ। लेकगाउँमा मात्रै १२० घरधुरीको बसोबास छ।

बेसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पुर्‍याउन स्थानीयबासीले चन्दा संकलन गरेर प्रयास गरे पनि अक्करे भीरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णता दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिए।

बेसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भीरमा मात्रै ११ वटा घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पुर्‍याइएको छ। यो भीरमा मात्रै सडक निर्माण गर्न तीन वर्षभन्दा बढी समय लागेको थियो। यो आयोजनाले वेसीबाट लेकगाउँसम्मको पाँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो। आयोजनाको पहुँचमार्गका लागि कुल १८ किलोमिटर सडकको  ट्रयाक निर्माण भएको छ।

यो आयोजनाले स्थानीयबासीलाई दक्षता र क्षमता अनुसारको रोजगारको अवसर समेत दिएको छ। सडक निर्माण, स्तरोन्नति, पाइपलाइनको पूर्वाधार निर्माण लगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको आयोजनाका इन्जिनियर भट्टराईले बताए। आयोजनाले स्थानीय काजिभुमे थान निर्माण, क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोगसँगै गाउँभित्र सडकको पहुँच विस्तार गर्ने लगायत काम समेत गरेको छ।

thaha khabar ध्रुवसागर शर्मा

पोखरामा भेटिए २५ दिनदेखि बेपत्ता भएका दाजुभाई

म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटबाट २५ दिनदेखि बेपत्ता भएका एकै परिवारका दाजुभाई पोखरामा भेटिएका छन्। घरबाट बाहिर निस्किएको अवस्थामा एक्कासी सम्पर्कविहिन भएका बेनीस्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याललाई पोखरामा भेटिएको आफन्त तोरण बुढाथोकीले बताउनुभयो ।

‘समाचारमा आएपछि फेला पारेका एक संस्थाले सम्पर्क गरेको छ,‘विहान बुझ्न गइसकेको छ’ बुढाथोकीले भन्नुभयो । बेनी हुदै पैदल, सवारीसाधनबाट पोखराको सडकमा अलपत्र अवस्थामा देखिएका थिए । सडकमा सुतिरहेको अवस्थामा फेला परेपछि एक बालबालिकासँग आवद्ध रहेको संस्थाले उद्धार गरेको थियो ।

उक्त संस्थाले समाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचारदेखेपछि सम्पर्क गरेको आमा नन्दकुमारीले बताउनुभयो । म्याग्दीका रघुगंगा गाउँपालिका वडा नं ८ स्थायी घर भएकी नन्दकुमारीले श्रीमानको मृत्यु भएपछि बेनीबजारमा ज्याला मजदुरी गरी छोराको शिक्षादीक्षा सहित लालनपालन गर्ने गरेकी थिईन् ।

निरन्तर पञ्चेबाजा घन्काउँदै महिला

बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमको बजार परिक्रममा अग्रपंक्तीमा नौमति बाजाको दमाह लिएर सहभागी भएकी थिईन लक्ष्मी ठकुरी । उमेरले ६० लागेकी ठकुरीको नेतृत्वमा रहेको नब जागरण पञ्चे बाजा समुहका सदस्यहरूले लस्करै झ्याली, ट्याम्को, ढोलकी, नरसिङ्गा र सहनाई लगायतका बाजा उद्घाटन कार्यक्रममा बजाए ।

बेनी नगरपालिका–४,राक्सेमा विगत तीनबर्षदेखि पञ्चे बाजाको संरक्षणमा लागेका समुहमा आवद्ध महिलालाई ब्यक्तिगत तथा सार्वजनिक कार्यक्रममा बाजा बजाउने भ्याईनभ्याई छ । स्थानीय वडाको सहयोगमा तालिम लिएर निरन्तर बाजाको संरक्षणमा लागेको समुहले पोखरा र काठमाण्डौमा समेत पुगेर आफ्नो प्रस्तुती देखाएको छ।

‘अहिले निकै सजिलो हुन्छ,‘हामीले निम्तो आएमा घरायसी काम छोडेर पनि सहभागी हुन्छौ’ समुहकी अध्यक्ष ठकुरीले भनिन्। उनले विवाह, व्रतवन्ध, धार्मिक तथा सामाजिक उत्सवमा बाजा बजाएर समुहमा १ लाखभन्दा बढी संकलन समेत गरेको बताईन् ।

‘समुहका सदस्यको खर्च कटाएर बचत समेत गरेका छौ,‘बाजा संरक्षणमा समेत सहयोग पुगेको छ’ उनले भनिन् । महिला समुहको सक्रियताले ब्राह्मण–क्षेत्री समुदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यता तोड्न सफल भएको ढलकी बाजामा रहेकी दुर्गा पौडेलले बताईन् ।

‘हाम्रो समुहमा सबै जातिका छौ,‘दलित यूवाहरुको सहयोगले यो सिप सिक्न सफल भयौं’ पौडेलले भनिन् । १० जना महिला आवद्ध रहेको समुहमा सनैको सुरिलो लय ढ्लकी, ट्याम्कोे दमाहा लगायतका बाजासँगै आकाशतिर फर्काएर नरसिङ्गाको धुनसँगै समुदाय समेत एकजुट भएकोे उनले बताईन् । केहीदिनको रहर भन्नेहरुले नै महिलालाई बाजा बजाउन निम्तो दिने गरेको प्रशिक्षक एवम् बाजामा सघाउने प्रकाश परियारले बताए ।

उनले सुरुवातमा केही असहज भए पनि अहिले भने आकर्षण बढ्दै गइरहेको र यसलाई सीप हस्तान्तरणको अभियानका रुपमा लिएको बताए । मनदेखि नै इच्छाशक्ति भएकाहरु त परिवारका सदस्यले विरोध गर्दागर्दै पनि यस अभियानमा सरिक भएकाले निरन्तरता पाएको प्रशिक्षक परियारको भनाई छ ।

महिला समुहले १५ हजारदेखि ४० हजारसम्म लिने गरेका छन् । बाजामा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले बताईन् । उनले महिलालाई सिप हस्तान्तरण सहित आयआर्जनका क्षेत्रमा समेत सहज हुने गरी सहयोग गर्ने बताईन् ।

‘परम्परागत मान्यता तोड्दै बह्माण–क्षेत्री समुदायका महिलाहरुको प्रयासबाट उत्साहित भएको छु’ उपमेयर लामिछानेले भनिन् ।उनले नगरपालिकामार्फत आयोजना हुने सार्वजनिक कार्यक्रममा महिला समुहलाई प्राथमिकता दिने बताईन् । म्याग्दीमा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा जातिय विभेद र सहभागीताको अन्त्य गदैं ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको जनप्रतिनिधिको भनाई छ ।
बेनी नगरपालिका–४,राक्सेमा विगत तीनबर्षदेखि पञ्चे बाजाको संरक्षणमा लागेका महिलाहरु । तस्वीर हरिकृष्ण गौतम

बेनी बचतलाई उत्कृष्ट सहकारी घोषणा

म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट सहकारी घोषणा गरेको छ । बैंकको गण्डकी प्रदेश इकाईका शनिबार पोखरा सभागृहमा भएको १९ औ साधारणसभामा बागलुङ शाखा अन्तरगतका सहकारी संस्थाहरु मध्य बेनी बचतलाई उत्कृष्ट घोषणा गरिएको थियो ।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीले बैंकले बनाएको विभिन्न सूचकहरुको आधारमा बेनी बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी घोषणा गर्नुभएको थियो । साधारणसभामा बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी सहभागी हुनुभएको थियो ।
२१ वर्षअघि स्थापना भएको बेनी बचतले सेयर सदस्यहरुलाई बचत र ऋण लगानीको सुविधा सहित विभिन्न सामाजिक क्रियाकलापमा समेत योगदान गरेको छ । सहकारीमा एक हजार ७४२ जना सदस्यको रु. तीन करोड ७३ लाख ५७ हजार ८०० सेयर पुँजी रहेको छ । रु. ४२ करोड ६७ लाख ३३ हजार ४१० निक्षेप संकलन र रु. ४१ करोड ३५ लाख ७३ हजार ४१० कर्जा लगानी गरेको छ । ४७१ जना ऋणी सेयर सदस्य रहेका छन् । सहकारीले ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । बेनी बचत राष्ट्रिय सहकारी बैंकको सदस्य हो ।

खेल प्रतिभा खोज्ने तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (फोटो फिचर)

म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । आइतबारदेखि खुल्लामञ्चमा सुरू भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं विद्यालयस्तरबाटै खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

समन्वय प्रमुख थापाले विद्यार्थीहरुलाई रुची र क्षमता अनुसारको खेलमा सहभागीताको वातावरण बनाउन स्थानीय तहमार्फत विभिन्न समयमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए ।

पालिकास्तरीय, अन्तरपालिका हुदै जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई प्रदेश र राष्ट्रियस्तरका खेलमा सहभागी हुन आवश्यक तालिम सहितका सुविधामा समेत ध्यान दिन अनुरोध गरे ।

सोही अवसरमा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कार्यपालिका सदस्य तथा प्रतियोगिता व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न पूर्वाधारको आवश्यकता रहेको बताए ।

नगर प्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योति लामिछानेको स्वागत र शिक्षा अधिकृत कमल ढकालको संचालनमा सम्पन्न भएको थियो। पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागी छन् ।

प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्ी एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा सामुदायिक, १० वटा निजी मावि, म्याग्दी बहुमुखी क्याम्पस र बालमन्दिर आधारभूत विद्यालय गरी २५ वटा विद्यालयहरुले सहभागिता जनाएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता सञ्चालन र जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनका लागि नगरपालिकाले गौरवको कार्यक्रमको रुपमा १२ लाख बजेट बिनियोजन गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई ५१ हजार, ४० हजार र ३० हजार शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारका साथै सहभागि हुने विद्यालयलाई प्रशिक्षण खर्च उपलब्ध गराइने नगर प्रमुख केसीले बताए। नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

म्याग्दीका अन्य स्थानीय तहले समेत प्रतियोगिता सम्पन्न गरेपछि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

बेनीबाट २४ दिनदेखि दुई बालक बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटबाट करिब एक महिनादेखि दुई बालक बेपत्ता भएका छन् । बेनीस्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याल बेपत्ता भएको २५ दिन वितिसक्दा समेत अहिलेसम्म कुनै अत्तोपत्तो नभएको परिवारले जनाएको छ । म्याग्दीका रघुगंगा गाउँपालिका वडा नं ८ स्थायी घर भई बेनीबजारमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी नन्दकुमारीले छोरा बेपत्ता भएको लामो समयसम्म खोजीकार्य

गर्दा समेत फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन्।
‘मजदुरी गरेर घर फर्किदा फेला परेनन्, केहीदिन खोज्दा समेत नभेटेपछि प्रहरीलाई जानकारी गराएको छु’ छन्त्यालले भनिन् । श्रीमानको मृत्यु भएपछि आफन्तको सहयोगमा बेनी आएकी नन्दकुमारीले ज्यालामजदुरी गरी छोराको लालनपालन तथा शिक्षादीक्षामा खर्च गर्ने गरेकी थिईन् ।

बेपत्ता दुईभाईको खोजीकार्यका लागि आफन्त लगायतका स्थानमा खोजीकार्य गरेपनि फेला नपरेको आफन्त तोरण बुढाथोकीले बताए ।

’छोरा बेपत्ता भएपछि आमा विक्षिप्त अवस्थामा छिन्,सबै ठाउँमा खोजी गर्दा पनि कुनै पत्तो लागेन’ बुढाथोकीले भने । बेपत्ता बालकलाई प्रलोभनमा समेत फसेको हुनसक्ने भन्दै परिवारले चिन्ता जनाएको छ । परिवारले बालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमानिवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ। सिस्नो विशुद्ध अग्रानिक उत्पादन हो। यसको उत्पादनमा न कीटनाशक औषधिको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ।

बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन्। कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने सिस्नोलगायतका ग्रामीण उत्पादन अहिले सहरबजारका धनीको रोजाइँमा पर्न थालेका छन्।

आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादीको प्रयोगबिना प्राङ्गारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षण बढ्न थालेको छ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल खोलेका छन्। उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन्। गाउँमा उत्पादन भएको सिस्नोको पाउडर, सिमी, साग, चामल, दाल, कोदोको पिठो, भुटेको मकै, मह, घ्यू, अचार, टिमुर, बदाम, च्याउ, टुसा, मकैको आटोलगायतको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको कालीपुलमा अग्रानिक उत्पादनको पसल सञ्चालन गरेकी कमला पौडेलले बताइन्।

गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि म्याग्दीका उद्यमीले प्रशस्त आयआर्जन गर्न सफल भएका छन्। म्याग्दीका उद्यमीले उत्पादन गरेको स्वास्थ्यवद्र्धक सिस्नोको पाउडर हाल काठमाडौं र पोखराजस्ता ठूला सहरमा मात्र नभएर विदेशबाट समेत माग हुन थालेको छ। सिस्नो पाउडरको उपभोग गरेमा महिनावारी नियमित हुने, ग्याष्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेहजस्ता रोग निको हुने भएपछि सिस्नोको माग बढेको उद्यामीको भनाइ छ।

यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ। जिल्ला लघुउद्यमी सङ्घ, म्याग्दीका अनुसार गतवर्ष म्याग्दीमा एक हजार तीन सय किलोग्राम पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो। साउनदेखि माघ महिनामा सिस्नोको मुना टिपेर पाउडर बनाउने उपयुक्त समय हो। बेनी, बागलुङ, कुश्मा, मुस्ताङ, पोखरा, काठमाडौंँलगायत स्थानबाट पाउडरको माग हुने गरेको घतान नेप्टेचौरकी उद्यमी अनिता खत्रीले बताइन्।

जिल्लाको बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजहरूमा पनि पाउडरको माग बढिरहेको छ। एक किलोग्राम पाउडरको मूल्य न्यूनतम चार सय  पर्छ। करेसाबारी, खेतबारीका कान्ला, खाली जमिनमा उम्रेको सिस्नोबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला उत्साहित भएको दानाकी उद्यमी मैती तामाङले बताइन्।

वनस्पति विज्ञ चन्द्रमणि सापकोटाका अनुसार सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ। अग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ। मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ।

नेपालका पाँचतारे होटेलका मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ। पात मात्र नभएर यसको जरासमेत उपयोगी हुने आर्युवेदिक चिकित्सकको भनाइ छ। सामान्यतया सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने चलन छ। विशेषगरी यसमा नून, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ। अन्त्यमा नून, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने चलन छ।

बेनी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड

म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आज पुष १७ गते देखि सुरु भएको छ । बेनी नगरकार्यपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुनेछन् । तस्वीर अमित विश्वकर्मा

विदेश जाने सपनाले ‘घर न घाट’

म्याग्दीका शंकर क्षेत्री वैदेशिक रोजगारीमा गई मनग्य आम्दानी गर्ने सोचमा थिए। क्रोएसिया जाँदा राम्रो तलब पाउने सूचना पाएपछि क्षेत्री नारायण म्यानपावर नेपालको सम्पर्कमा पुगे।

म्यानपावर कम्पनीले क्रोएसिया पठाउँछु भनेपछि क्षेत्रीले ४ लाख बुझाए। राम्रो तलबको आशमा क्रोएसिया गएर मनग्य पैसा कमाउने क्षेत्रीको सपना चकनाचुर बनेको छ। म्यानपावरले क्षेत्रीलाई न क्रोएसिया पठायो न रकम फिर्ता दियो। क्षेत्री अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग पुगेका छन्। ‘राम्रो तलब पाइने आशमा क्रोएसिया जाने योजना बुनेँ,’ क्षेत्रीले भने, ‘विदेश गएर पैसा कमाउने योजना बीचमै असफल भयो।’ क्षेत्रीलाई नारायण म्यानपावर नेपालका सञ्चालक विकास राउतले क्रोशिया पठाइदिन्छु भन्दै ठगेका हुन्। राउतले क्रोएसिया पठाउने ग्यारेन्टी लिएकाले रकम पठाएको क्षेत्री बताउँछन्।

स्वदेशमा रोजगारी नभएपछि युवाहरू वैदेशिक रोजगारमा जान लालायित छन्। म्यानपावर सञ्चालकले यसको फाइदा उठाउँदै युवाहरूलाई ठगी रहेका छन्। विदेश गएर मनग्य पैसा कमाउने सपनाले घर न घाटको भएका छन्। क्षेत्री मात्र नभएर नवलपुर, कावासोती–३ का महेश बस्ताकोटीको अवस्था पनि उस्तै छ। बस्ताकोटी पनि वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने योजना बुने। बस्ताकोटी पनि नारायण म्यानपावरको सम्पर्कमा पुगे। क्रोएसिया पठाइदिने भने पछि उनले पनि रकम बुझाए। अहिले रकम बुझाएका बस्ताकोटी फरार छन्। विदेश जाने चक्करमा फसेको उनले बताए। ‘विदेश जान पनि पाइएन पैसा पनि फस्यो,’ बस्ताकोटीले भने, ‘अब कसरी पैसा फिर्ता लिने ? आफू ठगिएको भन्दै बस्ताकोटीले म्यानपावरविरुद्ध विभागमा उजुरी दर्ता गरेका छन्। ‘खानामा कन्जुस्याईं गर्दै बचाएको पैसा विदेश जान दलाललाई बुझाएँ,’ उनले भने, ‘अहिले घर न घाटको भएको छु।’

क्रोएसिया पठाउँछु भनेका राउत अहिले क्यानडामा बसेर भारतीय नम्बर चलाइ रहेको उनले बताए। यसरी ठगिने क्षेत्री र बस्ताकोटी मात्र होइनन्। विदेश जाने प्रक्रियामा धेरै युवा ठगिएका छन्। ऋणधन गरेर म्यानपावरलाई बुझाएको पैसाले धेरैलाई घर न घाटको बनाएको छ।

म्यानपावर सञ्चालक राउतले २९ जनालाई क्रोएसिया पठाउने भनेर लाखौं रूपैयाँ लिएको उजुरी विभागमा परेको छ। क्रोएसिया उड्ने सपनाले लाखौं बुझाएका युवाको बिचल्ली भएको छ। युवाबाट लाखौं रूपैयाँ उठाएर म्यानपावर सञ्चालक फरार भएका छन्।

कानुन फितलो भएको कारण न्याय नपाएको पीडित युवाको गुनासो छ। रकम फिर्ताको माग गर्दै प्रहरी, प्रशासनमा उजुरी दिए पनि सुनुवाई नभएको पीडित बताउँछन्। वैदेशिक रोजगार विभागमा आएर उजुरी दिँदा पनि कारबाही नभएको उनीहरू बताउँछन्। ठगिएका युवा जिल्लाबाट काठमाडौं आएर न्याय पाउने आशमा बसे पनि सुनुवाई भएको छैन। क्षेत्री र बास्ताकोटी जस्तै नवलपुर कावासोती–१७ का भुवनेश्वर अधिकारी पनि ठगिएका छन्। अधिकारीले पनि क्रोएसिया जान भन्दै पैसा बुझाएका थिए तर उनी पनि जान पाएनन्। केहीलाई नक्कली भिसा दिएर ठगेको पीडित युवा बताउँछन्। म्यानपावर सञ्चालकले भारतमा आफ्नो एजेण्ट भएको भन्दै पासपोर्ट संकलन गरेर लैजाने गरेको थियो। नारायण म्यानपारले क्रोएसिया पठाउँछु भनेर नपठाइ धेरै युवालाई ठगी गरेको उजुरी परेको उक्त विभाग शाखा अधिकृत सुशिल पकुवालले जानकारी दिए। ‘क्रोएसिया पठाउछु भन्दै धेरै युवालाई ठगी गरेको पाइयो,’ उनले भने। क्रोएसिया मात्र नभएर अन्य मुलुक पठाउँछु भनेर युवालाई ठगी गर्ने गिरोह नै सक्रिय रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९-०८० को पुस १४ सम्म विभागमा करिब ६ सय पीडितले उजुरी गरेका छन्। म्यानपावर सञ्चालकले विभिन्न देश पठाउने बहानामा रकम लिएर युवालाई अलपत्र पार्ने गरेका छन्। यहाँ मात्र नभएर राम्रो काम भनेर विदेश पठाउने र उतै अलपत्र पार्ने काम पनि हुँदै आएको छ। २ सय ३९ जना साउदी अरयिबा गएका कामदारले उजुरी गरेका छन्। त्यसैगरी, युएईमा गएर फसेका १ सय ४६ जना, मलेसियामा ४५ र कतारमा गएर फसेका ४३ जनाले पनि न्याय माग्दै विभागमा आवेदन दिएका छन्।

वैदेशिक रोजगारीमा राम्रो देशका राम्रो तलबको आश्वासनमा विदेश पठाइ दिने भन्दै पैसा लिएर विदेश नपठाउनेको संख्या ठूलो छ। कतिपय युवाहरू विदेश पुगेर फर्किने पनि गरेका छन्। विभागले कानुन बमोजिम कारबाही पनि गर्दै आएको छ। विदेश गएर फर्किएका र विदेश पठाउने भनेर पैसा नपठाउने १ सय ३३ जनालाई विभागले क्षतिपूर्ति दिलाएको छ। nagariknews.com