Wednesday, May 14, 2025
24.5 C
Beni
24.5 C
Beni
Wednesday, May 14, 2025
Home Blog Page 801

कुस्मामा बनेन रेल्वेस्टेसन, बन्यो ‘हब’

0

तत्कालीन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँडे ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गरेका थिए ।२०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले ताली बजाए ।

वाम गठबन्धनको झन्डै दुई तिहाइ ल्याएर उनी प्रधानमन्त्री पनि बने तर कुस्मामा रेल्वेस्टेसन बनेन, न त पोखरा–बेनी रेल नै चल्यो । तर, कुस्मा अहिले साहसिक पर्यटनका लागि देशकै मुख्य आकर्षणको केन्द्र भने बनेको छ । पर्वत आन्तरिक तथा बाह्य पर्यटकका लागि साहसिक पर्यटनको आकर्षणको केन्द्र त बन्दैछ, यो राजनीतिक तनाव कम गर्ने गन्तव्य पनि बनेको छ ।The Cliff - Bungee | Kusma Bungee | Camp Adventures Nepal

प्रतिनिधि सभाको बैठकमा २०७८ फागुन १२ गते अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्ने कार्यक्रम थियो । तर राजनीतिक सहमति नबनेको र नेकपा (माओवादी केन्द्र) मा नै यसबारे द्वन्द्व रहेका कारण कार्यसूची रहेको भए पनि उनी पत्नीसहित झोलुङ्गे रेस्टुरेन्टमा रमाए।त्यसयता कुस्माको साहसिक पर्यटन पूर्वाधारको अरू प्रचार भएको छ ।

खासमा मोदी र कालीगण्डकीको खोँचका कारण छिमेकी गाउँबाट सदरमुकाम कुस्मा आउन जानसमेत समस्या हुने ठाउँमा विसं २०६४ मा नेपालकै अग्लो÷लामो पुलको निर्माण भएको थियो । त्यसपछि पुल अवलोकन गर्न आउने पर्यटक केही बढेका थिए ।

पछिल्लो समय अन्य साहसिक खेलका पूर्वाधार तयार भएपछि त पर्वत त्यसको हब’ नै बनेको हो । अहिले पर्वतमा नेपालकै नमुना आधा दर्जन अग्ला पुल, बन्जीजम्प साथै जिपलाइन र अन्य थुप्रै साहसिक पर्यटनका संरचना निर्माण भएका छन् । गोरखापत्र दैनिकबाट

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत

0

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएका हुन् । अरु पदमा यस अगाडि नै सर्वसम्मत भएको थियो ।

कँडेल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका समेत अध्यक्ष हुन् । उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवार दिनुपूर्व उनले महासंघका उपाध्यक्ष नविन शिशिर विकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

उधोग बाणिज्य संघको १८ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु र संघका वर्तमान महासचिव नरेश कँडेलविच प्रतिस्पर्धा हुने भएपछि आज मतदानको कार्यक्रम थियो । मतदान हुनुपूर्व नै सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङका राजनैतिक दलहरु नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले उधोग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा निर्माण कुमार श्रेष्ठ वासुलाई मतदान गर्ने निर्णय गरेका थिए । दलहरुले समर्थन दिएका उम्मेदवारले नै फिर्ता लिएपछि कँडेल सर्वसम्मत भए । श्रेष्ठलाई समर्थन गरेका दलहरु आश्चार्यचकित भएका छन् । पार्टीले श्रेष्ठलाई सहयोग गर्ने निर्णय गरे पनि ब्यवसायीहरु भने कँडेलको पक्षमा थिए ।

नेपाली संगीतको क्षेत्रमा बेग्लै स्वाद ‘प्रकाश दुतराज’

0

म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । गित रिलिज भएलगत्तै राम्रो चर्चा बटुल्न सफल भयो । नेपाली संगीतमा दुतराजको सागितिक स्वाद अन्य गायकको भन्दा फरक भएकाले दश दिनमै झण्डै १९ लाखले यूटुवमा हेरेका छन् ।

सार्वजनिक भएको केही घण्टामै टिकटकमा समेत भाइरल भएको गीतको म्युजिक भिडियोलाई धेरैले हेरेर मन पराएका छन् भने धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाली सांगितिक क्षेत्रमा पछिल्ला केहीबर्ष यता दुतराजको फरक पहिचान र स्थान छ । यसअगाडी ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीतको करिब १ करोड ५० लाख पटक यूटुवमा हेरेका छन।

अहिले पनि गायक दुतराजको केही गित बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिएको पाइन्छ । सांगितिक क्षेत्रमा एउटै स्वादबाट आजित भएका दर्शकश्रोतलाई दूतराजको नयाँ र फरक शैलीले आर्कषित गरेको छ । आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ ।

हरेक गीतमा मौलिकतासँगै सामाजिक भाव दिने सन्देशहरू छरपस्ट हुने भएकाले धेरैको मनमा बस्न सफल दुतराजले एउटै गीतमा करिब आधा बर्ष तयारीमा जुटछन् । घेरै गीत रिलिजभन्दा एउटै गीतबाट धेरै दर्शकश्रोतलाई आर्कषित गर्ने स्वभावका दुतराजले नयाँ गीतमा पनि सोचेजस्तै साथ पाएको बताउँछन् ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरेर गीतहरू पस्किने भएकाले पछिल्ला यूटुवमा मनग्य कमाइरहेको छ । ‘अब मैले गितसंगतीमा हेल्चेक्राई गर्ने छुट छैन्,‘थोरै गित बजारमा आएपनि राम्रो आउनुपर्छ भन्ने लाग्छ’ गायक दुतराजले भने । उनले आफ्नो गीत चर्चामा आउँदा जन्मभूमीलाई समेत सम्झिने गरेको बताए ।

म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायाँ मिलेको बताए । ‘उनले आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए ।

कमाउनुभन्दा आफ्नो पहिचान ठूलो भएकाले मेहेनत गरेर मात्रै स्टुडियोमा प्रवेश गर्ने दुतराजको भनाई छ । दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ ।

धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट

0

गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बगालुङमा सिटिस्क्यान सेवा प्रदान गर्नका लागि बजेट व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गर्दे धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि १० करोड बजेट बिनियोजन गरेको जानकारी गराएका हुन् ।

बरालले धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि उपकरण खरिदका लागि उक्त बजेट व्यवस्थापन गरिएको बताए। गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी उप–प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्दै प्राथमिकताका साथ स्वस्थ्य सेवाको गुणस्तर थप गर्दै आएको छ ।

अस्पताललाई हाल २ सय शैयाको अस्पताल बनाउनका लागि प्रदेशले उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको छ । अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि समेत गण्डकी प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो ।

अस्पतालमा सिटि स्क्यान सेवा भएमा ब्रेन स्टोकका बिरामी, दुर्घटनामा टाउकोमा चोटपटक लागेकालाई तत्कालै सिटिस्क्यान गरेर प्रभावकारी उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङका प्रमुख सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।

साउदीमा बिरामी भएका कृष्ण नेपाली अलपत्र

0

म्याग्दीको एक यूवा साउदी अरवमा अलपत्र परेका छन् । बेनी नगरपालिका–६, नेपानेका कृष्ण नेपाली विगत ३ महिनादेखि साउदीको एक कम्पनीमा बिरामी भएपछि घरफिर्तीमा कम्पनीका मालिकाले अवरोध गरेको कारण समस्या भएको पीडित नेपालीको भनाई छ ।

बिरामी अवस्थामा स्वदेश फर्किन आवश्यक पर्ने परिचयपत्र, वर्क प्रमिट लगायतका कागजात भएपनि कम्पनीको मालिकले दस हजार रियल तिरेमात्र जान मिल्ने भन्दै फिर्ती प्रक्रियामा अवरोध गरेको पीडितको भनाई उद्धित गदैं बेनपा–६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो । कम्पनीको पूर्ण विवरण सहित साउदीमा रहेका म्याग्देलीलाई सहयोगको अपिल गरिएको छ ।

 

आजदेखि बेनी-मालढुंगा सडक दैनिक चार घण्टा बन्द

0

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक आज शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिएको छ। मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन असार ३२ गते सम्म दैनिक चारघण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइने जनाइएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोकिएको सडकखण्डमालढुङ्गादेखि जलजला गाउँपालिकाका हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

यसैबीच बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । पर्वतको मालढुङ्गा, हुँदै बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग बर्खाको समयमा भने बाढीपहिरोले अवरुद्ध गर्ने भएकाले नियमित मर्मत तथा सरसफाईको आवश्यकता रहेको छ ।

 

चिटिक्क देखियो बेनीको कोतमन्दिर

0

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८, स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण गरिएको छ ।
संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतघरको पुर्ननिर्माण गरिएपछि चिटिक्क बनेको हो । बाइसेचौबिसे मल्ल राजाको पालामा निर्माण भएको कोतघर पुरानो भएर जिर्ण बनेपछिबेनी नगरपालिकाले पुरानै स्वरुपमा कोतघरको पुनःनिर्माण गरेको हो ।

कोतघरको पुनःनिर्माण र आसपासको क्षेत्रलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको वडा ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको पर्यटन पूर्वाधारतर्फको ८ लाख रपियाँमा कोत घरको पुनःनिर्माण थालिएको र बाँकी अपुग रकम चन्दा, सहयोग जुटाएर निर्माण गरिएको थियो भने सम्पूर्ण निर्माण कार्यका लागि १५ लाख खर्च हुने अनुमान गरिएको छ। तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको थियो ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए । बेनीको ऐतिहासिक धरोहर मानिने कोतमन्दिरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ ।

जिल्ला भलिवल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ

0

जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ निर्वाचित भएका छन् । बेनीमा बिहिबार भएको संघको ५औं अधिवेशनबाट भलिबल प्रशिक्षक बानियाँको नेतृत्वमा संघ गठन गरिएको हो । संघको उपाध्यक्ष रहेका बानियाँ यस पटक अध्यक्ष भएका हुन । संघमा निरन्तर आवद्ध रहेर बानियाँले जिल्लाको भलिवल खेलको विकासका निम्ती महत्वपुर्ण योगदान दिदै आएका छन् ।

संघको उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी (राजकुमार), महासचिवमा कुमार किसान र कोषाध्यक्षमा बिष्णुकुमारी रोका रहेका छन। सदस्यमहरुमा मलिन रोका, राजकुमार शाही, सनमान जुग्जाली, मनोज खड्का, अप्सन रामजाली, गंगा तिलिजा, रुपेश सुन्दास र चित्र जुग्जाली रहेका छन् ।

 

बेनी-मालढुङ्गा सडक भोलीदेखि दैनिक चार घण्टा बन्द

0

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई गति दिन असार ३ गतेदेखि ३२ गते सम्म दैनिक चारघण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइने प्रमुख प्रजापतिको भनाई छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोकिएको छ ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ । २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा काम गरिरहेको छ ।

यसैबीच बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । पर्वतको मालढुङ्गा, हुँदै बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग बर्खाको समयमा भने बाढीपहिरोले अवरुद्ध गर्ने भएकाले नियमित मर्मत तथा सरसफाईको आवश्यकता रहेको छ ।

 

विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम

0

धनिलाल गर्बुजा जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय  स्तरीय सामुहिक लोकनृत्य  प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र मौवाफाँटको सभाहलमा भएको अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्नाम प्रथम भएको हो।

त्यस्तै प्रतियोगीतामा माध्यमिक विद्यालय तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र मुक्तिधाम मावि भगवती सान्त्वना स्थान हासिल गरेका छन्। अधरभुत तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र महेन्द्र मावि झिं सान्त्वना स्थान हाँसिल  गरेका छन् ।

उक्त आधरभुत र माध्यमिक तहकमा प्रथम, द्वितिय, तृतीया र सान्त्वना हुने १/१ समुहलाई क्रमशः विस हजार, दश हजार, आठ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नृत्य प्रतियोगितामा आधरभुत तर्फ ९ र माध्यमिक तहका ८ गरी जम्मा १७ विद्यालय सहभागी भएका थिए। भागलिने विद्यालयहरु क्रमशः नर्थ स्टार ईङलीस बोर्डिङ्ग, शिव आवि, शिद्धार्थ अवि, ज्ञानोदय आवि, महेन्द्र आवि, कालिका आवि, मुक्तिनथ आवि, जनता आवि, महादेव आवि, कालिका मावि, रघुगंगा मावि, महादेव मावि, ज्ञानोदय मावि, महेन्द्र मावि, मुक्तिधाम मावि, जनता मावि र अमर मावि पाखापानी रहेको थियो।

कार्यक्रमको निर्णायक सदस्यहरुमा कृष्णप्रसाद सुवेदी, ध्रुर्ब जिसी र राजकुमार परियार रहेका थिए। नेपाली कला, भाषा, धर्म संस्कृति तथा रीतिरिवाज झल्कने खालको नृत्यलाई प्रोत्साहन दिएको रघुगंगा शिक्षा प्रमुख प्रशासकीय अधिकृत तथा निर्णायक, सुवेदीले जानकारी दिनु भयो। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुका बीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको बताउनु भयो।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्यवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले  प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका असइ दुर्गा अधिकारीले बालविवाह, बहुविवाह, आत्महत्य दुरुत्साहन र जबरस्जस्ती करणी, सम्वन्धि जनचेताको सहजीकरण गर्नु भएको थियो।

गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी पुनको अध्यक्षता, खगराज सुवेदीकाे स्वागत र सावित्रा सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा इन्सेक म्याग्दीका प्रतिनिधि, मिलन म्याग्दीका प्रतिनिधि, अभिभावक, शिक्षक शिक्षिका, कर्मचारी, बिधार्थी लगायत २०० जनामा बढीको उपस्थिती रहेको थियो।