चिसो मौसममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ । अब जानौँ जाडोयाममा उपयोगी तरकारीबारे :

मेथी
मेथीको दाना तरकारीमा नियमित फुराउँदा स्वादिष्ट मात्रै बन्ने नभएर स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । चिसो मौसममा विभिन्न संक्रमणबाट बच्न मेथीको साग अझै बढी स्वस्थकर हुन्छ । मेथीमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । नियमित खाँदा रक्तचाप नियन्त्रण गर्छ । त्यस्तै, मेथीको सागमा पाइने गेलोप्टोमाइनन नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रासमेत नियन्त्रण गर्छ ।

रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारीमध्ये एक हो । रायो जाडोयाममा स्वास्थ्यका दृष्टिले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन एले चिसो याममा बढी हुने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ । रायो भिटामिन सीको राम्रो स्रोत भएकाले नियमित सेवन गर्दा रुघाखोकी लाग्दैन । साथै, यसले जाडोमा बाथरोगीका लागि हड्डी दुख्ने समस्याबाट समेत राहत दिन्छ ।

तामा
जाडोमा तामाको सुप स्वास्थ्यका लागि एकदमै लाभदायी हुन्छ । तरकारी, अचार र सुप बनाएर खान सकिने बाँसको तामाले उच्च रक्तचाप, मुटुरोग, अत्यधिक कालेस्ट्रोलजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा एकदमै कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि फाइदाजनक हुन्छ ।

च्याउ
च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाई शरीरमा रक्तचाप बढ्न नदिनुका साथै रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा च्याउको सुप बनाएर खान सकिन्छ । यसमा प्रशस्त मात्रामा पाइने खनिजले चिसोमा हुने मांसपेसीको दुखाइ कम गर्छ । बाथरोगीका लागि फाइदा गर्छ । त्यस्तै, च्याउ रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

गोलभेँडा
भिटामिन ए र सी प्रचुर मात्रामा पाइने गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोमा स्वास्थ्यमा लागि थप लाभदायी मानिन्छ । जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग तथा छाला सुक्खा हुने समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने लाइकोपिनले शरीरमा बोसो कम गराउँछ ।  नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply