म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको दुखु खोला तर्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । स्थानीय ४१ बर्षिया गिता रोकालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘बेपत्ता महिलाको खोजीकार्य भइरहेको छ,‘खोजीकार्यमा स्थानीय सक्रिय छन्’ उनले भने । खोला आसपासका क्षेत्रमा सामान्य सम्झिएर तर्ने क्रममा महिला चिप्लिएको स्थानीयले बताएका छन् । यसैबीच खोला आसपासका क्षेत्रमा दाउरा संकलन गर्न जानेलाई अवरोध गर्न स्थानीयलाई प्रहरीले अपिल गरेको छ ।

खोलाले बगाएर ल्याएको दाउरा छोप्न जाँदा बेपत्ता हुने र अलपत्र पर्ने सम्भावनालाई मध्यनजर गदैं बेनी आसपासका क्षेत्रका साथै तटिय क्षेत्रमा आवश्यक सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ । म्याग्दी र कालिगण्डकीमा दाउरा सङ्कलन गर्न जानेहरूले ज्यान जोखिममा राखेर नदीका जाने गरेका छन् । बालबालिका देखी बुढापाका समेत नदी आसपासका क्षेत्र शुक्रबार विहानैदेखि दाउरा संकलन गर्नेको भीड लागेका छ ।

Leave a Reply