अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बागलुङ नगरपालिकाको निषेधाज्ञा ४८ घण्टा थपियो

On: August 31, 2020 8:45 PM
Follow Us:

बागलुङ नगरपालिकामा लगाइएको निषेधाज्ञा थप ४८ घण्टा बढाइएको छ । बागलुङ नगरपालिका भित्र समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि भदौ २ गतेदेखि जारि गरिएको निषेधाज्ञा दोस्रो पटक आज ४८ घण्टा थपिएको हो ।

संक्रमितहरुको कन्ट्याक टे«सिङमा परेकाहरुको पिसिआर परीक्षण रिपोर्ट आउने क्रममै रहेकोले थप ४८ घण्टा निषेधाज्ञा बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।बागलुङ नगरपालिकाको सिफारिसमा थप २४ घण्टा निषेधाज्ञा गर्ने जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले निर्णय गरेको छ ।

बैठकले निर्णय कार्यान्यनको लागि जिल्ला सुरक्षा समितिलाई पारित गर्न सिफारिस गरेको छ । यसअगाडी पहिलो चरणमा भदौ २ गते राती १२ बजेदेखि लागु हुने गरि भदौ ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो । त्यसपछि एक साता बढाएर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।