राष्ट्रिय युवा परिषद ऐन(२०७२ ले १६-४० बर्ष उमेर समुहलाई युवा भनी सम्बोधन गरेको छ । नेपालको जनगणना २०६८ अनुसार ४०।६८५ जनसङ्ख्या युवा रहेका छन् । र यसको अनुपात निरन्तर बढिरहेको तथ्यांक सार्बजनिक भैरहेका छन् । एकिन तथ्यांक २०७८ को जनगणना पछी सार्वनिक हुने नै छ ।

तर अहिले यसको ठुलो हिस्सा देश बाहिर छ ।रघुगंगा गाउँपालिकाको कर्मठ युवाको ठुलो जमात विदेश छ भने बाँकी जमात पनि पालिका भन्दा बाहिर रहेको छ । एउटा १६-२५ समुह अध्ययनका लागी पालिका बाहिर छ भने २५-४० समुहको ठुलो युवा महिलाको हिस्सा बजारमा बच्चाको शिक्षाको लागी बसेको छ ।

२५-४० बर्ष उमेर समुहको महिला गाउँका नहुदा पालिकाको कृषि लगायतका उत्पादनमा प्रत्येक बर्ष ह्रास आईरहेको छ । यो समुह गाउँमा फिर्ता गराउन मात्र सक्ने हो भने आन्तरिक उत्पादन बढ्ने मात्र होईन सग(सगैँ प्रविधी र चेतना एकैपटक भित्रीने छ ।

यसले पालिकाको शैक्षिक र आर्थिक जागरण एकै पटक सुरु गर्न सक्ने सम्भावना रहन्छ। यसका लागी पालिकाको लगानी शिक्षामा बढाउदै पालिका बाहिरका स्कुले विद्यार्थी गाउँ फर्काउने निती अवलम्बन गर्नु पर्दछ । बजारमा एक बच्चाले पाउने सबै सुविधा प्रदान गर्न पालिकाले सक्नुपर्छ । यसका लागी शिक्षण पद्धतीमा व्यापक सुधार जरुरी छ ।१६-२५ बर्ष उमेर समुहको हकमा पालिकाको धेरैले अध्ययन गर्ने बिषयलाई पालिका भित्रै अध्ययन गर्ने बातावरण बनाउनु पहिलो आवश्यकता र सर्त हो ।

यसका लागी पालिकाले नयाँ शैक्षिक संरचना निर्माण गरी ११-१२ र स्नातक अध्ययन गर्नेलाई आवास सहितको व्यवस्थापन गर्न जरुरी छ । साथै सामान्य बजारबाट एक विद्यार्थीले गर्ने अपेक्षा एक गतिलो विविध तालिम सुविधा, पुस्तकालय, ड्राईभिङ सिकाई, ति सबैको व्यवस्थापन निशुल्क वा सशुल्कको व्यवस्थापन सहितको एकिकृत शैक्षिक संरचना खडा गर्न सक्नु चुनौती र अवसर दुबै हो ।

ति सबै विद्यार्थीलाई रोजगार बजारमा छिर्न सक्ने गरी अध्यापन प्रकृती तयार पनी गर्न सक्नु पर्छ। अन्यथा विद्यार्थीलाई बेनी वा पोखराको बिकल्पमा पालिका भित्रै अध्ययनका लागी रोक्नु गलत हुनेछ । यो कार्यक्रम सफल पार्ने हो भने बार्षिक ६-८ करोड रुपैयाँ पालिका भित्रै चलायमान हुनेछ । यसले रघुगंगाको आन्तरिक अर्थतन्त्रमा सुधार र गतिशिलता प्रदान गर्ने छ ।

ब्रेन ड्रेन पछिल्लो युवा पुस्तामा देखिएको अर्को ठुलो समस्या हो । यसले नेपालको अर्थतन्त्र र सामाजिक व्यवस्थामै प्रत्यक्ष ठुलो असर पुर्याएको छ । यो नियन्त्रणका लागी ठुलो र ईमानदार गृहकार्यको आवश्यकता रहेको छ । देशका दक्ष जनशक्तीले देश छोडेर जानुपर्ने वाध्यताको अन्त्य गर्न कम्तीमा पनी पालिकाले पालिकाबाट निर्मम भएर प्रयास गर्न जरुरी छ ।नेतृत्व भनेको पुर्वतयारी पनी हो ।बेरोजगार र ब्रेन ड्रेनको अन्त्यका लागी पुर्वतयारी जरुरी छ । सामन्यतया नेपाली रोजगार बजारमा ४ उमेर समुहका युवा रोजगारका लागी संघर्षरत छन् ।यिनका लागी पुर्ब तयारीको नमुना यस्तो हुन सक्छ।

क) बैदेशिक रोजगार बाट फर्केका वा अन(औपचारिक क्षेत्रमा कार्यरतस् यो समुहमा सामान्यतया २५-४० बर्ष उमेर समुहका बैदेशिक रोजगारबाट फर्किएका तथा नेपाल भित्रै औपचारिक रुपमा कार्यरत अदक्ष र अर्धदक्ष युवाहरुलाई राख्न सकिन्छ । यो उमेर समुहमा महिलाहरुको ठुलो हिस्सा समेट्न सकिन्छ ।सर्वप्रथम यो समुहलाई सामान्य सुचना र प्रविधीको ज्ञान दिनु पर्दछ । त्यसपछि रुचिका आधारमा आन्तरिक बजारमा आवश्यक कम्तिमा एक सिप सिकाउदै औपचारिक रोजगारमा आवद्धता गराउन सकिन्छ । महिलाको हकमा स्थानीय उत्पादन, व्यवसायीक कृषि र पर्यटन विकासका लागी तयार गर्न सकिन्छ । यस तर्फ पालिकाको ध्यान जान जरुरी छ । र सकेसम्म छिटो यो कार्य गर्नु पर्दछ ।

ख) रोजगारीका लागी तयार, अध्ययन पुरा गरी बैदेशिक वा देशमै रोजगारिका लागी तयार समुहस् यो उमेर समुह २०-२४ बर्ष समुहका युवाहरुलाई समाबेश गर्न सकिन्छ । यो उमेर समुहका युवा देश वा बिदेशमा रोजगारका लागी तयार अवस्थामा रहेका हुन्छन । यो उमेर समुहको लागी पालिकाले कम्तीमा तिन कुराको निश्चित गर्नु पर्ने हुन्छ । पहिलो सुचना तथा सञ्चारको कम्तिमा ६ महिने ज्ञान, दोस्रो बाईक, गाडीको लाईसेन्स तथा तेस्रो कुनै निश्चित सिप । सम्भव भएसम्म यि तालिम सिक्नको लागी निशुल्क वा सशुल्क सिक्ने व्यवस्था पालिकाले गर्नु पर्छ ।

वा रोजगारीमा लागेको निश्चित समयमा रकम तिर्ने सर्तमा तालिमको व्यवस्था गर्नु पर्छ ।व्यवस्थापनका लागी युवा ट्रयाकिङ प्रणाली विकास गर्न सकिन्छ । यसले ति युवाहरुको आम्दानीमा १५-२० बृद्धि गराउन मदत गर्दछ । यसले समग्रमा पालिकाको अर्थतन्त्रलाई छिटो र दिगो रुपमा विकास गर्न मदत पुर्याउछ । साथै पछील्लो समय लागुऔषध दुर्व्यसनको समस्या युवाहरुमा बढिरहेको छ । यसको मुख्य कारण बेरोजगारी र समयको खालिपन हो । यसको समस्या पनी माथी उल्लेँ गरेका काम गर्न सक्ने हो भने नियन्त्रण गर्न सघाउ पुर्याउनेछ ।

ग) माध्यामिक तह र ब्याचलर अध्यनरत समुहस् यो उमेर समुहको लागी पालिका वा देशका लागी तत्काल के(कस्तो जनशक्ती आवश्यकता छ भन्ने आधार तय गरी जनशक्तीलाई प्रशिक्षित गर्न जरुरी छ । जस्तोस् रघुगंगाले तत्काल केही सय विद्यार्थिलाई चिनिया भाषामा दक्ष बनाउन सक्छ । यसले कोराला राजमार्ग प्रयोगमा आउदा पर्यटन कर्मी, दोभासे, चिनिया फुड होटल, व्यवसाय लगायतमा ठुलो मासमा जनशक्ती केही बर्षमै खपत हुनेछन् ।

त्यस्तै, देशमा ठुलो आईटी प्राविधीक खपत गर्न सक्ने वातावरण तयार हुदै छ । डाटा एनालाईसिस्ट, भिडियो एनिमेटर, ग्राफिक्स डिजाईनर, वेबसाईट डिजाईनर एण्ड मेन्टेनर लगायतका क्षेत्र अहिलेको नयाँ रोजगारका क्षेत्र हुन । हामीले यि जनशक्ती देश बिदेशमा खपत गर्न सक्छौ ।यि जनशक्ती नेपालमै बसेर विश्वभरी काम गर्न सक्ने गरी तयार हुनेछन् ।

घ) विद्यालय तह अध्ययनरत पुस्ता स् परम्परागत विश्व रोजगार बजार पुर्ण रुपमा ध्वस्त हुदै छ । अहिले हामीले जुन रोजगारका क्षेत्र देखिरहेको छौ ति सबै ध्वस्त हुदै छन् ।करिब १०-१५ बर्षमा पुर्ण रुपमा ध्वस्त भैसकेको हुनेछ । जस्तोस् बैंङ्क तथा वित्तिय क्षेत्रले अहिले ठुलो रोजगारीको हिस्सा समेटेको छ ।

होटल व्यवसाय, ड्राईभिङ, फेन्सी तथा किराना पसल, निजामती कर्मचारी तथा शिक्षा क्षेत्र अहिलेका रोजगारका क्षेत्र हुन । तर डिजिटलाईजेसनले बैंकिङ क्षेत्रमा १-२ जना अपरेटरले सम्पुर्ण साखा चलाउने छन, होटल क्षेत्र पुर्ण रुपमा रोबर्टिक हुदै छन्, केही समयमा बाईक भन्दा सस्तोमा विशेष काममा लागी डिजाईन गरेको रोबर्ट बजारमा आउदैछन् । फेन्सी तथा डिपार्टमेनटल स्टोर पुर्ण रुपमा डिजिटलाईजेसन हुदा ठुलो मात्रामा व्यापारी विस्तापित हुनेछन् ।

शिक्षा तथा निजामती क्षेत्रमा डिजिटलाईजेसन सुरु भैसकेको छ । केही बर्षमै यसको फैलावटले पुराना पुस्ताका कर्मचारी र शिक्षकले रोजगार बाट अवकास लिनु पर्ने अवस्था आउदै छ ।

तेस्तै, टेस्ला कम्पनीले गुगल संगको सहकार्यमा ड्राईभर लेस गाडीको सफल प्रयोग गरिसकेको छ । १०-१५ बर्षमा विश्व बजारमा गाडीहरु ड्राईभरलेस हुदै छन् । डिजिटलाईलेसनले परम्परागत अर्बैको रोजगारी अबको दशकमै खोस्ने छ ।

यी सम्भावनालाई ध्यानमा राख्दै अबको जनशक्तीलाई तयार गर्ने माध्यामिक शिक्षा निती तथा कार्यविधी रघुगंगा गाउँपालिकाले तयार गरी कार्यान्वयन गर्न जरुरी छ । ९बिस्तृत रुपमा शिक्षा शिर्षकमा ऊल्लेख छ । युवाले नै देशको समयानुकुल परिवर्तनको मार्ग निर्माण गर्न सक्छ । यसका लागी सबै स्थानीय तहको प्रथामिकतामा यो बर्ग पर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण

5.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (पाचौं काम)- सामाजिक आन्दोलनको बिजारोपण

6.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-६)-शिक्षा (विद्यालय तह)

7.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-७)-शिक्षा (क्याम्पसको स्थापना)

8.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-८)-कृषि

9.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (भाग-९)-पर्यटन

 

Leave a Reply