म्याग्दीको रघुगंगा गाउँपालिका–६,रायखोरका तिर्थबहादुर दमाईले सदरमुकाम बेनीमा बस्ने श्रीमती र छोरीहरूलाई भेटेर फर्किने क्रममा गाउँको भीरबाट लडेर ज्यान गयो । गएको पुस २९ गते दिनभरी परिवारसँगै बसेर घरतिर लागेका दमाईको मृत्युको खवरले श्रीमति कुमारी तामाङ दमाई भावविह्ल भईन् । घटनाको भोलीपल्टै ७ महिनाको छोरीलाई काखमा च्यापेर गाउँ पुगेकी कुमारी काजक्रिया सकेर मजदुरीमा फर्किएकी छन् ।

श्रीमानको मृत्यु भएको ११ दिन वितिसक्दा पनि उनलाई श्रीमानको मृत्युको खवर सपना जस्तै लागेको छ । ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएकी कुमारीलाई श्रीमानको अल्पायुमै भएको मृत्युको पिडा एकातिर छ भने अर्कातिर तीन–तीन छोरीको भविष्यको चिन्ताले सताइरहेको छ । सुत्केरी अवस्थामा पनि दैनिक ज्यालामजदुरी गरेर घर खर्च चलाइरहेकी कुमारीले श्रीमानको मृत्युपछि जिन्दगी निकै कष्टकर बनेको बताईन् ।

‘छोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, बिरामी हुदाँ उपचार गर्ने पैसा समेत छैनन’ कुमारीले भनिन् । श्रीमानसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अव मानसिक तनाबसँग बिरामी समेत भएकाले छोरीहरू प्रिति नेपाली, कृपा नेपाली र कृस्टिना नेपाली को लागि शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको कुमारीको भनाई छ ।

‘जेठी छोरी बिरामी भएको तीनदिन भयो,‘उपचार खर्चसम्म छैन्,‘गाउँमा बुढी सासु आमा हुनुहुन्छ,‘अन्नबाली हुने खेतबारी समेत छैन’कुमारीले भक्कानिदै भनिन्। बैदेशिक रोजगारीबाट फर्किएका श्रीमानलाई राम्रो कमाई हुने देशमा पठाउन ८ लाख डुब्बेपछि जग्गा जमिन समेत गुमेको उनले बताईन् । उनले आफुँले ज्यालामजदुरी गरेर छोरीहरूको हेरचाह गर्ने बताउँदै एक्लो अभिभाराले पिरोलेकोे बताईन्।

‘छोरीको नामको एक रुपैयाँ मैले खर्च गर्दिन,‘छोरीको भविस्यले निदाउन सक्दिन’उनले भनिन्। पुर्वको इलाम जिल्लाबाट मजदुरी गर्ने क्रममा चिनजान भएपछि अन्तरजातिय विवाह गरेकी कुमारीलाई माइतीले स्वीकार गरेका छैनन् ।

यो अवस्थामा माइतीकै शरणमा जाने अवस्था समेत नभएकाले रुँदै उनले सहयोगको याचना गरिन्। उनले छोरा नजन्माएकै कारण आफुँलाई कुनै पछुतो नभएकालेउहाँको नासोका रुपमा रहेकी तीन छोरीलाई संरक्षण गरेर जीवनको गुजरा चलाउने बताईन् ।


साँघुरो कोठाभित्र…

बेनी नगरपालिका–७,मंगलाघाटको कच्ची घरको एउटा भ¥याङ चढेर पुग्दा कुमारी र तीन छोरीहरू साँधुरो कोठाको चिसो भुईमा सुत्छन् । कोठाभित्र ग्याँस चुलोमा पाक्ने खाद्यान्न समेत छैन् । ओड्ने–ओच्छ्याउने लुगा समेत छैन् । कोठाभित्र निरन्तर छिर्ने चिसो हावाले राम्रोसँग निन्द्रा समेत लाग्दैन् । कुमारीको कोठाभित्र छिरेर हेर्ने हिम्मत कसैले गदैनन् । मासिक १५ सय भाडा तिरेर बस्ने कुमारीले बिजुली, खानेपानीको समेत शुल्क समेत समयमै बुझाउन सक्दैनन् । श्रीमानको मृत्युपछि उनको आँखा अझै ओभाएका छैनन् ।

कोठाभित्रछोरीसँगै बसेकी कुमारीले छोरीको भविस्यका बारेमा बुझ्न खोज्द आँखामा टिलपिल आँसु भरिन्छ । ज्यालामजदुरी सहित विभिन्न खाद्यान्न सहयोग गदैं आएकी बेनीस्थित जयमाँ लक्ष्मी सुनचाँदी दुकानकी सञ्चालिका जानकी विश्वकर्मा सान्त्वना दिन कोठामा पुग्दा आँखा रसाँएका थिए ।

खेती गर्ने जमिन छैन, घरमा खाने अन्न नभएकाले सामुदायिक विद्यालयमा समेत नियमित पढ्न समेत नसक्ने अवस्थामा खर्चको अभावले पढाई समेत छोड्ने अवस्था आउन सक्ने बालिकालाई शिक्षादीक्षामा सहयोग गर्न र सहयोगको सदुपयोग गर्न बैंकमा बालिकाकै नाममा खाता खोल्ने तयारी भएको बताईन् ।

थप जानकारी र सहयोगका लागि :

मनकुमार शेरपुञ्जा ९८५७६७७३१९ (पाखापानी वडा अध्यक्ष)

कुमारी तामाङ दमाई ९८६९२४५९८४
जानकी विश्वकर्मा ९८४६७२७५८७

 

Leave a Reply