पर्वतको जलजला गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन)संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे कार्यालय र सबै वडा कार्यालयहरुमा बुधबार अर्थात १२ गते देखि १७ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जलजला गाउँपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने
