सुवास सुबेदी\ ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बेनी शाखा प्रमुख देबेन्द्र क्षत्री शाखा प्रमुखतर्फ कम्पनीको उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न बार्षिक कार्यक्रममा ०७८÷०७९ मा देशभरबाट सर्वोत्कृष्ट कारोबार र शाखा प्रबन्धकमा उत्कृष्ट कार्यसम्पादन गरेबापत क्षत्रीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनुभएका शाखा प्रमुख क्षत्रीले म्याग्दीमा समुदायस्तरमा पुगेर विमाको महत्वका बारेमा जानकारी गराउने सबै अभिकर्ता, एजेन्सी म्यानेजर सहित कम्पनीका शुभचिन्तकहरूको रचनात्मक सहयोगले उक्त सम्मान प्राप्त गरेको बताउनुभयो ।

‘हामीले बिमालाई ब्यापारभन्दा पनि सेवा र भविस्यको आधारका रुपमा चिनाउने प्रयास गरेका छौ,‘बिमाबाट आर्जनभन्दा परिवारको आर्थिक सुरक्षालाई लक्षित गरी काम गरेका छौ’ क्षत्रीले भन्नुभयो । कम्पनीले बीमितहरुलाई बिमाको महत्वका बारेमा जानकारी गराएपछि थप योजना सहित नियमित गतिविधि गर्ने भएकाले पनि म्याग्दीमा बार्षिक लक्ष्यभन्दा धेरै कारोबार हुने गरेको शाखाले जनाएको छ ।

 

Leave a Reply