महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा म्याग्देली चेली को तीज गीतको एल्बम ‘मै राम्रो छैन र’ भिडियो सार्वजनिक भएको छ । सहरबजार, ग्रामिण क्षेत्रमा तिजका गित घन्किन थालेको समयमै म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङ घर भएकी निरुता पुन मगरको पहिलो कोशेली बजारमा आएको ।

गीतमा मोडेल बिनोद भण्डारी, नारायणी खत्री सहितको कलाकारको बेजोड नृत्य प्रस्तुती हेर्न पाइन्छ । गायिका पुनमगर र गायक खेम सेन्चुरीको स्वर रहेकोमा लयशब्द नेत्र अर्याल र एरेन्ज कृष्ण भान्जाले गरेका छन्। प्रेमी प्रेमीकाबीच आपसमा चर्चा तथा समुहमा छमछ्म नृत्य गरेको देख्न सकिन्छ।

‘यो मेरो पहिलो प्रस्तुती हो,‘सबैको सल्लाह र सुझावको अपेक्षा गरेको छु’ गायिका पुन मगरले भनिन्। गीतसंगीतको क्षेत्रमा आफ्नो उपस्थितीलाई यो गीतबाट प्राप्त हुने प्रतिक्रियाले समेत सघाउने बताईन् । छमछमी नाच्ने गीतको प्रतिक्रिया राम्रो आएको बताउँदै श्रोता तथा दर्शकलाई एकपटक एल्मबका गीत हेरेर सल्लाह र सुझावलाई आगामी प्रस्तुतीमा ध्यान दिने गायिका पुन मगरको भनाई छ।

Leave a Reply