सरकारी संयन्त्र नै अन्तरजातीय विवाह गरेको जोडीलाई मानसिक तनाव दिएको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले प्रेस विज्ञप्ती निकालेको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको जोडीको अन्तरजातीय विवाह अन्त्य गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र गृहप्रशासनले चासो नदेखाएको भन्दै विज्ञव्तीमार्फत गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
संघर्ष समितिका अध्यक्ष पदमबहादुर किसानद्धारा जारी विज्ञप्तीमा प्रहरी प्रशासनले पिडितको निवेदनलाई बेवास्ता गरेको, बालबिबाहको मुद्धा चलाउने, सुरक्षाका लागि यूवकले दिएको जायरीलाई अस्वीकार गर्ने, मानसिक तथा शाररीक यातना दिएको र झुटा मुद्धामा फसाउन खोजेको बताउनुभयो ।
विज्ञप्तीमा देशभर भइरहेका आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाइएको छ । अध्यक्ष किसानले विज्ञप्तीलाई कमजोर ठानेमा थप संघर्षका कार्यक्रमहरु समेत सार्वजनि गर्ने चेतावनी दिनुभयो ।