---Advertisement---

‘सडक र भवन गाउँपालिकाको प्राथमिकतामा छ’

On: June 27, 2026 11:47 PM
Follow Us:

अन्नपूर्ण गाउँपालिकाले राष्ट्रिय र प्रादेशिक गौरवका आयोजना बाहेक, गाउँपालिकाको आफ्नै बजेटबाट चालु वर्षमा करिब ५ किमि सडक स्तरोन्नति गर्ने काम भएको छ भने सडक र भवन मापदण्डको पूर्णपालना गरी काम गर्ने गरिएको छ।

आर्थिक वर्षमा भवन र सडक पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएकोे अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको भनाई छ । यसै सन्र्दभमा बेनीअनलाइनले गरेको कुराकानी

चालु आर्थिक वर्षमा गाउँपालिका भित्र सडकमा भएको कामको प्रगति कस्तो छ ?
सडक पुर्वाधारका अधिकाशं योजना कार्यान्वयन भइरहको छ,कामको प्रगति सन्तोषजनक रहेको छ ।

बर्खायाममा ग्रामीण सडकहरूमा हुने बाढी, पहिरो तथा सडक अवरोधलाई तत्काल खुलाउन गाउँपालिकाले के–कस्तो पूर्वतयारी र आपत्कालीन योजना बनाएको छ?

गाउँपालिकामा स्थानीय आपतकालीन कार्यसन्चालन केन्द्रस्थापना गरी आपतकालीन अवस्थामा काम लाग्ने सामाग्रीहरु राखिएको छ,सुरक्षा निकाय तथा पालिका भित्र रहेका हाइड्रोपावरहरु सँग समन्वय गरी सडकहरुमा हुने अवरोध हटाउने गरिएको छ ।

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन, कहाँ रोकिएको छ प्रक्रिया ?
जग्गा प्राप्तिको लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर एउटा निचोडमा पुगिएको छ साथै सम्बन्धित पक्ष्निकायसँग समन्वय भइरहेको छ, चाडै नै जग्गा प्राप्ती हुनेमा विश्वस्त छौ ।

चालु आर्थिक वर्षका भवन र सडक सम्बन्धी ठेक्का सम्झौता तथा उपभोक्ता समिति मार्फत भएका कामहरूको हालसम्मको वित्तीय र भौतिक प्रगति कस्तो छ ?
वित्तिय प्रगति करिब ३५ प्रतिशत तथा भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ । अहिले योजना तथा कार्यक्रम भइरहेको छ । लक्ष्य अनुसार काम भइरहेको अवस्थामा असारको अन्तिम सातासम्म सबै प्रगतिमा उत्साहजक नतिजा देखिन्छ ।

विकास बजेट समयमै खर्च हुन नसक्ने (असार मसान्तमा मात्र हतारमा काम हुने) परिपाटीलाई रोक्न गाउँपालिकाले कस्ता प्रयास गरेको छ ?

यसका लागि पालिकाले ठेक्का प्रकृया समयमै गर्ने, साइट क्लियरेन्स भएपछि मात्र बजेट विनियोजन गर्ने, सम्बन्धित ठेकेदार उपभोक्ता समितिलाई जिम्मेवार बनाउने जस्ता कुरामा जोड दिएको छ ।


भौगोलिक विकटता र जनशक्ति अभावका बीच पूर्वाधारका योजनाहरू तोकिएको समय र गुणस्तरमा सम्पन्न गर्न मुख्य चुनौतीहरू के–के छन्?
अव्यवहारिक रुपमा हुने कर्मचारीको सरुवा, अस्वभाविक रुपमा हुने मुल्यवृद्धी, कठिन भुगोलका कारण स्टिमेट अनुसारको काम सहज रुपमा नसकिनु,संरचना बनाउन आवश्यक जग्गा प्राप्तिको प्रकृया झन्झटिलो हुनु जस्ता चुनौतीहरु रहेका छन।
अन्नपूर्ण गाउँपालिकाको मिडिया फलोसिप लेखनको सहयोगमा बेनीअनलाइनका लागि तयार पारिएको सामाग्री

Leave a Comment