---Advertisement---

बेनीमा धौलागिरीस्तरीय विद्यार्थीको ब्याडमिन्टन प्रतियोगिता सकियो

On: June 27, 2026 11:29 PM
Follow Us:

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित विद्यालयस्तरीय छात्र, छात्रा तथा मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग तथा जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा खेलकुदको कर्वड हलमा सञ्चालित प्रतियोगितामा छात्र एकल विधा प्रथम रिहान श्रेष्ठ,विकल्प श्रेष्ठ, हिप्सन श्रेष्ठ र कुशल मल्ल भएका छन्


प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १५ हजार, १० हजार, ५–५ हजार नगद, ट्र«फि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी छात्रा एकल विधामा क्रिष्टिना सुवेदी प्रथम, एलिना शर्मा द्धितिय, र सदिक्षा गर्बुजा र जेनिसा रोकाले तृतिय भएको प्रतियोगिताका ब्यवस्थापक कनक प्रधानले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १५ हजार, १० हजार, ५–५ हजार नगद, ट्र«फि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।


त्यसैगरी छात्र÷छात्रा मिक्स डबल विधामा प्रथमःरिहान श्रेष्ठ र एलिना शर्मा,द्वितीय विकल्प श्रेष्ठ र ब्रिष्टिना सुवेदी,तृतिय जेहान केसी। र जिविका शाक्य,विवश पुन र जेनिसा रोका भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १५ हजार, १० हजार, ५–५ हजार नगद, ट्र«फि, मेडल र प्रमाणपत्र प्राप्त गरेछन्। विजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष सन्दिप अधिकारीले पुरस्कार वितरण गरेका थिए ।

साविकको धौलागिरीका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाबाट सहभागि प्रतियोगितामा म्याग्दीका खेलाडी हावी भएका थिए । जिल्ला खेलकुद विकास समितिले प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोगमा एघार जिल्लाका अध्यक्षको प्रशिक्षण, साविकको धौलागिरी भित्रका खेल शिक्षकको प्रशिक्षणसहित ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो । शिक्षकको प्रशिक्षण कार्यक्रम जारी रहेको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताए ।

Leave a Comment